नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको दोस्रो पूर्ण बैठकमा यसअघिको कार्यविभाजनको समीक्षा गरी नयाँ कार्यविभाजन हुनेछ ।
पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाको अवरोध हटाउने निर्णय कुनै सेटिङ वा गोप्य समझदारी नभएको स्पष्ट पारेका छन् । संसद पुनः सञ्चालन गर्ने निर्णय देश र जनताको बृहत्तर हितमा ऐन, कानुन अगाडि बढाउन तथा दीर्घकालीन नीति सुधार गर्न लिइएको उनले दाबी गरेका छन् ।
चितवन जिल्ला क्रिकेट संघ (क्यान) का अध्यक्ष सुदीप पियाको निधन भएको छ। भरतपुर महानगरपालिका–१, नारायणगढस्थित घरमै उनको मृत्यु भएको क्यान चितवनका सचिव सुरज ज्ञवालीले जानकारी दिए । उनको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ।