[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Jun jogi ayeni kaanai chireko
[VIEWED 3877 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-08 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

news of nepal:

औषधोपचार खर्च लिन सभासद्को दौडधुप

टंक पन्त (काठमाडौं) सरकारले चाहेजति उपचार्रखर्च बेहोर्ने थाहा पाएपछि केही सभासद्हरू सम्पूर्ण स्वास्थ्य जाँच गराउन दौडधुपमा लागेका छन्।

सभासद्हरू पहिले सम्पूर्ण स्वास्थ्य जाँच गराउने र त्यसपछि विषयगत रोग पहिचान गरी उपचार्रखर्च लिने धुनमा लागेको थाहा भएको छ।

नियमअनुसार सरकारी अस्पतालमा जाँच गराएमा सबै र प्राइभेट अस्पतालमा जाँच गराएमा आधा खर्च सरकारले बेहोर्ने गर्दछ। त्यसरी सरकारले खर्च बेहोर्ने भएपछि सभासद्हरू उपचार्रखर्चको बिल लिएर संसद् सचिवालय जाने गरेका छन्।

दैनिक ८-१० जना सभासद् उपचार्रखर्चको बिल लिएर सचिवालय जाने र त्यसको भुक्तानीका लागि दिनहुँ ताकेता गर्ने गरेको थाहा भएको छ। कसै-कसैले त सभासद् हुनुभन्दा अगाडि उपचार गराएको बिलसमेत जोडेर खर्च माग गरेको तर सचिवालयले त्यस्तो बिल भुक्तानी दिन अस्वीकार गरेको बुझिएको छ। कुनै कुनै सभासद्ले महिनाको दर्ुइ पटक जाँच गराएको भनी बिल पेस गर्ने गरेकाले सचिवालयका कर्मचारीहरू उपचार्रखर्च थाम्नै नसक्ने खालको हुने सम्भावना औंल्याउँछन्।

सभासद् रामकुमारी यादवले २०६५ असार ३०, साउन १०, साउन २१ र भदँै १२ मा जाँच गराएको भनी खर्च भुक्तानीको माग गर्नुभएको छ। एक जना सभासद्लाई चिकित्सकले पाँचवटा टयाब्लेट औषधि खान भनी लेखिदिएको तर ती सभासद्ले २५ वटा टयाब्लेट खाएको भनी बिल बनाएर पेस गरेको खुलासा भएपछि सचिवालयले पाँचवटा टयाब्लेटको मात्र भुक्तानी गरेको छ।

सभासद् लक्ष्मण लालकर्ण्र १६ हजार १ सय ७१ रुपियाँ, रामनारायण सिंहले ५ हजार ७ सय १, विमला मिजारले ४ हजार १ सय ३०, खुमा सुवेदीले २ हजार ६ सय ५०, रमेश रिजालले २ हजार ५ सय ५०, सुन्दरा थारूले ५ हजार १ सय, मीनाक्षी झाले १ हजार ५०, रेणु चौलागाईंले ४ हजार ५ सय ४१ रुपियाँ उपचार्रखर्चको बिल सचिवालयमा भुक्तानीका लागि पेस गर्नुभएको बुझिएको छ।

सभासद् कृष्णा ठाकुर, तारा र्घर्ती मगर, हिमकुमारी सुनार, गौरी महतो, धीरेन्द्र कुमारी उपाध्यायलगायतका एक दर्जनभन्दा बढी सभासद्ले सम्पूर्ण स्वास्थ्य जाँच गराएको भन्दै त्यसको बिल पेस गर्नुभएको छ। बुझिएअनुसार स्वास्थ्य जाँच गराएका बिल पेस गर्ने सभासद्मा बढीजसो नेकपा (माओवादी) का छन्

नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायले ५ लाख रुपियाँ उपचार्रखर्च माग गर्नुभएको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सभासद् राजकुमार लिम्बू नाम्बोलाई सरकारले ५ लाख रुपियाँ उपलब्ध गराउने निर्ण्र्ाागरिसकेको बुझिएको छ।

महिनामा कतिपटक उपचार गराउने, एक सभासद्बराबर कतिसम्म खर्च बेहोर्ने भन्ने सीमा नतोकिएकाले जसरी पनि उपचार्रखर्च लिन केही सभासद्हरू लागेको अर्थ मन्त्रालयका अधिकारीहरूले नेपाल समाचारपत्रलाई बताए। केही दिनयता मात्रै ३९ जना सभासद्ले उपचार्रखर्चको बिल पेस गरेका छन्। त्यसमध्ये कतिपयको भुक्तानी भइसकेको छ भने केहीको बाँकी नै छ।

एउटा दाँत बनाएको २२ हजार र कान कम सुन्नेले लगाउने एयर फोन खरिद गरेको भनी ४२ हजारको बिलसमेत पेस भएको तर सचिवालयले भुक्तानी दिन अस्वीकार गरेको बताइएको छ।

माओवादी सभासद् भरत शाहलाई उपचार्रखर्चबापत १६ हजार बेलायती स्र्टर्लिङ पाउन्ड अर्थात् २१ लाख रुपियाँ उपलब्ध गराउने निर्ण्र्ााभइसकेको छ। हातमा गोली लागेको भनी उहाँ बेलायतमा उपचार गराउन जानुभएको छ।

त्यसै गरी आँखा जाँच गर्राई चस्मा खरिद गर्ने सभासद्को संख्या पनि निकै छ। आँखा जाँच गर्राई ५ देखि ७ हजार रुपियाँको चस्मा खरिद गरेको बिल पेस भए पनि सचिवालयले सोहीबमोजिम दिन नमिल्ने बताउँदा कसै-कसैले धम्क्याउनेसमेत गरेको थाहा भएको छ।

विगतमा एक जना सांसदले सुत्केरीले खाने औषधिको बिल पेस गरेको दृष्टान्त प्रस्तुत गर्दै उपचार्रखर्चको बिल पेस नगर्ने सभासद्हरूले केही सभासद्ले गर्दा सबै सभासद् यस्तै हुन् भन्ने पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्। अन्य सांसद्को छविमा समेत आँच पुर्याएको जस्तो घटना पुनरावृत्ति हुने चिन्ता औषधोपचार खर्चको बिल पेस नगर्ने केही सांसदले व्यक्त गरेका छन्।

Loota loota aab timiharuko palo ho


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters