[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 152707 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 02-06-06 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है,

यी काका बुढाले यस्तो बनाम्न भनेर ठुँगेका रईचन केरे, तर अलि बिगारेचन के । ल बनाईदेको छु, । अब फेरि नि यस्तै अरेउ भनि सजिलो तरिका चईनी,

 
MS Word: Tools>>Options, then on 'General' tab, check on 'Confirm Conversion at Open' or sth like that

Reopen the contents in MS-word and choose 'encoded' in the file conversion dialog box. keep playing with the options till you find it readable.



***************


केटाहुर डुल्न चैं धेरै जो डुलेआ रैचन गाँ े। तेइ भएर त यस्ता स्वादआ र दम भका गफ अर्चन। पूर्व भने पूर्वै पश्चिम भने पश्चिमै, यस्तो पो त काइदा।

***
अँ सिरे, बा आमाआ मन राख्नि भन्नि तेरा कुरा मुनासिब हो। चित्त बुजो।
***

जिम्माल माइला, सक्नि भए त तो गीद एइ चौपाराँ घन्काउन मिल्नि अरि राख्न हुन्तो के रे। आफू परियो ज्याद्रै जो सोजो के यस्तायस्ति कम्पुटरा कुराँ। लप्पन छप्पन आउन्न के। अव तो बिजुली चि ् ीआ प ाउनी भन्नि त "आकाशओ फल, आँखा तरि मर्' जो भओ मेरालाइ। सिकाउन सकिन्च एइँ जो भनि भनम के रे। हैन भनि नेपाल तिराट कोइ आउँदैछन भनि यो गीद जसरी भा नि मगाउ। त्याँसि तिम्ले जो बरु एइ चौपाराँ टेपरिकर जोडेर सप्पैलाई सुनाउ है तो।

हेsss टिकट काटि काँ हो त जानि
सञ्चै छौ कि कस्तो छ सान्नानी
नरिसाउन सानो कुरैमा
आज मुग्लिङ झरौं
भोलि त बसमा सरर
बुटोल हुँदै तुल्सीपुरैमा

**************************

Keep rolling...
 
Posted on 02-06-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तैँले भनेओ शुरुओ कुरो त काला अच्छेर भैँसी बराबर भओ के रे। तँसैले जो जानेस् तेस्ता कुरा।

अव फेरी यति राती किबोर्ड त के ठूँगाइ भो र। २३३० हुन लाओ, बुडी ठुँङ्न छाडेर।

युनिकोवडैआँ गरेओ हुनु पर्च शुरुआँ। तेस्तो घत लाउनी केइ नि छैन। दुख नगर् भो। तर टेम लाएर लेखेओ खेर फाल्न मन नलाउनी के।
 
Posted on 02-06-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गरेच गाँठे केटाले त। यस्सो बेला बेलाँ हाम्रातिरा गीद नि यहिँ जो घन्का न त कैले कसो तँ जान्नि मुन्छेले।

ल त लागे म सुत्न तिर अव।
 
Posted on 02-06-06 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसको गीत - फिलिम कता पु-याम्न परेको हो, मलाई भनओ न त लाज नमानेर। मैले आफ्ना गोठाँ तो सर्भर (server) भन्नी डिँगो नि बाँध्योछु, आफ्ना मिलती भाका सईँहुरसित गीद चईनी फिलीम नि साटा साट अरिन्तो केरे (ftp) बाट पहिले पहिले बेलाबेलाँ, त्याँसी सईँहुरले फेरि जतापाच्छे कानुनैले जो समात्नी चईनी सरकार जो लाग्नी खाले कुराहुर हाल्न थालेचन र बन्द अरेको थिएँ केरे । ल, फेरि बनाम्चु एउटो तेस्तै जो। तपैँलाई मेरै सर्भरको ftp को अस्थाई लग-ईन ईमेल अर्देको छु काका अहिलेलाई, हाल्न मन भाको सद्दे सद्दे कुरा हाल बुढा त्यँहा। पछि फेरि अर्को बनाम्ला, अहिलेलाई तेसैले जो काम चलाम, जतापाच्छे काम-कुरा भनि नअरम् है त - मलाई गाल नपारओ बित्थाँ।अरु सईँहुरले पुनि मिसीनी भा ईमेल अरम केरे है त ।

Keep rolling...
 
Posted on 02-06-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाहरु कता मोरेचन कुन्नि? चित्रेलाई देखिन्न नि हिजाऽज, फेरि चार धाम तीर्थ यात्रा गर्न हिँडेचन् कि कुन्नि?

Keep rolling...
 
Posted on 02-06-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त त्यै मृत्य-भकुन्डोमा झुन्डिरा'छु। ६मा हात उठाएँ । :-)
 
Posted on 02-06-06 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केको चार धाम जान्थ्यो चीत्रे, मैनसँग प्रेम जुहरी खेल्दै होला मायाको चौतारीमा ।

tarun tapaswi
 
Posted on 02-06-06 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो यो 'मृत्य-भकुन्डो' भन्या कुरो बुझै मार्दिनु। बुझाम्न हो दम्तरि हो

तरुण तपसी जी, के छ? लेखनाथ पौड्याल को पंखा त म पनि हुँ।
:)
 
Posted on 02-06-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन केनडाँडा भनेनी कन्ननिडाँडा भनेनी पैल्याए त भइगो'नी, केनडाँडा लाई च्यान्(चिहान)डाँडा भन्या त छैननि ओ मैले । जे होस आगुम्ट केनडाँडै भनुम्ला । यो सिरे पुनी के के भनिप्ठाम्छ के के ।

भुल्चुक लिनेदिने । बिक्री भई सकेको माल फिर्ता हुने छैन ।


;-)>

ईश्वर
 
Posted on 02-06-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry for posting on wrong thread:(

my last posting for this thread:(
- http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=27559

ishwor
 
Posted on 02-06-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिसाकोलोजि्स्ट (psychologist) कोही छ ?
यी केटाहरु ले के सोचिरा होलन त ?

आनी कसिले चिन्छ यिनी हरु लाई ? मुइले त चिनिन

 
Posted on 02-07-06 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भग्वान ! यस्ता फुटा नदेखाउ न साथी, नराम्रो सित दुख्यो भन्या !
मैले त दुइजनाको ठाउँमा आफुलाइ पनि राखेर तिन जना बनाएर हेरेँ !:(
 
Posted on 02-07-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे -

धारा खस्सेउली नि बईनु रुँदै बसेउली....

यो मनमा पीर पर्यो गहिरो
अब मैले भन्दैन भिर पहिरो
धारा खस्सेउली नि बइनु रुँदै बसेउली

 
Posted on 02-07-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है साथीहरू, मेरो अलि फुर्सद नभैरा'कोले चौतारीतिर नि आउन भ्याको छैन। अझै केही दिन आउन नपाइएला जस्तो छ। सबै सन्चै हुनहुन्छ हैन? लौ पछि आम्ला नि, अहिले चैं मुख देखाउन मात्र छिर्या।
 
Posted on 02-07-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे यत्रा दिन कता हराथ्यो ? मैनालाइ काखि च्याप्दै होला नि ?
यो सिर पानि, केनडाडा भनेनि कन्ननि डाडा भने ने तेइ ठाम त हो । अब लबज फरक त परिहाल्च नि , नेपाला यत्रा गाम छन ।
ल है भोलि त चुनाप अरे , त्यो स्कुल मुनि अम्चुराबुटमुनि साइलि ले काइदाका घुमाइ रोटि हाल्चे , म भोट नहाले नि रोटि खान भे नि जान्चु ।
 
Posted on 02-07-06 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाउ खाउ,
रोटी खाउ !
अघाउन्जेल खाउ !
डकार्दै आउ
साइँलीले रोटी बेचिनच भने पनि
रोटीतिर हेरेर
घुटुक्क
थुक निलेर
आउ ! :)

 
Posted on 02-07-06 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइलाइ रोटि को चिन्ता, कसैलाइ भोटको अनि कसैलाइ नोटको----कति हास्नी-----

 
Posted on 02-07-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ केटाओ अबभने अलि अलि तंउरिएझै मानेओछु। नराम्ररि बिराइ भइयोकेरे।सुरुआं त आठेसाठेले होलाभनेरे उतिभांति बिचारनि अरिएनकेरे।तुच्चतुच्च पार्नि बानि सेर्पिनिआ भट्टितिर गअर पारियो पार्नसअं। त्यासितके के भअ भअनि। उता केटाजति जतिखेरनि बर्ताआ बांठे गाइका पछि बअर दौडेझै भएछन। एसो केटाजति क्यार्दा रइचन भनेर साझातिर छिर्यो, जम्मै सन्निआ खिर्राचोपलाअर लौ मेरोत सुत्दै सुत्दैन हैन के भओ भन्दै चौतारा ओ नानाभांतिआ कुरा अर्दै बसेके।
अरु जे भानि त्यो मधेसे सिम्डिलाइ मेरो पुरुसत्तोभनेर टास्नि लाइ मेरो सलाम छ है।

ल ल रमाइलो अर्दै अरम्लाकेरे फेरिनि एउफेर सप्पैलाइ नमस्कार छ है।
 
Posted on 02-07-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लाले बिराइ भा' रे?
अनि नाउँ पनि नयाँ लेर आएचौ। क्यार्न च्यान्ज अर्या नि नाउँ?
 
Posted on 02-08-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी दादाले त स्याङ्ग्जा गएर के यस्तो उधुम मच्चाएछन गाँठे। :P

खसेको मतभन्दा पाएको धेरै
काठमाडौं, २६ माघ -कास)- निर्वाचन प्रक्रियामा स्याङ्जाको पुतलीबजार नगरपालिकाको वडामा उम्मेदवारहरूले खसेकोभन्दा बढी मत पाएभन्दा तपाईंलाई आश्चर्य लाग्ला तर त्यहाँ त्यस्तै भएको निर्वाचन आयोगकै नतिजाले देखाएको छ । पुतलीबजार-१ मा जम्मा ६ सय ८६ मत खसेका थिए उम्मेदवारले १ हजार ६५ मत पाए । निर्वाचन आयोगकै अनलाइन सेवाले जनाएअनुसार राप्रपाका रामेश्वर बराल ५ सय ५५ मत पाई वडाध्यक्ष भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले भने ५ सय १० मत पाएका छन् ।

- http://kantipuronline.com/kolnepalinews.php?&nid=65001
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Court Hearing Approval.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters