[Show all top banners]

focus.nepal
Replies to this thread:

More by focus.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 शहीदहरुलाई कसले सम्झने ?
[VIEWED 3765 TIMES]
SAVE! for ease of future access.
Posted on 06-22-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

June 22, 2006
शहीदहरुलाई कसले सम्झने ?
Filed under: News
चिन्तामणि दाहाल/झापा

भद्रपुर-बिर्तामोड सडकको यात्रा गर्दा गरामनी बजार पुगेपछि गाविस भवनसँगै राखिएका आठ वटा टाउकोमा घुम्टो देखिन्छ । विगत ५ बर्षेखि टाउकामा लगाइएको घुम्टो अहिलेसम्म उघारिएको छैन । यी आठ टाउकाहरु यहाँ किन राखिए भन्ने कुरा झापाको राजनीतिमा चासो राख्ने धेरैलाई थाहा हुनर्ुपर्छ तर अन्यत्रबाट आउने र र्सवसाधारणलाई थाहा नहुन सक्छ । यस्तो देखेपछि मनमा खुलदुली उठ्नसक्छ । तर जिज्ञासा मेटाउनुपर्नेले ‘कानमा तेल’ हालेर वसेपछि विगत ५ बर्षेखि यी टाउकाहरु जिज्ञासाकै रुपमा रहेका छन् । यी टाउका हुन् आस्थाका शहीदका । सबैले आदर र श्रद्धा गर्नुपर्ने । त्यसमाथि जेका लागि र जुन राजनीतिक आस्थाका लागि उनीहरुले जीवन बलिदान गरे, तिनीहरुका लागि त झन् प्रातःस्मरणीय नै हुन् ।

तर शहादत प्राप्त गर्नेहरुलाई विस्तारै बिर्संदै जाने र आप\mनो स्वार्थका लागि गोहीका आँशु झार्ने यहाँ संस्कार नै बनेकोले यस्तो हुनु अनौठो होइन । गरामनी निवासी यी आस्थाका शहीदहरुले २०२८ सालको नक्सालवादी आन्दोलनमा झापाबाट र्’वर्ग शत्रु सफाया गर्ने’ सशस्त्र व्रि्रोहमा सक्रिय सहभागिता जनाएका थिए ।

‘झापा हत्याकाण्ड’ का नामले जनमानसमा चर्चित यस व्रि्रोहको तत्कालीन नेकपा मालेले नेतृत्व गरेको थियो । गरामनीको विद्यालय र त्यही छेउँको नदियावारी भन्ने ठाउँ त्यो व्रि्रोहको केन्द्र थियो । त्यही व्रि्रोहमा सक्रिय रहेका मध्ये सिपी मैनाली नेकपा एमालेमा केहीबर्षबसेर अहिले नेकपा मालेकै नेता छन् । के.पी. ओली वर्तमान लोकतान्त्रिक सत्तामा उपप्रधानमन्त्री छन् भने राधाकृष्ण मैनाली केहीबर्षएमालेमै बसे पनि शहीदहरुको रगत बिर्सर्ेेराजा ज्ञानेन्द्रको शाहीसत्ताका मन्त्री भए ।त्यस व्रि्रोहलाई तत्कालीन निरंकुश पञ्चायती सत्ताले दमन गरेको थियो । दमनकै क्रममा पक्राउ परेका मध्ये इलाम जेल सार्ने नाममा सुखानी पुर्‍याएपछि अरुसहित गरामनीका ३ जनालाई मारिएको थियो ।

त्यसैगरी पक्राउ परी जेलमै शहादत प्राप्त गर्ने गरामनीकै ४ जना थिए भने २०३० सालमा मुठभेडमा नदियावारीमा एक जना मारिएका थिए । यसरी एउटै गरामनी गाविसबाट ८ जनाले शहादत प्राप्त गरेकाले उनीहरुको सम्झनाका लागि २०५६ सालमा तत्कालीन गाविस अध्यक्ष देवी घिमिरेको अध्यक्षतामा र्सवदलीय शालिक निर्माण समिति गठन गरी यी शालिक बनाइएका हुन् ।आठमध्ये गरामनी-२ का नेत्र घिमिरे, ६ का कृष्ण कुइँकेल र ७ का नारायण श्रेष्ठका शालिक छन् । यी तीन जनालाई इलाम जेल सार्ने बहानामा सुखानीमा पुर्‍याइएपछि भाग्न खोजेको भन्दै २०२९ साल फागुन २१ गते गोली हानी हत्या गरिएको थियो । त्यस्तै गरामनी-८ का हेमबहादुर खड्का, हरिकिसन चौधरी, ७ का ब्रिजीलाल राजवंशी र १ का भोला राजवंशीको यातना र राम्रो उपचारको अभावमा विभिन्न मितिमा जेलमै मृत्यु भएको थियो भने गरामनी-८ का चन्द्र डाँगीको २०३० सालमा नदियावारीमा प्रहरीसँगको मुठभेडमा निधन भएको थियो ।

केही बर्षघि नै यी शालिकहरुको निर्माण कार्य समाप्त भएपनि अनावरण नहुँदा अहिलेसम्म घुम्टोमै छन् । शालिकस्थलको सज्जाको काम बाँकी भएपनि घुम्टो
 
Posted on 06-22-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters