shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 साझा - फाझा

[Please view other pages to see the rest of the postings. Total posts: 52]
PAGE: <<  1 2 3  
[VIEWED 27500 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-27-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“ हैन के गरि राख्नु भएको ? त्यो टिभी र ल्यापटप खोल्न पाईन्न है ! मैले पहिल्यै भनि दिया छु !” डिश बासिङ्ग गरि रहेकी मेरी श्रीमती मुनाको तिखो आबाज सुनें !

“यस्सो केहि हेल्प गरि दिनु भए त कति छिटो काम सकिन्थ्यो नि ! आफूलाई यहां ढाड दुखेर कस्तो छ ! दिन भरि काम गरेर आउनु छ अझ घरमा आउदा नि मोजा समेत सोफाबाट उठाएर ठाउंमा राखि दिनु पर्ने ! यसो साफ सुग्घर गरि दिए के बिग्रन्थ्यो र !”

“लन्द्रिको लुगा ड्राएरमा राखि दिनुस् त ! बरु मन छ भने एक पल्ट फेरि रिन्स गर्दिनु भए हुन्छ ! छोरीको लुगा, मोजा सबै मैला छन् – ती पनि बासरमा राखी दिनुस् !”

“हिजो राईस कुकर माझ्नुस् भन्दा भोली माझ्छु भनेर त्यतिकै – पानीमा मात्रै डुबाई राख्दिनु भा’को भए पनि माझ्न सजीलो हुन्थ्यो नि !”

त्यो रेड सक्स- फेड सक्सको गेम पनि किन दिन दिनै हुनु पर्ने होला ? काम न काज सित कति न आफूलाई फ्यान भन्ने ! के के न होला जस्तो – संधै बस्या छ त्बां परेर हेरि रहन्छ – आफू त त्यस्तो भो छोरीलाई समेत काउच पोटेटो बनाई सक्यो – छोरीको भोलीको होम बोर्कलाई हेल्प गर्नुस् त !”

“कम्प्यूटर स्लो भो भनेर नंया ल्यापटप किनेको खै के काम ? रिसर्च पेपर लेख्ने रे- कम्प्यूटर राम्रो चाहियो भनेर किनेर खै पेपर लेखेको ? खाली खेलेर बस्ने ? त्यै साझा फाजा हेरेर बस्नलाई होला !”

“अस्ति सबमिट गरि सकें – काम नगरि त्यसै लेख्न सकिन्छ कि क्या हो?’ बल्ल एउटा जबाब दिएं !

“ल यो मासु पनि फ्रोजन रहेछ – माईक्रोबेभमा हाल्दिनु त ! पाक्ने गरि हैन न नि – स्वाद जान्छ ! केहि काम गर्दिए पनि बिगारी मात्र दिन्छ- खै के भन्नु !”

“अदुबा लसुन छोडाएर ब्लेन्ड गर्दिनु त !”
“कि त चाहिने नचाहिने गजल फजल लेख्यो –यस्सो क्रियटीभ काम साम गर्नु छैन !”
“हिजो तपाईले पखालेको साग चिरचिर गर्ने गरि बालुबै-बालुबा थियो ! खानै मन लागेन मलाई !”
“जिममा जानलाई पनि दिन दिनै सम्झाई रहनु पर्नै ! कोलेस्टेरोल हाई भा’को मान्छे आफै सोचेर सम्झेर गर्नु पर्छ नि ! के खानु भो आजको लन्च मिटिङ्‌गमा ? अब देखी सालाद मात्र खानु होला - भन्दिया छु ! पाए सम्म बिफ खान्छ- आफ्नो धर्म र हेल्थ पनि त केयर गर्नु पर्छ !”
“यो भांडा पनि कति कट्कटिन सक्या होला !”
“त्यो बाथरुममा साबर कर्टनको हुक फुस्क्या छ – मिलाई दिनुस् त !”
“ह्याण्ड बासिङ्ग सोप सिधिया छ – भरि दिनुस् त !”
“खाने बेला हुन लाग्यो – टेबल सेट गर्नुस् त ! पानी खाने हो कि जुस खाने हो राख्नुस् ! छोरी के खान्छे सोधेर मात्र आधा राखी दिनुस् – जहिले नि फ्याल्छे सित्तै आ’को पैसा जस्तो ! मरि मरि खाम गर्नु छ – घरमा आएर पनि यत्तिकै !”

“आफूलाई यंहा सास फेर्ने फुर्सद हुदैन ! तपाईलाई भने गेम हेर्ने – गेमको कमेन्ट गर्ने – काम न काज सित – चाहिने नचाहिने डिस्कसन गरेन बस्ने – पर्‌या छैन है त्यो साझा- फाझा हेर्न ! काममा पनि त्यस्तै त होला नि – दस चोटि गई बस्ने होला !”

“पर्‌या छैन त्यो बिबिसी सुन्न पनि – नया कुरा केहि हुने हैन ! बिबिसी सुन्ने भनेर आखीर त्यै साझा-फाजामा झुण्डिने त हो नि !”

आफूलाई भने आज बिहान शुरु गरेको नया थ्रेडमा कति हिट भो ? ककस्ले कमेण्ट गरे ? भनेर हेर्न उकुस मुकुस भै राख्या छ ! अझ क्याफे एन जोईन गरेको कुरा त ऊस्लाई थाहा नै भएको छैन !

(अलि अलि सत्य घटनामा आधारित)

यो कथाको बिबरण कसैको बास्तबिक जीबनसंग पूरै पुर मिल्न गएमा लेखक आफै छक्क पर्नेछ – पूण्टे
 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-01-07 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.ही ही....तेइ त नि है....कती कोम्प्लेन कती कर्कर् कती काम...बाफरे
मै तो सोचमे पड गया...वैसे तो कोई बाल देता नही फिर भि कोई साझा सिटिवाली
मिल्गयी तो मेरो मेरा हाल क्या होगा...रातदिन वो रोमन्शी करेगी बौते से और लुम्रे से कल्लु मिया के पास बर्तन और बाबु ही...आरे ए तो दबल ट्रिपल घाटा....
Last edited: 01-Oct-07 08:13 AM

 
Posted on 10-01-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. even though i don believe there should be any prejudice against languages please forgive me for hindi and hope above comment remained in jest. by the way all the characters mentioned there were fictitious.
 
Posted on 10-01-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting ...hahha Malai pani Nepali keti biha garna mann lagyo yaar
 
Posted on 10-03-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehheheh funny
 
Posted on 10-03-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hehe! Ma pani tyastai thiyen; rehab ma gayera ali sapreko kya! ;)

Nice going Shirish ji. Tara, yeso, help selp ta garnoo paryo ni afno sirimaati lai. :)
 
Posted on 10-04-07 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shirish ji, enjoyed reading it. I'm still single though, but pretty sure most of sajha user must be going thru this situation. lol! 

“आफूलाई यंहा सास फेर्ने फुर्सद हुदैन ! तपाईलाई भने गेम हेर्ने – गेमको कमेन्ट गर्ने – काम न काज सित – चाहिने नचाहिने डिस्कसन गरेन बस्ने – पर्‌या छैन है त्यो साझा- फाझा हेर्न ! काममा पनि त्यस्तै त होला नि – दस चोटि गई बस्ने होला !” ** I loved these lines.

एक दिन काम मा बोस ले  चोरि पकडेको नि , तर नेपाली मा लेखेको कथा पढ्दै थिएं , घर बाट आको मेल हो, इट्स फ्रम माइ ड्याड भनेको त, टेक योर टाईम भन्दिहल्ल्यो नि , हा हा हा हा। अनी त के एसो फेरी कहिले काहीं देख्यो भने, योर ड्यद ड्याड मस्ट बि मिसिङ यू अलट दिज डेज पो भन्छ नि। कुन दिन थाहा पाउन्छ अनी मार्छ बज्याले ।


 
Posted on 10-05-07 3:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जिममा जानलाई पनि दिन दिनै सम्झाई रहनु पर्नै ! कोलेस्टेरोल हाई भा’को मान्छे आफै सोचेर सम्झेर गर्नु पर्छ नि ! के खानु भो आजको लन्च मिटिङ्‌गमा ? अब देखी सालाद मात्र खानु होला - भन्दिया छु ! पाए सम्म बिफ खान्छ- आफ्नो धर्म र हेल्थ पनि त केयर गर्नु पर्छ !”

कसरी थाहा पाउ नु भयो यार मेरो बुदी को बोल्ने स्टाईल। माने गुरु माने। जे हो एस् राम्रो सँग सुर्वीए गर्नु भको राइछ। यो त प्रये हामी जस्तो अर्ध बैसे को काहानी हो ने।

हजुर् त अन्तर्यमि हुनु हुदो रैच ।।।।जै गुरु शिरिश् बब कि। सरै मिथो लाग्यो, धेरै पचि नेपलि लेक् मान्पर्यो। धन्येबाद्।

 


 
Posted on 06-25-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया बनाई दे भन्छे अचेल ! 

तरकारी बसाएर डढेको नि सुषुम्नाले चाल पाउँदिनन् !

 मैले तरकारी पकाउन पर्छ ! भात पनि पकाउनु पर्छ !

देग चल्दैन क्रेजी लभको कथा पढ्न थाले पछि ! 

क्या लेखेको है डायरीको खाली पानाबाट भनेको सुनेर मेरो कान पाक्न लागी सक्यो !
को मान्छे होला / होली भनेर मात्र सोधेर हैरान छ ! 

फेरि क्रेजीले अर्को लेखेको/ लेखेकी छ रे !

पक्कै चिन्या हुनु पर्छ तपाईले - भन्नु  न भन्नु भनेर हैरान पार्छे !

के तातो न छारो गजल लेख्नु नि - यस्तो पो लेख्नु भन्छे बा ! 

बेकारमा क्रेजी लभको कथा बारे Introduction गरि दिएको  !

मलाई भाँडा माझ्न लगाएर उनी साझा - फाझा तिर लाग्छे अचेल !


 
Posted on 06-25-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha crazy le ni babbal garya ho sajha ma.
 
Posted on 06-25-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" पर्‌या छैन है त्यो साझा- फाझा हेर्न "

कहानी घर घरकी!!!


 
Posted on 06-25-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

चिया बनाई दे भन्छे अचेल ! 

 मैले तरकारी पकाउन पर्छ ! भात पनि पकाउनु पर्छ  

के तातो न छारो गजल लेख्नु नि - यस्तो पो लेख्नु भन्छे बा ! 
मलाई भाँडा माझ्न लगाएर उनी साझा - फाझा तिर लाग्छे अचेल !
 

बेकारमा क्रेजी लभको कथा बारे Introduction गरि दिएको  !

 shirish dai,   ho bhanya crazy le sab lai sajha -crazy banai saki   


 
Posted on 06-25-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahaha..shirish dai i wonder why u been logging in from 2 different PC at work. Ghar ma bhauju ko kich..kich le logg in garna na pakole ho ki kya ho.....
 
Posted on 06-25-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई खुत्रुक्कै पारयो जेठान तिम्रो बैनी ले
 
Posted on 06-25-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथाको बिबरण कसैको बास्तबिक जीबनसंग पूरै पुर मिल्न गएमा लेखक मात्रै होइन पाठक पनि आफै छक्क पर्नेछ – CL

ha ha ha ha ha ha
 
Posted on 06-25-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यो घटना मेरो दाई (cousin)र भाउजु को घरमा घटेको घटना। सिरिश दाई ले लेख्ने भएको देखेर एकदम हास उठ्यो अनी घर घर कि काहानी रहेछ भनेर share गर्न मन लाग्यो"

दा-------"बाबा चिया बनाउ न"


भाउजु---"पखन बाबा एक्छिन, यो खाली पाना को अन्तिम भाग आएछ  के


दा------- "खाली साझा साझा भनेकी छे, काम मा पनि त्यही साझा हेरेर बस्छे बुझिश तेरी भाउजु"


म------- (आँफैलाई भनेको हो कि भनेर अली झस्किदै) को ---भाउजु? होइन होला,काम मा फुर्सद पाउनु नि पर्‍यो नि? होइन भाउजु


भाउजु---- नानु हेरिस्यो फुर्सद त तेस्तइ हो तर क्रेजिको कथाले चै कुन दिन काम जाने भो मेरो, हजुर पढिसिन्छ साझाका कथाहरु?

म------ (अली डराउदै) मेरो त अकाउन्ट पनि छैन, पढ्दिन म किन पढ्न लायक का हुन्छन हो?
भाउजु----होइन नानु बानी नपारिस्यो, बानी परे पछी छोड्न गाह्रो हुदो रहेछ


म---- ( मनमनै त्यो त मलाई भन्दा बढी कस्लाई थाहा होला र) हो है? त्यही भएर म त जान्न त्यो साझा-फाझा
दा------ तेरी भाउजुको पनि बानी हटाउन पर्ने भा छ, हुनत लगाको मैले नै हो

म---- हजुर पनि हेरिसिन्छ दा  त्यसो भए?

भाउजु--- हेरिसिन्छ को कुरा नगरिस्यो नानु "-----" भनेको दा त हो नि साझामा

म------

 


 
Posted on 06-25-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउजु---- नानु हेरिस्यो फुर्सद त तेस्तइ हो तर क्रेजिको कथाले चै कुन दिन काम जाने भो मेरो, हजुर पढिसिन्छ साझाका कथाहरु?

Dipu timro bhaujulai mero namaste bhandeu hai, dai lai pani.

lau na kun dina feri arko katha aune ho crazy frazy bhanera...

gafaadi Dipu, kya gaff dine hai?


 
Posted on 06-25-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

यो कथाको बिबरण कसैको बास्तबिक जीबनसंग पूरै पुर मिल्न गएमा लेखक आफै छक्क पर्नेछ – पूण्टे

यो शिरिशजीको कथा चै सत्य घटना हो ।यस्मा कुनै द्विविधा छैन  -यति पछि फेरी माथि आएछ --अब चै  कुरो मिल्ने जस्तो भा' छ मेरो चै  ------

नकराउन छेवैमा बसेर

-यो के--  रिपोर्ट आजै  बुझाउनु पर्ने थियो  हेरन लेखी भ्याएको छैन।

म के गरुम त-   मैले लेखे नमिल्नेहोला

फटिंग्रेको कथा हो र बरु  सुन न तिमी हेरन त्यहाँ --

कहाँ?

साझा! -

-

आयो होला नि तिम्रो क्रेजी सिसहरुको अर्को कथा । नभए शिरिशजी र नेपेदाको गजल --

हजुरले नि लेख्न गरेको छ?

अंssss--- फुर्सद नै हुन्न।

अनि भ्याइ नभ्याइ हुदा पनि--?!

थाहा पाउनु परेन हजुरले  के के लेख्छ्यौ साझा-फाझा मा

यो सरुवा रोग  हो --बिस्तारै आक्रमण गर्छ!

 

Last edited: 25-Jun-08 03:47 PM

 
Posted on 06-25-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे दिपु उता दाए भाउजु का गएर मेरो त अकाउन्ट पनि छैन, पढ्दिन म भन्ने यता उनिहरु कै कुरा काट्दिने -- अनी त्यस्तो  साझा  हेर्ने भाउजु ले यो कसरी छुटाउनु भयो होला--दाई भाउजु सँग झूट बोलेको  - झूट बोले कौवा काटे -
 
Posted on 06-25-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा त्यो त तेही दिन थाहा भईहाल्योनी म को भनेर। म त "दा"  चै  यो भनेर अचम्म परेर तेही बेलामा हस्पिटल लान पर्ने जस्तो भएको थिएँ  अनी नभनेर के गर्ने? तेही पनि धेरै भन्नै परेन, म पनि साझा हेर्छु बेला बेला मा भन्ने बित्तिकइ उहाहरु को फर्स्ट गेस नै मै

क्रेज म किन गफाडी, आफु सबैलाई बिगारछे, मलाई गफाडी रे त्यही पनि अब त्यती सजिलो नाम पनि नचिन्ने मान्छे पो अचम्म को त, म गफाडी हो त


 
दशैँ तिहार
Posted on 06-29-08 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसर्च पेपर लेख्ने रे- कम्प्यूटर राम्रो चाहियो भनेर किनेर खै पेपर लेखेको ? खाली खेलेर बस्ने ? त्यै साझा फाजा हेरेर बस्नलाई होला !”

सोझी लाटि बुढिलाई भोलीका दिनमा नि रिसर्च पेपर लेख्न राम्रो कम्प्युटर चाहिने हैन fast internet अझ better accessibility हुने university मा गएर चलाए सर्वोत्तम भन्ने कुरा  भुलेर नि नबताउनु नि।

 


 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters