[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 नभएको सम्बन्ध!!
[VIEWED 10359 TIMES]
SAVE! for ease of future access.
Posted on 03-03-08 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“आफ्नै बुढो लुज बसेपछि, के हुन्छ र?”
खास्सै ध्यान दिइको थिइन। यति सुन्ने बित्तिकै मेरो ध्यान अगाडिको सिटमा बसेका उमेरदारी जोडिमा खिचिंयो ।

“सँगैमा संगिताहरुले १२ लाखको घर बनाए । जग्गा अलग ।“

ति महिलाको कपाल एकदम कर्लिन्ग थियो । मेहेन्दि लगाएको, तर रंग नखुलेको । थोरै खोलेको झ्यालबाट आएको हावाले सुस्त सुस्त उडाइरहने । । लोग्ने मान्छेले क्याप लगाएको थियो । ज्याकेट नर्मल थियो । बोलि मसिनो ।

उ त्यसको लोग्ने हुदै होईन । मैले guess गरि हाले । दुबैको चालढाल र बोलिले लोग्ने स्वास्नि देखिएनन् ।

“जो आयो, उहि संग बसेर खान शुरु गरि हाल्यो । साहु नै जडिया भएपछि, के जोगिन्छ!! आऽऽ म त दिक्क भएसके ।“ मसिनो बोलिमा भए पनि म सुन्दै थिए। कसैले थाहा नपाउने गरि ।

ठिक मेरै अगाडिको सिटमा भएकाले उनको अनुहार मैले राम्रो संग देख्न सकिन । लोग्ने मान्छे चाहिं ति महिला तिर फर्केर कुरा गर्दथ्यो । त्यसैले उसलाई नियाल्न सके । अनुहार मा तिलकोठि । दाह्रि काटेको चिल्लो गाला, छोटो कपाल । काला ओठ । त्यसै नराम्रो लाग्यो । मैले त्यहि देखें ।

बसमा, मेरो निन्द्रा पूरै भागि सकेको थियो । बसका अरु मान्छे आ-आफ्नो ताल मा थिए । मेरो भने पूरै ध्यान ति दुईमा थियो । उनिहरुको बोलि चालि मा थियो ।

उमेर, त्यस्तै २८-३० कि लागिन् । फाल्गुणको महिना । पातलो लुगा, नस्याहारेको कपाल अनि त्यहिं माथि sleevless बाहुला । जाडो त्यति धेरै गईसकेको पनि थिएन । ‘के सुर कि आईमाई रहेछ!!’ मेरो मनले राम्रो मानेन । त्यो लोग्ने मान्छे त्यस्तै ३४ को जस्तो लाग्यो । दह्रा हात अनि गढेका आँखा । जुँगा काटेको अनि रुखो अनुहार ।

“हिजो पनि बन्द खुलेको थिएन । साईकलमै राजगढ पुगेकि थिए । एकदम जीउ दुखेको थियो । सांझैमा एउटा बियर ल्याएर कोठामा राखेकि थिए । बेलुका बाबु सुते पछि आधि खाएं । अनि छिट्टै निदाए । राति कति बेला हो ब्युझेछु । घडि हेर्दा १ बजेको रहेछ । बेलुका को बियर आधि बाकिं थियो नै थियो । त्यहि खाइदिए । अनि, बिहान ढिलो उठिएछ । घर धन्दा गर्दा गर्दै ढिला भयो । हतार हतार आएकि, तपाईलाई भेट्दिन जस्तो लागेको थियो । भेटि हाले ।“ उ सुनाउदै थिइन् । उ सुन्दै थियो ।

आफूलाई जतिसुकै updated civilized fellow सम्झे पनि, मलाई छोरी मान्छेले बियर सम्म खाएको कुरा कहिले निको लागेन । यो बिषय मलाई बच्चामा जस्तो लाग्दथ्यो, अहिले पनि झण्डै त्यस्तै लाग्छ । शायद मेरो कमजोरि ।

उनिहरु चाहिने भन्दा बढि नजिकिएर गफ गरिरहेका थिए । म भने उनिहरु कता बाट आएका होलान भन्ने भन्दा पनि अब के गर्छन्, कता जान्छन् भन्ने जस्ता कुरा मा रुमलिएको थिए ।

बसको कन्डक्टर आयो । ति महिला ले पर्स खोलिन् । त्यो मान्छे ले पर्दैन भनेर उनको हात रोक्यो । अनि आफ्नो wallet निकालेर पैसा दियो । भाडा मा परम्परागत नेपाली किचकिच ।

“अहिले सम्म यो भन्दा बढि तिरेको छैन्”

“अब तिर्नु पर्यो नि, अरुले लिएनन् भनेर म छोड्दिन्”

“……………..”
“……….”
ल ल, १० रुपिया भन्दा बढि दिन्न् । “

ठुस्किदै पैसा लिएर कन्डकटर गयो ।

“कस्तो नापिएको मोरो “ उनले भनिन् । उ हास्यो ।

त्यो मान्छे ले एकदम सानो स्वरमा बोल्दथ्यो । म प्रष्ट संग केहि सुन्दिन थिए । ति महिला भने मरि मरि हास्थिन् । अनि उसलाई पाखुरामा कुट्थिन् । उ दंग पर्थ्यो ।

ति महिला लाई जाडो भएको प्रष्ट थाहा हुन्थ्यो । शल ओढेर बस्थिन् । तर शल खसिरहन्थ्यो । उनि शल मिलाउन थाल्दथिन् । उ भने अन्तै हेर्दथ्यो ।

‘आऽऽ अर्काको गफ कति सुन्नु, जे सुकै गरुन । मलाई लुतो न कनाई’ म मेरो ध्यान उनिहरु बाट हटाउन खोजि रहन्थे । तर सक्दै सकिन ।

‘बाबुले हिड् भन्दा जान्न भनेको थियो । त्यसैले उसको लुगा धोएकि थिईन् । हिड्ने बेलामा म पनि जान्छु भन्यो । अब स्कूलको जाँच पनि आउँदै छ । फेरि बन्दमा यतै फस्ला, अनि जाँच छुट्ला भनेर नलिई हिडे । “ उनि सुनाउँदै थिईन् । उ सुन्दै गयो । गफहरु हुदै गए । म भने नसुने झैं , नहेरे झै जस्तो गरेर उनिहरुलाई सुनि रहे, हेरि रहे ।

ति महिला ले उसको कानै खाउला जस्तो गरेर साउति गरिन् । उ मुस्कायो । उसले पनि तिनको कानैमा के भन्यो । उनि मरि मरि हासिन् । अनि यसपटक उसको पाखुरा मा ३-४ पटक पिटिन् ।

म न त्यो अवलोकन बाट भाग्न सकें न मेरो मनले गरेका illegal अनुमान लाई पाखा लगाउन ।

बाटो यति छिटो काटियो। पत्तै भएन् । ईटहरि बसपार्क पुग्न लागेको थियो । बस धरानको, मेरो यात्रा यहि टुन्गिनु थियो । अलिक वर नै २ जना बुढाहरु बसमा चढे । भिडमा बिस्तारै बिस्तारै हाम्रो सिट नजिकै आई पुगे ।

मेरो आश्चर्य । दुवैले ति बृद्धहरुलाई नमस्कार गरे । त्यो मान्छे ले सिट छोडिदियो । एक जना चाहिं बसें ।

‘नानी, दाई सित माईत हिडेकि??”
“अँऽऽ, दाई काम बाट फर्कदै हुनुहुदो रहेछ । आमाले शिवरात्रिमा जसरि पनि आईज भन्नु भयो । त्यसैले दाई सँग हिडेकि!!!!!!”

ईटहरि बसपार्कमा बसबाट सबैभन्दा पहिला म झरें!!! आफ्ना illegal अनुमान बाट आफैसंग लज्जित, टाउको निहुराएर!!

meaninglessthinkings@somewhereondearth

Last edited: 03-Mar-08 09:36 PM
Last edited: 03-Mar-08 09:43 PM

 
Posted on 03-04-08 6:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

As usual brilliant dai,अनि दाइ केटिमान्छे ले बियर खाएको मलाई पनि नराम्रै लाग्छ ।hope to see more from u!
 
Posted on 03-04-08 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमेदाजु त के स्सारो भाको हौ, अर्काको गफ लुकी लुकी सुन्ने रे अब!!!

छोरीमान्छे त बियर खाएको मलाई नि मनपर्दैन, साँच्चै भन्दा मलाई त छोरामान्छेले नि बियर सियर खाको मनपर्दैन, तर छोरीमान्छेले खाँदा उसको बेइज्जत हुने, छोराले खाँदा इज्जत नि भन्ने गर्छन् मान्छेहरु, छोरा र छोरीलाई हेर्ने अलग नजर किन होला ??

समग्रमा भन्नु पर्दा कथा एकदम राम्रो छ !! लेख्दै गर्नु होला!!


 
Posted on 03-04-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम दाई, तपाईंको लेखन सैले धेरै राम्रो। अती उत्तम तपाईंको कलम चलाऊने खुबी। हजुर लाई मेरो अग्रिम शुभकामना र यस्तै असल लेखरू पस्कदै जानु होला । अनी झापाको खबर के छ दाई? म नेपालीको महान चाड दसैं मा औने प्लान मिलौन्दै छु। काम बाट बिद मिल्यो भने औन्छो र रमाइलो गर्नू पर्छ है दाई। आइ एम मिस्सिङ क्याम्पस मोद । खै त दैलाई कैलाई अन्लाईन भेतिएन । म तपाईंलाई मेरो एम.एस.एन इड पठाइदिन्चू है अनी अद्द गर्नू होला।
 
Posted on 03-04-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ लेखाइ। सम्बादहरु रमाइला छन। लेख्दै जाम, टास्दै जाम । 
 
Posted on 03-04-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अहिले सम्म यो भन्दा बढि तिरेको छैन्”

“अब तिर्नु पर्यो नि, अरुले लिएनन् भनेर म छोड्दिन्”-----

कस्तो रमाइलो प्रस्तुती, उच्च कोटिको,

हजुरको लेखाइ मलै एकदम मनोरन्जनात्मक लाग्छ त्यसैले पढ्न छुटाउदिन।


 
Posted on 03-04-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सोमे, 
कति शंकालु भा'को हँ तिमी? चिन्नु न जान्नु मान्छेको गफ लुकिछिपी सुन्ने, अनि नानाथरीको शंका गर्ने?

हा हा! दामी छ प्रस्तुति, तिम्रा मनोवैज्ञानिक खालका कथाहरू मनपर्छ मलाइ!
 
Posted on 03-04-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमे को लेखाइ र जीवन बुझाई प्रती सदा झै नतमस्तक छु।
 
Posted on 03-04-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्छ के सोमे भाई ले। तिम्रो आजकालको प्रयास अझ बढी यस् मानेमा महत्वपूर्ण छ कि समाजका उसै बिर्सिन सकिने घटनाहरुलाई सजिब र रोचक बनाएर प्रस्तुत गरिरहेका छौ। जादै गर।

 

अनी तो भण्डारी जि को कुरा तिमीले ठिकै गरेको हो। कहाँ भेटेउ तिमीले?  Convey my hello to him, if you met him again.


 
Posted on 03-04-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dharo dharma, maile pani paddai jada illegal nai socheko thea la. Great minds think alike. haha
Last edited: 04-Mar-08 12:09 PM

 
Posted on 03-04-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्का को कुरा खुस खुस सुनेर कस्तो शंका गरेको सोमेजि ले

कथा सधै झै राम्रो छ


 
Posted on 03-04-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धरानबाट इटहरी सम्म आइपुग्दा तेत्ती धेरै कुराहरु सुनेर अनी त्यस्तो सन्का उब्ज्याउन भयाइसकेको सोमे?
सरल घटनाक्रमलाई पनि आकर्शक ढंगबाट प्रस्तुत गर्ने सैलीको सरहना गर्दछु म !

tks.


 
Posted on 03-04-08 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाइ झापा नजाने हुनु भएछ ,आइतबार सम्म कति फुर्ने हुन खोइ ! ल ल लेख्नु पढेरै भए पनि भिन्न भिन्न पात्र भेट भएराखेको छ जिवनका साझामाँ
 
Posted on 03-04-08 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hmm.... ke ho sathi, timi ta sarai kathakarr huna thalyou... ramro chha katha.. nice to read!
 
Posted on 03-05-08 1:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अली कस्तो कस्तो ending भये पनि राम्रो छ।
 
Posted on 03-05-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Somesahila rocks !

Awesome! thanks for your creation.


 
Posted on 03-05-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो सोमे, त्यतिकै सन्खा गर्दिने। प्रस्तुती निकै चाख लाग्दो रहेछ।
 
Posted on 03-06-08 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fuchche भाई, चेलि, धन्यबाद । राम्रो त मलाई पनि लाग्दैन । but its okay.

fewatal,  खोई त अत्तो पत्तो छैन त । कता गायब? झापा को खबर राम्रो छ । ल ल छिट्टो आम । म नि कतै गईन भने भेट होला ।

nepal_ko_chora जि, धन्यबाद, ।

दिपिका०२ जि, म पनि कहां छुटाउँछु र हजुरको  । पूजा जि को लिस्टमा मेरो नाम नि राखि दिम है । !!!

चित्रे बोरो ,
म कहां शंकालु भा को हो र । मन पो शंकालु । धन्यबाद ।

राहुल दा,
ब्यस्त समयमा पनि हेरि दिनु भयो । धन्यबाद ।

सुन्तले दाई,
धन्यबाद । एसो बिग्रेका कुरा पनि झस्काईदिनु न ।
सन्तोष दाई र म एउटै कम्पनि मा काम गर्छौ । वहां चाहि काठमान्डुमा हुनुहुन्छ । अनि दाई आज शिव रात्रि । होस्टेल अगाडि, श्यामे दाईको बाट मादल ल्यायेर हजुर हरुले लाईभ दोहोरि खेलेको मैले सम्झेको छ । म सम्झन्छु, ति दिन । ति पल ।

मारको,
या!!!!र हो नि है  । great minds think alike.  हाहा । अनि, केहो अचेल मेसेन्जर बिग्रियो कि कसो? भेट्दिन त!!

pjna007 जि,
 के गर्ने । लोग्ने मान्छेको मन । समय को लागि धन्यबाद।

रिठ्ठे बोरो ,
के गर्ने, मन भन्ने कुरा । के सोच्छ के । अनि बोरो, त्यो tks  भनेक के?? thanks  त होईन ।धेरै तिर देखे । के होला??

timrai-sathi जि,  समयको लागि धन्यबाद। यिनै शब्दले फुर्केको छु ।
elusivecat जि, खोई लेख्दा त्यस्तै लेखियो । हो अन्त्य बान्गेको छ ।
कमेन्टको लागि धन्यबाद ।

CL साईलि,
धन्यबाद । धेरै नफुर्काउनु न । अनि, हजुरको हाल खबर के छ ।

Norton जि, के गर्ने । म पनि त्यहि लोग्ने मान्छे त हुँ ।

अरु सम्पूर्ण साझा बासि लाई समय निकालेर पढिदिनु भएको मा धन्यबाद ।








 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters