[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 152696 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 02-06-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते जी साह्रै अन्यायपो गर्नुभाको रहेछ त घोराहीमा गएर :) :)
 
Posted on 02-06-06 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी,

हउर त त्यतैको पर्नु भो जस्तो छ नि। म टरि गाउँ हैन, बरु घोराहीको उत्तर-पुर्वको मसिना
भन्ने गाममा चैँ २५-३० दिन बसेको छु। त्याँ उपल्लो कुलो बाट पानी ल्यार मसिना-गाममा
खेत रोप्नी र भात खानी भने के रे मुन्छेहरुले। लउ त नि भनेर जाँच पड्ताल गर्न गइयो के
रे। त्याँ पनि त्यस्तै भाथ्यो। एउ ठाममा थेउरेलाइट (Theodolite) भन्ने दुरपिन गाडेर दिन
भरि देखिने जति खेत सप्पै हेरियो के रे। सुरुमा त्यो दुरपिनको उचाइ नाप्नु पर्नेकेरे। त्यो
उपरसेँठ भन्ने बज्जीया धेरै बाठो भएर नाप्नै बिर्सेछ। भनेको पनि नमान्नि, आफूले नि
सम्झेर नअर्नि के मुर्दारले। अप्ठेराँ निस्केको खटिरो जस्तै थियो। साँझ बज्जियालाई रउसी
खान हतार भएछ के रे। त्यसको हँस जतिखेर नि रउसिमा बसेको के, के भन्नि अब। हत्त न
पत्त उखेलिहाल्यो दुरपिन। दिन भरि गरेको काम साँझ त्यै रउसी सँगै खाइयो। भोलिपल्ट फेरि
नाप्न परो नि सप्पै।

अनि त्यै बेलाँ खुमे बहादुर भ्रष्टको भान्जिको बिहे परेको रे'छ। बोलाए केरे हाम्लाई नि। मैले
बिकास अर्न ला'को भनेर पछि भोट माग्न भनेर होला नि डाँकाले। सक्नको छ डाँका?
अन्खेरि नचिनेको ठाममा के जानि हो र ! भने मैले। अनि त त्यै उपर सेँठले जाम जाम
मामाले देशै खाएर क्यै भा'छैन, हाम्ले भान्जीको बिहेमा २-४ गिलास रउसि खाएर के हुन्छ
र ? भन्यो के रे। ठिकै भने जस्तो नि लायो। अनि मजाले खाएम नि। भोलि पल्ट दिन भरि
टाउको भारी भएर कामै गरिएन नि। :-)

:-)
-भउते
 
Posted on 02-06-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन माष्टरनी नानी दङ्गाली पर्नु भो जस्तो छ नि? :)

लु मुन्द्रे ले के बन्च? राप्ती एकिकि्रत रे? लु मु नि तेइँ बस्या थेँ गोडा चारेक दिन:) अनि बजार को पश्चिम बजार सकिने बित्तिकै खोलो आउँछ नि एउडा के रे त्यसको नाम? सल्यान जाने बाटो त्यहि हैन माष्टरनी नानी ?

भौते गुरुले दूरबिनाँ काम भन्या तेस्तै हो भन्दै, घाम भ' र कइले सकम्ला र बस्या ठाममा गर मासु भात र तुच्च तुच्च पारम्ला भनेर काम अर्या होला , तेस्तै हो नि अनि कसरी राम्रो काम हुनु नि...हे हे हे काठमाण्डु आर तेसै लइन घुमार गोलो गोलो बनाएचन् अनि जसो तसो पुरान लेखेर बुझाए जस्तो लाओ मुलाइ त कि कसो? :):)
 
Posted on 02-06-06 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु कुरो अर्ता अर्ता सपै आएचन!
:)
 
Posted on 02-06-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो भउतेया कुराले मलाइ नि दाङ तिर बस्ताखेरि हाम्रा खुम बहादुर दाइ (!!?) को याद आयो !
वहाँ एकपटक दाङ आउने बेला भाग्याबश म पनि तेहिँ थिएँ । म त उनी सँग नजिक थिइन, तर मेरा एकजना अति मिलनसार मित्रको ससुराली तिरको कुन्नी के साइनो पर्ने रे'छ । उनैले "ल आज खुम बहादुर त्याँ पार्टी कार्यालयमा छन् भेट्न जाम" भने । मेरो नि खासे धेरै काम त छैन, जाम त नि भनेर गइयो ।

उनी आउदा अगाडि दुइटा, पछाडी दुइटा भ्यान (van)हुनि रचन् । ती मध्येको यौटा भ्यान आलिकिति पर लगेर एकान्तमा रोकि राखेको रच । चानस् पनि कास्तो परेच कुन्नी, म त्यो भ्यान राखेको छेवैबाट फर्किदै थिएँ, दुइजना मुसल्टे ढोका खोलेर बाहिर निस्के ! हिन्दाहिन्दै मैले यसो भित्रपट्टी चिहाएर हेरेको त, ओहो झण्डै सातो गएन मेरो !
भ्यान भोरी हतियारै हतियार मात्रै रैचन, अनि हेर्दै डर लाग्नी, खाइलाग्दा भिलेनहरु रुमाल हातमा लिएर ति हतियारको सफाइमा तल्लीन !
नेता तेसै भइँदो रइन्च जस्तो लाओ तेतिबेला !:(
 
Posted on 02-06-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समुन्द्र जी भौतेजीले दांग मा गएर काम बिगारेर आउनु भाको रहेछ । होस एक पटक लाई भौते जी अर्को पटक त्यस्तो नगर्नुहोला क्यारे :) धेरै थाह हुन थाल्यो अब म चुप लागेर बस्छु ।
बिर्खे जी म नि दांग मा कहि दिन बिताएकीछु।
:)
 
Posted on 02-06-06 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, फेरि आर्को कुरो नि सम्झेँ घोराहीको। त्यै उपल्लो कुलो ल्याएर पानी हाल्नी भनेर
घोराहीको उत्तर पट्टी भएको ज्ञानेका भरौटे (आर्मी)का अड्डा भन्दा पुर्वतिरको खेत हेर्न भनेर
गइयो के रे। के माछा मार्न झैँ खोला खोला हिँड्नु भनेर माथि बजार बाटै सोझिएम। झोली-
तुम्ली दुर्पिन, दुर्पिनले हेर्न चाहिने भाटाहरु सप्पै बोकेर चैँनि हुलै बाँधेर गएम। त्यो गेटाँ बसेको
अकन्टले त हामीहरु तिनेरुलाई नै मार्न आ'का माओबादि सम्झेछ के रे। झन्डै दिउसै भुटेन
नि हाम्लाई। त्यतिबेला सम्म माउबादीले ब्यारेकमा धावा बोल्न सुरु अरेको थिएन, त्यसैले
बचियो नि। नत्र केका बाँकी राख्थे राक्षेसहरुले। अनि त सप्पै झोला खोतल्न थाले। बम
बोकेका भए त केका लन्ठ्याङ लन्ठ्याङ हल्लिदै त्यसका गेटाँ गएर झोला देखाम्थेम र।
अलि वरै आँपका रुखाँ छेलिएर सिधै हान्दाहुम नि।

डाँकाले झैँ पैसो राख्नि पर्स पनि हेर्न बाँकी राखेनन। त्यो उपर सेँठले त पर्समा त्यो के के
जाति रबरका टोपी पनि बोकेको रे'छ के। सपका माझाँ आर्मीले खोलेर हसरल्लै पार्दियो नि।
झन्डै "यो टोपी-बम बनाउँन बोकेको हो?" भनेर थर्काएन भनम न अब। त्यसको ३-४ हप्ता
पछि त पहिलो पल्ट माउबादीले त्यैँ हाने के रे। त्यस्तो हुनै रे'छ र बिचरा कडिकडाउ गरेको
रे'छ। पछि त्यो आर्मी भाइ सम्झेर दया पनि लागेर आयो मलाई त। ति पनि त परे होलान
नि खै ! १२ जना सिध्या'का थिए के रे।

:-)
-भउते
 
Posted on 02-06-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो मुन्द्रे त चस्मदीद् गवाह पो परेच...हे हे हे

के नै धेरै थाहा हुन्छ र माष्टरनी नानी, याद आउँछ नेपाल के गर्नु त्यसैले पो कुरा गरेको नि।
:)
 
Posted on 02-06-06 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते ! तो थ्याउडोल्याट त हामी पड्नी बेलाँ क्याम्पुस ट सइन अरेर मागेर ल्याम्तेम् अनि होस्टेलका झ्यालाँ
राखेर लिडिस होस्टेल तिर फर्कार तिनोरको बाथरुममा केइ देखिन्च कि भुनेर बेला बेलाँ हेर्तिम् ! तिम्ले नी तेसै अर्तेउ होला नि हइ !? :)

 
Posted on 02-06-06 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाहुर डुल्न चैं धेरै जो डुलेआ रैचन गाँठे। तेइ भएर त यस्ता स्वादआ र दम भका गफ अर्चन। पूर्व भने पूर्वै पश्चिम भने पश्चिमै, यस्तो पो त काइदा।

***
अँ सिरे, बा आमाआ मन राख्नि भन्नि तेरा कुरा मुनासिब हो। चित्त बुजो।
***

जिम्माल माइला, सक्नि भए त तो गीद एइ चौपाराँ घन्काउन मिल्नि अरि राख्न हुन्तो के रे। आफू परियो ज्याद्रै जो सोजो के यस्तायस्ति कम्पुटरा कुराँ। लप्पन छप्पन आउन्न के। अव तो बिजुली चिठ्ठीआ पठाउनी भन्नि त "आकाशओ फल, आँखा तरि मर्' जो भओ मेरालाइ। सिकाउन सकिन्च एइँ जो भनि भनम के रे। हैन भनि नेपाल तिराट कोइ आउँदैछन भनि यो गीद जसरी भा नि मगाउ। त्याँसि तिम्ले जो बरु एइ चौपाराँ टेपरिकर जोडेर सप्पैलाई सुनाउ है तो।

हेsss टिकट काटि काँ हो त जानि
सञ्चै छौ कि कस्तो छ सान्नानी
नरिसाउन सानो कुरैमा
आज मुग्लिङ झरौं
भोलि त बसमा सरर
बुटोल हुँदै तुल्सीपुरैमा
 
Posted on 02-06-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केटा हो के भओ गाँठे माथि आफैले नि पढ्न सकिएन। लौ न के अर्नि हो?
 
Posted on 02-06-06 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के लेखेउ काका ? यूनिकोडमा नि देखिन्न, पश्चिमको झ्यालबाट नी देखिन्न । क्यारेकाउ त नि !? :)
 
Posted on 02-06-06 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त गाँठे केइ फरक गरेओ हैन। लेख्दा लेख्दै टाइम आउट भएच त्याँसि कपी पेस्ट अर्दा यस्तो विजोग भओ।
 
Posted on 02-06-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर, यी मुन्द्रेले त गोप्यकुरो खोतल्न लाएछन यार। सुरुमा तेसो अरेर दुर्पिनलाई फुकस
नअरिकन त काम अर्नै जाअँर नचल्नी नि। :-)

ह्यात्तेरी, उतातिर अर्को धागाँ " पछाडिका बेन्चाँ बस्नीले जे पायो त्यै लेखेर मुन्छे मारे,
अगाडिका बेन्चाँ बस्नीले कसैलाई जिउँदै चक्कुले चिरेर मारे, कसैले सिमेन्टीर छडले पुरेर मारे"
भनेर ठुलो ठुलो सोरले झअडा अर्दै रे'छन। एउटी कैलेई झगडा नअर्नी फुच्ची पनि राता राता
आँखा बनाम्दै रै'छिन। मन कमलो भएनि तिनले नि कसैलाई चिरेर सिध्याइछन जस्तो छ। :-)
जतिखेर नि साझामा देख्छु कतिखेर मुन्छे चिर्न जान्छिन कुन्नि।

त्यसमाथि मैले फेरि याँ आफ्नै लगौँटी खोल्दै हिँडेछु। माथिको सप्पै मैले गफ दे'को ब्यारे।

ही ही ही ही। :-)

:-)
-भउते
 
Posted on 02-06-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी काकाले टईप अर्दा पुनि तो किबोर्डाँ चईनी भाले कुखुराले चारा टिपे झै एउटा अक्षराँ ट्वाक्क पार्नी, अनि फेरि कता तिर होला भनेर खोजेर बल्ल फेरि आर्को अक्षराँ चईनी ठुँग्नी अर्दा रैचन् केरे । उता तिहुन डढ्यो कि भनेर फेरि तिहुन चलाउनी, त्याँसी फेरि स्टोपको दम घटाउनी, अनि फेरि आएर अक्षर खोजेर ठुँग्नी अर्दा रैचन् केरे । तेसो भा'सि हराम्दैन त ? तिहुन पुनि डढो उता, यता टाँसेको नि भ-याङभुरुङ्ग भओ त नि । अलि धार्जे भअर चईनी बरु आर्कै पाटी ( जस्तै wordpad ) मा लेखेर टाँस्नी अर न बुढा, अनि सुर पाम्चौ ।

Keep rolling...
 
Posted on 02-06-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्याक्कै जो भनिस गाँठे भन्न नि।

अर्कालाई खिसी अर्न छोड् बरु क्यारि पढ्न सकिन्च तो बना तो। लौ लौ कत्तिओ रैचस्।
 
Posted on 02-06-06 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तीन म एता आम्दा पूर्वका गफ भाइराथ्यो आज चाहीं पश्चिमको भाइरा रहिछ । उहिले आफू जवान छँदा अनि देश्मा पनि शान्त्ती छँदा दुई चोटी दाङ र देउखुरी पुगेको थिएँ । कालाकाँटीबाट गोबर डिहा छिरेर केही दिन बसिएको थियो । त्यही मौकामा कोइलाबास पनि गएको थिएँ । गढवाबाट बाटो खत्तमै थियो । कोइलबास त झन् खण्डहर नै जस्तो थियो । त्यहींका एक चिया पसले भन्थे, पूर्व पश्चिम राजमार्ग बनाम्दा चाहिने सामान यही बाटो लान्थे, राजमार्ग बनेछी चाहीं यस्तो छ भनेर ।

त्यही बेलाँ घोराही र तुलसीपुर पनि गएको थिएँ । लामाहिदेखिन््को बाटो कच्ची नै थियो, हिउँदको बेलाँ गाको बुङ्बुङ्ती धुलो उड्ने । तुलसीपुरमा चाहीं चौबाटोदेखिन् तात्कालिन अन्चलाधिश कार्यालयसम्मको बाटो पक्की थियो, जम्मा २०० मिटर पनि थियो कि थिएन । त्यहीं निरबाट माछा आकारको सल्या्नी खुकुरी किनी एउटा पसलाँ रावडी र चिया खाई देउखुरी झरिएको थियो ।
 
Posted on 02-06-06 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन, म त जता ततै पुगेको छु कि के हो? ए चिप्ले जी? त्यो गोबर-डिगाहा गएर कस्का
घरमा बस्नु भो भन्नुस त? हामेरु त त्यो अहिलेको राज-परिषद हो कि राक्षेस-परिषदको
अदच्छे भ'को मुन्छे छ नि, परसुनारायाण हो कि पशुनारायण चौधरी, त्यसैका घराँ बसेको हो
ल। आफू चैँ काटमान्डुमा बसेओ थ्यो के रे, घरमा भाइलाई राखेको र'छ, घर कुर्न। अरुका
घराँ बास नपाइनि र'छ के रे त्यता तिर। पर्धानकोमा जाउ भनेर सप्पैले उतै डोर्याएर लैजानी।
राति दोहोरो भिडन्तमा परेर शहीद भैइला भुन्ने डरले आँखा जिमिक्कै गर्न सकिएन। दिन
भरि गधाले जस्तो काम अर्नि, रात भरि कुकुर जस्तो जागा हुँनि भएर झन्डै मरिएन गाँठे।
१५-१६ दिन बसेओथेँ म त्याँ पनि। काम सकेसि जीप चढेर धुलो उठाउँदै भालुबाङ निस्केको।

:-)
-भउते
 
Posted on 02-06-06 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका, यहाँका ले काम अरेन । बिचार अर्नी भा अर केरे आफै, दाहिने तिर का खाल्टाहुरमा चईनी output मा text र base मा binary (2) हालेसि काम अर्न पर्नी हो केरे सामान्य बेलाँ ।
- http://www.macchiato.com/unicode/convert.html

कुन ईन्कोडिङ्गमा काम अरेओ थियौ र सुरुमा ? सक्चौ र सम्झन्चौ भने पछि फेरि ठुँग केरे बुढा ।भएन र जाद्रै जो घतै लाउदो कुरा भए पछि अराम्ला । अड्डाबाट घर गएसि र मैले नि तिहुन पकाम्न थालेसि भिड्न पर्ला केरे नि त । नत्र बेस्सरी जो हितकारी कुरा नभा छोडम केरे । ह्याँटी सजिलो सित हुनी रईन्च, भिड्नै पर्नी जो खाले बनाईच्चौ केरे ।

Keep rolling...
 
Posted on 02-06-06 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते पनि गोबर्डिहा बसेको रहिछ त । हामी जाँदा त त्यहाँको highschool(नाम पनि बिर्सें इस्कुलको) मा बसेको हो । कार्यक्रमको उद्घाटन गर्न त्यही पर्शुनारान आका थे । कहिलेतिर गएको हो भौते तेता ? म त ४८ सालतिर गा हो । माओबादी नै त कहाँबाट हुनु त्यो बेला तर मशालको प्रभाव चाहीं रहिछ जस्तो लाग््यथ्यो । मह्देवाको इस्कूलको भित्तामा चुनाउ वहिष्कारको नारा पोतेको देखेर लख काट्या हो है मैले ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters