[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म भित्रको लेखकसङको अन्तरद्वन्द।

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 18786 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-13-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

बिगत केहि समयदेखि म भित्रको लेखक म सङ रिसाएको छ। मलाइ थाहा छैन कहाँ मेरो गल्ती भयो? उ मेरो अभिब्यक्तिसङ सहमत हुँदैन। म लेख्न चाहन्छु। लेखन मेरो लागि बाँच्ने प्रक्रिया हो। तर म भित्रको लेखक पटक्कै लेख्न चाहदैंन। मैले सोधेको हो मेरो भुल भयो कि भनेर। उ मसङ बोल्दै बोल्दैन। म ब्यक्त गर्न चाहन्छु म भित्रका छरप्रस्ट भावनाहरु। तर दुखको कुरा म भित्रको लेखक कलम समाउदैन। म दुखी छु, म हतास भएको छु। म भित्रको लेखक जो मेरो दुखसुखको सहयात्री हो उसले पनि मलाइ गलत बुझ्दैछ। उसलाइ जरुर केहि भएको छ। यति धेरै मौन रहने स्वभावको होइन उ। उ कैयौं रात मेरो आँसुको साक्षी बनेको छ। मेरो छटपटिहरुको साथी भएको छ। हरेकचोटि उसले मेरो कथाहरु लेखेको हो। अहिले म उसको मनको हालत लेख्न चाहन्छु।

तर उ भन्छ "तिमी मलाइ कहिले चिन्दैनौ।" कति चोट लाग्छ जब मलाइ मेरो आफ्नै लेखकले यस्तो गुनासो गर्छ। म प्रयास गर्दैछु उसलाइ चिन्ने, उ सङ नजिकिने अनि उ सङ एकाकार हुने।


"मैले के गल्ती गरे र तिमी मलाइ यो सजाँय दिरहेछौ?" म सोध्छु म भित्रको लेखकलाइ।


"तिमी स्वार्थी छौ। तिम्रो लागि आफ्नो खुशी र सन्तुस्टिभन्दा ठुलो अरु केहि छैन। तिमी आधारातमा उठेर मलाइ प्रेमोत्कर्शको कथा लेखाउन चाहन्छौ, झिस्मिसे सघारै मलाइ ब्युँझाएर प्रेमगीत लेख्न लगाँउछौ, कहिले साँझ नहुँदै बिरह ब्यथा मलाइ लेख्न बाध्य बनाँउछौ। तर तिमी कहिले मलाइ सोध्दैनौ म के चाहन्छु? मेरो मनले के भन्छ त्यो सुन्न सक्दैनौ। तिमी सारै मतलबी छौ। आफ्नो भावहरु को माला उन्नलाइ मलाइ प्रयोग गर्छौ। मेरो दुरुपयोग गर्छौ। मलाइ उपभोग गर्छौ अनि मेरो उपहास पनि गर्छौ।" आँखाभरि आँसु टिलपिल गर्दै म भित्रको लेखक मलाइ भन्छ।


म केहि भन्न सक्दिन म भित्रको लेखकलाइ। के मैले उसलाइ अन्याय गरिरहेको रहेछु ? म यस प्रस्नको उत्तर भेट्टाउन सक्दिन। घाँटीभित्र उकुसमुकुस हुन्छ, स्वास फेर्न गार्हो हुन्छ। मैले आफ्नै सम्झेको म भित्रको लेखक पनि मेरो आफ्नो होइन रहेछ। "मैले तिमीलाइ धेरै सताएँ मलाइ माफ गर। मेरो उदेश्य तिमीलाइ दुख दिनु थिएन। तिमीलाइ पीडा दिएर म कसरि सुखि हुन सक्छु र?"


"म त्यहि भन्दैछु। न तिमी सुखि हुन सक्छौ न म तिमीसङ खुशी हुन सक्छु। यदि तिमी म प्रति इमान्दार हुन सक्दैनौ भने म कसरि तिम्रो लागि कर्तब्यनिश्ठ बन्न सक्छु र? तिमी सङ मेरो धेरै गुनासोहरु छन्। तर तिमीलाइ सुन्ने फुर्सद कहिले भयो र?"


"ओहो, म बाट यति ठुलो पाप भएछ। त्यो जानाजानी गरेको होइन है मैले।" म स्पस्ट गर्न चाहन्छु म भित्रको लेखकलाइ।


"तिमीलाइ म लेख्न चाहन्छु तिम्रो अभियक्तिहरुलाइ होइन।" म भित्रको लेखक बोल्छ।


"हँ.......! मैले बुझिन तिम्रो भनाइको तात्पर्य।" म अल्मलिन्छु।


"म तिम्रो अनुहारको भावहरुलाइ जस्ताको तस्तै उतार्न चाहन्छु तिम्रो कथामा।" उ जिद्दि गर्छ।


"म पारदर्शि छु लेखाइमा लेखक। म तिमीलाइ केहि लुकाउन सक्दिन।" बचाब गर्न चाहन्छु आफुलाइ।


"तिमीलाइ त्यो भ्रम हुँदैछ। तिम्रो अभिब्यक्ति र तिमीमा ठ्याक्कै उल्टो सम्बन्ध हुन्छ कहिलेकाँहि।

तिमी आफु मात्र "ठिक" भन्ने रोगले पनि ग्रसित रहेछौ।" उ अब मलाइ एक पछि अर्को अभियोगको लगाउन थालेको छ।


"म आफैमा सम्पुर्ण "ठिक" नहुन सक्छु तर म कमजोरीलाइ सुधार्न कोशिश गर्छु।" म हार्दैछु उ सङ।


"अबस्य, हरेक ब्यक्तिको गुण र अबगुण हुन्छन्। त्यसलाइ चिन्न सक्नु पर्छ। आबस्यक परेमा सच्याउन पर्छ।समय लाग्न सक्छ तर आतिनु हुँदैन।"


"त्यसोभये मैले के गर्नु पर्यो त?" म निरिह भएर सोध्छु।


"तिमी अन्योलमा संयोगान्त कथा लेख्न छोड।" रेडिमेड उपाय सुझाँउछ।


"म अरु बियोगान्त कथा लेख्न सक्दिन।" म पनि जिद्दि गर्छु।


"तिम्रो देश रोएको बेला, तिम्रो परिचय हराएको बेला र तिमी आफैसङ परायी भएको बेला तिमी कसरि सुखान्त कथा लेख्ने कोशिस गर्दैछौ ?" म भित्रको लेखक मलाइ निशब्द बनाउदैछ।


"लेखक! तिमी मलाइ निरुत्साहित गर्दैछौ।" म निरास हुँदै भन्छु।


"म तिमीलाइ यथार्थबादि बन्न अनुरोध गर्दैछु। तिम्रो बर्तमानलाइ लेख, आफुलाइ लेख, आफ्नो देशलाइ लेख, त्यहाँ बढीरहेको भोकहरुलाइ लेख, कसैले नसुनेको चित्कारहरुको बारेमा लेख। दुखबोध गर लेखाइमा। क्रितिम हाँसोमा रम्न नखोज। तिमी पोख आफुलाइ त्यसरी नै जसरी तिमी आफुलाइ महसुस गर्दैछौ।"


"त्यसो भए अब म लेख्न सक्दिन।" म पनि आफ्नै अडान लिन्छु।


"तिमी कहिले नलेखि रहन सक्दैनौ।" म भित्रको लेखक अट्टहास गर्छ। हामी बिच असफल बार्ता हुँदैछ...................। म भित्रको लेखक र मेरो बिच अन्तर्द्वन्द चलिरहेको छ.................।


 

Last edited: 13-Mar-08 01:44 PM

 
Posted on 03-13-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भित्र को म पनि त्यस्तै रिसाइरा छ बाइ,  " कति भन्यो साझा टाइम वेस्ट नगर, पढ, कुन दिन लेटर ग्रेड झरेर एफ मा पुग्च अनि था पाउछ"  भनेर कराउछ है  -- बार्ता हुदैछ -- ब्रेक मा तिम्रो कथा हेर्न लाइ मात्र  निश्क्या है क्रेजी।
                                                                                                                                                                                     

 
Posted on 03-13-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी भित्र को लेखक त कती ज्ञानी रहिछ क्रेजी। म भित्र को लेखक ले त हैरान पार्छ अब लेख्ने बेला भयो भनेर। ए बाबा जिन्दगीमा यो लेख्ने बाहेक अरु पनि काम छ भन्छु मरे काटे टेरे त के? कहिले त खाना खाइरा हुन्छु एक्कासी उर्लिन्छ बा, लौ लेख भनेर

कहिले हो हाकिम बुढो कराइराथ्यो को संग हो यही बुढो को बारेमा लेख रे, अब त्यस्तो गरेर नि हुन्छ त काही, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर  लागेर हुन्छ त? तिमी नै भनन

प्रेरणा त्यो लेटेर ग्रेड झर्यो भनेत बर्बाद हुन्छ त, जाउ पढ्न, यो क्रेजिले सबैलाइ बिगर्नि भै 

लौ भागे म मजाक गरेकि क्रेजी रिसाउन नपाइ


 
Posted on 03-13-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या प्रेरणा,

मेरो त बार्ता २४ घन्टा भेर पो आपत। पढ बा पढ, पढ्यो भने ठुलो मान्छे भइन्छ।

 

क्या खतरा रैछ बाइ दिपु त! लेख न दिपु।  साझा कस्तो सुन्य हुन्छ तिमी र प्रेरणा नहुँदा।


 
Posted on 03-13-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु अब तिमि पनि त्यो करौने बुडो को कथा हाल

क्रेजि तिम्रो कथा दाम्मि लाग्यो साथि( झन्दै कमेन्ट लेखनै बिर्स्या )


 
Posted on 03-13-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा, कुरौने भन्या के?

तिम्रो बार्ता कहाँ पुग्यो त?


 
Posted on 03-13-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy, dipu le bhandi che ni  karaune hakim bhaneyra ho teyhi budo lai bhanya
 
Posted on 03-13-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बुढो को झ्याउँ झ्याउँ के लेख्नु? पख न यो पालि त लेखक को र मेरो बिच मा सम्झौता भएको छ,  मलाइ कतै असर नहुने गरेर लेख्छु है भनेको मुसुक्क हास्दै हुन्छ भन्थ्यो लेखक, अब त्यो दिन चैँ कहिले आउने हो कुन्नि

हुनत यो सम्झौता पनि नेपाल को राजनिति जस्तै हो,  के हुन्छ भन्न सक्किन

प्रेरणा तिमि फेरि ब्रेक लिएर आएकि, लौ झर्नेनै भयो ग्रेड अब,  जाउ भन्या पढ्न....

 


 
Posted on 03-13-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपुले बुढो भन्दा म त क्या झसङ भा बाइ। कहिले बिहे गरिछ भनेर?

अगाडी हाकिम पनि रैछ र पो मैले आरामको स्वास फेरें।

अब दिपुले मार्छे मलाइ। नरिसाउ ल दिपु!


 
Posted on 03-13-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खालि कालो चस्मा लगाउछे अनि के देख्नु त  हाकिम लाइ छोडेर बुढो मात्रै देख्दिरहिछे यो क्रेजिले 
 
Posted on 03-13-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह्! वाह् ! मात्र होइन फेरी बाह! बाह! को रचना पस्किनु भयो। झस्कें कतै मेरै भागमा त पस्केको होइन त्यो।
कतिपय कुरा हरु चपाएर छपाउनु पर्दो रहेछ। तर क्रेजी ले यो मनोभाव लाई अती नै पार्दर्शी ढंगले प्रस्तुत गर्नु भएको छ। बधाई।

 
Posted on 03-13-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ,

हजुरले दिनु भएको प्रोत्साहनको लागि धन्यबाद!

अब बार्ता अरु बढ्ने भयो।

 


 
Posted on 03-13-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमै, CL को आफु भित्र को लेखक सँग ठाकठुक परेको?   पराल को आगो छिटो निभाएर बरु लेखक ले भने जस्तो अर्को कथा लेख्नु पर्‍यो अब।
 
Posted on 03-13-08 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सांच्चै गजब लाग्यो मलाई त !

नाम crazy भएनि सारै Sane लाग्यौ यार !


 
Posted on 03-13-08 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A beautiful depiction of a soul-searching.
 
Posted on 03-13-08 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा रजिस्टर गरेर पहिलो पटक कुनै लेख पढ्न खोज्दा एही द्वन्द र अन्तर्द्वन्दको कथा पढ्न पुगेछु। एक्दमै रमाइलो र राम्रो लाग्यो। कथा पछिका कमेन्ट हरु पढ्दा C_L, pjna007 (प्रेरणा) र dipika02 (दिपु) को आपसी भलाकुसारी झनै रमाइलो लाग्यो। मलाई पनि तेस्तई तेस्तई अन्तर्द्वन्दले डोहोर्याएर कहिले काही अन्तर्द्वन्द लाई प्रतिबाद गर्न नसक्ने स्थितीमा पुगेको बेला केही लेखिहालौला भनेर रजिस्टर चांहि गरिहाले तर ग्रेड एफ आउला कि भन्ने pjna007 (प्रेरणा) को भनाइ ले एक्दमै झस्कायो। जे होस्, मलाई पनि यो साझामा बुढेस्काल मै भए पनि नआइकन चित्तै बुझेन। आशा छ, हजुरहरु माझ रमाएर आफ्नो एक्लोपन भुल्न केही सहयोग पाउने छु।

 
Posted on 03-13-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

:)  क्यार्न त्यसरी झअडा अर्नु पर्यो बाबै क्रेजीलाई -- बस चढ्दा नि झअडा अर्नि हुदा हुदा रातिराति ब्युंझाइ दियो भनेर मनसअ पनि झगडा अर्दि रचिन कत्ति छुच्छी बाइ

'तिमी स्वार्थी छौ। तिम्रो लागि आफ्नो खुशी र सन्तुस्टिभन्दा ठुलो अरु केहि छैन। तिमी आधारातमा उठेर मलाइ प्रेमोत्कर्शको कथा लेखाउन चाहन्छौ, झिस्मिसे सघारै मलाइ ब्युँझाएर प्रेमगीत लेख्न लगाँउछौ, कहिले साँझ नहुँदै बिरह ब्यथा मलाइ लेख्न बाध्य बनाँउछौ। तर तिमी कहिले मलाइ सोध्दैनौ म के चाहन्छु? मेरो मनले के भन्छ त्यो सुन्न सक्दैनौ। तिमी सारै मतलबी छौ। आफ्नो भावहरु को माला उन्नलाइ मलाइ प्रयोग गर्छौ। मेरो दुरुपयोग गर्छौ। मलाइ उपभोग गर्छौ अनि मेरो उपहास पनि गर्छौ।" आँखाभरि आँसु टिलपिल गर्दै म भित्रको लेखक मलाइ भन्छ।'

क्रेजीसिस,

हजुरको लेखकलाई  मेरो सलाम!!

'म तिमीलाइ यथार्थबादि बन्न अनुरोध गर्दैछु। तिम्रो बर्तमानलाइ लेख, आफुलाइ लेख, आफ्नो देशलाइ लेख, त्यहाँ बढीरहेको भोकहरुलाइ लेख, कसैले नसुनेको चित्कारहरुको बारेमा लेख। दुखबोध गर लेखाइमा। क्रितिम हाँसोमा रम्न नखोज। तिमी पोख आफुलाइ त्यसरी नै जसरी तिमी आफुलाइ महसुस गर्दैछौ।'--यहानिर नेपेदा लाई असाध्यै चित्तबुझेको हुनुपर्छ:)

Last edited: 13-Mar-08 08:38 PM

 
Posted on 03-13-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKC,

मेरो माग पुरा नभएसम्म म बार्ता गरिरहन्छु। नलेखी त के बस्न सकिएला र?

शिरीस ज्यु,
धन्यबाद। मलाइ सामान्य बुझ्नु भएकोमा।

नेपे ज्यु,
मेरो खोज अझै जारी छ। कमेन्टको लागि धेरै धेरै धन्यबाद।

midsouthwesterner Ji,

तपाइलाइ स्वागत छ। तपाइको पनि लेख पढ्ने आशामा छु।

मिस सिस,
हजुरको कमेन्ट पढेर म यहाँ एक्लै लडिबुडी गरेर हाँस्दैछु बाइ। कस्तो हसाँउने बाइ हाम्रो मिस सिस त। हेर्नु न भन्या, हुँदा हुँदा आफ्नै मनसङ पनि दोहोरी शुरु हुन थाल्यौ। लौ न, म के गरुँ?

 


 
Posted on 03-13-08 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शंकर लामीछानेका  निबन्ध सधै मेरो प्रेरणाको स्रोत हुन  'शंकर लामीछाने, शंकरलामिछाने को नजरमा' 'एवस्ट्राक चिन्तन.." 'कथाकार आफ्नै दृष्टिमा' । धेरै भएको थियो त्यो कोटिका निबन्ध नपढेको । आज मन तृप्त बनाईदिनु भयो ।
" कहिले काहि लाग्दछ  म साहित्यिक पनि होईन.। यो अर्कै कुरा कवि लेखकको एक परिधि भित्र मेरो युवाकाल हुर्कयो: उनको सहवास र उनको प्रभाव मा नैले पनि कलम कोरे । .......

"वाक्क लाग्यो, भनिदिए: म प्रबुध्द अनुहारको लागि लेख्छु , दम्भि ठहरिए । जिवनले पल्टा खायो, ढाक्रे भएं । आम्दानि को स्रोत रहेन, कलम कोर्नु सिवाय । ४०।५०।१०० जत्तिमा, जे विषयवस्तुमा भएपनि लेख्न थाले , लेखको बाढि उमारे(आयो होईन!!!) ......

अर्को एउटा, शायद सबै भन्दा मन परेको,
"कहिले काहि मलाई लाग्दछ, म लेखक पनि होईन । ...............
तर सवै वास्तविकता बाट उठेर म सोचिदिने हिम्मत र राख्दछु । भनि दिन त सक्छु । अनि यो बेला मलाई शंकर लामिछाने महान व्यक्तित्व लाग्दछ ।"" यस्तै यस्तै ।

आज हजुरको यो post ma मैले त्यहि class पाए । साझा मा नया कुरा को थालनि साह्रो माझिएको ढंगमा गर्नु भएको मा धेरै धेरै धन्यबाद ।


"



 
Posted on 03-14-08 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त झस्के एकचोटी साँच्चै यस्तो भइदियो भने ! तर मलाई सबैभन्दा मन परेको चाहिँ "shift in ur writting"नयाँ कुराको शुरुवात ।अनि एकदम नै मन पर्यो शुरुवात मलाई त !

"तिम्रो देश रोएको बेला, तिम्रो परिचय हराएको बेला र तिमी आफैसङ परायी भएको बेला तिमी कसरि सुखान्त कथा लेख्ने कोशिस गर्दैछौ ?"

somewhereondearth दाई ,can Shankar Lamichhane match with these lines?

नयाँ नयाँ अरु पनि पढ्न पाईराखीयोस ।


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters