[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GOTAMEKO GANGAN

[Please view other pages to see the rest of the postings. Total posts: 229]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12  
[VIEWED 99733 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-22-05 3:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको गनगन

हाईकु लेख्न भनेर बसेको यस्ता टुक्रामात्रै निक्ले । नियममा बसेर लेख्ने कुरा मेरो वशमा नभएजस्तो छ। सुझाव अपेक्षित छ।

"गरिबिको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।


"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो बतास ।

"छुट्टी"

दुइ दिने छुट्टी
किताबहरुको माझबाट
सुटुक्क गयो।


हाइकुको जन्मभूमि घुमेपछि एउटा हाइकु तेसैको नाममा।

"क्योटो"

आदिम आँगन
शताब्दीहरु
नाच्दै बग्छन् ।
 
The postings in this thread span 12 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-03-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको राजा

२००० करोड सम्पत्ति
गुन्डा सन्तति
बिष्णुको अवतार रे
 
Posted on 02-03-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुनाब्

खै उमेद्वार ?
भोट खोज्न गयो रे
खै भोट ?
ब्यारेक भित्र छ रे
खै ब्यारेक ?
दरबारभित्र छ रे
खै दरबार ?
"प्रजातन्त्र" दिदै छ रे
खै प्रजातन्त्र ?
भरतकेसर को घर मा छ रे
खै भरतकेसर ?
पैसा लिएर बिदेश गयो रे
खै पैसा ?
हजम भयो ।
 
Posted on 02-04-06 1:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good ones, torpeygyane and wretch.
 
Posted on 02-04-06 1:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"शाही पूजा"
-१-
हे भद्रकाली!
दल सिध्याइदेउ
बोको चढाएँ
-२-
राँगै चढाएँ
दोहोलो काढिदेउ
माओवादीको
-३-
'बुध्दि' फिराउ
'कुइरे', 'भारत' को,
सुन अर्पौँला!
-४-
सुन अर्पौँला!
राष्ट्र बैंक मेरै हो!
मेरै सुन हो!
-५-
तिम्रा मन्दिर
देशैभरि हुनेछन्
मेरै बिर्ता हो!
-६-
हे भद्रकाली!
रक्षा गर हे माता!
हे भद्रकाली!
 
Posted on 02-04-06 3:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पारस सरकार अनि उस्को बाउ

धन्य तिमी ठुलो समाज सेबक रहेछौ
मैले त तिमीलाई गुन्डा भन्ठानेको
तक्मा अलन्कार तिम्ले पाएछौ
नत्र दुनियाले पनि तिमीलाई गुन्डै भन्ठान्थ्यो
धन्य तिम्रो बाउ बाठा रहेछन्
मैले त हत्यारा भन्ठानेको
आफ्नै मोडेलको प्रजातन्त्र दिए जनतालाई
नत्र दर्बार खरानी पहिले नै भइजान्थ्यो
 
Posted on 02-04-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामि छ गौतम जी! "शाही पूजा" १,२ र ५ त गजबै लाग्यो मलाइ!

गणतन्त्र जी को नि उस्तै रेछ, सम-सामयीक घटनाहरु राखेर लेखेको हाईकु तिख्खर हुँदो रेछ, सिजन अनुसारको तरकारी र अचार जस्तो!

रेच जी को आधुनिक ‘कुखुरि काँ’ दामि लाग्यो हे हे हे :)
 
Posted on 02-08-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चुनाव"
-१-
मान्छे कुर्दा कुर्दै
कर्मचारी निदायो-
निन्द्रै पु-यायो।
-२-
ठ्याक्कै १ बजे-
हरियो बर्दी पस्यो,
मूठै खसाल्यो।
-३-
बाक्सा बस्या' हो!
हाल्या' जति पस्या' हो!
'भोट' खस्या' हो!
-४-
सफल भयो!
सय प्रतिशतै भो!
अन्त काँ' हुन्छ!!!
 
Posted on 02-08-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नतिजा"
-१-
चोरले जित्यो,
जँड्याहा निर्बिरोध,
गुण्डा हा-यो रे!
-२-
होइन भाइ
सुकुलगुण्डाले जित्यो
गुण्डा हा-या भे!

"बाँकी सिटहरु"
-१-
निवेदन दिनु
'स्वच्छ', 'निष्पक्ष', 'दक्ष'
दक्षिणढोकामा!
-२-
चिठ्ठा खोलौँला
'प्रजातन्त्र' सपार्ने'
अर्को मौकामा!
 
Posted on 02-08-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Photo of the day!

 
Posted on 03-06-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चिन्ता"

युवा बिग्रिए,
राजा त मान्नै छाडे-
जाँठ्ठाहरुले!

"युवा नीति"

जागिर दिम्ला-
मान्छे कुट्न सक्ने भे',
पढेर के हुन्छ?

"शिक्षा नीति"

उत्पादन गरौँ-
भात खाने रोबोट,
मान्छेको सट्टा।

"राष्ट्रवादी शिक्षा"

किताब खै त?
"मगाईसकेको छु
भारतबाट!"
 
Posted on 04-05-06 3:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो धेरै निदायो। लौ न साथी हो यस्सो बल गरेर माथि लानुप-यो।

"गैँडा"
जनता भन्दा-
गैँडा पो भग्यमानी
यूरोप देख्यो!
 
Posted on 04-05-06 4:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको कबिता

गोतामेको कलम
राम्रा राम्रा
कबिता अजै लेखन
 
Posted on 04-13-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"शाही टाट्नो"

भर्खरै फाल्यो
प्लाष्टिकले बेरेर
सुख्खा पराल
 
Posted on 04-14-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'स्वतन्त्रता'

के को पुग्थ्यो र
सुक्खा परालले
चरन नै चाहिन्छ
 
Posted on 04-14-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिनपछि फुर्सद निकालेर लेख्दैछु।

राजतन्त्र

बूढो भो रूख
सबै मिली उखालौं
लौ जरै देखि

 
Posted on 05-04-06 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए गोताएँ, यस्तो उल्का नि लेख्न पाइन्छ र हाइकुमा? त्यो पनि मधुपर्कमा।


पुष्कर लोहनी..

तिमी हरायौ
पिउन मन लाग्छ
मध्य रातमा ।

तिमी सम्झिदै
कुर्नुसम्म कुरेको
सिरक भित्र ।

तातो अँगालो
भुसुक्कै निदाइछु
जाडोको रात ।

च्याप्पिँदाखेरि
बैंस च्याप्पिन पुग्दा
पसिनै निस्क्यो ।

भरिएपछि
कहाँ गएर पोखुँ
मनै तरुनो ।

रसायो होला
पोखिन नदिनु है
भरे आउँला ।

भिजेको चोलो
पसिनाको गन्धमा
वाफको तातो ।

स्वादिलो होला
देख्दैमा लोभलाग्दो
चोलो फुकाल्दा ।

रस चुहियो
छचल्किँदै गाग्रोमा
माटाको भाँडो ।

मुटु नै छेड्यो
प्वालै परेर झर्यो
स्नेहको थोपा ।

तेजिलो आँखा
घोच्नुसम्म घोच्यो नै
सल्कि नै हाल्यो ।

थाहा भएन
साँढे लागिसकेछ
गोठालो जिल्ल ।

काखमा राख्दा
पत्याउनै सकिन
खुकुलो रैछ ।

आउने भए
सँगालेर राखौँला
पोखिनु परे ।

तिमी ठानेर
सुघ्नुसम्म नै सुघेँ
रक्सीको मात ।

छाडिदेउ न
बोकेर मै लैजान्छु
सँगै सुतौँला ।

र् र्सपले ठुँग्यो
रगताम्य सपना
निन्द्रा नै झर्यो ।
 
Posted on 05-04-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाईन्छ होला र त लेखे नि काका! जापानमा हाइकूको शुरुवात भने जेन गुरुहरुले ध्यान गर्दा पाएको
आध्यात्मिक अनूभूतिलाई थोरै शब्दमा ब्यक्त गर्ने बिधाको रुपमा भएको हो। तर जस्को हातमा पुग्यो त्यस्तै बनिहाल्छ। हामी निरंकुशतालाई हाईकूले हान्छौँ, यी गुरुले रतिरागमय हाइकू लेखेछन्।
त्यति रतिरागमय त हैन, तर मैले पनि सधैं लेख्ने भन्दा अलिक फरक हाइकू लेखेको थिएँ,फरक मौसमकाकारण त्यत्तिकै थन्केको थियो।

"नया वसन्त"

पीपल पात
नवजात शिशुको
कोमल त्वचा

निलो फैलियो
हरियो पोखिएको
छाया खंदिलो

सिन्दूरे साँझ
गाला गालामा चढ्दै
खुस्स उक्लन्छ

घुम्टोमा रात
शर्मीलो मुस्कानमा
खुला अँगालो।
 
Posted on 07-13-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुईगलमा राख्दा राख्दै यो धागोभरि फोहर जमिसकेछ गाँठे! यस्सो पूछपाछ पारेर टल्काउनै परो।

"नेताको स्मरणशक्ति"

धेरै पर्दैन
२ महिना काफी छ
खोर बिर्सन!


"संसद बिघटन नगर!"

वाग्लेले बोल्छ
गोविन्दे ताली ठोक्छ
खुमे ऊफ्रन्छ!
 
Posted on 07-14-06 3:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्त्री
चर्को बोली,
जनतालाइ गोली
मन्त्री खड्ग ओलि
 
Posted on 07-14-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब शिरीष आयो, भौते आयो, गौतम आयो
नेटो काटेको पुरानो फर्केर मौसम आयो

अरु नयाँ नयाँ फूलहरुको पनि आनन्द लिईरहेको छु है ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters