पूर्वअर्थमन्त्री तथा कांग्रेस सांसद प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेजस्तो आम्दानी नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा 'आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल' मा भाग लिँदै उनले यस्तो बताएका हुन् ।