[Show all top banners]

rownyc

More by rownyc
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डा.केसी रूमालले मुख छोपेर रून थाल्नुभयो डा.केसी for President
[VIEWED 5722 TIMES]
SAVE! for ease of future access.
Posted on 09-04-15 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


(1 Vote)
RabindraMishra     डा.केसीसँग अन्तरवार्ता गर्दै पत्रकार मिश्र। तस्विर साैजन्य: twitter.com/MishraRabindra RabindraMishra डा.केसीसँग अन्तरवार्ता गर्दै पत्रकार मिश्र। तस्विर साैजन्य: twitter.com/MishraRabindra

डा.गोविन्द केसीको अनसन दशाैं दिन पुग्दा उहाँको स्वास्थ्य नाजुक हुँदै गएको थियो। त्यही बेला रवीन्द्र मिश्रले फाेन गरेर बिबिसी नेपाली सेवाका लागि छोटो कुरा गर्न सकिएला कि भनेर प्रस्ताव राख्नुभयो। उहाँको बिग्रँदो स्वास्थ्यका कारण जवाफ दिइहाल्न सक्ने अवस्था थिएन। सर कमजोर हुँदै गएसँगै एक दुई मिनेट लामा क्लिपका लागि बाहेक सरलाई बोल्न नदिन थालेको हिजै (मंगलबार) देखि हो।

तर नेपाल सन्दर्भमा दश मिनट सरका कुरा ठूलो संख्यामा मानिसहरुबीच पुग्ने हुँदा यो यसबारे पुनर्विचार गरियो। यो अवसर छाड्नु उचित लागेन। अनुमतिका लागि मैले सरलाई सोधेँ। उहाँले सहजै 'हुन्छ' भन्नुभयो। त्यसपछि रेकर्डिंगका बेला जे भयो त्यो हामीले कहिलै सोचेका थिएनाैं। त्याे अविस्मरणीय भयो।

सामान्यतया अनशनमा १० दिन पुग्दा मान्छेमा भावनात्मक अस्थिरता वा 'इमोस्नल भोलाटिलिटी' निकै बढिसकेको हुन्छ। यसअघिका अनसनहरूमा उहाँमा पनि त्यस्तै भएको थियो। सानो मानसिक उत्तेजनाले पनि मुटु र श्वासप्रश्वासको चालमा ठूलो असर पार्छ। त्यसका बाबजुद पनि अनशनसित जोडिएका विषयहरुमा जुन संयम् र धैर्यताका साथ उहाँ बोल्नुभयो, त्यसले हामीलाई ठूलो राहत दियो।

मुटुको चाल धेरै घटबढ नै नभई अन्तर्वार्ता सकियो भनेर हामी ढुक्क भयाैं। त्यहीबेला रवीन्द्र दाइले अचानक अर्को प्रश्न सोध्नुभयो, 'अन्तर्वार्ताको बेला छुटेको, भन्न मन लागेको कुरा केही छ ?'

सरले 'छ' भन्नुभयो। रेकर्डिंग फेरि शुरु भयो। केही छिन त सरले सहजै देशको दु:खद परिस्थितिबारे बोल्नुभयो। तराइमा भइरहेको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिको कुरा गर्दा अचानक उहाँको गला अवरूद्ध भयो। भक्कानो छुट्यो। उहाँ रुमालले अनुहार छाेपेर रुन थाल्नुभयो। के गर्ने के नगर्ने हामी असमञ्जसमा पर्याैं। उता डिस्प्लेमा मुटुको चाल एकैचोटि १६० प्रतिमिनेट पुगिसकेको देखियो। मोनिटरले स्थिति नाजुक भएको संकेत आवाज निकाल्न थाल्यो। माहाेल एकाएक भावविह्वल बन्यो। 

सर आफैंभित्र भावनात्मक अस्थिरताबीच रहेको बेला भनेर हामीले उहाँलाई अत्यावश्यक बाहेकका खराब समाचार र सुचनाहरु दिन छाडेका थियौं। यद्यपि अनशन बस्ने दिन कैलालीमा भड्किएको हिंसाले उहाँको हृदय काँपिसकेको थियो। फेरि निकै प्रयासपछि उहाँ सम्हालिएर छोटो कुराकानी गर्नुभयो।

बुधबार बेलुका बिबिसी नेपाली सेवामा त्यही अन्तर्वार्ता सुन्दा फेरि हामी भावविह्वल हुन पुग्याैं। फेरि सरको मानसिक उत्तेजनाले मुटुको चाल गडबड होला भनेर हामीले अलग्गै कोठामा गएर त्यो सुनेका थियौं। लगत्तै गएर सरलाई बताएँः सर, बिबिसीले अन्तर्वार्ता जस्ताको तस्तै सुनायो। एकदम सन्तुलित प्रस्तुति थियो।

सर अब सम्हालिइ सक्नुभएको थियो। हल्का मुस्कानसाथ दिउँसोको आफ्नो मनस्थिति वर्णन गर्न थाल्नुभयोः खास उहाँले भन्न प्रयास गर्नुभएको रहेछ, संविधानमा सबै पक्षलाई समेटेर हिंसाको बाटो बन्द हुने गरी संविधान जारी गरौं। लामो समय रक्तपात नहोस्। तर भइदिएछ के भने त्यो बोल्न खोज्दाखोज्दै अचानक टीकापुरको विभत्स घटना याद आएछ। त्यसपछि उहाँले आफैंलाई सम्हाल्न सक्नुभएनछ।

कार्यक्रम रेकर्ड गरेर फर्केपछि चिन्तित स्वरमा रवीन्द्र दाइले फोन गर्नुभयो, 'सरको मुटुको चाल के छ?' कतै आफ्ना कारणले उहाँलाई गाह्रै त परेन भन्ने उहाँको चिन्ता रहेछ। भाग्यवश सरको मुटुमा यसपटक पाँचौं अनशनताका देखिएको भीपीसी नामक समस्या देखिएको छैन। उहाँले फोन गर्नुअघि सरको मुटुको चाल धेरै हदसम्म सामान्य भइसकेको थियो। मैले त्यही सुनाइदिएँ।

दश दिन भोकै बस्दा गलेको शरीरलाई डटेर सहेको मानिसलाई शारीरिक कष्टभन्दा देशको पीडाले कति दुखेको रहेछ। राज्यको बेलैमा आँखा खुल्यो र समयमै माग पूरा भए भने उहाँको अनशन त तोडिएर शरीर फेरि बौरिएला। तर अहिले देशभर अनाहक मारिइरहेका मानिस फेरि फर्केर आउने छैनन्।



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS To F-1 COS
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters