कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समावेशी विकास, सुशासन, पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा विशेष प्राथमिकता दिइएको छ।