[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 -- अतीतको पाना बाट --- Deep

[Please view other pages to see the rest of the postings. Total posts: 42]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 23735 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 03-16-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--- अतीतको पाना बाट ---

आफ्नै गल्लीमा पर्यटक भा पनि झन्डै तीन हप्ता भैसक्या थ्यो। कैले आ? भनेर सोध्ना साथ फेरी कैले जाने भनेर सोध्ने चलन रे छ --- यतै बस्नी नी अब भन्दा "लौ यो खुस्केछ" हेराई सोध्नेको हक रे छ। पैले पैले बोले चुरोटले पोले जस्तो गर्नेहरु ऐले खाना खाने आउने हामीकाँ कैले भन्दै निम्ता पेल्दा रेछन। निउँ खानेको, कुरा तान्नीको गर्नी रेछन -मेरो छोरो सालो भानिजलाई लौन तान्नु पर्यो भन्ने झ्याँउकिरीहरुको बिगबिगी रेछ।

भोली त फेरी परदेश् उड्नु थ्यो --- निभ्नु अघि धित् मर्ने गरी चुरोट्को धुवाँ जति सक्यो दुइ तिन् सर्कैमा तान्नु थ्यो आफ्नो माटोको --- दिउँसो टुँडिखेलछेउमा एक माना काफल बजाएर बरालिंदै हनुमानढोका तिर पुग्या थें --सूर्य स्वयम्भु काटी सक्या हुँदा हुन -- तलेजुका सिंढीहरुमा बिताएका अनगिन्ती पुराना दिनहरुमा फेरी बाँच्तै थेँ दुउटा पररी आर "सापले बोलाउनु भा छ आउनु पर्यो रे" भने।

साँझ आउँदो दिन जाँदो बेलाँ हनुमान ढोकाको साप लाग्नी लक्षन राम्रो थे न। "को साप? मैले सोधें। "उता" पश्चिम पट्टीको सेतो भबन तिर इसारा गर्यो एउटा पररीले घमौरोको ठुटे लौरो ले --- दुइटा पररीले उता हिन् भनेसि अरु एक् दुइ जना समय भा तर क्यार्नी हो ठेगान् न भा दुइ तिन् जना जम्मा भए वरी परी --- एक छिन पछि मच्चिने गफको सिर्षक हुनु भन्दा पररी सङै लागेँ स्वेत भवन तिर --- कालभैरवले पनि मलाइ नै घुरे जस्तो लाग्यो – खाइ न पाइ छाला टोपी लाउने त भैयो बरु घर तिर पो रुमलो हुनी भो --- भोलि फर्कने मान्छे आजै नफर्केसि रनभुल्लमा त पर्ने नै भए --- सोच्दै अघि बढेँ --हाकिमलाइ कुरा बुझएसि बुझ्ला नी त --- तिमिले खोज्या म हैन फेला पर्या मात्रै हो म भनेर ---

अध्यारो अध्यारो भर्याङ चड्दै गर्दा सिक्रीको फन्दामा पर्या एउटालाई दुइटा पुलिसले गोर्याउँदै गर्या देखेँ -- नरमाइलो लाग्यो जिन्दगी तेसरी जकडिएको देख्दा –

हाकिमको कोठामा पुर्याईएँ म --- हाकिम् सिनेमामा जस्तो भित्ता तिर फर्किएर बस्या रे छ --- बेवस्ता गरी रह्यो केहि छिन – उस्को ताल् मन नपरे पनि बिस्तारै "तपाइँ सायद अल्मलिनु भो होला –" भन्दै थिए म तिर पुलुक्क हेरेर गर्जियो “कस्ले भन्या?”

भन्न त अब भर्खरै मैले भन्या हो, तै पनि केई भनीन यस पटक।

दुइ छिन् पछि फेरि हासो सङै अरु शब्द फाल्यो हाकिमले “दीपजी, कैले फिर्ती सवारी भो हजुर्को?”

अब मेरो हेराइ फरक भो, हेर्छु त "खैनि" --- त्यो केटाकेटी देखिनै खैनि खान्थ्यो --- तेस्को बैनि नी थिइ – हामि हामि ( उ सङै नहुदा) तेस्को घर अगाडी बरालिदा कौसी तिर बैनि चै देखिनम् भने भन्थिम् “खैनी को बैनी खै नी?”

“ए! रमेश्, के छ यार्?” खै के भे र हो खैनि भन्न अल्मल् भो। साथि रे छ--- राहत भो। पुलिसको हाकिम भे छ खैनि.

खैनि भाते मेरो मामाघरे साथि थ्यो --- भनुभक्त तिर पढ्थ्यो --- माराज्गन्जमा एक ताका आफ्नो बासै मामाघर तिर हुन्थ्यो --- कौसीमा केटीहरु घाम ताप्थे, गर्मी आफुलाइ चड्थ्यो तेती बेला --- तिनै दिनका साथि हो उ --- मेरो मामाको छोरा थ्यो रमेस्या पक्का मित्र चाइं।

“साप्” पुलिसले फेरी तेइ सिक्रीमा बल्झेको मान्छे ल्याए --- टपराको गुन्द्रुक् झै कपाल् --- निल्काँडाको झ्याङ झै जुङा दारी --- हाँडीगाँउले बाटो झै भद्रगोल लुगामा त्यो ब्यक्ति बगर झै देखिन्थ्यो --- उस्को अनुहारमा भने मन्द मुस्कान् थ्यो ---

“येस्लाइ, के गर्ने साप्?” पुलिसले फेरी सोध्यो खैनी लाइ--- "
ऐले लैजा पछि ल्याउनु ---" खैनी ले आदेश दियो --- उस्लाई घिच्च्याँउदै झै मेरो छेउबाटै लाँदै थिए “दीप्” भनेको सुनेँ। मन सिरिङ भो --- उ टक्क अड्यो ---अनुहारमा उस्को उही मुस्कान् थ्यो – खैनिको इसारामा पुलिस् रोकिए ---

“यसलाइ चिन्छस् तँ?” खैनिले छक्क परेर सोध्यो मलाई।

मैले चिन्न सकिरहेको थिइन --- मैले नचिनेको देखेर – खैनिले आदेश् दियो फेरी "लैजा लैजा येस्लाइ --- ऐले भर्खर् हामिले कुरा गर्या सुन्यो होला – अनि दीप दीप भन्छ नी बौलाहा ---"

को हो यो? किन यस्लाइ बाँधि रा सिक्री ले? मैले खैनी लाइ सोधे – म अझै सम्झिन खोज्दै थियेँ चिन्छु कि भनेर ---

“बौलाहा यो --- स्वास्नीलाइ सुतिरा बेला घाँटी थिचेर ----“

ओहो! जस्तो लाग्यो --- किन पनि सोचिन तेति बेला --- हो होइन पट्टि पनि लागिन --- मन तेसै नरमाइलो भो ---

एक् छिन् खैनि सँग कुरा गरे पछि बिदा भएँ। त्यो सिक्रीको मान्छे सँग भर्याङ नेर फेरी भेट भो ---

“दीप्” उस्ले फेरी बोलायो ---

मैले पुलुक्क फर्केर हेरेँ --- बिजय? यस पाली फ्याट्टै नाम आयो।

बिजय मेरो साथी --- स्कुलको – नौ मा पढ्दा तेस्को बाउको जिल्लामा सरुवा हुदा उतै लाग्या थ्यो ---

मैले रातोपुल तिरकी एउटीलाइ प्रेम पत्र दिँदा हुलाकी यै थ्यो ---– त्यो केटीको दाइले पछि हाम्रो बाजा बजाउँदा मलाइ भन्दा बिजयलाइ धेरै ठोक्या थ्यो --- उस्ले र मैले धेरै बर्ष सङै काट्या थिम – आज परिस्थितीको खोला एकापट्टी उ थ्यो अर्कोपट्टी म ---

खैनी पनि आउदै थ्यो --- “के छ दीप्? कैले आ अमेरिका बाट?” बिजयले सोध्यो।

“ठिकै छ --- “भनेँ --- मैले के सोध्नी हो तेसरी सिक्रीमा बाँधिएको उस्लाई थाह भएन --- अल्मलिएँ --

स्कुल नजिकै थ्यो तेस्को डेरा --- उस्काँ गएर मैले धेरै चोटी खाजा खाएको छु --- अफ्नै घर जस्तो लाग्थ्यो – म तेति बेला बिग्र्या केटाको दर्जामा निक्कै राम्रो ओहोदामा थिएँ तर उस्को घरमा सधै मेरो खातीर हुन्थ्यो ----आत्मियता प्रसस्तै थ्यो--राम्रो लाग्थ्यो –

उस्ले आफ्नो पहेलो शर्ट तिर हेर्दै भन्यो “जन्डिस याद छ, दीप्?”

बेसार दलेर नुहाएछ अनि एक दिन् मलाइ जन्डिस भो भन्दै आइपुग्या थ्यो मेरो घरमा उ ---

उ र म दुबै मुस्काइम् --- फेरी म भनेँ रोकीएछु --- उ कायमै थ्यो।

उस्ले बाहीर तिर बरालिदा मान्छेका भीड तिर हेर्दै भन्यो, “मलाइ सिफल् जान मन छ ऐले, दीप्, फेरी ती दिन्हरुमा फर्किन मन छ -- ”

उस्ले मलाइ, मैले उस्लाइ र बिबसताले हामीलाइ नियाल्दै गर्दा रात एक् तमासले ओर्लिदै थ्यो ---
 
Posted on 03-16-07 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto ramro writing. I like ur style very much. Please keep on posting more.

Thanks,
urfrenrites
 
Posted on 03-17-07 3:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Your story should be a benchmarking piece for how to write a good Nepali story.
Awesome, Deep!! Your narration used to be very lively, realistic and fun to read; with this piece you have played every literary strings.
The subtality is refreshing, the juxtaposition is fabulous.
Aru jawos.
 
Posted on 03-17-07 6:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep dai,
Parvuu aaru ni paskindai garaun na daju! Yesto dherai samaya layera hamilai kuraunu bhayena ni..:P
Parvuu ko jaya hoos..:D
 
Posted on 03-17-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा मा पढेको अहिले सम्मको उत्कृष्ट रचना हो यो । अझ भनुम्, धेरै थोरै कथा हरु मध्य एक हो, मैले आज सम्म पढेका कथा हरु मध्य ।
पृथक कथा वस्तु अनि पृथक शैली ।
 
Posted on 03-17-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****...हाकिम् सिनेमामा जस्तो भित्ता तिर फर्किएर बस्या रे छ....**** :D:D:D
------------
Deep dai ,nice to c u after a long gap.

अनि फेरि त्यो हवल्दार् :P (हाकिम्)ले बाधेर राख्या मान्छे बाङगे रे'छ कि भनेर तर्स्या म त लौ बाङगे ले के गरेछ फेरि भनेर हरे...

अनि, अनि त्यसपछि के भयो?
 
Posted on 03-17-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
दिप-जीको बयान यो सानो मुखले के गरुम् र खै ! :-)
 
Posted on 03-17-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'..... केटीको दाइले पछि हाम्रो बाजा बजाउँदा मलाइ भन्दा बिजयलाइ धेरै ठोक्या थ्यो ---'

:D :D
भनेसि चुटाई नि खुबै खाइया र'छ दिपदा
 
Posted on 03-17-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो त कन्टिन्यू कथा पढेको कि हाम्रो बाङ्गे कतिबेला आउँछ भनेर , कता त सकि पो गएछ त!
खैनिको बैनि छप्कि को कुरा फिरि गर्दा गर्दा स्टप हानिदिने दिप ब्रो ले पनि!
यो त आबो अलिक सेन्टि गयो सोमको अर्को पार्ट ठोकिदिउँ न ल हाँडिगाउँभरिको कौसिमा घाम ताप्दाखेरि को!:)
 
Posted on 03-17-07 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ब्राभो!!!!" भन्छन् क्यारे। अरु त के भनुम्, जत्ति बयान गरेनि पुग्दैन। :)
 
Posted on 03-18-07 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निन्द्रा बौध हुँदी सिलाबरे बटुका लाए पछी जसरी चढी र छ एइले --- भरखर बरालिएर गुँड तिर आइया छ -- तै पनि आफन्तहरुलाई अभिबादन नगरी स्वप्न लहरमा त के हराई भो र ---

फेरी भेटने त छदै छ।
 
Posted on 03-18-07 4:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Gud One..
 
Posted on 03-18-07 5:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबैलाई चौपारी त रमैलो भा& रेछ दिप्स सोमको कथ्स् ले। बब्बाऽऽल स्टोरी पेल्दिने कि फिरि भेडेठार देखि गोठेटार सम्म बाटो काटेको होसै नहुने नि त।
 
Posted on 03-18-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is the only reason to visit semi-naked Sajha these days.

aru ke bhanam prabhu..hajoor ko jo marji!!!

paskiranoos kyara....
 
Posted on 03-18-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Instant classic!
My sentiments resonates with what DWI has to say. Dherai pachi dekhen deep dai ! audhi khusi lagyo. please keep writing. :)

Handigaon of late has changed a lot. So hard to find those open verandas to bask under the sun. So many mansions all around. All the gullis are being transformed to streets. regardless, the essence hasn't changed a bit-- the aromatic smell of jaand, the incessant swearings and numerous bhattis!
 
Posted on 03-18-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very good , enjoyed it !!!
 
Posted on 03-19-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

urfrenrites,
त्यो त छ्याङ्गै भो नी --- नलेखनी भे त फेरी हाम्ले काँट पढन पाम्नी त?

टिप्पणीको लागी हार्दिक आभार।

DWI,

"your story should be a benchmarking piece for how to write a good Nepali story ..."

हो पर्भो, नेपाली कथा कहरी ठोउनी भन्दै बिरेन्चाँ बहनी मै हो --- म त उही हो सुरुवात --- मेरो पछी कोई नभए पनि अगाडी भने क्षितिज सम्मै जानी बाटा छन।

उत्साहको पैचो त लिएँ, तिर्न सक्नी पो हो हैन --

Juggy,

नाम मात्रै जग्गे प्रभोको की बस्या नी छ त्याँ?

"Parvuu aaru ni paskindai garaun na daju! "

पहकिनी त भन्या हो के रे, कैले पनिम नहुनी, कैले भाँडा रित्तै भर खत्तम।

मेरो आभार पस्क्या छु है।

rahulvai,

राम् राम राम म त परसम्साको भुमरीमा परेँन्त। सानो प्रयासले पनि यस्तो उदारबादी टिप्पणी पाउनु -- भाग्गेमानी रछ केरे।

---
 
Posted on 03-19-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Ji,

I am jealous. Why can't I write like you? Just kidding. Actually you must be professional nepali writer. Your story is very standard literature in Nepali. I wish I could express like you some day.

I love your story very much,

Thanks again,
 
Posted on 03-19-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो कथा लेख्न्नुभो दीपजिले।छोटो कथाले समयले सङगैका मित्रहरु कसरि बिभिन्न बाटोमा आफ्नो कर्मरेखा कोरि रहेका हुन्छन भन्ने कुरालाइ भिन्न शैलिमा प्रस्तुत गर्नु भो ।धेरै राम्रो लाग्यो।
 
Posted on 03-19-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyra,

"अनि फेरि त्यो हवल्दार् :P (हाकिम्)ले बाधेर राख्या मान्छे बाङगे रे'छ कि भनेर तर्स्या म त लौ बाङगे ले के गरेछ फेरि भनेर हरे... "

ल हेर -- यसो उसो केई भो की बाङ्गे होला भन्ने छाप मैले साझामा छोडेँ भन्ने थाहा पायो बज्याले भने त दुई सिसी पछी बाङ्गेले मेरो पुरान भन्ला भन्ने पिरले पो गाँज्ला जस्तो गर्छ अब आफुलाई --- भो की?


"अनि, अनि त्यसपछि के भयो?"

माथिको प्रस्तुती काल्पनिक हो के रे--- तेस पछी खै के के भो के के था छैन --आफुलाई त तेती लेखेसी निन्द्राले परेली घोप्टयार उधुम गर्न थाल्यो अनि सुतेँ।

Bhaute,

"दिप-जीको बयान यो सानो मुखले के गरुम् र खै ! :-) "

पर्भो, हा-----------ई गरेर ठोकीदिम --- मुख मनग्गे खुल्छ -- ठुलो हुन्छ पर्भो मरीजाम।

सदभाबको लागि कृतज्ञता।


miss_ me,

सक्तिन होला के नी।

"भनेसि चुटाई नि खुबै खाइया र'छ दिपदा"

मायाको छनकमा लुकेर बस्या दनक धेरै फेला पारीयो भनम् न भन्दा हुँदी।
तेस्ता दनक माथी आउने टिप्प्णीलाई "घोडा चढने लड्छ" भनेर नचड्या घोडाको फुर्तीले किच्ने गरीन्थ्यो --- मेरी बास्सै! अब सबै कलीको दोष त हो।
----
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters