[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 देश पराधिन हुनबाट जोगेको रात ..........

[Please view other pages to see the rest of the postings. Total posts: 39]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 35028 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-28-11 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

देश पराधिन हुनबाट जोगेको रात ।



२००८ साल माघ महिना को रात । काठमाडौ चिस्सिएर समय भन्दा चाँडो सुतिसकेको थियो । पातलो बस्ती, पिलपिले बत्ती बीच सिंह दरबार भित्र राँको बलिरहेको थियो । धुँवा परपर सम्म कुनै अनिष्टताको सन्देश फैलाई रहेको थियो । सिंहदरबार जले पछी नारायण हिटीमा चैन  हुंदैन । नारायण हिटी दरबारमा रात चलायमान भयो। बिदेशी कुटनितिज्ञको गाडी प्रबेशियो । प्रधान मन्त्री मातृका प्रशाद कोइरालाको गाडी देखी सुरक्षा निकायका प्रमुखहरु नारायणहिटी प्रबेशिएको देखियो ।

 
रात यसरी नसुतेको प्रजातन्त्र पछी बिरलै थियो सिंह दरबार र नारायणअहिटिमा । जनताको घर आँगनमा  भने रात काहिलेइ शान्ती सँग बास बसेको थिएन । कहिले के को हल्ला, कहिले के को । पातलो बस्ती मा बाक्लो त्रास थियो। लूटपाट र हत्याले हरेक टोल बस्ती आँफै गस्ती गर्थे ।

बिहान नहुन्जेल काठमाडौले रातको बात थाहा पाएन । भद्रकाली भन्दा पूर्व जाने बाटो आठपहरियाहरुले रोकेका थिए । नारायणहिटी वरिपरी नेपाली सेना को बाक्लो उपस्थिती देखिन्थ्यो । ठुलै गडबड भएको लख काटिरहेका थिए, बिहानै हिंडेका भक्तजनहरु । रक्तपात नहोस् भन्ने कामना गर्दै ।

सिंह दरबार बिद्रोहीहरुले कब्जा गर्‍यो रे । शहर भरी आगो सारी फैलियो । गौचरन पनि बिद्रोही कै कब्जामा रे । सेनाको हतियार भन्डार र टक्सार पनि रे । कती नेपाली सेना मारिए लेखा जोखा छैन रे । बिद्रोही ले सरकार र राजा त्रिभुवनलाई आत्म समर्पण गर्न १ दिनको समय सीमा दिएको छ रे । अन्यथा नारायणहिटी माथि धावा बोलिने रे । त्यसै त तरल राजनैतीक अवस्थाले बिगत एक बर्षा देखी देशबासिहरु त्रासै त्रासमा बाँचेका थिए। त्यसमाथि अर्को संभाब्य हिंसा । टोल टोलमा केही निडर लिडर बाहेक बाटोमा कोइ थिएन । घर भित्र चुकुल बेस्सरी लाएर बसे ।

बिहानै नारायणहिटी दरबारका एक जना कारिन्दा वरिष्ठ् मन्त्री गणेश मान सिंह को घर पुगे र सिंहलाई तुरन्तै नारायणहिटी आउन हुकुम भाको खबर संप्रेषण गरे। गणेश मान सिंहले त्यो रातको कथा को भेउ पाइसक्नु भएको थियो। ड्राइभर बाबुकाजीलाई तत्काल गाडी स्टार्ट गर्न लगाइ नारायणहिटी तिर लागे । शंकटकालिन मन्त्रिपरिषद को बैठक बस्न लागेको थियो ।
 
दरबार को अगन्तुक कक्षमै प्रधान मन्त्री मातृका प्रशाद र नेपाली काँग्रेसका पार्टी सभापति बीपी कोइराला संग भेट भयो । तिनै जना बसेर केही कुरा गरे । मन्त्री परिषदको बैठक सुरु भयो । शंकटकालिन अवस्था र नारायणहिटी दरबार मा भएको बैठक भएर होला, राजा त्रिभुवनको प्रतिक्षा मा बसेका थिए मन्त्री मण्डल । बीपी बैठक कोठाभन्दा बाहिरै प्रतिक्षारत थिए। एउटा कक्षबाट राजा त्रिभुवन एक जना चिरपरिचित ब्यक्ती सँग ठट्ट्यौलिंदै सवारी हुनु भयो र बैठक कोठा तिर लाग्नु भयो ।

राजा सँग सँग त्यो ब्यक्ती पनि बैठक तिर लागे पछी बिपीले भन्नु भयो " महाशय , यो सार्बभौमसत्ता देश को मन्त्रिपरिषद बैठक कक्ष हो , तपाईं को देश को हैन, बाहिरै बस्नुस् । ' 

क्रमश:


 
Posted on 01-28-11 10:35 AM     [Snapshot: 31]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइको बहुप्रतिक्षित कथा पनि आउन सुरु भयो, कथा भन्दा पनि यो त ईतिहासनै रहेछ, जे होस् रोचक हुँदै गैराछ ठुल्दाइ...

 
Posted on 01-28-11 10:56 AM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भक्खरै सुरु भा, कत्ति छिटो क्रमस: आको भन्या नि. भे'न यस्तो त

 
Posted on 01-28-11 11:04 AM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम इन्टेरेस्टिङ होला जस्तो छ यो कथा त

ल ठुल्दाइ अरु पनि अली छिटो लेखम

 
Posted on 01-28-11 11:09 AM     [Snapshot: 78]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WOW!!! I will seriously follow this article.

Good job Thuldai !!!



 
Posted on 01-28-11 3:27 PM     [Snapshot: 236]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जी टी,
हो प्रस्तुत कथा -लेख ईतिहास कै केही अलिखित पन्नाहरु हुन । उक्त घट्ना क्रम कै एक महत्वपूर्ण पात्रकै कथन हुबहु उतारेको हुँ।

पर्फेक्सनिस्ट,
क्रमश: त आउने नै भए, कथा लामो छ।

सेरिल,
छिटो लेख्न सके त मलाई नि हाइ सन्चो हुन्थ्यो नि, मखुला ??

चना दाई ,

घट्ना रोचक मात्र हैन घोचक पनि छ, आगामी अंक पढ्न हुन अनुरोध छ ।
 


 
Posted on 01-31-11 9:53 AM     [Snapshot: 461]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

देश पराधिन हुन जोगेको रात

भाग २


बीपीको कटाक्षपूर्ण आग्रह पछी ती भलादमी महाशय बैठक कोठा बाहिरै बसे मन परि नपरी बिशेश्वर सँग कुरा भलाकुसारी गर्न बसे । भित्र बैठक शुरु भयो । प्रधानमन्त्री मातृका प्रशाद कोइरालाले घट्ना को संक्षिप्त बिबरण पेश गर्नु भयो । अब बिद्रोहलाई शान्तिपूर्ण समाधानको लागि छलफल गरौं भन्ने प्रस्ताब फ्लोर मा राख्नु भयो ।

"हामीलाई समेत मार्ने वा सत्ता छोड्ने चेतावनी दिने बिद्रोह सानो जस्तो लाग्दैन, बिदेशीको ईशारामा र बिदेशीको समर्थनमा गरेको जस्तो लाग्छ। बिद्रोही लाई दबाउन हाम्रो सेना पर्याप्त छैन जस्तो छ। महामहिम सिंहले सरकारले चाहे १ घण्टा भित्र काठमाडौ मा कामाण्डो झारी दिन्छु भन्नु भाको छ । मेरो बिचारमा कमाण्डो लाई बोलाउन उपयुक्त हुन्छ । "

राजा त्रिभुवनले आफ्नो मन्तब्य राख्नु भयो । मातृका बाबु लागयत मन्त्रिपरिषदका लगभग सबै सदस्यहरु सहमत् थिएन राजाको प्रस्ताब प्रति ।

"सरकार, पहिला बिद्रोही को शक्ती कति छ, संख्या कति  छ, वास्तबिक माग के हो त्यो बुझौं , हामी आँफै समाधान गर्न सक्ने हो कि हैन बुझौं । हतारमा बिदेशी गुहार्नु राष्ट्रको लागि ठीक हुंदैन । सर्बप्रथम एक जना दूत पठाऔं । उता को रियाक्सन बुझौं । " प्रधान मन्त्रिले आफ्नो असहमती पोखे ।

"तपाईंहरुलाई यसरी समस्या समस्या सुल्झिन्छ जस्तो लाग्छ भने त्यही गर्नुस् , मेरो मन्जुरी छ । मैले त सिपिएन सिंहले मलाई भनेको कुरा तपाईंहरुलाई राखी दिएको मात्र" राजा  त्रिभुवनले आफ्नो सहमति पोख्नु भयो।

मन्त्रिपरिषदले एक जना अधीकारीलाई सिंहदरबारमा सरकार बिद्रोही सँग तत्काल वार्ता गर्न तयार रहेको र लिखित मागको आग्रह सहित दूत पठाउने निर्णय गर्‍यो र पुरै मन्त्रिमण्डल र उच्च  सरकारी तथा सुरक्षा अधीकारीहरु नारायण हिटी मै बसी हरप्रहर को मुल्याङ्कन गर्ने भयो।

सी.पी.एन. सिंह अर्थात चन्द्रेश्वर प्रशाद नारायण सिंह, शक्ती साली भारतीय राजादूत। राजा त्रिभुवन स-परिवार भारतिय दूताबास मा शरण लिंदा देखी उनै राजादूत थिए । त्यै भएर पनि होला, राजा उहाँ प्रति  आभारी थिए र  निकटता पनि । राजा त्रिभुवनको शयन कक्ष सम्म सहज् आवतजावत थियो उहाँको ।

दूत गए, दूत फर्के । सिंह दरबार कब्जा गरी आँफै शक्ती केन्द्रको घोषणा गर्ने ब्यक्ती थिए डा. ईन्द्रजीत सिंह कुँवर अर्थात डा. के. आइ. सिंह । सरकार को प्रधान मन्त्री वा मन्त्री सँग मात्र वार्ता गर्ने, राजा बचाउने हो भने आफुलाई प्रधान मन्त्री बनाउनु पर्ने , वार्ता सिंहदरबार भित्रै हुनु पर्ने आदी माग सहितको  पत्र लिएर दूत फर्के ।

यतिन्जेल नारायणअहिटी भित्र अनौपचारिक बैठकहरु भए । चिया नास्ता भए । बिशेश्वर, मातृका, गणेशमान सिह लागायत प्रमुख हस्तिहरु सामरिक योजना तयार पार्दै थिए ।

दूत फर्के पछी मन्त्रीपरिषद को बैठक बस्यो । दूतले ल्याको सन्देश माथि छलफल भयो । बैठक मा केही मन्त्रीहरुले यस अघी राजाले ब्यक्त गरेको अभिब्यक्तिमा अझ जलप लगाउदै कमाण्डो बोलाउन ढिला गर्नु नहुने बिचार  राखे ।

"त्यो कुँवर चाइनिज कुकुर हो , बौलाहा कुकुर, गोली हानेर  मारिएन भने हामी सब्बै मर्छौ ।"  एक मन्त्रीले आबेशमा आएर भाषिक मर्यादाको सीमा समेत् नाघे ।

मातृका बाबुले भन्नु भयो "ठिकै छ, कमाण्डो चाहिए बोलाउला तर चाहिन्छ चाहिदैन त्यो पहिला अध्ययन गर्नु पर्‍यो नि । वार्ताबाट समस्या समाधान हुन्छ भने किन हतियार चलाऊने । गणेशमान जी जस्तो परिपक्व मन्त्री वार्ता गर्न जादै हुनु हुन्छ, अबश्य केही बाटो भेटिने छ । अहिले हतार नगरी हाल्नुस् मन्त्री ज्यू ।"


निर्णय अनुसार गणेश मान सिंह बिद्रोहीको शर्त अनुसार बिना अंगरक्षक ड्राइभर बाबुकाजी सँग सिंहदरबार तिर लाग्नु भयो ।

क्रमश: 


 
Posted on 01-31-11 1:04 PM     [Snapshot: 547]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई कथा लामो छ सुनेर खुशी लायो, तर यो क्रमस चाइ अलि धेरै नै छिटो आयो क्या

यो पार्ट नि रमाइलो गयो. अर्को भागको प्रतिक्षामा.

 
Posted on 01-31-11 2:09 PM     [Snapshot: 591]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा झन झन इन्टेरेस्टिङ हुँदैछ ठुल्दाइ

अर्को भाग पनि राखी हालम

 
Posted on 01-31-11 3:42 PM     [Snapshot: 644]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 राहुल भाई तपाईं त बहुमुखी प्रतिभको धनी नै मनिष हुनु हुदो रहेछ । एेक्दमै राम्रो लग्ग्यो एतिहस को बारेमा अलिकती भये नि थाहा पाउद। आर्को भाग को प्रतिछ्य मा बसेको छु दाजु । कृपया सिघ्र ल्याउनु हुनेछ भन्ने आस छ । जादौ,  
   

 
Posted on 02-01-11 8:48 AM     [Snapshot: 774]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्फेक्स्निस्ट,

क्रमश: छिट्टै आयो रे ? ठाउँ मै आए जस्तो लाग्यो। अर्को पार्ट मा हेरम अब ।

लहरे,

कथा इन्टरेस्टिङ लागेकोमा खुशी लाग्यो। तर यसो हेरी बुझ्दा धेरैले मन पराएन जस्तो लाग्यो ।

boulevard dreams

खुशी लाग्यो, मन पराइदिएकोमा । यौन, प्रेम र पैसा को बिषय जस्तो नहुने रहेछ, ईतिहास ।


 
Posted on 02-01-11 9:35 AM     [Snapshot: 793]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि सुनी'रा छु है।  अर्को भाग चाडै आवोस
 
Posted on 02-01-11 10:56 AM     [Snapshot: 833]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

<तर यसो हेरी बुझ्दा धेरैले मन पराएन जस्तो लाग्यो ।>

ह्या ठुल्दाई, किन तेसो भन्नु भा, कमेन्ट नगर्या भे'र? साइलेन्ट रिडर नि हुन्छन नि ठुल्दाई, कस्तो ढिलो गर्नु भा हामी पढिरा/हेरिरा/सुनिरा छम नि, ल ना अविलम्ब नयाँ भाग राख्न परो. झट्टै!!!

 
Posted on 02-01-11 11:56 AM     [Snapshot: 866]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दा

कथा, कथा मा सिमित नरहेर एतिहस सरल वयान र रोचक बनाएर प्रस्तुत गरिदिनु भएको रहिछ। मलाई पढ्न पाउदा खुशी लाग्यो। अनी त्यो बिद्रोही लाई कहिले लखेट्छ? कस्तो पढ्न मन भो… छिट्टो अर्को भाग पढ्नि नि म पनि.. अझ नढाटी भन्न पर्दा त घर मा पनि त्यो बखत को चर्चा परिचर्चा पनि भो ..

खै त सुनम् त हामी पनि अरु ..
 


 
Posted on 02-02-11 11:52 AM     [Snapshot: 978]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very interesting!

आजभोलि पनि यस्तै हुन्छ कि जस्तो लाग्छ मलाई, सानो तिनो अड्कल मेरो। देश चाइनालाई बेच्छ कि भारतलाई त्यो चाँही समयले बताउला।
 
Posted on 02-03-11 10:06 AM     [Snapshot: 1172]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

देश पराधिन हुन जोगेको रात

भाग ३

 

गणेश मान सिंह बिना सुरक्षा कवच बिद्रोहीको क्याम्प भित्र जान राजी हुनु चानचुने कुरा थिएन । पुरानो भोक्सवाइगन गाडी, सिंह दरबार पश्चिम गेट पुग्दा बिद्रोही सेना ले ब्यापक खानतलासी लिए। वार्ता स्थल कक्ष सम्म बिद्रोही सेनाले स्कर्टिङ गर्दै लगे । वार्ता भयो । डा के आइ सिंह को मागको लिस्ट टेबुल भयो ।

१ अहिले सरकार तुरन्त बर्खास्त गरी डा साहेब लाई सत्ता हस्तान्तरण गर्नु पर्ने,

२ गोलमेच सम्मेलन गरी संबिधान सभा को चुनाव गराउनु पर्ने ।

३ बिद्रोही सेनाको कमाण्डर लाई आर्मी चिफ बनाउनु पर्ने

४ अन्यथा बिद्रोहिले कार्यबाही गरी बलपूर्बक सत्ता कब्जा गर्ने ।

वार्ताको क्रमामा गणेश मानजी ले भन्नु भयो " तपाईं को धेरै माग र नेपाली कांग्रेस को माग उस्तै छन । त्यसैले तपाईं को माग प्रति ब्यक्तिगत समर्थन छ । "

जुङगे के आइ सिंह दङ ।

"संबिधान सभाको माग गर्ने पहिलो पार्टी नेपाली कांग्रेस नै हो, तपाईं लाई थाहा भएकाइ हो । सरकार तुरन्तै बर्खास्त गर्न पनि एउटा प्रोसेस हुन्छ, त्यसपछी के कसो गर्ने भन्ने बारे छलफल हुनु पर्‍यो । गोलमेच सम्मेलन प्रति पनि हाम्रो समर्थन रहने छ । तपाईं को यी सब कुरा लाई म मन्त्रिपरिषद मा राख्छु र निर्णय सुनाउन फेरी म नै आउछु , तपाईं धुक्क हुनु होस् ।"

गणेश मानजी को कुरा सुनेर बिद्रोही वार्ता टोली उत्साहित भए र २ घण्टा भित्र जवाफ आउनु पर्ने नयाँ शर्त तेर्साए ।

गणेश मान सिंह तत्काल नारायण हिटी फर्की अनौपचारिक  रुपमा बीपी र मातृका बाबु सँग छलफल गर्न ब्यस्त हुनु भयो। त्यतिन्जेल बिहानी को भोजन को समय भैसकेको थियो । दरबार मै भएकोले राजा त्रिभुवनको आतिथ्यमा हुनु स्वाभाबिक थियो । भोजनकाल मा "बिन बोलाए मेहमान" सी पी एन सिंह कहाँ छुट्थ्यो र ।


"कुंवर के बच्चे  चाइनिजोंकी गोटी है । साँप है साँप , शर कुचल्ना ही पड्ता है नहीं तो हम सबी डस लेगा । महाराज, आप हुकुम किजिए, हमारा कमाण्डो एअर्पोर्ट पे तयार हैं, १ घण्टे मे बिद्रोह खत्तम हो जाएगा ।"

सीपीएन सिंह को मनसुवा प्रस्ट थियो । केही शंकास्पद गतिबिधिहरुले डा के आइ  सिंह को   चिन सँग साँठ गांठ थियो जस्तो आभास चाँही हुन्थ्यो । तर बिशेश्वर प्रशाद , मातृका प्रसाद र गणेश मान जी लागयतलाई सीपिएन सिंह को सहयोगको प्रस्ताब् भित्रको कुनियतको अनुमान थियो । कसैले जवाफ फर्काएन सिंह को भनाइ प्रति । छिटो मन्त्रिपरिषद को बैठक बसी बिद्रोहीको माग सम्बोधन गर्ने तिर सबै लागे ।

बीपी,गणेश मान र मातृका जी लगायत सुरक्षा प्रमुखहरुको अलिखित एजेण्डा थियो - बिद्रोही लाई सके सम्म धेरै बेर अल्मलाउने । बिद्रोही को वास्तबिक शक्ती को अंकलन र मुल्याङ्कन गरी सोही अनुसार को तयारी गर्ने । नेपाली सेनालाई एकत्रित पारी बिद्रोही माथि धावा बोल्ने वा अत्म समर्पण गराउने । कुनै पनि हालतमा बिद्रोह दबाउने नाममा भारतीय सेना, सार्बभौम नेपाल मा प्रबेश न गराउने ।

राष्ट्रबादी नेताहरुलाई थाहा थियो , एक पटक नेपाल आए पछी भारतीय सेना फर्कदैन र नेपाल अनी नेपाली सदाको लागि भारतीय उपनिबेश हुने छ ।
मन्त्रिपरिषद को बैठक बस्यो । बिद्रोही को माग प्रति सरकार सहमत् भएको , सत्ता सुम्पिनु अघी गोलमेच सम्मेलन गर्नु पर्ने र त्यही सम्मेलनबाट डा सिंहलाई प्रधान मन्त्री बनाउने प्रास्ताब् स्वयं नेपाल कांग्रेसले राख्ने जस्ता गुलियो प्रस्तव सहित् गणेशमान जी फेरी वार्ता गर्न जाने निर्णय गरे ।

गणेश मान जी सरकार को प्रस्तव लिएर फेरी सिंह दरबार लाग्नु भयो ।

क्रमश: 
 
 


 
Posted on 02-03-11 10:20 AM     [Snapshot: 1184]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि झक्कास् गयो ठुल्दाइ

अब के हुन्छ होला भन्ने भइराको छ

ईतिहास को कुनै पनि क्लास मा पढ्न नपाएको कुरा ठुल्दाइ ले

पस्किदिनु भएको ले ठुल्दाइ लाई धेरै धेरै धन्यवाद

अर्को भाग पनि चाडै लेख्नुस्

 
Posted on 02-03-11 1:19 PM     [Snapshot: 1260]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग छिटो चाहियो .......

 
Posted on 02-03-11 1:25 PM     [Snapshot: 1263]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto chhoto chhoto bhaag???

interesting bhaira'chha ---

 
Posted on 02-03-11 1:27 PM     [Snapshot: 1268]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हो हो ठुल्दाइ अर्को भाग छिटो चाहियो, यो त हात्तीको मुखमा जिरा भने जस्तो भयो..

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters