तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित तुलसीपुर–अमिलिया सडकखण्डमा आइतबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–२ की ३७ वर्षीया शान्ता खड्का चौधरी र ६५ वर्षीय नारायण भण्डारी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले जानकारी दिए ।
लोडसेडिङ अन्त्य गर्ने र सरकारले मुलुकमा विद्युतीकरण विस्तार गर्दै जाने महत्त्वाकांक्षी योजनाका रूपमा ३२ वर्षपहिले अघि सारेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विरोधका स्वर सडक, सदन र सभाहरूमा गुन्जिरहेका थिए । विशेषतः वामपन्थी दलले सदनमा र सरोकारवालाका नामबाट विभिन्न सामाजिक संघसंस्थाले सडकमा अरुणविरोधी गतिविधि जोडतोडका साथ उठाइरहेका थिए ।