[Show all top banners]

Jhilka
Replies to this thread:

More by Jhilka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Of Tibetan origin???
[VIEWED 5395 TIMES]
SAVE! for ease of future access.
Posted on 02-23-06 5:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निजी सचिव भएको चार वर्षमै विशाल घर

केदार ओझा Kantipur


काठमाडौं, फागुन १० - प्रहरी महानिरीक्षक श्यामभक्त थापाले अपहरण र डकैतीको अभियोग लागेका प्रहरी निरीक्षकलाई कारबाही नगर्नुको कारण अत्यन्त निकट सम्बन्ध भएको पाइएको छ ।
महानिरीक्षकको निजी सचिवालयमा कार्यरत प्रहरी निरीक्षक सुरेश ढुंगाना काठमाडौं जिल्ला प्रहरीले डकैती प्रकरणमा अनुसन्धानका लागि तीन सातादेखि खोज्दा पनि बिहीबार रातिसम्म फेला परेका छैनन् ।

तिब्बती मूलका दुई नेपाली नागरिकलाई अपहरण गरी ढुंगानाको समूहले गत माघ १६ गते सार्वजनिक बिदाका दिन प्रहरी प्रधान कार्यालय लगेर ११ लाख रुपैयाँ असुलेको थियो । पीडितहरूको उजुरीका आधारमा काठमाडौं प्रहरीले कीर्तिमानी सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पासहित दुई जनालाई पक्राउ गरी डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ । ..............
---------------------------------------------


तिब्‍बती मूलका 'रे???

कहिले देखि यस्‍तो चलन आयो शेर्पा लाई तिब्‍बती मूलका भनेर लेखिने। त्‍यही हिसाबले
लेख्‍न हो भने तिब्‍बती मूलका फलानालाई भारतीय मूलका फलानो ढुगाँनाले...भनेर
लेख्‍न पर्ने भन्‍या होईन र? अहिले आएर हाम्रा पत्रकार वन्‍धुहरुले उनीहरुका असली रुप
देखाउन थाले।पृथ्‍वीनारानको एकीकरणको फायदा सीमीत वर्रगलाई मात्र भएको हो भन्‍ने
साचोँ सावित भएको छ। त्‍यही हिसाबले अब आएर एउटा नेपालीले अर्को नेपाली सगँ परिचय गर्दा
पनि तपाई कुन मूलको भनेर सोध्‍नपर्ने भएन त?

देशको हालत यो नाजुक घडीमा गुज्रिरहेको वेला घुस्‍याहा रक्षक भक्षक र देशलाई
तोडने लेख होईन, एकताको खाँचो छ। एकता र शान्‍ति चाहने हामी सवैले यस्‍तो चलनको भर्त्‍सना गरौ।
 
Posted on 02-23-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with your point Jhilka; have u sent an email to kantipur yet regarding it?
 
Posted on 02-25-06 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे झिल्का प्रभुजी,
किन यति सानो कुरामा मन दुखाउनु हुन्छ?

"तिब्बती मूलका दुई नेपाली नागरिकलाई अपहरण गरी ढुंगानाको समूहले गत माघ १६ गते सार्वजनिक बिदाका दिन प्रहरी प्रधान कार्यालय लगेर ११ लाख रुपैयाँ असुलेको थियो । पीडितहरूको उजुरीका आधारमा काठमाडौं प्रहरीले कीर्तिमानी सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पासहित दुई जनालाई पक्राउ गरी डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ।"

यदि समाचारमा यतिमात्र लेखेको हो भने, ती अपहरित ब्यक्तिहरु तिब्बती मुलका नै पनि त हुन सक्छन् नी, शेर्पा हुन् भनेको त छैन नी हैन? शेर्पालाइ त मजाले 'सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पा' भनेर लेखेकै छ त।
 
Posted on 02-25-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेसाहिला बन्‍धु,

मन किन दुखाउथे र? सहदा सहदा ढुँगा भईसकेको छ।

फलाना मूलका र ढिसका मूलका नेपाली नागरिक भनेर लेखेको देख्‍दा अलि यो
नदुखेको टाउको दुखेको मात्रै हो। त्‍यस्‍तै हो भने अब केपी भटटराइ भारतीय मूलका
नेपाली नागरिक, गिरिजा कोइराला बिहारी मूलका र राजस्‍थान मूलका फलाना राणा
र खेतान, चौधरी, हुलास, के के लेख्‍न थाले भने त नेपाली पत्रकारिताले कहिले नपाएको
उचाई पाऊने भो हैन र? पुलिटजर त कतै गएन।
 
Posted on 02-25-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jhilka le ajhai nabhuje jasto cha
go and read the news again.
 
Posted on 02-25-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भनेको माहिला नानी,
झिल्केजीले अझै कुरा बुझिराख्नु भा' छैन।
मेरो बिचारमा ती अपहरित ब्यक्तिहरु तिब्बती शरणार्थी हुनुपर्छ, र पछि नेपाली नागरिकता लिएका होलान्।
 
Posted on 02-25-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो कुरा गहिरो छ। स्‍बाकार्य छ। नेपाली नागरिक भएपछि फलानो मूलका र ढिसका
मूलका भनिरहनु पर्‍यो त? तेई मापदण्‍ड अरुलाई पनि लगाऊँदा भाँडभैलो
माडमैलो हुने भो । बस मेरो कुरो तेती हो - खालि मना लाग्‍या कुरा औँऊल्‍या
मात्र हो। अलि मोटो छाला छ, त्‍यति नभए त बाँच्‍नै गाह्रो। फेरि सभँवत भारतिय मूलका
ढुगाँना भैया पुरोहित पुत्र परेछ क्‍या 'रे। कुरा झन गहिरो, बुझनै चर्को। अब फेरि साँचो
कुरा भनिदिए, हुल उठेर पछि लाग्‍ने हुन कि?

नबिराए पनि बिझाए भने अग्रिम माफी छ है।
 
Posted on 02-26-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-26-06 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with Jhilka in this case.

When I talked with Indians or Chinese, sometimes I uses the languages -- they are Nepali with Indian origin, they are Nepali with TIbetan origin, etc. myself especially when i am proud of them.

But, the situation was different here, everybody know mountaineer or Sherpas. So, Kantipur should have avoided using racial language-- "Tibetti-mool ko Nepali". In the circumtance when there is really lack of words to the identity of a person (involved in criminal activity), this type of language probably help, however.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters