JagataDhari
Replies to this thread:

More by JagataDhari
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पाइलाहरू
[VIEWED 5963 TIMES]
SAVE! for ease of future access.
Posted on 01-16-08 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा केही कथाहरु छापीयो, राम्रै स्वागत गर्नुभयो यहाँका रैथाने साथीहरुले । यसपाली भने एउटा कबिता लीएर आएको छु, बिषय अलीक फरक छ, देश, जनता र देशप्रतीको जनताको कर्तब्य । अली निरस हुन सक्छ, खल्लो पनि हुन सक्छ, म बर्षौ पछि जो कबिता लेख्दै छु ।

साथीहरु, I guess most of us are youths here in this forum, I want a discussion in this topic, a youths discussion on something related to a country.

पाइलाहरू

रक्तिम उशाका स्वर्णिम किरणमा
म जब आफुलाई नुहाइरहेको पाउछु
म मा शक्ति संचारित हुन्छ
अणि नौलो दिन को द्रिड सुरुवात
म नयाँ जोश
, नयाँ योजना र नयाँ अठोटका साथ गर्छु |

हींडदैगर्दा म देख्छु ,
बाटोभरी धुलो को मुस्लो छ
मेरी आमालाई खोकी लाग्यो होला !
नयाँ योजना फेरी थपिन्छ
,
हो , अब मैले भूलो छान्न छान्ने बनाउनु पर्छ
पर क्षितीज सम्म सफा देखिने आकाश बनाउनु पर्छ
म अठोट गर्छु
, द्रिढताकासाथ मुठी कस्छु
अहँ
, मैले खुट्टा कमाउन मिल्दैन
मेरी आमा रोगले छटपटाइरहेकी छन !

हिडदाहिडदै सबै टक्क रोकिए
प्रगतिसिल पाइलाहरु अनायस छेकिए
अहो
, पुल त झरेछ
खाँबाहरु बाढीले लगेछ
तर अहँ
, मैले हार्न मिल्दैन, मैले थाक्न मिल्दैन !
देखें
, माथि हावाइजहाज उड्दै छ,
पुल झर्नाले उस्को बाटो छेकिंदैन !
एक्कासी आशा पलायो !
हो
, यसै हावाइजहाजमा कोही त पक्कै
पुल बनाउन सिक्न गयो वा सिकेर आयो!
अत्मबिश्वास बढ्छ
,
म अनायस आफ्न दुई हात उचाल्छु
मलाई विश्वाश छ
,
मेरा पछाडि हजारौं हातहरु
हात्तेमालो गर्न उचालिएका छन
र हामी हाम्रा काँधमा
त्यो खाँबोबिनाको पुल थेगेर
प्रगतिसिल पाइलाहरु सुचारु गर्नेछौ !!!



 
Posted on 01-17-08 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice one jagatadhari

i really liked it

keep it up


 
Posted on 01-17-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ! धेरै राम्रो लाग्यो, पलायन भएका सिल्पकारहरु घर फर्कने र सिल्पहिनहरुले सिल्प सिक्ने बिश्वास सहित घर सिँगार्ने/बलियो र सुरक्षित बनाउने जुन भावना पोख्नुभयो! युनिकोडमा टाइप गर्दा शब्दहरु बिस्तारै मिल्दैजान्छ भन्ने आशा छ।  यो 'प्रगतिशील' शब्द कुनै एकधारको राजनैतिक शब्द जस्तो लाग्ने के, हुन त शब्द हो तर यसको निरन्तर प्रयोगले गर्दा त्यस्तो लाग्ने!

जे होस गहिरो छ, अरु पनि जावस!


 
Posted on 01-18-08 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1.
हो
, यसै हावाइजहाजमा कोही त पक्कै
पुल बनाउन सिक्न गयो वा सिकेर आयो!

- राम्ररि हेर्दा त्यो हवाइजहाज एकोहोरो मात्र उडिरहेछ, एकै दिशामा।

२ जोशिलो किरणबाट शुरु भएको  कविता आकाश ढाक्ने धुलो र पुल बगाउने बाढि जस्ता विकिरण को रापले टक्क अडिन्छ । के गर्नु, कोहि त हवाइजहाजमा उडेको छ तर आफू ? बरु, खोला तर्न तुइन बनाउन तिर लाग्ने कि?




 
Posted on 01-18-08 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepwanted : Thanx
Birkhe_Maila : धन्यबाद, मैले त्यो शब्द त्यो अर्थ मा त राखेको हैन, अन्यथा नठान्नुहोला ।
copycat : यहाँले भन्नुभएको कुरा ठीकै हो ।

 
Posted on 01-18-08 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jagatadhari Jyu,

malai pani nepal jana man lagyo. kahilekahi ta deshako lagi kehi garna nasakema sarai pachuto lagcha. ke garne?


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters