[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Khai ke ke----Deep

[Please view other pages to see the rest of the postings. Total posts: 84]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 36596 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 04-26-05 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जसरी नराम्रो सँग तर्सेको खै कैले पो थ्यो?...सायद त्यै पुरानो बेलाँ
हुँदो हो. झरीमा ओइरिदो पानी झैं ओइरिइ रन्जना आज जम्मै भिजाउने गरी. ओभानो
भनेको कतै रहेन.

को रन्जना रे?

अब भो कि? रन्जनालाई चिनाउँला एक छिनमा, पैला मनमा उर्लदो भेललाई सम्झाई
हालुँ होला पहिरो लडनु अघि नै, कसो?

बच्चे ले ध्वस्तै पारी मलाई. डाँडामा बतास सरी म सँग उस्का राग मडारिन थालेसी
मेरो के चल्थ्यो? नव जवानीका घामले दिन दिन सुकाको मेरो खरमा बच्चेले
झिलिक्क के पार्या थी उस्का फिलुङ्गे निम्ताले डढीहालेँ नी रापमा. तर न्यानो रापमा.

प्रबेशिका अर्थात एस एल सिको जाँच सकाइया थियो, नतिजा निस्किन लाग्ने महिनाहरु
मनग्गे थिए तर. आफु त श्री किस्न टाईपिङ्गमा सुनिता नी आउँछे, त्यहिँ भइयो
भर्ना, तँ नी आउने भे आइज तर सुनिता चैं मेरी हो भन्थ्यो नरे (नरेश)ले तर अब मलाई टाईपिङ्ग मन नपर्ने, मन पर्ने सुनिता उस्की भनेसि के गई भो
र श्री किस्न टाईपिङ्ग पनि भनेर पुरानो मावलि गाउँ हानिएँ म चैं पूर्बी पाहाड तिर.

एउटा मामाकि साली भिनाजुको घराँ बसेर माथ्ला डाँडा हाईस्कुल (नाम त जनता मा.बि. हो
क्यार) भ्याउदी रछे. गोटा पन्ध्रेक बशन्त पार गरेकी त्यो उदाउदी सुन्दरी झुल्किनु
अघिको सूर्य किरणले आकाश उजिल्याउँदा झैं गरी मामाघर धपक्क पार्दी रछे. पुर्पुरो
बलियो भन्या यहि होला भन्ठानेँ मामाघर पुगेको साँझ. उडन्ते मनलाई थाम्न बडो
मुसकिल भो तर. बच्चे भन्ने घरेलु नामले सुन्दरीमा शरण लिएर धन्ने भाको रे छ.

गन्तब्य जता सुकै भए पनि बर्षादका काला बादल पहाड सँग ठोकिएसी त्यहिँनै
मुकाम झैं जसरी बर्षन्छन, त्यसरी नै मेरा जवानीका मेघ पनि नवसुन्दरी नै मुकाम
हो कि झैं मानी बर्षन तयार भएको चाल पाएर म किञ्चित अस्?थिर त भएँ तर
त्यसमै रमाएँ पनि.

मेरा मामाहरु माहाराजगंजमा नयाँ घर ठोकेर बस्या बर्षों भै सक्या थ्?यो तर पहाड
जाने आउने बराबर गर्थे. केहि बर्ष अघि म नी एउटा मामाको पछि लागेर आइ
पुग्या थें यो मामा गाउँमा पैलो पटक. हाँडिगाँउमै ब्यापक बिग्रिसक्या थें म भन्नेमा
तेति बिबाद थे न ती दिनहरुमा. त्यहि छोरो बिग्र्यो हाँडिगाँउले संगतले भन्ने पिरले
हुँदो हो मलाई घर बेबार मिलाउन पहाड हानिन ला मामासँग पठाका हिउदे छुट्टिमा.
ती दिनमा यो गाउँले मामाघरको छिमेकि पल्लो घराँ दुईटी थिए कस्सेका दिदिहरु.
ती दिदिहरुको रनाहा मलाई अहिले सम्म लागिरा थ्यो तर यै मङ्सिरमा दुईटा
भाग्गेमानी नागाहरुले रात भरी जग्गे रुँगेर दिदिहरु उडाई सकेछन. भन्थे देउताले
एउटा ढोका लाए आर्को खोल्छन रे. मेरो पालाँ देउताले हल्का गडबडि गरे हिसाबमा.
दुईटा ढोका लाएर एउटा खोलेछन. तर गुनासो छैन.

जसो तसो घुँडा सम्म आउने रातो फ्रक र ज्यान समेटन सक्ला नसक्ला झैं लाग्ने
आकासे शर्टमा अगेना नजिकै त्यै अगेनाको ताप खिचेर रन्केकि बच्चेले म तिर
छद्म नजरबाण हान्दा त म रक्ताम्मे.




 
Posted on 04-26-05 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ARKO BHAG BHYAIYENA POST GARNA AHILE...
 
Posted on 04-26-05 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-26-05 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मा मा मा मा मा मा मा.........

होइन, यो साझालाई बैशाख लाग्या हो कि क्या हो?, जता हेर्यो पिरति कै कुरो छ बा। मेरो काम त दिनभरि-रातभरि साझा पढ्ने हुने भो त। यहि साझाका पोस्टिङमा डाक्टरी गर्दिम् कि जस्तो भो।
दीप जी, बत्ति ले'र निस्कन्न भनेर गफ हाँक्ने, अनि घामै बोकेर निस्किदिने यार, भो बा नसकिने भो अब।

अनि हाम्रो सितारा दिज्जुलाई (गेस गर्या है) चै नेपाली साहित्य निकै मन पर्छ जस्तो छ नि, जहाँ पनि टुप्लुक्कै।
ल ल दीप ज्यु, दीपले राँको बाल्नु पर्छ अब।

-सरु


 
Posted on 04-26-05 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप बुरो, अनि बान्गे गएन सँगै? नरे त सुनितासँगै टाइपिगं सिक्ने भाऽको गएन होला।
 
Posted on 04-26-05 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bange bhuteswor ma bhawana lai line mari rathyo n ita!

deep dai, yesto anyaya ta garna bhayena ni.......suru gare pachi yanding garna parcha kya....lau lau! waiting
 
Posted on 04-26-05 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>होइन, यो साझालाई बैशाख लाग्या हो कि क्या हो?,
चैत्र भन न यार। चैत्रमा हो न्याउली कराउनी, पोइल जानी, जोइल जानी। अनि क्यार्दै हो भउते भउते भाइ, त्यो के भन्छ त्यो डाँडाको नाक भन्ने कि के भन्ने त्यो पहाडको मुखमा। यामागुचीमा?
 
Posted on 04-26-05 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन ए दादा,

मेरो क्यै भेउ पा'र बोल्या हो कि, त्यत्तिकै बोल्दा बोल्दै लाटाको खुट्टो बाटाँ पर्या हो? कता कता के के शब्द सम्बन्धित पर्यो यार, गाइ खाने ल। साच्चि था' पा'का भे' गुप-चुप राखम् है।

-सरु

 
Posted on 04-27-05 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुगन्ध ले सुन् जसरी प्यारो हुँदो हो चञ्चले स्वभाबले बच्चेको सुन्दरतामा त्यसरी
नै योगदान पुर्याको थियो. हात नहालि त कुरै गर्न नजान्ने रे छे उ त. उ र म मात्रै
कुरा गर्दा त झन धेरै हात चलाउँथी. यता नी प्याट्ट पार्नी उता च्याप्प गर्नी. त्यत्तिकै.

अब कुरा मेरो र बच्चे कै गरी रम होला, कसो? गाम, ठाम, मावली बाजे बजै र अरुहरुको कुरा
नी गर्न त हुन्थ्यो तर मलाई अहिले मेरो र बच्चे कै माइ कुरो गर्न मन छ के. कुरा त धेरै छन
बच्चे र मेरा तर पनि यो साझामा गर्न गर्न परे सी अलि गाँठि नै कुरो गरम न भन्ने
मन भो.

भोलि शुक्रबार स्कुल छुटेसी बच्चे घर जाने भई शनिबार आउने गरी. दुई डाँडा पारी
झण्डै चार घण्टा लाग्छ रे उस्को घर पुग्न भन्थी. म त सेन्टि भे र धुनधान. बच्चे
नभए सि त खत्तम भै गो नी. बिहिबार साँझ घर मुनि कदमको चोपले बबल्स बनाऊँदै
उडाउँदै गर्दा आँखामा चमक झल्काउँदै सोधि उस्ले मलाई"जाने हो मेरो
घर?"

"लाने हो?" मैले उडन्ते आशामा सोधें.
"किन सबै तपाईं झैं डरपोक हुन्छन र?" मन्द हाँसो सँगै सोधि.
"के डरपोक?" मैले बुझिन कुरो.
"तपाईंको हिम्मत छ त मलाई तपाईंको घर लाने?" मन्द हाँसो सँगै कटाक्ष
थपेर सोधि.
म जबाफ खोज्दै थिएँ, पुलुक्क मेरो अनुहार हेर्दै उ सरासर घर तिर लागी. माथ्लो
कान्लाँ पुगेसि फर्केर हेरी साँझ झैं मादक नयन म माथि फ्याल्दै.
मेरो जबाफ भेटिनु अघिनै हरायो.

मलाई अब बच्चेको घर नगई भे न. तर बाजे बजै सँग कुरो को तालमेल मिलाउने
पो कसरी?

बेलुका अँगेना वरीपरी बसेर नानाथरी कुरा गरें बाजे बजै सँग तर बच्चे सँग उस्को
घर जाउँ भनेर सोध्न जिब्रो अलमलिएको अलमलिए भो. बच्चेले मेरो अलमलाई
राम्रै सँग बुझेकी थिई. अवसर पायो कि आँखा जुधाएर मेरो खिल्लि उडाउँथी.

बच्चेले बाजे लाई लक्षित गर्दै एक्कासि बोली " बा, म वहाँ लाई लिएर जाम भोलि
घर?"
"वहाँ" भन्दा म तिर "थुक्क लाछी" नजर हुर्याकी थिई बच्चेले.
बाजे बजै दुईटैका आँखा म माथि ठोक्किए तर केहि प्रतिक्रिया आएन.
मलाई नि साथि हुन्छ, अनि वहाँले नी हाम्रो गाऊँ देखनु हुन्छ. घुम्न आको मान्छे.
बच्चेले थपि.

बाजे बजै ले बच्चेलाई औधि माया गर्ने रेछन. मेरो भ्रमण स्विकिर्त भो.
यही भ्रमणले त हो मलाई दग्ध गरेको.
कसरी?

 
Posted on 04-27-05 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबार साढे एक बजे तिर नै लागियो बाटो. घरबाट उत्तर पूर्बी डाँडा तिर हामी हानिदा
घाम बादल भित्रै बाट पश्चिम तिर ओरालो झर्दै थिए. पानी पर्ने हो कि? मैले चिन्ता पोखेँ.
के भो त पानी परे नी? उस्ले सोधि. कुरा सामान्य बिषयबाटै शुरु भए. बर डाँडा पुग्दा
सबा दुई जति भा हुँदो हो. दखिन तिर बाट चिसो चिसो हावा हल्का लाग्दै थियो. तयाँ चौतारामा
एक छिन नबिसाउँदा सम्म कुराले एकसरो बाटो लिँदै थिए. कुरोले बाटो मोड्यो उस्को यो
प्रश्नले "तपाईंको त जुँगा पनि आइ सकेछ". प्रश्न अस्वभाविक थिएन तर मेरो मन भित्र
खहरेमा भेलझैं मडाँरीदा बिचारले छताछुल्ल भै रा ले होला "तिम्रा नी त आइ सकेचन नी"
भन्ने जबाफ पोखियो.

"के?" ऊस्ले सोधि.
नआको मलाई जबाफ हैन हिम्मत थियो त्यतिबेला तर जब उस्का आँखा उत्तर खोज्दै मेरा
आँखामा आएर जुधे, साँझ अघिको पश्चिमे आकास झैं देखियो उस्को अनुहार. लक्षमा स्थिर मेरा आँखाले
नि:शब्द दिएका जबाफ बच्चे ले नि:सन्देह पढी.
 
Posted on 04-27-05 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सललल विगरहेको कथाको बीचैमा घुसेर दीपलाई तारिफ नगरिरहन
सकिन । यो तपाईकै कथाको कमाल हो । अव के होला ?



 
Posted on 04-27-05 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jeee ko katha ko k kura garnu. Hyeet terika yesh paali sajha le barbaadai garne bho ni. Aafnu ta exam aauna laako bela parya thiyo, yestai bela ma sabai lai katha fureko furei huncha. K ho k ho bhanya ?
Ali agadi fureko bhaye pani hunthyo ni. La j hoos aba, summer bhanda agadi samma lai chai daro taal le padhincha. Summer ma ta daro kaam garnu paryo ni, k ko kataha ni. Summer ma ta uhi kya, khai k ko po ho Haribanse ko taaal kya. Jata bata kuro suru gare pani ending ma chai PAAAAAIIIIIIIIIIIIIIIIIISAAAAAAAAAAAAAAAA.


La la deep bro jaooooos la, hya yesai chaina usai chaina, aba chai choro le paleti kasyo la.


harkeDai
 
Posted on 04-27-05 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-27-05 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aajkaal sajha lai bainsa laagya jasto cha :-)


nirdhakka pokham......new user lay 360 degree ma dya thyo woota ...deep sir lay projectile mardyo sarara.......maram....maram..baru bachhey ali anadi jasto cha ..pheri dada giri taal parla hai ....bhandaar kothama pugera rittai haat.
 
Posted on 04-28-05 1:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली कथा पर्?न नपा'नी धेरै भाथ्?यो साझा मा पसे'सी थुप्?रै पाियो थुप्?रै मध्?ये मा यो पनि
राम्?रो छ है लेखम्? लेखम्? कम्?सेकम लेख्?न नजानेनी पर्?न त पाम्?
 
Posted on 04-28-05 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुराको मर्म आशय प्रष्ट्याउनु न हो. सो को थालनी त्यै बर डाँडामा गरीयो. बाटोमा
उ अघि अघि थिई तर बोलेकी थिईन. मनमा मेरा आशा र निराशाहरु निरन्तर
जुधिरहेका मन बोकेर म पछ्याउँदै थिएँ उस्लाई. त्यो बर डाँडामा नघुर्नु पर्ने ठाममा
अलि धेरै घुरिइछ क्यारे भन्ने खल्लो भाव मनमा बतास झैं चलिरह्यो. एक छिन पछि
बच्चेले म तिर पुलुक्क हेरी. अनुहारमा रीसको कुनै छनक देखिन, मन फेरी मच्चियो.

बर्षाको भेलले होला बाटो अलि असजिलो रे छ एक ठाममा. उ त उक्लेर गै गई मलाई
हम्मे पर्यो. एउटा बुटो समातेर कोशिस गर्नै ला थें, उस्ले हात बढाई.

साईकल सिक्दा जुन खाल्टो बचाउन खोज्यो त्यै खाल्टो तिर साईकल लाग्ने जस्तो
के भाको के भाको त्यो दिन बच्चे सँग जे जे कुरा गरेनी नगरम भन्ने कुरा तिर नै
मेरा कुरा मोडिन्थे.

ठुलो सिमलको रुख मुनि ढुंगामा सुस्ताउन बस्या बेला बच्चेले अनायस सोधि "अनि तपाईं
कैले ब्या गर्ने त? "

"पाए अहिले नै" ह्वात्त निस्कयो मुख बाट.
"को सँग?" निमेष मात्र मलाई हेरेर आँखा खोला पारी लगि.

मुटु धामिको ढ्याङ्ग्रो जस्तो बज्न लायो, आएको जबाफ शब्दमा ढाल्न सकिन.
ब्याको अर्थ एउटै थ्यो त्यतिबेला. मेरो अलमल जेलिदै गर्या बेलाँ वारपार हुने गरी
फेरी हेरी उस्ले मेरा आँखामा हेरीरही अनि दोहोर्याई "को सँग?"

 
Posted on 04-28-05 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन नभन्?या नि तिमीसँग भनेर??म भैद्?या भे कथा न कुथिनी भन्?या जस्?तो गरीदिन्?थे
 
Posted on 04-28-05 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा ल ल छ छ मोज गर हामो पनि गर्छौ पढेर ।
सिनेकलाकार मात्रहैन साहित्यकार पनि अम्रिकातिर आएर कथा लेख्नथालेपछि अब साझा पुरस्कार पनि यहि साझा ल्याण्ड बाट सुरु जर्नपरोईन त भन्या ।
बधाइ छ ल , जाओस् अरु पनि
 
Posted on 04-28-05 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hmm arko story
ramailo cha ajkaal sajha ma:)


maile padhhai chu ekai patak last ma comment /compliment dinchu hai hajur lai.story sakeepachi:)
 
Posted on 04-28-05 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी पर्ला पर्ला जस्तै थियो. जबाफ दिनु सट्टा मैले सोधें "अनि तिमि चैं कैले गर्ने त
बे?"

"म नि ऐले गर्नी बे" "को सँग चैं नसोध्नु नी फेरि" बोली बच्चे.
अनि ऊन्मुक्त हाँसो सँगै भनि "तपाईं पनि छक्कै पर्ने कुरा गर्नु हुन्छ हउ". जुरुक्क
उठेर उ बाटो लागि. म नी लागें भारी मनले पछि.

आज के त हुन्छ, मनमा यो बिचार गाढीँदो थ्यो. खोला तरेर उकालो लाग्दा नलाग्दै
पानी छिट्टयायो. आकास हेर्दा ठुलो पानी परला जस्तो त थिएन. नजिकै एउटा गोठ
जस्तो रे छ, बच्चे सँगै म नी त्यतै कुदें. पानी एकै छिनमा रोकिन्छ भन्दा भन्दै पन्ध्र
बिस मिनेट त बिति सकेछ.

कति बेर लाग्छ यहाँबाट तिम्रो घर पुग्न? मैले सोधें.
"लाग्छ नी एक घण्टा जति" उस्ले भनी.
त्यो गोठ हेर्दा दैनिक चलनमा आको जस्तो देखिदैन थ्यो.

"खै त पानी रोकिएन...कैले रोकीने हो?" बेलै नभै साँझ पर्न ला जस्तो बाहिर हेर्दै मैले भनें.
"नरोकिए हामि यहीं बास बसम्लान त, हुँदैन?" उ बोली.

मैले पुलुक्क उ तिर हेरें. एकै छिन अघि भन्दा नी झन राम्रि भै सकीछ उ त.
"तपाईं र म" उस्ले थपि. म भन्दा उ दुई बित्ता मात्रै पर थिई तर त्यस्तो लाग्दैन थ्यो.
हुन त जिस्केकी हुँदी हो तर मलाई आगो ताप्या झैं हुन थाल्यो. उ एक बित्ता वर सरी
अब सरे बाँकि भाको बित्ता सर्ने पालो मेरो थियो. आँट गरे पो ठाँट गर्न पाईन्छ भन्ने
सोचाईलाई जिवन्त गर्दिम त भन्ने मन मेरो नि भो.बच्चेको माथ्लो ज्यानमा अडकेका मेरा आँखा
लाई बलै सँग उठाएर उसका नसालु नयन सँग जुधाईदिएँ.

आमन्त्रित मुस्कानले थप उजिल्याएको उस्को मुहार...

 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters