[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 162389 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-21-05 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mine is: fataha_ko_sangat_garnu_paryo@hotmail.com

Nepe Jee,
Pls find my address in ur sajha-mail.
 
Posted on 12-21-05 3:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ्या छ्या ! चौताराँ बर पीपलका रूखमुनि बसेर यी सिरे त कति छटा'का कुरा अर्चन ! :D

आफूलाइ यसो ट्याम भा'बेला दौँतरीऽरुसित बसेर गफलाम भनेर चौताराँ आओ सबै सुत्न गैसक्या हुँदारचन् । लौ मेरा पनि डियाँ भोकै छन्, घर ग'र एकमुठी जाउलो खा'र अनि एउभारी सेउला ल्यार हल्दिन परो । भरे आम्न पर्ला फेरी ..गएँ म नि !
 
Posted on 12-21-05 4:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ दौँतरीहर सुत्न गए। ल आऊ गफ सुन।
-------------------------------
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २१-
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अमेरिकी राष्ट्रपति जर्ज बुशको आग्रहलाई राजाले नटेर्ने बताएका छन्।

‘विदेशीले भनेर राजा सुन्नेवाला छैनन् । राजालाई सहमतिमा ल्याउन हाम्रो आन्दोलन नै काफी छ ‘ उनले भने ।

अकास्मत् गृहनगर विराटनगर आइपुगेका कोइरालाले मंगलबार संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै राजालाई दवाव सिर्जना गर्न अमेरिकी राष्ट्रपति जर्ज बुशको पत्र भन्दा दलहरुको आन्दोनल बलियो भएको तर्क गरे।

सरकारले घोषणा गरेको निर्वाचन जनताले बहिष्कार गरेर देखाई दिने र त्यसपछि निरकुंशता पराजित हुने ठोकुवा उनले गरे । ‘यो निर्वाचन जसरी पनि भाँडिने छ र निरंकुशता जसरी भए पनि उठ्नै नसक्ने गरी पछारिने छ ‘ उनले भने ।

आफूचाहिँ प्रजातन्त्रको माग गर्ने पार्टीभित्र चाहिँ निरंकुशता लादने गरिएको छ नि भन्ने प्रश्नमा कोइरालाको उत्तर छ-’पार्टी नेविसंघ दुबैको विवाद निर्वाचन गरेर मिलाउने छु । ‘

आफ्नै कार्यकर्ताहरुले कालो झण्डा देखाएको भन्ने अर्को जिज्ञासामा कोइरालाले हँसिलो पाराले भने- ‘मैले काला झण्डा कति देखें देखें । अहिलेसम्म मेरो मुख कालो भएको छैन। ‘


-------------------------------------------------------------------------------------------
 
Posted on 12-21-05 5:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजी,
मेरो एडरेस पाउनुभो? खै मेल नै आएन त।
 
Posted on 12-21-05 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सबै जना दाइ सकेर गफ चुट्दै रचन चौतारिआं । ल है केटाहरु म पनि आए दाइ सकेर ।
 
Posted on 12-21-05 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर फेरी सप्पै जना कता सुस्ताए ? हुन त पुर्ब तिर सिरकमा गुटमुटिनि बेला भो के रे यता तिर त झलमल्ळ घाम छन । भउते चाइ दाइ सकेर कता गयो त नि, कि टौवा चडाउन तिर लाग्यो , कति भरि पराल बनायौ कुन्नि ?
 
Posted on 12-21-05 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो के भनेनि नमे, चाइन्जो पूर्व र पछ्छिममा एकै पटक सबै जागा हुने बेला पर्दोरेच दिनाँ एक ट्याम। मेरो बिचाराँ अहिलेको छ सातेक घन्टा पचि सपै यतै हुन्चन्। भौते पराला भारि बनाम्दै " यसपाली त जसरि भएनि जोडि त खो्ज्छु खोज्छु" भन्दै होलान।
 
Posted on 12-21-05 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे,

मैले चईनी अस्तिनै जो भनेको कुरो बिर्सन त बिर्सेनौ होला केरे । मलाई भारि दुवेक चईनी गुन्द्रीको पराल राख्दिन भनेको
थिएँ नि । सम्झेकै होउला केरे, कहिले आम त नि लिन ? कि पु-याम्न जो आम्छौ मेराँ जो ? तेसो ग-यौ भने
अलिकिति धुँवा पनि चाख्न पाउँथ्यौ केरे ।

Keep rolling...
 
Posted on 12-21-05 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचेल त चौतारीमा बसेर गफ गर्न नि भ्याको हैन, यसो छिरेर भागी हाल्नु पर्छ, थुप्रै काम छन् क्या। सबै गाम्लेहरू लाई नमस्ते भन्न मात्र आ'को। हाम्राँ त ओछ्यानमा हामफाल्ने बेला पनि भो। भोलि बिहानै गोरू चढेर खेततिर जानु छ, आजलाइ बिदा है, भोलि भेटम्ला!
 
Posted on 12-21-05 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई कामकै चापाचाप रे'छ ! कोइनि देउथिन म त, जैले आएनि चौतरो त रित्तै ! एउछिन एक्लै बसेर आफ्नै सु'राँ यौडा गीत गम्नपरो अनि हिन्नपरो !

एऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
चौतरीमा मै बसे होला की, मै बसे होला की
बरको डाऽऽऽली नुगेर छोला की
सल्लाइ हो जोवान कल्लाइ हो !

आकासैमा तीनतारे ताँती, तीनतारे ताँती
दैवदशाऽऽऽ नलागोस कोइमाथी
सल्लाइ हो जोवन कल्लाइ हो ।

लौ, यो एक्लै एक्लै कराउन त शत्रुलाइ नि नपरोस् । जानपरो...यो जाडाँ बरु सुटुक्क
त्यो मैराम्रि'आ भट्टीयाँ छिरेर एउ ट्वाक ला'र घरतिर जान्चु अब !
 
Posted on 12-21-05 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गिते त समुन्द्रले राम्रै पो गायो गाठे । मैले थपारि बजाएं है । तिमि पिउदै अर मैराम्रिकां म नि एउछिन पछि आइपुग्चु । जामिनेमा जैसथरेका डियां पसेर सप्पै नल खाचन के, बार बार्नु छ अलिकति ।
चित्रे त पुर्ब पस्चिम को बिचमा छ जस्तो छ पखरा र काठमान्डुको बिचमा मुगलिङ जस्तै , ल ल मुग्लिङ का थकालिले जस्तै थुप्रै पैसा कमाए ।
ए सिरे तिम्लाइ भनेर सिमखेतको जेठाबुडोको पराल राखेको छु । हुन त मैले नै लेरे आए नि हुनि हो, तर तिमी हाम्रा घरतिर आउने मेसो परे कर्सा पट्टि ठोट्निको रुखमुनी राखेको छु त्यो लेर जानु , टौवा पट्टिको हाम्रो हो केरे, तिमिले त्यो तरो डर पट्टिको लेरे जानु । खासाको लामो पराल छ, १३ घरे गुन्द्रि बन्च ।
 
Posted on 12-21-05 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भउते अव जसरी भानि एउटी चाइयो भनेर बुरुकबुरुक उफ्रेओ उफ्रै छ। हुन नि तेस्का छेँवले सप्पैले भ्याइसके, तो चाँइ किन हो कुन्नि केटीका माम्लामा धेरै पछि परेओछ। हेर्दा त चिटिक्क परेर पछाडीओ गोजीआँ काइँयो भिरेर हिन्च के रे, तर केटीका अँगि परो भनि के हुनि रैच कुन्नि? रातोपिरो भएर मुखाट एउटो शब्द नि निकाल्न सक्नि रइन्च। अव तेस्तो तालले काँ हुन्च? जे त पर्ला भनेर छाति दह्रो गरेर गफ हाँके त केटी त सर्लक्कै आइहाल्चन के रे नि। हाम्रा पालाँ केटी जति सप्पै आफै काँखाँ फुङ्गाल्ते, अव यी नये केटालाई एउटी भेट्न नि महाभारत। के भन्नी के नभन्नी!

सिरे केटो आएर ‘लाै काका, अव यो भउतेलाई केटी खोज्न परो। यो माघ सम्म केटी पाइएन भनि तेइ कालीआँ हाम्फालेर मर्चु भन्च। के गर्नि हो?’ भनो। मैले के भन्नी? ‘अव तेले माघसम्माँ नि एउटी फकाउन सकेन भनि त वाँचेर नि के अर्नि हो? मरे भै हालो के रे नि! हरे नामर्द!’ भनेर भने। सिरेले ‘तेसो नभन्नु काका, जे भानि केटो खास्सा कै हो, सोझो छ। अव तँपै हामी जस्तो खेलाडी त तो के खाएर हुन्तो। सहयोग गरम अइलेलाइ, फेरी भोजसोज नि खान पाइन्च के रे’ भनो। कुरो ठीकै हो जस्तो लाओ। सिरेले अनि पखरातिर जानि, ब्वारी जमुनिकी सइना यामकलालाई भेट्नी कुरो अरो। केटीहुर ओस्राल्तै छन् रे तेता तिर। फेरि मेरो नि दुइटै खुट्टा झमझम गर्न लाको डेढ दुई मइना जति भओ। चिनी रोगले हो कि त? हस्पतालाँ गएर जँचाउनु नि पर्ला, केहि ओक्तोसोक्तो दिन्चन कि दाउदारले भनेर जानि कुराँ राजी भएँ।

ब्यानै कुखुरा नबास्दै राँको बालेर दुईभाई हिनिम पखरातिर। बाटाँ सिरेले ‘काका, खुट्टोले दुख देओ भनि झोलो म बोक्दिम्ला के रे’ भन्दैथो। खुट्टो ठीकै थो। बिस्तारो बिस्तारो हिन्दै गइम्। कार्की नेटाको उकालो चढ्न थालेसी त केटो त लत्रिन पो थालो है गाँठे। ‘ठीक छस्?’ भनेको ‘अस्ति तो जिम्मालका दाँइआँ थालेलाई लेर जाँदा तो थालेले खुट्टाँ कुचेओ थो, दुख्न थालो भनो’। ए बाबै, केटोले अइँ भक्खरै सम्म झोलो बोक्दिनि कुरो अर्तो, अहिले त तेलाइनै मैले बोक्न पर्नि पारा पो लेउन लाओ। ‘सक्दैनस् भनि लाज नमानिकन भन्, कार्की नेटो नि आछैन अजै, फर्कि हालम यतैबाट’ भनेको ‘हैन काका सक्चु’ भनो। त्याँसि तेलाइ अगि लाएर उकालो लाइम। केटो त झन झन लत्रो, तै नि बल्ल बल्ल साँझ नेटा पुगिम्। एउटी थकाल्नीओ होटल खोजेर तेइँ बास मागिम्।

अर्को दिन चईँ धन्न केटो खुरुखुरु हिनो। भात खानि बेलातिर नाैडाँडा पुगिओ। त्याँसि त सरर्र लाएर मटर चढेर पखरा पुगियो। यो सिरे केटोलाई स्यार गर्दा गर्दा चाईँ दिक्क भओ गाँठे। मटराँ चढे देखुन वाक्न (छाद्न) थालेको पखरा पुग्न सम्म छाडेन बजियाले। पखरा पुगुञ्जेल त नुन खाको कुखुरो अस्तो भओ। तेसैमाथि झन मुर्खले गोताएँ र यामकलाओ ठेगानै ल्याएनच। अव पखरा भनेओ हाम्रो गाम जस्तो हो र? शहराँ अव कता जानि हो? तै पिएन केम्पस भन्नि सम्जेर तेतैतिर मुन्चेहुरलाई सोध्दै गइम्। तेहा पुगेर मुन्चेहुरलाई गुहारिम्। धन्न तो गोताएँलाई सप्पैले चिन्नि रैचन। केटोले राउनिति अर्नि, भासनसासन नि अर्नि रैच। त्याँसि गोताएँलाई भेटेर तेस्को कोठोतिर लाइम्।
 
Posted on 12-21-05 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जिम्मु छ! खापसियो छ! सिधेनुन छ! भोटे खयर छ! लु साटुम् आमै कोदोको रोटिसितु साटुम् भन्दै आयो केरे भोट देखुन्ट चित्रे, अनि मैनाले लु लु मु कोदको रोटी पकाम्चा तिमी पिँढिमा बसा भुनिच.

चित्रे:

उँभो उँभो लेकमा मो जाँदा
उँभो उँभो लेकमा

भेडा र जउँरी जराउँदै
भेडा र जउँरी

कानचीले बोलायो खिरि खान
कानचीले बोलायो

खिर खाँदा लाइको पिरती
खिर खाँदा

सकिन मुइले बिरिसन
सकिन मुइले!
... ...

 
Posted on 12-21-05 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, उठिसकेको हो कि सुत्दै नसुतेको हो दादा ?
 
Posted on 12-21-05 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) 09:24 AM JST

काका चीलाम्नी भाटियाँ चिया खाको लेख्न बिर्सनु भओ. चित्रेले सिधेनुन र कोदो
साट्न हिँड्नु अगाडि काका र एउटा खुट्टो खच्याम्नी अधबैँसेलाई खच्चर माथि चढेर उँधो लाउदा देखेओ रच नि.
 
Posted on 12-21-05 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...ए बाबै, केटोले अइँ भक्खरै सम्म झोलो बोक्दिनि कुरो अर्तो, अहिले त तेलाइ नै मैले बोक्न पर्नि पारा पो लेउन लाओ। ?सक्दैनस् भनि लाज नमानिकन भन्, कार्की नेटो नि आछैन अजै, फर्कि हालम यतैबाट? भनेको ?हैन काका सक्चु? भनो। त्याँसि तेलाइ अगि लाएर उकालो लाइम। केटो त झन झन लत्रो, तै नि बल्ल बल्ल साँझ नेटा पुगिम्। ...

अरु नि जाओस् है काका.
 
Posted on 12-21-05 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेका घर थिम त यस्तो यस्तो अर्चन केरे नि । बरु तिनै छाडाहुरकाँ गए हुन्थ्यो नि । बेकाराँ काका र मलाई
दु:ख मत्रै दिन्चन यी भउतेले के । खुट्टा त बेस्सरी दु:खो दुखो, उकालाँ चईनी खच्चर चडेर जाँदा काछ पुनि
लाएर चल्नै नहुनी पो भओ गाँठे । बाँकी त काकाले जो भन्नु होला नि ।
- http://www.theglobeandmail.com/servlet/story/RTGAM.20051221.wswingers1221/BNStory/National/

Keep rolling...
 
Posted on 12-21-05 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले अस्ति एउटा केटालाई भेट्या थेँ तेल्ले हाम्रा भउते, सिरे, नमे ३टैलाई चिन्दो रे छ.
नमे सज्जन छ,सिरे त पढन्ते हो,भउते त बदमास हो भनो,
हो र?
 
Posted on 12-21-05 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका, त्यो कुभिण्डे तलतिर बनाँ मटर रोकेर डाइवरले सप्पैलाई पिसाप फेर्ने भे' फेरम
भनेको, अनि काकालाई त्यो धातु सातु के के जाति बिमार भा'को ले पिसाप फेर्न ट्याम
ला'को, अनि मटर छुटेको, अनि ट्याउटरमा आ'र सिरेलाई बिरौटाको स्याउँजाली सम्पर्क सदनले
बना'को बस प्रतिक्षालयमा भेटेको कुरो सप्पै लुकाउनु भे'छ के रे नि त। सप्पै भनम न। :p


रित्तैहात नफर्किनु होला के रे। यो भतिजलाई एउटी जुनकिरी नल्याइदिए आगुमका दशैँमा म त
टिका लगाम्न नि आउँदिन है, पहिलेई भन्द्याछु। :-)

सिरे जवैँ, हामी एकल्काँठे अभागीलाई त्यो साटा-साट अर्नि खेल पनि के काम लागो र? हुन त
त्यस्तो खेल नेपालमा पनि प्रशस्तै छ रे के रे। अस्तेरु एउटाले त्यस्तै खबर ले'र साजामा
आ'को थ्यो, यहाँका बुद्धीजिवी (??) हरुले पुच्छर निमोठेर लखेटे केरे नि त साथिलाई।


दादा, हाम्लाई चिन्याछु भनेर बल्याकमेल अर्न खोजेको हो कि के हो गाँठे, रे क्या हे हे हे

गुल्टिदै अरम ......

:-)
-भउते
 
Posted on 12-21-05 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले कुरो अरेको मुन्छे ---घर्ति भन्ने त होइन ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters