[Show all top banners]

nepali_ma
Replies to this thread:

More by nepali_ma
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Private Schools Bandh in Nepal
[VIEWED 6097 TIMES]
SAVE! for ease of future access.
Posted on 04-28-05 3:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maobadi Student (?) union's with drew Shutdown of Private shool. Pls listen to this bbc link in which bbc took an interview it's president Lekhnath Neupane re... listen to this interview ..and post ur view here in this thread.....

http://www.bbc.co.uk/nepali/

This is about the future of nepali children, about their education... pls comment about silly maobadi student (???) leader's ideas...
 
Posted on 04-28-05 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A pick from BBC Nepali Radio ?an interview with president of ANNFSU (Revolutionary) [actually not student union it?s maoist itself in my opinion], Lek Nath Neupane, taken by Rabindra Mishra of BBC?.


येसै शैक्षिक शत्रदेखि अनिश्चितकालको निजी क्षेत्रका विद्यालयहरु बन्द गराउने निर्णय गरेका मावबादी विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ??? ले सो निर्णय फिर्ता लिएको छ। आज नेपाल सन्धर्वको लागि कुराकानि गर्दै अनेरास्ववियुका अध्यक्ष लेखनाथ नेउपानेले उहांकै शब्दमा सहमतिमा बन्द भऐका बाहेक सबै स्कूल तुरुन्तै खुल्न सक्ने बताउनु भयो।

रबिन्द्र : निजी विद्यालयहरु बन्द गराउने निर्णय के कारणले फिर्ता लिऐको हो?

लेखनाथे: तत्कालका निम्ती हामीले expose गरेका कार्यक्रम स्थगन गर्नाका ३ वटा कारण भनेर भनिराखेका छौ:
- पहिलो, सत्ताले राजनैतिक रुपले सम्पुर्ण टेक्ने ठाउं गुमायो यतिबेला त्यसकारण हामीले स्थगन गर्यौ।
- दोश्रो, विभिन्न विद्यार्थी संगठनहरु, राजनैतिकपार्टीहरु, मानवअधिकारवादीहरु यद्यपि संयुक्त राष्ट्र संघ समेतको सुझापलाई सम्मान गर्न हामीले जरुरी ठान्यौ।
- तेस्रो, अब बन्द गर्न सहमत भऐको र प्रतिरोधात्मक कारवाहीमा परेका बाहेकका चाही नी सबै शैक्षिक संस्थाहरु जुन निजी शैक्षिक संस्थाहरु छन् त्योलाई यही शैक्षिक शत्रको निम्ती तत्कालको निम्ती सन्चालन गर्नु पर्छ भन्ने निर्णयमा हामी पुग्यौ।

रबिन्द्र : तपाईले पहिलो कारण जुन भन्नु भयो सरकारले टेक्ने सबै ठाउँ गुमायो भनेको! के भनेको त्यो?
लेखनाथे: मतलब देशमा चाहिने सबै अधिकारहरुको हत्या गर्दै वलत्कार गर्दै अब राजनैतिकरुपले कुनै पनिकुराको स्वतन्त्रता नभई सके पछि major कारण चाही त्येस्को बिरुध्द जाने हुनाले हामीले चाही यो राजनैतिकारण कुराकानी उठाईराखेका छौ। अहिलेको सत्ताको Ground मा ?. Nepali Ground टेक्ने ठाँउ छैन त्यसै माथी टक्रक बसेको छ त्येसै कारणले हामीले यो वाक्यांश प्रयोग गरेका हौ।

रबिन्द्र : यो कुरा अझै प्रश्त भऐन तपाईले किन त्येस्तो भनेको भन्ने कुरा अझै प्रश्त भऐन।

लेखनाथे: सरकारले जुन भाषा बोलिराखेको छ हाम्रो आन्दोलन प्रति, हाम्रा संगठन प्रति, नेता कार्यकर्ताहरु प्रति यद्यपि अरु बिद्यार्थी संगठनहरु प्रति यो संपूर्ण त के भने प्रतिगामी सोच अनुसार उल्ले बोलिराखेको हुनाले उल्ले हामीले उठाऐको समस्याहरुको हल दिदैन भन्ने निस्कर्षमा पुगेको हुनाले अर्को ढंगको आन्दोलन सुरुवात गर्न तत्काल यो कार्यक्रम स्थगन गर्न खोजेका छौ भन्न खोजेको मैले।

रबिन्द्र : ऐ ?? भनेपछि उसो भऐ ??.. यो सरकार रहे सम्म अब तपाईहरु हडताल गर्नु हुन्न किन भने देखि यो सरकारले तपाईको भनाई अनुसार तपाईको कुरा होईन त?

लेखनाथे: यो स्तरको होईन कि जन आन्दोलन स्तरको चाही संयुक्त वा ऐकल आम बिद्यार्थीहरुलाई विद्यालय क्याम्पसको Ground वाट सडकमा निकाल्ने प्रकारको जनआन्दोलनको कार्यक्रम गर्न चाहिने हामीले तयार गरेका छौ। त्यो कार्यक्रम मार्फत यो सरकारलाई दवाब र यो सरकारको बिरुद्धमा हामी जान्छौ।

रबिन्द्र : राजनितीक गतिविधी चाही हुन्छ उसो भऐ तर विद्यालय बन्द गर्ने काम चाही हुदैन?

लेखनाथे: विद्यालय बन्द हुन्न र जेठ १० गतेवाट हाम्रो संगठनको आह्वानमा हामी संयुक्त आन्दोलनको निम्तिपनि आह्वान गारिराखेका छौ। बिभिन्न विद्यार्थी संगठनहरुसंग हाम्रो छलफल भई राखेको छ। मेची महाकाली शैक्षिक नाकाबन्दी भनेर हामीले घोषणा गरेका छौ र त्यो मार्फत हामी सरकारलाई दवाब दिन्छौ ??? (बिच्चै मा रबिन्द्रको cross question) ??.

Next episod for tomorrow... i am lazy to type more nepaly fonts.... sorry for that ....guys... pls comments this guy's saying...
 
Posted on 04-28-05 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All I got to say is this stupid mofo must be shot dead.
 
Posted on 04-28-05 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....and its hightime, that one of the disappointed posters who has been threatening to kill everyday , actually went back to Nepal and actually DID SOME SHOOTING. maybe others might follow in his/her shoes.
 
Posted on 04-28-05 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Next episod from the same interview...here is goes...

रबिन्द्र : भन्या के नि! भन्या के मेची महाकाली शैक्षिक नाकाबन्दी भन्या के?

लेखनाथे: यो चाही शाही घोषणा बिरुद्धको एउटा राजनैतिक आन्दोलन हो ! शैक्षिक क्षेत्रवाट गरिने राजनैतिक आन्दोलन हो। अब विद्यार्थीहरुलाई हामी आह्वान गर्छौ ? पढाई र परिक्षा होईन ? अब क्याम्पसवाट सडकमा निस्कने ? स्कूलवाट सडकमा निस्कने र शाही परिवारको नाऊमा नामांकन गरिऐको शिक्षण संस्थाहरुको नाम परिवर्तन अभियान हो यो संघर्षको अभियान हो।

[What a damn fu#king silly Idea! I guess they wanna change Tribhuvan University to Prachanda University]

रबिन्द्र : भनेपछि खालिनाम मात्रै परिवर्तन भयो कुरा त उही भयो नि कहिले एक किसिमले बन्द गर्ने कहिले अर्को किसिमले बन्द गर्ने भने पछि कुरा चाही उही भयो होईन त??

लेखनाथे: कुरा उही भन्दानी अहिले हाम्रो छलफलको केन्द्र के हो भन्दा शाही घोषणा मार्फत संपूर्ण राजनैतिक अधिकारहरुको कतौटी भई सकेपछि विद्यार्थीहरुले के पढ्ने के का निम्ती पढ्ने, कस्को सेवाको निम्ती पढ्ने भन्ने प्रश्न जरुर छ। त्येसो भऐको हुनाले देशमा प्रजातन्त्रको बहाली नहुदा सम्म पढाई प्रमुख हुन सक्दैन, ब्यक्तिगत जीवन विद्यार्थीको प्रमुख हुन सक्दैन भन्ने मर्मका साथ हामीले यो आन्दोलनको आह्वान गरिराखेका छौ।

रबिन्द्र : आजको केही समय पछि अथवा केही वर्ष पछि प्रजातन्त्रको बहाली भयो भने आज तपाईहरुले पढ्न नदिऐको असर चाही त्यो प्रजातन्त्र बहाली हुँदा पर्छ कि पर्दैन नि?

लेखनाथे: होईन मुख्य कुरो राजनैतिक समस्याहरु हल भई सके पछाडि अरु विषयहरुले सपात वाटो लिऐर जान्छन् भन्ने हाम्रो सैदान्तिक बुझाई ??..[अलमल] ? आम मान्छेको सैदान्तिक बुझाई भऐको हुनाले एक प्रकारको राजनैतिक Solution प्रजातन्त्रमा हुन्छ त्येस्ले चाही बिग्रेको शैक्षिक गतिविधीलाई ठीक ठाँऊवाट अगाडी लिऐर जान्छ भन्ने हाम्रो विस्वास हो।

रबिन्द्र : ये?.. भने पछि संसारमा प्रजातन्त्र नभऐको कुनै पनि देशमा विद्यार्थीले पढ्न हुदैन? सब भन्दा पहिले प्रजातन्त्रको स्थापनामा नै लाग्नु पर्छ भन्ने तपाईहरुको भनाई?

लेखनाथे: पढ्न पर्छ तर के का निम्ती पढ्ने, केलाई सेवा गर्नका निम्ती पढ्ने भन्ने हाम्रो प्रश्न हो। त्यसकारण अहिले तत्काल नेपालको सन्धर्वमा कुरा गर्दा प्रजातन्त्रका निम्ती केही समयको पढाईहरुलाई बलिदान गर्नु पर्छ विद्यार्थीहरुले भन्ने ??.. (cross question from Rabindra)?.

रबिन्द्र : होईन पढेपछि, विद्यार्थीहरुको बुध्दि बढेपछि त भोलि उस्ले कस्को सेवा गर्ने भन्ने कुराको त आफैले निर्णय गरिहाल्छ नि! पढ्नै नदिए पछि त्यो निर्णय कसरी लिने त उसो भऐ? [Very good question I guess]

लेखनाथे: त्येसरी भन्दापनि तत्कालको हिसावले ??. जीन्दगी भरि नपढ्ने भन्ने पनि होईन ?.. त्येसो पनि हुन सक्छ ?.. दुनियामा हामीले देखेका छौ दशौ वर्ष बिशौ वर्ष विद्यालय बन्द भऐर विद्यार्थी प्रजातन्त्रको निम्ती लडाई लडिएर बिरता बनेका ईतिहासहरु पनि छन् ??? हाम्रै नेपालको सन्धर्वमा पनि ?? [stopped by Rabindra and asked a cross question again]

last episod by this evening ..... read and comment...
 
Posted on 05-22-05 3:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Remaining episod of the same interview...sorry for late posting....

रबिन्द्र : ऐ त्यल्लाई??कुरालाई तपाईहरु उदाहरणको रुपमा लिनु हुन्छ उसो भऐ, त्यस्तो कुरालाई उदहारण को रुपमा लिनु हुन्छ?

लेखनाथे: उदहारणको रुपमा भन्दापनि??हाम्रै देशको सन्धर्बमा पनि २०४६ सालमा स्वयं सत्ताले दुई महिनाको निम्ती क्याम्पसहरु बन्द गरिदिऐको पनि छ। त्यसकारण हामीले के भन्न खोजेको मात्र भन्दा सदाको निम्ती बन्द भन्दा पनि पढाईपनि हुने कुरा त हुन्छ तर अहिले तत्कालका निम्ती प्रजातन्त्रको पक्षमा विद्यार्थीहरुले लड्नु पर्छ। कम्तिमा पनि सडकमा निस्कनु पर्छ र प्रजातन्त्रको बहालीको ऐजेन्दामा लाग्नु पर्छ भन्ने हाम्रो आग्रह हो। हाम्रो योजना हो।

रबिन्द्र : अनि त्यसरी निस्किएन, त्यसरी आऐनन् भने, पढ्छु भन्यो भने चाहि अनि विद्यालयमा गऐर बम पड्काई दिने?

लेखनाथे: होईन त्यसो होईन हामीले बम पड्काऐको होईन्। सामान्य प्रतिरोधात्मक कारवाहीहरु भई राखेका हुन्???

[Cross question from Rabindra]

रबिन्द्र : ल तपाईले सामान्य प्रतिरोधात्मक कारवाही भन्नुस की जे नाम दिनुस् बम त पड्कीऐकैहो स्कुलमा। विद्यार्थीहरु घाइते भऐकै हुन्।

लेखनाथे: जरुर हामी बम पड्काउनै कि निम्ती लालाईत भऐको भऐ दुनिया मा धेरै स्कुलहरुमा हामीले (हासेर) बम पड्काउन सक्थ्यौ होला। हामीले छानेर बदमास बदमासहरुको बिचमा प्रतिरोधात्मक कारवाही गरेका छौ। योवाट सायद नेपाली जनता ?.. न्यून स्तरका नेपाली जनताले बुझेको छ ? त्यो भन्दा माथिकोले यसलाई कसरी परिभाषित गर्छ अब त्यो आफ्नै द्रिष्टीकोण को ??.

रबिन्द्र : बदमास पनि तपाईहरुको दृष्टीकोणमा जस्ले चन्दा दिऐन तिनीहरु चाही बदमास होला नि फेरी होईन?

लेखनाथे: हाम्रो तर्फवाट राष्ट्रिय सम्मेलन भन्दा यता कसैले पनि चन्दा अभियान लिएर गऐको छैन। यदी कसैले लिएर गएको छ भने त्यो चाही हाम्रो नामवाट होईन भन्ने क्लेरिफिकेशन हामीले दिइ राखेका छौ।

रबिन्द्र : भने पछि अब विद्यालयहरु अब निर्धक्क संग फेरि संचालन हुन ठाले हुन्छ निजी विद्यालयहरु?

लेखनाथे: निजी विद्यालयहरु जो चाही सहमतीमा बन्द गर्ने कुराकानी भएको छ र जो लाई प्रतिरोधात्मक कारवाही हामीले गरिऐको छ त्यो बाहेक निजी शिक्षण संस्थाहरु तत्कालका निम्ती खुल्नका निम्ती हामी आह्वान गर्छौ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters