हाम्रो बस्तीसित जोडिएको बर्दिया निकुञ्ज प्राकृतिक सौन्दर्य, जैविक विविधता र दुर्लभ वन्यजन्तुका कारण विश्वमा चिनिएको छ । निकुञ्जमा रहेका पाटे बाघ, एक सिंङ्गे गैंडा, चितुवा, जरायो, चित्तल बाह्रसिङ्गे, जंगली हात्ती यहीँ खेतबारीमा चर्न आउँछन् । घर नजिकै कर्णालीको भँगालोमा घडियाल, मगर गोही देखिन्छन् । ती वन्यजन्तु र यहाँको प्राकृतिक अवलोकन गर्न धेरै विदेशी र स्वदेशी पर्यटक आउँछन् ।