[Show all top banners]

billdeblasio
Replies to this thread:

More by billdeblasio
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पदमुक्त राष्ट्रपतिलाई मासिक एक लाख १० हजार र दूधालु गाईसहितको सुविधा चाहियो -
[VIEWED 3925 TIMES]
SAVE! for ease of future access.
Posted on 10-12-15 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक महिनाभित्र शीतल निवास छाडनुपर्ने राष्ट्रपति डा. रामवरण यादवलाई चाहिने सुविधाबारे राष्ट्रपति कार्यालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । ‘पद–निवृत्त राष्ट्रपतिका लागि सुविधा प्रबन्धबारे’ शीर्षकमा मुख्यसचिवलाई सम्बोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाइएको हो ।
मन्त्रिपरिषद्को कार्यालय स्रोतबाट रातोपाटीलाई प्राप्त उक्त प्रस्तावमा निवृत्तभरणको सामान्य सिद्धान्तअनुसार तलबको कम्तीमा आधा रकम पाउने भएकाले सोही अनुपातमा पद–निवृत्त राष्ट्रपतिका लागि मासिक निवृत्तभरणको रकम ६० हजार राखिएको छ । यो प्रस्ताव राष्ट्रपति कार्यालयले असोज २२ गते मन्त्रीपरिषद्मा पठाएको हो ।
यसैगरी, पद–निवृत्त भए पनि पद–निवृत्त राष्ट्रपतिको भेटघाट, औपचारिक÷अनौपचारिक भ्रमण, राज्यका सामाजिक–सांस्कृतिक लगायत छलफल आदिमा उपस्थित हुन सक्ने कारणले गर्दा अतिथि सत्कारतर्फको खर्चमा हाल प्राप्त रकमको आधा रकम अर्थात् मासिक ५० हजार मागिएको छ । यसरी एकमुष्ठ मासिक एक लाख १० हजार उपलब्ध हुनु उपयुक्त देखिन्छ भन्दै सिफारिस गरिएको छ ।
पद–निवृत्त हुने राष्ट्रपतिका लागि आवासको व्यवस्था पनि गर्न सिफारिस गरिएको छ । हाल सरकारले यस सन्दर्भमा कुनै पनि पूर्वनिर्णय गरिसकेको छैन । संवैधानिक व्यवस्थाअनुसार वर्तमान राष्ट्रपति पदमुक्त हुने भएमा राष्ट्रपतिका लागि सम्मानजनक सुविधायुक्त आवासको व्यवस्था हुनुपर्ने नै हुन्छ ।
सवारी–साधनको व्यवस्था पद–निवृत्त राष्ट्रपतिका लागि जम्मा दुईवटा सवारी–साधनको प्रस्ताव गरिएको छ । औपचारिक हिसाबले संलग्न हुनुपर्ने अवस्थामा र फिल्ड भ्रमण जाँदा प्रयोग गर्ने अर्को गाडी समेत दुई गाडीको सुविधा हुनु उपयुक्त नै हुन्छ ।
पद–निवृत्त राष्ट्रपतिका लागि उपलब्ध हुने सेवा–सुविधाको प्रशासकीय रेखदेख गर्न उनको आवास परिसरमा नै रहने गरी एउटा सानो आकारको कार्यालयको स्थापना गर्नु उपयुक्त हुने सिफारिस गरिएको छ ।
विदेशीसँगको भेटघाट र परिआउने व्यक्तिगत सद्भावपूर्ण पत्राचार गर्ने लगायतको प्रशासकीय प्रबन्ध गर्न एक सहसचिव स्तरको कर्मचारीको नेतृत्वमा कर्मचारी समूह रहने प्रस्ताव गरिएको छ ।

दूधालु गाईको व्यवस्था
हाल नेपाल सरकार, पशुसेवा विभागबाट दूधालु गाईको व्यवस्था हुँदै आएकाले सोको निरन्तरताका लागि आवश्यक व्यवस्था हुन प्रस्ताव गरिएको छ ।
असोज १५ गतेदेखि रूपान्तरित व्यवस्थापिका संसदको अधिवेशन सुरु भएको छ । यो अधिवेशनले नेपालको संविधानअनुसार नया“ राष्ट्रपतिको चयन गर्नेछ । नया“ राष्ट्रपति आएलगत्तै वर्तमान राष्ट्रपति निवृत्त हुने भएकाले उनको बसोबास र जीवनयापनका लागि आवश्यक प्रबन्ध गर्नुपर्ने राष्ट्रपति कार्यालयको भनाइ छ ।
नेपालको संविधानको धारा ७२ बमोजिम सम्माननीय राष्ट्रपतिका लागि पारिश्रमिक तथा अन्य सुविधा संघीय ऐनबमोजिम हुनेछ र त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोकेबमोजिम हुनेछ भनी उल्लेख भएको छ ।
‘पद–निवृत्त राष्ट्रपतिका लागि निवृत्तभरण, आवास, कर्मचारी, सवारी–साधन, टेलिफोन÷मोबाइल, इन्टरनेट, पत्रपत्रिकालगायत अन्य सुविधाको प्रबन्ध गर्नु बाञ्छनीय भएकाले संलग्न प्रस्तावबमोजिमको व्यवस्थाका लागि निर्णय हुन अनुरोध गर्दछु’ भन्दै राष्ट्रपति कार्यालयका सह–सचिवले पत्राचार गरेका छन् 


 
Posted on 10-12-15 10:04 AM     [Snapshot: 26]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजा गए रजौटा आए |
 
Posted on 10-12-15 10:24 AM     [Snapshot: 70]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देश को ढुकुटी सिद्दाउने भए नपुंसक हरुले ।
 
Posted on 10-12-15 11:25 AM     [Snapshot: 146]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

It's ok to give some benefit to make decent living and education for kids and housing. After all it's president of sovereign country. If they can't make decent living they will be forced to make money in some other way while they are in position. Dhudhalu cow for every president is weired, what if some else want tiger as pet :)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters