[Show all top banners]

Ma Nepali
Replies to this thread:

More by Ma Nepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बारम्बार वीर्य फाल्नेलाई प्रोटेस्ट क्यान्सर संभावना कम
[VIEWED 9769 TIMES]
SAVE! for ease of future access.
Posted on 08-16-16 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बारम्बार वीर्य फाल्ने पुरुषलाई प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून हुने एक अमेरिकी अध्यनले देखाएको छ । बढी वीर्य नाश गर्दा स्वास्थ्यमा कस्तो अशर गर्छ भन्ने विषयमा सर्वत्र बहस चलिरहेकै बेला अनुसन्धानकर्ताले यो निस्कर्ष निकालेका हुन् ।
१८ वर्ष लामो यस अध्ययनमा ३२ हजार पुरुषलाई सहभागी गराइएको थियो । सन् १९८२ देखि २०१० को अवधिमा करिब ४ हजार पुरुषको प्रोस्टेट क्यान्सरको उपचार गरिएको थियो ।
अध्ययन अनुसार महिनामा कम्तिमा पनि २१ पटक वीर्य निस्काशन गर्ने २० वर्ष पुगेका पुरुषलाई महिनामा ७ पटक मात्र वीर्य फाल्ने पुरुषको तुलनामा प्रोस्टेट क्यान्सरको न्यून सम्भावना रहेको थियो । ४० वर्षको उमेरमा बारम्बार वीर्य फाल्ने मध्ये २२ प्रतिशतलाई सो क्यान्सरको सम्भावना थोरै देखिएको थियो ।
‘वीर्य निस्काशन गर्ने आवृत्ति धेरै हदसम्म पुरुषको स्वास्थ्यसँग जोडिएको छ । किनकी सबैभन्दा थोरै पटक वीर्य पतन गर्ने (० देखि ३ पटक प्रति महिना) पुरुषमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या र विशेष गरी प्रोस्टेट क्यान्सरबाट मर्ने गरेको पाइयो,’ अध्ययन टोलीका नेता जेनिफर रिडर भन्छन् ।
‘वयस्क अवस्थामा सुरक्षित यौन गतिविधि र वीर्य निस्काशनले प्रोटेस्ट क्यान्सरको खतरा घटाउछ,’, रिडर भन्छन् । १५ प्रतिशत नयाँ क्यान्सर हुनुमा प्रोटेस्ट क्यान्सरका मुख्य कारक रहेको युरोपियन युरोलोजीमा प्रकाशित सो अध्ययनमा उल्लेख छ । जीवन शैलीमा ल्याउने परिवर्तनले यो क्यान्सर घटाउने वैज्ञानिकहरुको भनाई छ ।
वीर्य निस्काशनको आवृत्ति र क्यान्सरबीचको सम्बन्ध पहिचान गर्न रिडर र उनका सहकर्मीले सहभागीलाई उनीहरुको यौन स्वास्थ्य, मेडिकल रेकर्ड तथा ल्याब परीक्षणबारे विभिन्न प्रश्नको जबाफ दिन लगाएका थिए । अध्ययन अनुसार महिनामा तीन पटकसम्म वीर्य फाल्ने पुरुषमध्ये १ सय ९२ लाई सो क्यान्सर भएको पाइएको थियो । सहभागीमध्ये १ हजार ४२ ले महिनामा ४ देखि ७ पटक वीर्य फाल्ने र १५ सय ९ जनाले ८ देखि १२ दिन फाल्ने बताएका थिए । त्यस्तै ८०७ जनाले १३ देखि २० पटक फाल्ने बताएका थिए ।

Last edited: 16-Aug-16 11:17 AM

 
Posted on 01-03-17 11:23 AM     [Snapshot: 2164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Democrat lies revealed
#MAGA#FAFO is delicious
2020 : Why No Trump !
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters