[Show all top banners]

fight for freedom

More by fight for freedom
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 March 26, time to unite at Europe
[VIEWED 4397 TIMES]
SAVE! for ease of future access.
Posted on 03-24-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१३ चैत (२६ मार्च) का दिन पेरिसमा पारस दम्पतीलाई कालो झण्डा देखाउने कार्यक्रममा सहभागी बनौं

नेपालमा यतिखेर चौतर्फी हाहाकार छ। जनता हत्या, हिंसा, नाकाबन्दी र राज्यआतंकले पिडीत छन्। राजनीतिक नेता, मानवअधिकारकर्मी, नागरिक समुदायका प्रबुद्ध बर्ग, विद्यार्थी र पत्रकारहरुलाई जेल र नेल लगाइएको छ। न्याय दिने न्यायलयलाई नै बन्दी बनाउने प्रयाशमा सरकार स्वयं लागिपरेको छ। दैनिक मारकाट र रगतको खोलो मुलुकमा बगिरहेको छ। नागरिकहरु अधिकार प्राप्तीको लडाइँमा ज्यान छोडेर लागिपरेका छन्। जनताको आकांक्षा चाहना र भावनाको प्रतिनिधित्व गर्ने प्रजातान्त्रिक दलहरुलाई सडकमा लखेटेर सीमित भ्रष्टाचारी तथा प्रजातन्त्र बिरोधी र अपराधीहरुका भरमा राज्य चलाइएको छ। जनताद्वारा बनाइएको संविधानको घाँटी निमोठेर १ शय ५० भन्दा बढी अध्यादेशका भरमा राज्य चलाइएको छ।
जनतालाई एक गोली सिटामोल र पिउने पानी छैन। झाडा-पखाला, टाइफाइड, जुका र कुपोषणका कारण बर्षेनी हजारौं बालबालीकाहरु अकालमा मरिरहेका छन् तर शासनमा बसेका दरवारीया र भ्रष्टाचारीहरु भने बर्षपिच्छे आफ्नै परिवारको भत्ता बढाउन तल्लीन छन्। दरवारभित्रको न्वारान र पास्नी तथा बिहे भोज लगायत जन्म उत्सवहरुमा राज्यको करोडौ रुपैया खर्च हुने गरेको छ। मुलुकमा गतिलो स्वास्थ्य सुबिधा छैन तर सत्तासिनहरु बिरामी भएको निहुँमा विदेशमा लाखौं रुपैयाँ खर्च गरेर उपचार गराउँछन्। जनतासँग एकजोर चप्पल छैनन् तर दरवारीयाहरु करोडौ रुपैयाँ पर्ने यूरोपेली गाडीहरु चढ्छन्। जनतालाई औषधी रोजगार खानेपानी शिक्षा जस्ता अत्याबश्यक बस्तुहरु उपलव्ध गराउनुको सट्टा दरवारीयाहरु अर्थहीन निजी भ्रमण गरेर विदेशमा मोजमस्ती गरिरहेका छन्। राज्यको सम्पती उडाएर हुने गरेका यस्ता भ्रमणहरुबाट राज्यले कुनै उपलव्धी पाउन सकेको छैन। यसै क्रममा अहिले युवराज दम्पती यूरोप भ्रमणमा छन्। अष्ट्रियाका चान्सलरबाट बोलाइएको भन्दै ढाँटेर गरिन लागेको यो भ्रमणमा राज्यकोषबाट ६ करोड रुपैयाँ स्वाहा हुने भएको छ। यो भ्रमणले मुलुकमा कुनै पनि परिवर्तन गर्दैन र नेपाली जनताले यो भ्रमणबाट कुनै पनि उपलव्धी पाउँदैनन् भन्ने कुरा बिगतका व्यक्तिगत भ्रमणहरुबाट छर्लंग भएको छ।

गैँडा दिएर हतियार भित्र्याउने तथा निरंकुश सासनलाई टिकाउन समर्थन बटुल्ने उद्देश्यले हुन लागेको अष्ट्रिया र फ्रान्सको भ्रमणको हामी बिरोध गर्न गइरहेका छौं। फ्रान्स जस्तो शसक्त क्रान्तिको राजनीतिक इतिहास भएको तथा नागरिकहरु सम्पूर्णरुपले अधिकार सम्पन्न भएको मुलुकमा बसेर कलंकित छवी भएका युवराज दम्पतीको स्वागत गर्ने कुरा हाम्रो नैतिकताले दिने कुरा होइन। मुलुकलाई रच्छ्यानमा मिल्काएर यूरोपको भ्रमण गर्ने युवराज दम्पतीलाई आगामी चैत १३ गते फ्रान्सको राजधानी पेरिस स्थित थ्रोकादेरो भन्ने ठाउँमा कालो झण्डा देखाउने तयारीमा हामी नेपालीहरु लागेका छौं। हामी बिबादास्पद पारसलाई फ्रान्स सरकार समक्ष अव आइन्दा युरोप छिर्ने अनुमती नदिन, नेपालीहरु मास्न हातहतियारहरु नदिन र नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनको पक्षमा ससक्त समर्थन र सहयोग गर्न अपिल गर्दछौं।

एक्काइसौं शताव्दीका जनता कुनै एक परिवारद्वारा संचालित पारिवारिक शासन प्रणालीभित्र अटाउँदैनन भन्ने कुरा दुनियाले बुझिसकेको कुरा हो। एक्काइसौं शताव्दीको शासन प्रणाली जनताद्वारा बनाइएको प्रणाली हो भन्ने बुझेर नै हामीले यो बिरोध कार्यक्रमको आयोजना गरेका हौं। त्यसैले यो बिरोध कार्यक्रममा सहयोग, र्समथन, सहभागिता या प्रचार प्रसारको लागि तपाइहरु समक्ष बिनम्र अनुरोध गर्दछौं।

बिरोध कार्यक्रमः
मितीः १३ चैत २०६२ (२६ मार्च २००६)
स्थानः थ्रोकादेरो (आइफल टावर देखिने पट्टी) पेरिस
समयः दिउँसो ३ बजे
मेट्रोः थ्रोकादेरो, लाइन नं ६
आयोजकः नेपाली लोकतान्त्रिक मन्च, फ्रान्स

सम्पर्कः
अशोक न्यौपानेः फोन ०१ ४४ ८५ ५३ ०२ ई-मेलः anuj_neupane@hotmail.com
हरिहर अर्यालः फोनः ०१ ६० २५ १४ ७२ ई-मेलः harihararyal@hotmail.com
किरण प्रधानः फोनः ०१ ४५ ८१ ४६ ७५
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters