[Show all top banners]

gadha
Replies to this thread:

More by gadha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Good thoughts of Pradip Giri
[VIEWED 6755 TIMES]
SAVE! for ease of future access.
Posted on 05-07-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey fellows check this out

मधेस र माओवादको द्वन्द्व



प्रदीप गिरी


गत जनआन्दोलनको सफलताअघि माओवादीद्वारा सञ्चालित जनयुद्ध सिङ्गो राष्ट्र र समाजको मुख्य टाउको दुखाइ भएको थियो । हाम्रो मुख्य समस्याका रूपमा त्यही चित्रित भएको थियो । त्यो चित्रण के कति सा“चो र वैज्ञानिक थियो भन्ने त्यतिबेला उठेन । समस्याको त्यो पुरानो किसिमको चित्रणउपर जनआन्दोलनको सफलतापछि पनि मुलुकले आवश्यक विचार-विमर्श गरेको छैन । त्यस्तो विचार-विमर्श हुनुअघि मुलुक मधेस आन्दोलनको भ“ुवरीमा फ“सेको छ । यस प्रकार आजको र्सवाधिक ज्वलन्त समस्या मधेस र माओवादी देखिएका छन् । मधेस र माओवादी जनयुद्ध हर्ेदा एकअर्काका विलोम वा विरोधी प्रवृत्तिका रूपमा प्रकट भएका देखिन्छन् । यो देखाई वा बुझाई सत्य भने होइन । खासमा माओवादी जनयुद्ध र मधेसी जनव्रि्रोह एउटै समस्या --) का दर्ुइ पाटा हुन् ।
लामो समयदेखि नेपालमा एउटा भुइ“फुट्टा शासक वर्गले राज गर्दर्ै आएको छ । वर्ग, जाति, लिङ्ग र भाषा लगायतको बहुमुखी शोषणका बलमा टिकेको यो शासक समूहलाई यताका वर्षा जनयुद्ध र मधेस व्रि्रोहका रूपमा दर्ुइतिरबाट थर्काएका छन् । कुठाउ“मा पर्दा थर्काउन तम्सिएका यी दर्ुइ शक्ति आपसमा टकराएका पनि छन् । होइन भने दुवै संर्घष्ालाई मूलतः राजकीय दमन र शासकीय शोषणविरुद्ध स्वस्थ व्रि्रोहका रूपमा हर्ेन सकिन्छ । दर्ुभाग्यवश घटनाक्रमले माओवादी र मधेसीलाई एकअर्काको विरोधमा उभ्याइदिएको प्रतीत हुन्छ । साम्राज्यवादी र शोषणप्रधान राजनीतिका संवाहक शक्तिलाई यस्तो द्वन्द्व सुखद र प्रीतिकर लाग्नु स्वाभाविक हो । तर क्रान्ति प्रगति र जनमुखी राजनीतिको कुनै पनि पक्षधर व्यक्ति र शक्तिले यी दुवै आन्दोलनलाई जुधाएर होइन कि सम्मान दिएर समन्वयनिम्ति वातावरण बनाउनर्ुपर्छ । मुलुकमा यस्तो हुन सकिरहेको छैन । यसले गर्दा हाम्रो राजनीतिमा एउटा अप्रिय गतिरोध उत्पन्न हुनगएको छ ।

असारमा चुनाव हुन नसक्नुका धेरै कारण छन् । मुख्यतः सरकारमा बसेकाहरूको लापरबाही हो । मधेस व्रि्रोहसमेतले यस्तो लापरबाहीलाई किर्ंकर्तव्यविमुढताको किनारासम्म पुर्‍याउन धक्का दिएकै हो । यसैले अगाडिको बाटो खोजिनुपरेको छ । यसनिम्ति हामी सबैले तथ्य र सत्यका आधारमा दुवै व्रि्रोहको ऐतिहासिक पृष्ठभूमि र भविष्यसमेतको विश्लेषण गर्नु आवश्यक छ । उक्त कार्यभार सजिलो भने छैन ।

जनयुद्ध र मधेस व्रि्रोह निश्चयै नेपाली समाजको शोषणप्रधान चरित्रको परिणति हो । तर दुवै व्रि्रोहको संस्कार, सोच र उठानमा समेत मौलिक भेद छ । माओवादी जनयुद्ध एक सुनिश्चित विचारधाराका आधारमा संगठित दलको संर्घष्ाका रूपमा बढेको थियो । माओवादीको वैचारिक पृष्ठभूमि आफैंमा स्पष्ट थियो । एक हदसम्म माओवादीको विचारधारा, राजनीति आज पनि त्यही छ । उनीहरूको माओवाद उनीहरूकै शब्दमा शास्त्रीय मार्क्सवादको सिर्जनात्मक विकासमात्र हो । त्यस दृष्टिले उनीहरू आफ्नो माओवादलाई आजको नेपालको सच्चा मार्क्सवाद सम्झन्छन् । मार्क्सवाद भन्नासाथ एउटा सिङ्गो जीवन प्रणालीको रूपरेखा र प्रतिध्वनि हाम्रासामु उपस्थित हुन्छ । मार्क्सवादको आफ्नै दर्शनशास्त्र, राजनीति र कार्यनीतिसमेत रहन्छ भन्ने बुझिन्छ । यस किसिमको सुनिश्चित विचार प्रणालीको अध्ययन र अनुसरणले माओवादी पंक्तिमा अद्वितीय आत्मविश्वास, ध्येयनिष्ठा र अनुशासनसमेत अवश्य उत्पन्न गर्छ । स“गस“गै यस्ता विचार प्रणालीका आफ्ना कमजोरी पनि हुन्छन् । विचार प्रणालीमा उपर्सग वा विश्लेषणमात्र थपिदिनाले त्यसको बन्धनमुखी स्वभावमा मौलिकता आउ“दैन । सिर्जनशीलता थपि“दैन । जडसूत्रवाद पनि निर्मूल हु“दैन । स्वयंम् माओवादी नेतृत्वले पनि यस सत्य र तथ्यउपर बेलाबखत सिद्धान्ततः ध्यान दिएको देखिन्छ । तर व्यवहारमा माओवादीले यस क्षेत्रमा उल्लेखनीय प्रगति गर्नसकेको छैन । फलस्वरूप उनीहरू समसामयिक नेपालको राजनीतिक गतिरोध चिर्न अर्समर्थ देखिएका छन् । हिजोको उनीहरूको राजनीतिक चपलता र सफलता मलिन ह“ुदै गएको छ । यो एक कटु सत्य हो । अर्को शब्दमा भन्ने हो भने माओवादी जनयुद्धका सैद्धान्तिक आग्रह र प्रस्थापना व्यावहारिक आवश्यकतास“ग तालमेल गर्न असफल भइरहेका छन् ।

उता मधेस आन्दोलनको बेग्लै पृष्ठभूमि छ । मधेस आन्दोलनलाई कुनै संगठित शक्ति वा राजनीतिक दलको आह्वानको परिणाम भनेर कदापि भन्न सकि“दैन । आन्दोलनको तत्कालीन कारणका रूपमा मधेस जनअधिकार फोरमको भूमिका अवश्य रह्यो । यसका अध्यक्ष उपेन्द्र यादव पनि चर्चाको शिखरमा पुगे । खासमा यो आन्दोलनका निम्ति अन्य कुनै कुरोभन्दा पनि लहान हत्याकाण्डले एक उत्प्रेरक तत्त्वको अवश्य काम गर्‍यो । यस सर्न्दर्भमा यादव नेतृत्वको फोरमको मात्र चर्चा गर्नु अन्य व्यक्ति र समूहप्रति अन्यायसमेत हुनेछ । खास गरेर जयकृष्ण गोइत र ज्वाला सिंहद्वारा नेतृत्व गरिएका समूहहरू पनि सम्झनर्ैपर्छ । नेपाल सद्भावना पार्टर्ीी त्यसको पर्ूवरूप सद्भावना परिषदसमेतले आजको यस स्थिति साकार पार्न जमिन तोडेका वा खोरिया फा“डेका हुन् । हु“दाहु“दै पनि यस्ता सारा प्रवृत्तिलाई उत्पे्ररक तत्त्वका रूपमै बुझनु ज्यादा समीचिन हुनेछ ।

रसायनशास्त्रको शब्दावलीमा उत्प्रेरक तत्त्वले स्वयम् आफूमा स्वायत्तः र विशेष शक्ति राख्दैन । उचित यौगिक मिश्रणमा यसको उपस्थितिमात्रले र्सवथा नवीन र गुणात्मक फड्को सम्भव तुल्याउ“छ । मधेस व्रि्रोहको पृष्ठभूमिमा गोइत, सिंह र यादवको प्रवेश र उपस्थितिले यस्तै भूमिका गरेको हो ।

मुख्य रूपमा मधेस व्रि्रोह र्सवथा स्वस्फर्ूत जनसंर्घष्ाको अभिव्यक्ति देखिएको छ । यसै परिस्थितिले मधेस आन्दोलनको समेत आफ्नै किसिमको शक्ति र सीमा प्रकट भएको छ । स्वस्फर्ूत जनव्रि्रोहले मधेस आन्दोलनलाई विशाल विस्तार र वैविध्य प्रदान गरेको छ । तर यस्तै विस्तार र वैविध्यभित्र विशृङखलता र विघटनका वीउ पनि हर्ुर्किएका हुन्छन् । यस्तो विखराव र विघटनलाई निश्चित आदर्श र विचारधाराले मात्र एउटा धागो भएर माला उनेर गा“स्न सक्छ । दर्ुभाग्यवश मधेस आन्दोलनस“ग त्यस्तो कुनै सूत्र अझै छैन । आज आन्दोलनका दृष्टिले मधेस एक छ । मधेस एक रहनर्ैपर्छ । मधेसका नेताहरूले यो तथ्य राम्ररी हृदयङ्गम गर्नुपर्छ । समावेशीय र संघीय राज्यको पर्ूण्ा प्रतिष्ठा मधेसको एकताले मात्र सम्भव गराउनेछ । त्यतिमात्र होइन । सिङ्गो नेपालको सुनौलो भविष्यनिम्ति पनि मधेस एक निर्ण्ाायक, विधायक एवं सकारात्मक तत्त्वका रूपमा रहनर्ैपर्छ । जरैसम्म गएर हर्ेर्ने हो भने प्रत्येक मानव समाजसरह यहा“ पनि विविधता र बहुअस्मिता छ । मधेसका नेतासमेतले यस विविधता र बहुअस्मिताको सम्मान गर्न धेरै सजग र र्सतर्क हुनुपरेको छ ।

नेपाललाई एउटा र्सवथा नया“ किसिमको सोच र संस्कार खा“चो छ । यस्तो सोच र संस्कार आकाशबाट बर्सने होइन । स्वयम् माओत्सेतुङले मार्क्सवादका शास्त्रप्रति अत्यधिक आस्था जनाउनुभयो । अर्को कोणबाट हर्ेदा माओत्सेतुङमा लोकप्रति पनि बराबरीको आकर्षा र सम्मान देखिन्छ । यस्तो आकर्षा र सम्मानले व्यावहारिक राजनीतिमा द्विविधा पनि उत्पन्न गर्छ । शास्त्रले एकथोक भन्छ, लोक एकातिर जान्छन् । स्मरणीय छ, शास्त्र साधन हुन्, लोक साध्य हुन् । जेजति शास्त्र छन्, 'लोककै गरु“ हित भनी' कथिन्छन् । नेपालीका आदिकवि भानुभक्तलाई यसको राम्रो सम्झना थियो । लोककै हितनिम्ति रामायण लेखियो । लोककै हितनिम्ति यस कथाको नेपालीमा प्रचार भयो । अहिले नेपालमा एउटा कुरा देखि“दैछ । यताका दिनमा माओवादी लोकभन्दा पनि शास्त्रलाई ज्यादा महत्त्व दि“दैछ । शास्त्रभन्दा पनि शस्त्रलाई महत्त्व दि“दैछ, शस्त्रभन्दा पनि सरकार र शासनलाई ज्यादा महत्त्व दि“दैछन् । यस्तो सरकारी शासनले श्री ५ वीरेन्द्रलाई बचाएन । राजा ज्ञानेन्द्रलाई बचाएन । हिटलर बा“चेनन् । प|mान्को र सालाजार बा“चेनन् । इरान र अफ्गानिस्तानका राजा बा“चेनन् । सोभियत रूसको क्रान्ति बा“चेन । माओत्सेतुङको शिक्षा र योगदान बा“चेन । के हामी बा“चौंला -

उता मधेसी आन्दोलनको अर्कै समस्या छ । त्यहा“ के छैन, सबथोक छ । आशा छ । आत्मविश्वास छ । साहस छ । लामो समय सुतेर उठेका तन्नेरीहरूको जोश र जा“गर छ । सहिद दर्ुगानन्द झाको आदर्शको उदाहरण छ । अन्य ज्ञात र अज्ञात सहिदको सम्झना छ । हनुमाननगर काण्डपछि जयप्रकाश नारायणलाई छुटाउन अघि सरेका योद्धाहरूको स्मृति-लेख छ । रामेश्वरप्रसाद सिंह, रामनारायण मिश्र, महेन्द्रनारायण निधि, अरविन्द ठाकुरदेखि लिएर र्सर्ूयनाथ राय, रामवृक्ष यादवसम्मका त्यागी, लडाका, गौरवशाली उदाहरणले मधेस व्रि्रोहलाई यहा“सम्म ल्याएको छ । यस्तै महान आन्दोलनका नायकहरूको सम्झना गर्दा स्वर्गीय गजेन्द्रनारायण सिंह, रामजनम तिवारी, काशीप्रसाद श्रीवास्तव सम्भिmनर्ैपर्छ । रामराजाप्रसाद सिंहको त कुरै नगरौं । त्यत्रो र त्यस्तो प्रतिभा, मेधा र चरित्रका धनी रामराजा सिङ्गो नेपालका निम्ति गौरवका विषय हुनुहुन्छ । यतिमात्र भनेर पुग्दैन । यताका दशकमा मधेसी दाजुभाइले शिक्षा, स्वास्थ्य र निर्माण यातायातको क्षेत्रमा दिएको योगदान र्सवथा अतुलनीय छ । शिक्षा प्रणालीमा शिक्षक, डाक्टर, इन्जिनियर वा व्यापारमा समेत मधेसको योगदान दोस्रो छैन । मधेसले अर्थतन्त्रलाई टेवा दिएको छ । त्यति भएर पनि मधेस राजनीतिक रूपमा र्सवथा शक्तिहीन बनाइएको छ । सद्भावना पार्टर्ीी शब्दमा भन्ने हो भने मधेस उनीहरूका लागिमात्र जन्मभूमि भएको छ । राष्ट्र भएको छैन । यो सा“च्ाो हो ।

उक्त पृष्ठभूमिमा मधेस र माओवादीले र्सवथा पृथक स्वरूपका समस्या एकसाथ अगाडि सारेका छन् । यी दुवै समस्या सम्बोधन हुनुपरेको छ । माओवादीमा शास्त्र अलि बलियो छ । मधेसमा लोक अलि बढ्तै बलियो देखियो । दुवैमा सन्तुलन आवश्यक छ । मधेसले अकुण्ठित लोकतन्त्र खोजेको छ । माओवादले समाजवादलाई प्राथमिकता दिएको छ । मुलुकलाई दुवै चाहिन्छ । अझ ठोस रूपमा भन्ने हो भने मुलुकले लोकतान्त्रिक समाजवादको राजपथ खोजेको छ । यसैले हामीले यी दुवै जनआन्दोलन बुझनर्ुपर्छ । बुझेरमात्र पुग्दैन । बुझाउनुसमेत पर्छ । छरछिमेकलाई बुझाउनर्ुपर्छ । मधेसी र माओवादीसमेतलाई बुझाउनुपर्ने हुनसक्छ । लोक र शास्त्रको द्वन्द्व अनिष्टकारी हुन्छ । अहिले नेपालमा यही भइरहेको छ । यसको अन्त्य हुनर्ुपर्छ ।



Posted on: 2007-05-07 00:09:59
 
Posted on 05-07-07 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Write your comment about this article guys ......... i think he is the only philosopher politicians in nepal
 
Posted on 05-08-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very well written article. In a way, madheshi andolan did good to counter the maoist dominance. But the main agenda is different, as Giri writes, the government has not addressed the real issues yet, and is being reluctant to find out and solve the real problems. Giri always talks very rationally, and I do agree with him. Maoists think that they can dominate forever with their weapons; they've made crystal clear now specially after the atrocities of so-called YCL; maoists are not good for the country.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
Democrat lies revealed
2020 : Why No Trump !
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
TPS cancel bho bhane k garne?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters