[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 200419 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-11-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai first banai dinu birkhe ba :D

 
Posted on 12-11-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी तिमीलाई फर्स्ट बनाइदियो भने जिम्बाल ले भात कसरी खान्छ त


अब उसको दुइटै हात भाँच्दे पछी - सोले को ठाकुर जस्तै हुन्छ -


 
Posted on 12-11-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हार्दीक बधाई!


खुसी नानी चौतारीको १६८औँ संस्करणमा बोरफस भएकोमा हाम्रो हार्दीक बधाई छ! तथा लहरेकान्त लाकौल निकै परिश्रमका साथ छ्यास्स दोश्रो मात्र भएकोमा हाम्रो हार्दिक समवेदना...आच्या सहानुभूती छ!


:डि:पि (प्याँलो टाउको)

Last edited: 11-Dec-09 09:38 AM

 
Posted on 12-11-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघी देखी कुरेँ कुरेँ बनाउँदैन

वेन्दोज अप्डेट नगरि बसिराको। लौ भएन भनेर अप्डेट गरेको त, बनाइ सकेछन :(

 
Posted on 12-11-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा नयाँ तारेमाम।
थुक्क:! उता श्रेष्ठ सर्बश्रेष्ठ बारे चर्चा को पर्चा छरी रहेको बेला चौतारी छिनेर फेरी षड्यन्त्र गर्‍यो, बिर्खे माइला ले ।


लाई खुशी बोर फस भएकोमा खुशी छु ।


तारेमाम खुशी , लहरे ।


 
Posted on 12-11-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khit khit khit :D:D:D

 
Posted on 12-11-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको चौतारी बहिस्कार


आज चौतारी आइदैन


लौ  जा त


 
Posted on 12-11-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:डि :डि (प्याँलो टाउको सहित)


 
Posted on 12-11-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे खुशीमय जदौ
खुशी लाई बधाई।
पुरे,सम्धी ज्यु,लहरे,ठुल्दाइ तारेमाम।
 
Posted on 12-11-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<आजको चौतारी बहिस्कार

आज चौतारी आइदैन


लौ  जा त>>>


हो गो लहरे गो। यू क्यान दो इट। हो लहरे हो, गो लहरे गो
:डि :डि (प्याँलो टाउको सहित)
 
Posted on 12-11-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो हुँदा सम्म चौतारी बहिष्कार गर्ने योजनामा सम्मिलित लहरेकान्त लाकौललाई हामि के जानकारी गराऊन चाहन्छौँ भने अहिलेको कलियूगमा जेसुकै कुरा गरेता पनि, साक्षी किनारा तथा एलिबाई तयार राखेर मात्र गर्नु पर्ने छ। यो चौतारीमा बोरफसको पोस्टो टाँस्नु भन्दा पहिला कम्तीमा १ जना आफ्नो पक्षको साक्षी भएपछि मात्र टाँस्दा कुनै पनि बिरोध, बिद्रोह तथा अन्तर्घात नहुने कुरा पनि जानकारी गराऊन चाहन्छौँ। आशा छ लहरेकान्त लाकौलले अहिलेको घटनालाई एउटा शिक्षाको रुपमा लिनेछन्। साथै हाम्रै ठूल्दाई पटक पटक प्रत्येक पटक हरपल तथा पलपल बोरफस हुन खोज्दा पनि अव्वल नम्बरमा आउन नसकेता पनि पटक पटकको प्रयास पछि अस्तिन एक पटक बोरफस हुनुभएको ऐतिहासिक उदाहरण हुँदा हुँदै हामि निज लाकौललाई बरु निशेसित बसेर चरेश खानु तर हरेश नखानु भन्न चाहन्छौ! श्री पशुपतीनाथले लहरेको कल्यान गरुन। जय चौतारी!


धन्यवाद्!

Last edited: 11-Dec-09 09:47 AM

 
Posted on 12-11-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम बिस्टे काजी। गा था मा आरामै होला केरे

प्रणाम खुशी, लहरे नकचरो

 
Posted on 12-11-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् सम्धीज्यू! आरामै हुनुहुन्छ होला? खोई एक सर्को तानौँ त!
 
Posted on 12-11-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! लहरे लाई बोर फस भैसके पछी पनि रेस्टिकेट गर्देको? हा हा


जिम्माल बुढा ले यो चाँही धाँधली गरेकै हो ! बिचरो लहरे बल्ल बल्ल ढुकेर बोर फस भा' थ्यो कठै ! अब भाग्यमा नभएसी के गर्छौ त बा !


पुरे, ठुल्दाइ, बिस्टे, खुशी सबैलाई सुक्रबारे जदौ ! छुट्न पनि लहरे नै छुट्दो राइछ जाँ पनि फेरी ! लहरे लाई नि जदौ है ! (प्यालो टाउको नम्बर ७)


नितिशा ले हिजो मलाई भनेर लम्बु को गीत राख्द्या रैछ ! धन्यवाद छ है साथी !


(प्यालो टाउको नम्बर १)


 


 
Posted on 12-11-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दा तारेमाम, बिस्टे दाई, पुरे लाई पनि नमस्ते। लहरे कस्तो केट्केटी जस्तो रुन्चे फस्ट भएन भने त? :O
 
Posted on 12-11-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""जिम्माल बुढा ले यो चाँही धाँधली गरेकै हो !""


हन ए रिट्ठे कसरि धाँधली भन्छौ? लहरेको बोरफसको पोस्टो देख्या थेऊ कतै? कसैले देख्या थ्यो?? हो अब कसैले पहिलो पोस्टो लहरेको नै थियो भनेर सबुत प्रमाण ल्याउँछ भनेर हेरौँला। अदालत सबुत देखति है हुहुहुहाहाहाहाहाह!


 


ए अन्धा कानून है अन्धा कानून है  ला.... ला... ला....


चारोँ तरफ अन्धेरा छाया है पानी महंगे सस्ते खून, कुदरत का कानून ला...ला...ला


:डि (प्याँलो टाउको सहित)

Last edited: 11-Dec-09 10:09 AM

 
Posted on 12-11-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे खुशीमय जदौ


खुशी लाई बधाई। अरु औतारी हरु लाई प्याँलो टाउको सहित जिब्रो निकाली दात देखाइ प्रणाम


 
Posted on 12-11-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा कस्तो शान्त आज चौतारी। हाम्रो देशाँ त्यो जङलीहरु नभा जस्तै, यो लहरे मुर्दारलाई यस्तै केइ गरेर टाईम टाईममा चौतारीबाट निकाल्ने गर्न पर्छ जस्तो छ, कस्तो शान्ती छाएको आज त।


 
Posted on 12-11-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मन्त्रीपरीषद्को आकस्मिक सुचना:


हालै भर्खरै खुलेको नयाँ चौतारीमा सुश्री खुसिमाया खरेल सर्वप्रथम हुनुभएकोमा सबैले बधाई दिईरहेको अवश्थामा मन्त्रीपरिषद्लाई लगातार अनवरतरुपमा श्री लहरेकान्त लाकौल द्वारा असंख्या रुन्चेपत्रहरु प्राप्त भएको छ। उक्त रुन्चेपत्रहरुमा लाकौलले आफू धाँधली, अन्तरघात तथा अराजकताको शीकार भएको कुरा रुँदै उल्लेख गरेका छन्। उनका केहि रुन्चेपत्रहरुको सार यस प्रका छन्।


१) द क्वाँ, द क्वाँ (उनि अंग्रेजीमा रुन रुचाउँछन्)...बल्ल बल्ल फस भएकोमा पनि बृद्ध जिम्मालले मेरो नाम केरेर खुसिलाई फस बनाईदिए द क्वाँ, द क्वाँ!


२) खुसि सिंगानी फस म सेकेन ह्वाँssssssssssss ह्वाँssssssss.....बालाई भन्दिन्छु ह्वाँsssssssss!


३) फस भइन भने इस्कुल पनि जान्न...कुईँsssss...कुईँsssss!


अत: निजका यस्ता असंख्य रुन्चेपत्रहरुलाई ध्यानमा राखि, चौतारी मन्त्रीपरीषद्ले न्याय दिलाऊन तथा दोशि माथि कार्वाहि गर्न ३ सदस्सिय छानबिन समिती गठन गरेको छ। उक्त समितीले अहिलेको ३ घन्टा भित्रमा छानबिन गरि प्रतिवेदन पेश गर्ने छ। छानविन समितीमा निम्न सदस्यहरु रहेका छन्।


१) श्री मदनवा महतो


२)सुश्री खुसिमाया खरेल


३)श्री निशान्त निरौला


धन्यवाद्


चौतारी मन्त्रीपरीषद्

Last edited: 11-Dec-09 10:23 AM

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters