[Show all top banners]

sprakashp
Replies to this thread:

More by sprakashp
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sprakashp
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अद्भुत यथार्थ !

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 17270 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-09-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अद्भुत यथार्थ !

शिव प्रकाश (हरैंचा, मोरङ) जनवरी ९

म जे सोच्छु
त्यो हुदैन
जे हुन्छ
त्यो मैले सोचेकै हुन्न !

म जे चाहन्छु
त्यो पाउन्न
जे पाउँछु
त्यो मैले चाहेकै हुन्न !

म जे खोज्छु
त्यो भेटिन्न
जे भेट्छु
त्यो मैले खोजेकै हुन्न !

म जे देख्छु
त्यो हेर्न चाहन्न
म जे हेर्न चाहन्छु
त्यो म देख्दै देख्दिन !

म मान्छेभित्र
सधैं मान्छे खोज्छु
तर मैले खोजेका मान्छे
अहिलेसम्म पाउँदै पाइँन !

हाल : बोष्टन, अमेरिका
 
Posted on 01-09-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चन्चल भए पनि यो मन जाने ठाउँ का'छ र ?
मलाई जस्तो दिग्दारी त कस्लाई पो भा'छ र ?
जती रोएपनि यो मनले आखिर के नै पा'छ र ?
नमरिकन त मशान घाट कस्को ज्यान गा'छ र ?
तिर्नै पर्ने त्यस्तो पाप मायाको मलाई के ला'छ र ?
पाप त सधैं लाग्ला तर भगवान कहाँ आ'छ र ?
चन्चल भए पनि यो मन जने ठाउँ का'छ र ? ? ? ? ? ? ? ? ?
 
Posted on 01-09-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे त म पनि धेरै भेट्छु
तर मान्छेभित्रको मान्छे भेटिन्न,
मान्छे, मान्छे जस्तो देखिए नि
मैले खोजेको मान्छे उभित्र देखिन्न !
साधुवाद विवशजी ।
 
Posted on 01-10-07 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चन्चल अनि साह्रै चन्चल
मन मेरो अति नै चन्चल
कुरा सुन्न पनि नहुने
केहि देख्न पनि नहुने
कसरि बाधु म मनलाई

सोच्छु फलामे सिक्री पो लगाउकी
तर खोइ के ले पो मनाउ

सुन हिरा चादि त म सङ्ग छैन

तै पनि फकाउने कोसिस् भने जारि नै छ
कहिले सोच्छु उनको माया ले पो गर्छ कि असर
तर खोइ निस्ठुरि को माया त
अन्तै पो सल्के जस्तो छ
तर खोइ
हेर्दा पनि पैसा पर्छ जस्तो पो गर्दै छे
 
Posted on 01-10-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिण्डेभाइ तिमी कतै
आफैंभित्र हराए झैं लाग्छ,
खुट्टाभए जुत्ता हजार
भन्ने कुरा बिर्सिए झैं लाग्छ ।

चिण्डेजीलाई पनि साधुवाद !
शिव प्रकाश
 
Posted on 01-10-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव प्रकाश जी, अति उत्तम भाव र शैलीको समिश्रण भेटें मैले ।
एक टुक्रा मेरो पनि ।

जपना बिथोल्न किन आउंछ घरि घरि "बिपना"हरु
आफुलाई बिर्सदां पनि आउंछ फेरि फेरि "सम्झना"हरु
अनिदो रातहरुमा किन चियाउंछ थरि थरि "सपना"हरु
खाली मस्तिस्कमा किन धाउंछ वरिपरि "कल्पना"हरु
 
Posted on 01-10-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपना सपना हो
देखिन्छ जहिले
तर भेटिन्न कहिले,
सपनामा अनेक
रङ्ग देखिन्छ
तर पोत्न पाइन्न कहिले !

राहूलभाइलाई पनि साधुवाद !
शिव प्रकाश
 
Posted on 01-10-07 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुट्टा अनि जुत्ता को कुरा गर्दा अलि चित्त बुझेन कि? मलाई त तेति साहै भन्न अलि मन लाग्दैन, आखिर् हामि सबै मानिस् नै हौ होइन र?
 
Posted on 01-11-07 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यान्द्रो

चाहे त्यो धागो को होस
चाहे त्यो माया को होस
चाहे त्यो आसा को होस
चाहे त्यो लछ्य को होस
चाहे त्यो पराल को होस

आखिर त्यान्द्रो त त्यान्द्रो नै हो
न हामि त्यसमा केहि नै गर्न सक्छौ
न त कसैलाई अर्थाउन नै सक्छौ
सक्छौ त केबल पर्खनु अनि मात्र पर्खनु
 
Posted on 01-11-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव प्रकाशजिको साहित्यिक् चौतारिमा म पनि एउटा भारि बिसाउन आइपुगेको छु।शिवजि,राहुलदाइ हरुको अगाडि मेरो प्रयाशलाइ पस्कु कि नपस्कुँ।

अनि शिव प्रकाशजिको

खुट्टाभए जुत्ता हजार
भन्ने कुरा बिर्सिए झैं लाग्छ

कुरो चाहिँ पचाउन मलाइ पनि गरो भो है।



क ख ग घ गर्दै कोरेको त्यो कालो पाटिलाइ
बिर्सेको छैन मैले
ए,बि,सि,डि भन्दै दौडेको त्यो धुलोलाइ
बिर्सेको छैन मैले
त्यो गाउँको छानो अनि,चामलको मानोलाइ
बिर्सेको छैन मैले
ठुलाको आदर,सानालाइ माया भन्ने मेरो गुरुलाइ
बिर्सेको छैन मैले
क्रन्तिको त्यो उद्ग्घोश्,अनि सडकको गुन्जनलाइ
बिर्सेको छैन मैले


तर आज खोइ
मेरो कालो पाटि हरायो कि
म दौडेको धुलो उड्यो कि
मेरो गुरुको आवाज सुक्यो कि
क्रान्तिको बाटो बद्ल्योकि

नबिर्सेका सबैकुरा हराए झै लाग्छ
जिन्दगिले आफै बाटो बिराए झै लाग्छ
किन किन कहिं केहि हराएँ झै लाग्छ
सरलताले आझ यहाँ मुन्टो घुमाए झैँ लाग्छ
 
Posted on 01-11-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"म मान्छेभित्र
सधैं मान्छे खोज्छु"

लाख रुपियाँको कुरा!! :)
 
Posted on 01-11-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पचाइदिउनलाइ त यहा
हजमोला नै चाहिन्छ
कति मात्र पचाउनु र?
त्यो भन्दा पहिले एउटो
हजमोला अट्ने मुख चाहिन्छ
नाप्दा नाप्दापिन गड्ला नि फेरी
जुत्ता हेर्ने होस चाहिन्छ
केवल 'ऊखान'को कुरो होला त्यो
बुझिदिने मन चाहिन्छ
लौ जा :)
बिर्खे माइला मेरो गनथन कति रुप्पेको ??:D
 
Posted on 01-11-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पचाउनकै लागि पचाउन त पचाइदिउलाँ म
हाजमोला नै किन चाहियो र
मिसले नै बुझ्ने मन को कुरा गरे पछि
नबुझेर पनि कहाँ पाइयो र


हे हे
 
Posted on 01-11-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्नेलाई यो कुरो गहिरो छ
नबुझ्नेलाई घरमुनी पहिरो छ
चिन्डे मित्र त्यो चित्त नदुखाउ
मनको घाउ अब त नलुकाउ
ख्याल ठट्टा रमाइलो गरौ‌ है
गल्ती भए माफ त गर है
नानु तिमी नदुखाउ दिल त्यो
साहित्यमा धोचपेच हुन्छ हो
कुरा तिम्ले बुझेकै छो नि
हास्यब्यंग यस्तैले बन्छ नि
नानु अब रिसानी माफ होस्
मीस जस्तो भावना साफ होस्
बिर्खेमाइलाले कुरा त बुझेछन्
अनि उनले लाख रुपिया भाकेछन्
हाम्री मीश, नानू र विर्खे
विवश, चिण्डे, राहूलभाइ
धन्यवाद छ, लौ सबैलाई ।

शिव प्रकाश
 
Posted on 01-11-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसाएर ठुलो यहाँ को पो भा छ र
शिव को प्रकाषमा नझुम्ने को छ र
खुट्टा बिनाको जुत्ता कस्ले पो लाछ र
नराम्रो सोच्नु भएन,उखान कोर्दैमi के पो भ छ र
 
Posted on 01-11-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुट्टा र जुत्ता को कुरा उठ्यो, मेरो मस्तिष्कमा बालक बेला लेखेको कबिता याद आयो ।
खुट्टा हुनेको जुत्ता भएन
जुत्ता हुनेको खुट्टा भएन
यस्तै बेमेलको मेल रहेछ जिन्दगि
जीवनको बान्कि बुट्टा भएन।

(कक्षा १० मा लेखेको, २०३९ सालमा, बालकै सम्झेर बुझि, सम्झि दिनु होला)
 
Posted on 01-11-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै बेमेलको मेल रहेछ जिन्दगि
जीवनको बान्कि बुट्टा भएन।

वा दाइ वा।दाइ उहिले तेस्तो लेख्नु हुदो र छ।दाइको अगाडि म के कबिता कोरि रा होला।अब चाहिँ लेख्न छोड्नु पर्ला जस्तो छ।
 
Posted on 01-11-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन नानु जी, लेख्न न छाडुम् है । कहिले कहीँ लेख्ने न हो, कहिले राम्रो लेखियो होला, कहिले झ्याउरे लेखियो होला ।
साँच्चै भन्नु पर्दा, मलाई ८ कक्षा पढ्दा सम्म आफ्नो नाम् शुद्ध् लेख्न आउंदैन्थ्यो। एक् दिन् मिस ले तं आफ्नो नाम् त शुद्ध् सङ्ग लेख्न सक्दैनस्, कसरि एस् एल् सी पास गर्छस् भन्नु भयो। हामी, पानी जस्ता शब्दको हिज्जे नि गलत् लेख्ने गर्थें। साह्रै गए गुज्रेको नेपाली थियो। दिनमा १६ घण्टा नेवारि बोल्नेको हालत यस्तो हुंदो रहेछ। तत्पश्चात्, तेहि मिसको मार्गनिर्देशन मा नेपालीको क ख सिकें। प्रयाश गर्दा के हुँदैन रहेछ र नानु जी। एक साल भित्र मलाई सामन्य नेपालीको भन्दा उच्चकोटिको नेपाली लेख्ने, बुझ्ने बनाई दिनु भो। १० पढ्दा सम्ममा त देश भरिका सबै जस्तो निबन्ध प्रतियोगिता र काब्य प्रतियोगिता हरुमा दोस्रो भन्दा तल को पुरस्कार् जितिन। हाम्रो जमाना मा एस् एल् सी मा नेपाली बिषय मा ८० अंक पार् गर्ने सयद् पहिलो दोस्रो नै हुनु पर्दछ। त्यो साल् को भने नेपालीम सम्भवत सर्बप्रथम् नै हुनु पर्छ। नानु जी, यसलाइ राहुल् भाइ दम्भ न भनि दिनु होला, केवल् मेरो अनुभव भनुम् कि गति दुर्गति तपाई सङ राखेको मात्र हो। प्रयाश गर्दा के हुँदैन, लेख्दै गर्नुस्, निखृंदै जाने छन्। चरेश् खानु तर हरेस न खानु भन्छन्, होइन र।
 
Posted on 01-11-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहूलभाइ लेखन्दास हरेछौ
नानु तिम्ले बल्ल पो बुझेछौ
साहित्यमा प्रतीक आउँछ
प्रतीकले धेरै अर्थ लाउँछ ।
चिण्डे, विर्खे, राहुल र मिश
नानु, विवश यो शिव प्रकाश
भावनको माला हामी यो उनौ
आपसमा एकअर्कालाई पहिराऔं ।

धन्यवाद
शिव प्रकाश
 
Posted on 01-11-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव प्रकाश जी, राहुल भाई, लेखन दास् होइन, लेख, लेखाइ र लेखकको दास् हो । सच्याइ पाउं प्रभू!!!!!!!!!!!!!!
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Nepal TPS decision
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters