[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 257048 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 10-01-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इस्काइ मैले त आज दूध चिउरा र चिनी भिजार खाए, कस्तो मिठो हुने रछ भन्देखुन ।
जिम्माल लौ खसी ढालियो भने चै नबिर्शौ है हाम्लाइनी ।

 
Posted on 10-01-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क दाइले स्काइलाई लोभ्याको हो?

 
Posted on 10-01-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त तराइको मान्छे , सातु खान मन लागेर के भन्नु खै , जिम्माल भारतीयको दोकानमा पायिन्छ सातु । नत्र आँफै मकै fry गरेर पिस्ने बिचार  गर्दै छु यो शनिबार, सिन्कीको अचार बनाउने बिधी थाहा छ भने लेखौत जिम्माल ।
 
Posted on 10-01-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हर्के दुध च्युरा  र केरा सानो सानो तुक्रा पारेर चिनि पनि मिसाएर  गमागम बजायो भने मिट्टो हुन्छ रे


 
Posted on 10-01-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त चेली , दही चिउरा नपाए दूध चिउरामा चित्त बुजाउ भनेको क्या मैले ।
 
Posted on 10-01-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेलि  दिदी  लोभ्याउन सम्म त माथिको मासु ले नै लोभ्याइसक्यो
 
Posted on 10-01-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""भारतियको पसल छैन  दहि घरमा बनाउन खोजेको  जमेन छ""

च्यूरा पाउन गाह्रो हुन्छ त्यसोभए त!

जहाँ इच्छा त्यहाँ उपाय! सकेसम्म प्रयास गर्ने तरिका-

१) दही जमाउन दही नै अलिकता मिसाएर राखे राम्रै बन्न पर्ने हो, फेरि एक पटक प्रयास गर्नुहोस, नभए दही त किनेकै खाइदिए पनि भयो नि!
२) कतै धान पाइन्छ कि खोज्ने। धान भेटियो भने धानलाई हल्का तापमा पानिमा उमाल्ने। धानभित्रको चामल अलि अलि पाकेपछि मिठो गन्ध आउँछ। पानी फाल्ने र धानलाई गहिरो कराइ(कडाही) जस्तो भाँडोमा भुट्ने। धानको सतह डढ्न लाग्ने बेलामा( नडढ्दै) झिक्ने र तातै अवस्थामा छँदा ओखल जस्तो भाँडो (कुनै स्टोरमा फलाम वा ढुङ्गाको किन्न पाइएला शायद) मा राखेर कुट्ने। केहि बेर कुटेपछि, फुकेर वा एक भाँडो बाट अर्को भाँडोमा खन्याएर फुक्लेका धानका भुस फाल्ने र फेरि कुट्ने। अन्तयमा बाँकि भुस फाल्ने र जे जस्तो भए पनि आफैँले मिहिनेत गरेर बनाएको च्यूरामा दहि हालेर कपाकप खाने! हेँख हेँख हेँख


हर्के लु आइपुग अष्टमीको दिन सम्ममा, एउटा खसि एकादशि सम्ममा दुईभाई मिलेर चिरिप्प पारम्ला!

 
Posted on 10-01-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिठो हुन्छ रे लोल , खै रे नै होला है इस्काइ , मैलेनी भुलेछु , अर्को पाली चै केरा हालेर दूध र चिनी सँग खानु पर्ला मिठो भयी हाल्छकी ।
 
Posted on 10-01-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मकै fry गरेर रे!!!
भुट्नु र फ्राइ गर्नु भन्या एउटै हो र?? आफैं पो कानफुज भएँ म!!

 
Posted on 10-01-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हा हा हा जिम्माल बाको घरमा भइसी पालेको छ  ?  दहि बनाउने तरिका   कति गाह्रो च्युरा त म गराइहाल्छु एकै हात्ले बनाउन सक्छु


 
Posted on 10-01-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 फ्राइ प्यान मा भुट्ने  गहिरो कराईमा

 


 
Posted on 10-01-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन त्यो चिउरा बनाउने तरिका त मजाले भने बुढाले तर धान नपाउने ठाम्मा धान को बिउ खोजेर, रोपेर धान लाई सुखाउने बिधी पनि भन्दे त आजै चिउरा, दही, अनी खशी ढालेर मासु नि बनाउथे है म पनि
 
Posted on 10-01-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिन्कि छ र हर्केकोमा???
कि आफैँले बनायौ? आफू त घरमा बसिन्न गरिप परियो, सिन्कि बनाउनलाफ माटोमा गाड्न पर्छ ठाउँ छैन!

सिन्किको अचार बनाउने तरिका--

चाहिने समाग्री-
१) एक सानो कचौरा  सिन्कि (चुँडेर वा काटेर साना टुक्रा बनाउने र ओखल भए ओखल नभए केहि ठाउँमा राखेर थिच्ने, अलि अलि थेप्चो पार्ने क्या)
२) तोरीको तेल २ चम्चा
३)हरियो खुर्सानी ३-४ वटा पिसेको
४) नून स्वाद अनुसार
५) बेसार
६)मेथी केहि गेडा
७)केहि पानी

बिधी-
१) कचौरामा रहेको सिन्किमा पानी हालेर करिब १० मिनट जति भिजाऊने।
२) पानी निचोरेर फाल्ने
३) सिन्किको अमिलो र अजिब गन्ध हुन्छ। अजिब गन्धमा मुख ठुस्स पार्ने र अमिलो गन्धमा मुखमा पानी ल्याऊने।
४)नून बेसार र पिसेको हरियो खुर्सानी र एक चम्चा तोरीको काँचो तेल हालेर मजाले मल्ने।
५) एउटा भाँडामा बाँकि एक चम्चा तेल तताउने र मेथिका गेडा कालो कालो नभएसम्म पड्काउने
६) त्यो मेथि सिन्किको अचारमा झ्वाइँयsssss पार्ने र सररर चलाऊने।
७) सिन्किको अचार तयार भयो
८) फूलमायालाई फोन गर्ने र " सिन्कि अचार भन फूलमाया के छ बिचार" भन्ने गित गाउँदै खाने।


 
Posted on 10-01-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu jimmal astamiko din night bus baat orlidai chhu gaammaa ..

lina pathaaideu kasailaai , astamiko din saano bokaa dhaalaulaa , tehi din saknu parchha..

ani nawamiko dinchai eutaa thuloo majakko khasi dhaalnu parchha hunna ani dui bhai milera chiso sanga tyakka ki kaso ...


 
Posted on 10-01-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिन्की   बनाउने तरिका  कसरी पहिले सिन्कि नबानाइ कसरी सिन्किको अचार बनाउने

धान नपाउने ठाम्मा धान को बिउ खोजेर, रोपेर धान लाई सुखाउने बिधी पनि भन्दे त आजै चिउरा, दही, अनी खशी ढालेर मासु नि बनाउथे है म पनि


 
Posted on 10-01-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmal dhanyabaad hai sinkiko acharko bidhi bhanidekomaa..


 
Posted on 10-01-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""""हैन त्यो चिउरा बनाउने तरिका त मजाले भने बुढाले तर धान नपाउने ठाम्मा धान को बिउ खोजेर, रोपेर धान लाई सुखाउने बिधी पनि भन्दे त आजै चिउरा, दही, अनी खशी ढालेर मासु नि बनाउथे है म पनि"""

लोल!
हरे अब धान रोप्ने तरिका भन्दा पहिला, धान रोप्ने ठाउँ चाहियो सान्नानी, त्यो भन्दा पहिला खेत किन्ने तरिका लेख्नु पर्ने भयो। खेत किन्नलाई पैसा पर्छ, त्यसको लागि पैसा कमाउने तरिका भन्नु पर्ने भयो। पैसा कमाउने तरिका मजाले जान्या भ' यो कुइरे नकच्चरोको पेलाईमा म बुढो पेलिएर बस्थेँ होला त? नाइँ नाईँ एउटा कुरा नि हेँख हेँख हेँख
 
Posted on 10-01-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक छिन काम मा भुल्दा थुइक्क जिन्दगी भने जस्तै चौतारीको रौनक छुट्यो गाँठे।
फेरी एक पटक, पुन: ओन्स अगेन थुइक्क जिन्दगी ।

न म मरेकै छु , न म बाँचेकै छु,
तिमी जे सुकै भन यसलाई,
मैले त जिन्दगी भन्ने गरेको छु।

थुइक्क छुट्यो । तारेमाम।


 
Posted on 10-01-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


fry garnu bhaneko ta taarnu holaa ni...bhutnu bhaneko chai saute garnu ho ke re...

dhaan umaarne tarika amrikaa maa: mero khapparaan godae jhain gari bessari maalis garnu pahile...godera dhaan ropna laayak bhayesi tyaansi kyaarni ho bhanamlaa ke re...

HAPPY DASHAIN!!!!

 
Posted on 10-01-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिउँसोको जदौ है सबैलाई।
यहाँ त धान रोप्ने देखि लिएर सिन्किको अचार बनाउनेसम्मका कुरा भईरहेका रहेछन्।

 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters