[Show all top banners]

SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 152100 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 07-13-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-13-06 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-13-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! भौतेकाजीका गजलहरू त गज्जबका छन्, जादुगरी शब्द र भावहरू!
 
Posted on 07-13-06 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हल् गोरु दाँदेमा नारीएका अहिले हैन
पानी पनि गरामा भरिएको कम्ति छैन
खेतला त झन् जन्ति झै उत्साहित् नभएका पनि हैन
बेठिका बाजा त झन् थामिने खै छाँट् काँट् नै छैन
रोपाइँ त गर्ने भनेकै हो सबै तर बिउ खै? सोध्छन्
----

बन्दी आफ्नै छु मुक्ति मुक्ति भन्दै गुहार्छु
जस्लाई हेर्छु उसैलाइ फेरी बन्दी देख्छु
मुक्ति त बन्दी ले बन्दीलाई नै गर्ने हो ठान्छु
मुक्त लाइ मुक्ति के काम? बन्दीको नारा घन्काएको सुन्छु
 
Posted on 07-13-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awesome Awesome!!!
whatever it is you wrote my bhaute guru!!
just wanted to say namaste ke!! (wink,wink)
 
Posted on 07-13-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute

Gajjab chan sher haru ek-se-ek. Daha lagne khal-ka

I like this sher the best
म लेखें, गायो कोही सबै उस्लाई सुने
मेरै कथामा, म चैँ बाहेक भएकोछु ।

This बाहेक sounds good but visually looks different than the rest of quaffia.

I must have pasted this long time back in one of the threads. One without RADIF

मनै ध्बस्त भए पछि आँखामा के दोष थुपार्नु अनेक ?
छायाका चीराहरु टाल्दैमा, ज्यानलाई के हुन्थ्यो बिसेक ?

म सित बिद्रोह गर्दै भाबनाले रंगै चिन्न छाडी दियो,
हिजो खुशीमा सिर्जेको चित्र आज उजाड, देख्तै उदेक !

संगीत पो हो कि या कोलाहल, छुट्टिएन आबाज कुनै,
ठोक्किनु पर्ने तरंगहरु, झिल्लीमा अल्झि दिदा प्रत्येक !

आफै भित्रको पशु चराएर थाक्दै थाकिन म कहिल्यै,
अब घाँसको संगत गर्दैमा के नै फर्केला र बिबेक ?

न गर्मीले पोल्यो, न जाडोले छोयो, न भेउ ॠतुहरुको,
बदले अरु पात्रोका पन्नासंगै, स्तब्ध “शिरिष” बाहेक !

 
Posted on 07-13-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद सबैजनालाई। यो गजल यति प्रिय हुन्छ भन्ने सोँचेकै थिइन। के ले गजललाई कर्णप्रिय बनाउँछ भन्ने अझै खुट्याउन सकेको छैन। जे होस् बुँद राना जीको यी २ हरफ चैँ मेरो गजल लेखाइको लागि एउटा मार्ग-दर्शक बनेको छ।



छातीभित्र जब कतै हलचल हुन्छ।
हो त्यही हलचल नै गजल हुन्छ ।



Tyra जी, धन्यबाद। CaMoFLaGeD, भनिहालेँ नि, आफ्नो छातीको हलचल आफूलाई मात्र थाह हुन्छ, कसरी सिकाउन मिल्ला र ! :-)
nepesahila जी, नसुर्ताए गजल फूर्दैन नि फेरि। त्यसैले सुर्ताउनु पनि एक अर्थमा राम्रै हो कि !
Ishwor, miss_ me , Foe_4_mysty, Pretty, Dada_Giri, world_map हौसलाको लागि फेरि एक पल्ट धन्यबाद।

Deep जी " रोपाइँ त गर्ने भनेकै हो सबै तर बिउ खै? सोध्छन् " :-)। सारै घत पर्यो।

Thank you very much my sweet fuchhi-cheli, Nails ! I won't lie u anymore la ! :p

shirish जी, यो गजलको सुरुवात त्यै शेरबाट भयो। त्यसैले काफियाको निहु पारेर त्यसलाई फाल्न र परिवर्तन गर्नै मन लागेन। त्यो शेर एकातिर र बाँकी अर्को तिर राखेर हेर्दा पनि मलाई त्यै शेर प्यारो लाग्छ।

गुरुहरुको सल्लाह सुझावले नै त यहाँ सम्मको यात्रा गराएको छ नि।

:-)
-भउते
 
Posted on 07-13-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कबिता मन पराइदिनु भएकोमा मुरि मुरि धन्यवाद भऊते जी। तपाइको गजल लेख्ने जादुगरि को त जति प्रसंशा पनि थोरै हुन्छ।
 
Posted on 07-13-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेका पङ्खा त कति कति, तेसैले मैले त चमर ल्याएँ प्रभो।

हम्किम् है ख्वामित्?
---------

घाइते भनम् भने घाउ छैन
चोट् नलागेको पनि कतै ठाम् छैन

पर्खिम् भने खै फुर्सद् छैन
जाम् कतै भने खै निम्तो छैन

जितियो भनम् भने हराकै छैन
नहारेको भने तर दिनै छैन

भोलिको गोलिले बाधा उडाउने धुन् ओर्ल्या त छैन
उस्का गोलि ले तर मेरा भोलि ढाल्या कम्ति छैन
--------------
 
Posted on 07-13-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा दीप ब्रो क्यावात् छ!
दिम दिम अरु पनि ।
जावोस् जावोस् अरु पनि
क्या पिडा छ शब्दमा ***घाइते भनम् भने घाउ छैन
चोट् नलागेको पनि कतै ठाम् छैन ****
क्या ब्यथा छ .
 
Posted on 07-13-06 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो दीप् जि तपाइ नि कम् हुनुहुदोरहेनछ बा। ल ल सारै राम्रो छ :)
"पर्खिम् भने खै फुर्सद् छैन
जाम् कतै भने खै निम्तो छैन "
 
Posted on 07-13-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maan parayen, ra ta dhaayen , ta ke biraayen
bina kasurai khalnaayak bhayeko chhu


wah wah.....subhan allah!!!! hahahaha..


good one Bhaute, keep it coming.... i like rebellious writer, you seem to be one!! :)


Loote
 
Posted on 07-13-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah Deep. :)
 
Posted on 07-13-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh yeah....deep ji...tapainko pani nikai raamro ra satik chha. keep it coming.

ani Tyra ji, tapain pani lekhne haina aba? :P


Loote
 
Posted on 07-13-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

loote मलाई त अरुले लेखेको हेर्न मात्र आउछ . why don't you try once ,i saw your writting (story) on the other thread :-)
 
Posted on 07-13-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डा. घनश्याम न्यौपाने 'परिश्रमी' का अनुसार गजलको स्तरमापन गर्ने मूल आधार शेरको उक्ति-वैचित्र्य (तगज्जुल) हो ।
- http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=25330#269853

वास्तवमा स्तरमापन मात्र होईन, लोकप्रियताको पूर्वानुमान गर्ने आधार पनि हो "उक्ति-वैचित्र्य" ।

भउतेको पछिल्लो गजलको सबै शेरहरुमा "उक्ति-वैचित्र्य" छ । र आरम्भिक दुई शेरमा त अति नै ।

*** *** ***

"बाहेक" नि:सन्देह अपवाद काफिया हो । सामान्य शेर भएको भए यो अलि अशोभनिय हुने थियो । तर शेर यति असामान्य छ कि यो अपवाद त्यति खट्कदैन । त्यो बाहेक, "लायक" जसलाई नेपाली जिब्रोले "लाएक" उच्चारण गर्छ र "बाहेक", अति अनुप्रास निकट छन् ।

मेरो विचारमा, गजलकारले आफ्नो शेर असामान्य छ भनेर दिने सन्देश/अभिप्राय को अर्थमा अपवाद प्रयोग गर्दा हुन्छ । पारखीहरुले बुझ्छन्, नबुझ्नेहरुले यस्सै बुझ्दैनन् उस्सै बुझ्दैनन् ।

तर, यो खतरा नमोल्ने उपाय पनि छ । त्यो हो, एउटा उदार काफिया भएको नयाँ मतला बनाउने । दुई मतलाहरु (उहि या फरक काफिया भएका) भएका शेरहरु अस्वीकार्य हुने कुरै छैन । त्यस्ता उर्दु गजलहरु देखेको छु मैले ।

*** *** *** ***

शिरीषको गजल गालिबको गजलसंग तुलनिय छ भनेर एउटा पारिवारिक भेटमा मैले भन्दा शिरीषले नाक खुम्च्याएका थिए । तर त्यो कुरा फेरि पनि दोह-याउछु म । गहन, चिन्तनप्रधान, दार्शनिक ।
 
Posted on 07-13-06 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा नहुंदो हो त नेपे नहुंदो हो, नेपे नहुदो हो त साझामा गजल को सट्टा फजलै मात्र हुंदो हो ! साझालाई गजल मान्ने हो भने नेपे काफिया (मुटु) हुन् । हामी भन्या रदिफ सम्म हुन सकौंला ! नेपेले कसैलाई चेलो मान्ला नमान्ला अर्कै कुरा तर फजलबाट some what गजलको रुपान्तरणमा नेपेको योगदान कति छ भन्ने प्रमाण यहांका धागाहरु नै छन् ।
जे होस् नेपे प्रति आभारी हुनै पर्छ, साझामा गजलमा बोल्ने, मौन भई पढ्नेहरुले।

र आयो बयानको कुरा....त्यति सारो नभनि हाले हुन्थ्यो ! पचाउन गारो भयो क्या ! बरु बेला बेलामा एब्स्ट्याक्ट लेखेर त त्यसो भनेका पक्कै होईनन् होला ! खुबै लेखें भन्दा झुर भएका उदाहरणहरु प्रसस्त छन् है !

हिड्दै जाम कहि न कहि त पुगिएला, नपुग्नु पर्ने ठामै सहि...बरु बाटो बिराउदा यस्सो सम्झाउनु होला है गुरु!

चले तो कट हि जाएगें सफर आहिस्ता आहिस्ता
हम तेरे पास आएथे मगर आहिस्ता आहिस्ता
 
Posted on 07-14-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

एक-अर्कालाई धाप मारिरहेका त छैनौं हामीहरु :-)

त्यो "चले तो कट ही जाएगा सफर आहिस्ता आहिस्ता" भन्ने गजलले मलाई पुरानो समयमा पु-यायो । पुरानो समय, जब म short-wave radio सुन्ने गर्दथें । चार बजे Radio Nepal को कार्यक्रम सकिए पछि अनेक SW stations सुनिन्थ्यो । Radio Pakistan बाट यदाकदा सुनेको त्यो गजलको पहिलो पंक्ति जिब्रोमा सधैं झुण्डिरह्यो । अहिले खोजतलास गरेर पुरै गजल सुनें । बडो आनन्द आयो । धन्यवाद !


Singing by Musarrat Nazir:
- http://www.channeldosti.com/ghazlein/Musarrat%20Nazir/MusarratNazir-ChaleToKatHiJaiGa.rm

Lyrics:
- http://www.pakistanimusic.com/lyrics/MusarratNazir-ChaleToKatHiJaiGa.txt

Plagiarizing of the music by Nadeem Shravan in the movie "Sadak":
- http://www.itwofs.com/audio/TumheApnaBananeKi-Sadak.rm
 
Posted on 07-14-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजाहरिश्चन्द्र जी, धन्यबाद। लुते जी, हौसलाको लागि धन्यबाद। तपाईँको ठट्यौली र स्पष्ट तथा ठेट बिचारको पनि पारखी हुँ म। दिप जी, चमर पनि भो, अब चोयाको पंखा हम्किनु पर्यो प्रभो, गजब छ ल। :-)

नेपे गुरु, जब तपाईँको प्रतिक्रिया र सुझाव देख्छु, मेरो उत्साह चुलिएर आउँछ। गजलको "ग" पनि नबुझि यसमा म छिरेको प्रमाण त यै धागोमा छ नि। म तातो फलाम बनि राख्न सकुँ, कुन आकार दिने भन्ने तपाईँकै हातमा छोड्छु।

जति लेख्न प्रयाश गरे पनि म आफैलाई खड्किने कुरा चैँ मेरो लेखाइमा "प्रौढता/परिपक्वता" (डा. घनश्याम न्यौपाने 'परिश्रमी' ले भन्नु भएको जस्तै) हुन सकेन के, जुन शिरिष-गुरुकोमा पाउँछु। हेरौँ, समयले परिपक्व बनाउँदै लैजाला भन्ने आशा छ। अनि त्यो "उक्ति-वैचित्र्य" को ठ्याक्कै अर्थ बुझ्न सकिन। यसो २-४ हरफमा बिस्तार गरिदिनुस न। आफ्नो गजलमा के रहेछ आफैलाई थाह नहुनु, कस्तो दुर्भाग्य !

गजलको लिङ्कको लागि पनि धन्यबाद है। म त सुनेको सुनेइ छु। तपाईँको साप्ताहिक गजल प्रश्तुतिको त म नियमित श्रोता नै हुँ।

:-)
-भउते
 
Posted on 07-14-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow! nice song it is. Thanx Nepe Dai!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters