[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 131892 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-18-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!
आज त सुनसान छ नि चौतारी।
निशान्त पनि आईपुगेछ, हामीले कुरा काट्दा धेरै हाच्छियूँ आयो कि क्या हो? ;)
कुरा गर्ने ईस्टाइल त पूर्वकै जस्तो सुनिन्छ, कुम्लेको जिग्रि दोस्त चैं पक्कै हो जस्तो छ। :)
अब बल चैं हाँडीगाउँलेहरूकै कोर्टमा गएको छ, हेरम् कसरी डिफेन्ड गर्छन्।

आईते आज देखि झिल्के दाई भो रे? :D
ल गुरूदेव, नेपालमा रमाइलो गर्नु।
 
Posted on 11-18-06 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे त्यहि भन्या चित्रे , निशान्त को कुरा काटे सबैले, खुब् हाच्यौ आयो जस्तो छ। कसो निशान्त ;)
आइते दाइ चै आफै न्वारान् गरेर झिल्के दाइ भा'रे :D
 
Posted on 11-18-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ याम्स (Yahooo) ब्रो?
कोकको कोक बियरको बियर त हैन हौ, खालि बियरको बियर मात्रै हो। त्यो कोक त मलाई सारो तिsssतो लाग्छ ब्रो। मुखमा हाल्यो कि गार्गल गरेर पिचकारि हान्न मन लाग्छ।

आँssssच चित्रे ब्रो के छ मस्ति छ? ह्याव्स दियो ब्रो ले?
मैले त हिजो लास्टै धोक्यो नि ब्रो अहिले सम्म ह्याङओभर ले टाउकोमा हल्का दिराको छ! हिजो नि बबाल भएको नि ब्रो कल्बमा, हरामि हरामि केटाहरु आएर हाम्रो नोर्बुको गर्ल फ्रेन्डलाई साईड हान्यो कि, अन्त नोर्बु ब्रोले धुलो पार्र्यो नि हौ त्यसलाई। दुई सट जमाएर हानेको झारे त स्नुकर टेबलमा स्ट्रेट फ्ल्याट!!!

तित्स (Tyra) मेरो कुरा चाइँ काट्ने हैन ल फेरि? मेरो साथिहरुले साइड हान्यो भनेर भित्र भित्र मस्किने बाहिर बाहिर आँखा तर्दिने भन्या!
 
Posted on 11-18-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ निश भेना , सब् को अगाडि तित्स् सालि लाइ गालि गर्दिने :( । अति भो'नि यो त सिम्स् को अगादि चाइ रुझ्या बिरालो जस्तै हुने आइले या' आएर चाइ शेर् हुने :O :S :D:D
 
Posted on 11-18-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एक्दिन नआउदा त के के भै'सकेछ। आइते, उस, झिल्केले आफ्नै न्वारन गरेच, निशान्त पनि आयेच, म पनि हाजिर गरम है।
अनि निशान्त ब्रो, अब नाङ्लोको कहानि त सुल्ट्या जस्तो छ, अब न्युयोर्क को टेउसीको कुरो चैं क्या हो नि, फिट्टु भएर पैसो चैं कुन्नि को हो रायन लाई तिराको रे, पून्टेदाईले अस्ति भनेका, त्यो नि बताउनु परो
 
Posted on 11-18-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच् निशान्त ब्रो ठिकै छ यार

क्या दिने ब्रो ले
कोक ले ता कुल्ला गरेर पिच्कादिने रे ? भो त अब ?

झिल्के उर्फ आइतेले पनि आफै न्वारन गर्ने भएछ । ब्रोले ठाँउ सरेपछि न्वारन नगरि नहुने हो कि किन हो ?

गुरुदेव ल ल बधाइ छ बिहे गर्न ला क्या...........???

ल ल नेपाल बसाइमा मोज गर्नु । नेपाल जाँदा साह्रै रमाइलो हुन्छ यार । लास्ट टाइम साह्रै रमाइलो गरिया थियो । अब ता के गर्नु सम्झना मात्र ।

आज चौतारीको बस्ति पनि पातलो छ

सबैलाइ उइक इन्ड लागेजस्तो छ !!
 
Posted on 11-18-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्त ब्रो, ह्याब्स दी सकें मैले।

मलाई यो निशान्त चैं हाम्रै पुरानो गाम्लेको अर्को रूप जस्तो लाग्न थाल्यो। को भनेर चैं भनुँ कि नभनुँ भैरा'छ।:)
 
Posted on 11-18-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा चित्रे मलाइ नि तेस्तै लाग्या हो रे क्या :p
 
Posted on 11-18-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शहर गएको पनि बेकार भो ! साला........, न क्याम्पस पढ्न पाइयो न त पैसा नै कमाउन पाइयो । यो बर्ष त मेरो भाग्यको लक नै खराब छ जस्तो छ अथवा समयको ट्याम नै यस्तै हो कि ! मार्कसिटाँ नि चारटा तारा पाइयो झन पैसा ठग्यो भुनेर दिउसै रन्ङी बिरन्ङी तारा नि देखाए शहरका मुन्छेहरुले । यस्तै पुराना कुराहरु सोच्दै मास्टर्नी दिदिको खेतमा धान काट्न सयोग गर्दैथे (यस्तो झारपात काम गर्न मन त काँ छ र तर मास्टर्नी दिदिले अस्ती हाम्रो खेताँ धान काट्न सयोग गरेकी रहिछिन्, म शहर गा बेला, अनि त आज बाले घोक्र्याएर ल्याइहाले नि खेताँ) ।

"ए ग्वाँचे, झट्टै माथि आइज त, तसँअ जरुरी काम छ । " तल्लाघरे हुलाकी काकाले माथि आलिमा उभिएर घोक्रो फुलाएर बोलाउँदा पो झसँग भएँ ।

फेरी आयो यो मोर्न नसकेको असत्ती बुढो ! हैन गाम्का साप्पै बुढाहरुलाइ काल आउँछ्, यो बज्यालाइ चाँही किन आउँदैन होला ? आज फेरी कता पठाउने हो आफ्नो त्यो चिट्ठीको धोक्रो बोकाएर । सरकारको तलप चाइ यो मोरोले खान्छ्, आफ्नो भन्दा बढी काम मलाई गराउँछ ।

फेरी यस्की बुढी बिरामि भइ होली, या यस्की काइँली छोरीको नन्दको एक मात्र दाइको बाउको बुहारीको सासुको सम्धिनीको काइँली छोरीले तेस्रो बच्चा पाइ होली । न यस्की सासुको स्रादे छ कि अथवा फेरी यस्को भैंसी ब्यायो ? मलाई काम लाउने कम्ती बहाना छन योसँअ ।

लौ चिट्ठी मात्रै बाँड्ने काम भे त केइ थेन्, कैले काइ हो, मान्छे नै मान्छेको काम आउँछ्, जिउँदको जन्ती मर्दाको मलामि भन्ने त उखानै छ । याँ त कुरै अर्को पो छ त....... गाम्मा चिट्ठी बाँड्न गयो, १० मा ९ जनालाइ त पढेर नि सुनाउनु परो । फेरी चिट्ठिमा के लेख्या हुन्छ के, बाहिरबाट था हुँदैन । खोलेर पढिसकेपछि नराम्रो समाचार भे मलाई नै सराप्छन ।

तेत्ती मात्रै भे त लौ ठिकै छ भन्नु हुन्थ्यो, चिट्ठी पुर्याउन जाँदा त ज्यान नै हत्केलामा राखेर हिंड्नुपर्छ । त्यो पल्लो गाम भयन्कर डेन्जर छ भुन्या, गएको मैना नि हुलाकी बुढाको माइली छोरीले जुम्ल्या बच्चा पाइ भुनेर त्यो चिट्ठीओ बोरा मेरोमा छोडेर गै हाल्यो । बाँड्दिउ न त चिट्ठी भुनेर पल्लो गाम ग'को, बज्याहरुले समाएर पाता कसिहाले । त बज्या याँका तरुनिहरुलाइ साइड हान्न आउने भन्दै साफ दि' हालेनी । बल्ल बल्ल बाँचेर सम्म आइयो ।

अझ तेस भन्दा पैला नि बज्या कुन्नि के बहाना बनाएर चिट्ठिहरु छोडेर गै हाल्यो (मोरासँअ बहाना नि कत्ति छन् कत्ति, सँसारको सप्पै काम यसैलाइ पर्छ)। था' थेन् पैला, तेसमा पुन्टे दाइले जुरेलिलाइ लेखेको चिट्ठि नि रैछ। कुरा सोच्दा नि जिउमा काँडा उम्रीन्छन्, त्यो बज्या राक्षस् जेठान्ले तेतिबेला दे' को राम धुलाइ .......... । तेस् पछि फेरी भौतेले गरेको स्वागत ( ? ), दुस्मनलाइ नि त्यस्तो नपरोस् । तै तेत्तीनै बेला भौतेलाइ छेर्पाटी लागेर मात्रै बचियो नत्र ऐले रम्भा, उर्बसीहरुसँअ लुकामारी खेलिराखिया हुन्थ्यो !

"हैन झन हतार छ भन्छु, छिटो मुन्टे न बज्या, मलाई पल्लो गाम नि जानु छ ।" बुढा फेरी कुर्लिन थालिहाल्यो ।

यै धान काटीर'को हँसियाले तेइ छप्काइदिउ अस्तो ला' थ्यो तर पनि होस् यो बुढासँअ के निउ खोज्नु भुन्ने सोचेर माथि उक्लिन थाले ।

"बज्या, यत्ती तीन कान्ला उक्लिन नि सगरमाथा चढ्न भन्दा नि गार्हो मानेर आइस् नि । ला काठमाडौं बाट तेरोलागि एउटा चिट्ठी अनि एउटा पार्सल आ'छ" चिट्ठी र एउटा पोका मेरो हात्मा राखेर कुदिहाल्यो बुढो, पक्कै नि आज त हतार नै छ जस्तो छ ।

चिट्ठी हेरेको, मैले काठमाडौंमा काम गरेको रेस्टुराँको मालिक्ले लेखेको रैछ, खाम बाहिर नै तेस्को अनि रेस्टुराँको नाम छपिएको थियो ।

सालेहरुलाइ तेत्रो बेजत गरेर भएन फेरी पक्कै त्यो रेस्टुराँको पैसा तिर भनेर अदालतको कागज पठा'को हुनुपर्छ । यत्रोss तिर्छ पैसा, आफुले बदमासी गर्या भे पो हो त, खा'को बिस् पो लाग्छ त नखा'को बिस् नि लाग्छ र् ! तेस्को पैसा त तिर्या तिरेइ हो, तेइ मोरा तीनजना असत्तीहरुसँअ लिओस् नि पैसा, भन्ने सोचेर तेस्को चिट्ठी र त्यो पोका तीन कान्ला मुनी हुत्याइदे ।

"हन के भो ए ग्वाँचे, के फालेको यो ?", त्यो चिट्ठी र पोका उठाउँदै मास्टर्नी दिदिले सोध्नु भो ।

"त्यो रेस्टुराँको साउले अदालत्को कागअज पठा' अस्तो छ तेइ भेर हुत्याइदे मुइले त"

"ग्वाँचेको ग्वाँचे नै रहने भइस् त त ! अदालत्को कागज भे त झन राम्ररी हेर्नु पर्छ नि, तेस्पछि के गर्नु पर्छ गरौँला हामीहरु पनि, हाम्रो चौतारी गाम्को पञ्चायत्को नोटिस् नि पठाम्ला त्यो साउलाइ । यसरी तैले अदालत्को कागज फालिस् भने १०-१२ दिन पछि पुलिस् आएर पक्रेर ला ला अनि था' पाउलास् मोरा !" मास्टर्नी दिदिले सम्झाउनु भो ।

"ल सुन के लेख्या रैछ"

"परम आरदणिय मान्यबर
श्री ग्वाँचेज्यु,
सादर अभिदबान्!
सप्पैभन्दा पैला तपाइसँअ माफि माग्न चाहन्छु, अस्ति हाम्रो दर्बारमार्गको रेस्टुराँको इनचार्जले तपाइ प्रति गरेको दुर्ब्यबहारको लागि। मेरो माफि स्विकार गरेर, त्यतिबेला आबेशमा आएर् हाम्रो स्टाफबाट जे भयो त्यस्को हामीलाइ प्रयासचित गर्ने मौका दिनुहुनेछ भन्ने आसा गरेको छु । हाम्रो रेस्टुराँमा जडान गरिएको क्लोज सर्किट क्यामेरा (खै के भन्न खोज्या होला ?) मा हेरेर पछि सप्पै कुरा थाहा पाइयो ।

त्यो दिन तपाईंले भनेको कुरा साँचो रहेछ । ती केटाहरु साँचिकै बदमाश रैछन । हिजो मात्रै इन्टरपोलबाट खबर आएको थियो, एउटा दार्जिलिङतिरको भाइलाइ नि ठगेछ्, तीनैहरु मध्यै एउटा केटाले, अम्रिकामा, तेस्को पालो पुलिसमा खबर गरिदिहालेछ । अनि त एन. वाइ. पि. डि.(के भन्न खोज्या होला, बुझे मार्दिनु) ले अनुसन्धान गर्दा भयन्कर तथ्य पो थाहा भे'छ । त्यो निस् भन्ने केटो त नेपाल्बाट नक्कली पासपोर्ट बनाएर मान्छेहरुलाइ अमेरिकामा काम मिलाइदिन्छु भनेर लाने रहेछ । त्याँ पुगेसी त सप्पैको पैसा सैसा, पास्पोर्ट लिएर टाप कस्दो रैछ । त्यो अर्को बागपाटे प्यान्ट लाउने केटो नि तेइँ रैछ, तेस्को सहयोगी ।

फेरी त्याँ अम्रिकाँ निल दाइ भन्ने मान्छेको घरमा त्यो निस् बज्याले जाँडको नसामा सप्पै कुरा ओकालेको रहेछ । उता हितेश भन्ने केटाको डाइरिको पाना नि भेट्टे छ्, यो घटनाको बारेमा लेखेको ।

तपाईंलाइ बेइजज्त गरेर निकालीसके पछि तपाईंको दाइको घरपट्टिको भातिजा नि आउनु भा'थ्यो, उनले पनि तेइ बज्यहाँरुले बदमासी गरेका हुन भनेर सप्पै कुरा बिस्तारमा बताउनुभयो ।

कुरा त भयन्कर रहेछ, त्यो तीन जना केटाहरु मात्रै होइन्, तेस् दिन तिनिहरुको होल ग्याङ नै त्यही रैछ । त्यो तेस्रो टेबुल्मा बसेका बाङ्गे, डिस्को, सुपारि, लाटे, नोर्बु, भन्ने केटाहरु तीनिहरुकै साथीहरु रहेछन । तपाईंलाइ बियरको बोटलले नि हानेका रहेछन, तीनिहरुले, तर धन्य तपाईंले ज्याकी च्यान स्टाइलले छल्नु भएको रहेछ । त्यस्को लागि नि धन्यवाद, तपाईंले आबेसमा आएर त्यो मोराहरुलाइ धुलो बना'को भे हाम्रो रेस्टुराँमा झगडा भयो भनेर नराम्रो रेपुटेसन रहन्थ्यो । फेरि तिनिहरु मध्यैको एउटा खाते त त्यो दुइ जना केटिहरुले सिङान पुछेको न्याप्किन फिर्ता गर्ने निउ बनाएर कालो टेम्पुमा फलो गर्दै तिनिहरुको घरसम्म पुगेछ, पक्कै नि घर हेरेर कोइ न भएको मौका पारी केइ समान उडाउने दाउ हुनुपर्छ, ट्यापे मोराहरु !

अहिले माओवादीले काठमाडौंका सप्पै मैँ हुँ भन्ने दादाहरुलाइ पक्रीदा पो सप्पै कुरा खुल्यो त । त्यो तीन जनालाइ पनि समाउने भनेको अमेरिका भागीसकेछन ।

तपाईंलाइ गरेको दुर्ब्यबहारको लागि एकचोटि फेरी म आफ्नो तथा हाम्रो रेस्टुराँका सप्पै कर्मचारीहरुका तर्फबाट माफि मग्दछु । तपाईंलाइ गरेको दुर्व्यबहारको प्रयासचित स्वरुप हामीले तपाईंलाइ सम्मान गर्ने निर्णय गरेका छौ र तेइ भएर तपाईंलाइ सम्मनको रुपमा यही चिट्ठीसँगै पार्सलबाट दोसल्ला पठाएँका छौ, कृपया त्यो दोसल्ला र सम्मनपत्र ग्रहण गरी हामीहरुमाथि कृपा गरिदिनुहोला । फेरी हाम्रो बोर्डले निर्णय गरे अनुसार अब देखि हामीले तपाईंलाइ हाम्रो रेस्टुराँको मानार्थ सदस्य बनाइएको समाचार सुनाउन पाउँदा खुशी लागेको छ्, अब तपाईंले जतिबेला आए पनि हाम्रो रेस्टुराँका सम्पुर्ण सेवाहरुमा ४०% डिस्काउन्ट पाउनुहुनेछ ।

धन्यवाद!

तपाईंको सदा भलो चाहने,

श्याम पक्षपति
भाङ्लो चेन अफ रेस्टुराँ
काठमाडौं
(पि.एस.: त्यो दिन पैसा नतिरेर बदमासी गर्ने ३ जना केटाहरु तथा तिनिहरुका हाँडिगाँउतिरका सप्पै कुन्डले साथीहरुलाइ काठमाडौंका सप्पै रेस्टुराँहरुमा जान प्रतिबन्ध लागाइएको छ । तपाईंले तीनिहरु सबैको फोटो हरेक रेस्टुराँको इन्ट्रान्समा देख्नु हुनेछ, रातो कलरको क्रसले काटिएको । यदि तपाईंलाइ उनिहरुको बारेमा केही थाहा भए नजिकैको पुलिस् चउकिमा खबर गर्नुहोला । उनिहरुको खबर (चिट्ठी, फोटो, कथा, कबिता) झोलामा हालेर ल्याउनुहोस्, तेइ झोलामा खन खन पैसा भरेर लानुहोस् । धन्यवाद ।)"

मास्टर्नी दिदिले चिट्ठी त पढिन्, के भन्न खोजेको हो पस्पति नाथले भस्म्, बुझ्या हैन । यो नाथे खास्टो जस्तो कपडा नि किन पठा' हो खै ? हाम्रो गाम्मा त खास्टो केटीहरुले मात्रै ओढ्छन क्यारे । लौ न गाम्ले बा आमा, काका काकी, दाजु भाउजु, दिदी भिनाजु, भाई बुहारीहरु हो, यो भाङ्लोको साउ श्याम पक्षपतिले के भन्न खोजेको हो चिट्ठीमा, आसय खुलाइ पाम । फेरी फकाइ फुलाइ काठमाडौं बोलाउन खोजेको हो भने तेस्को शहरलाइ इssssssssssssssस्स्!
................................. ;-) ...........................

((((((( कहाँबाट कहाँ पुगिसकेछ यो कथा। कृपया यो टुक्रालाइ मनोरन्जन्को रुप्मा मत्रै बुझिदिनुहोला। चौतारीको उद्देस्य कसैप्रति ब्यक्तिगत् लान्छना लाउने होइन् तसर्थ यदि यो टुक्राले कसैको सम्मानमा आँच पुग्न गएमा हात् जोडेर माफि माग्न चाहन्छु। ब्यक्तिगतरुपमा, तितौरीको कथालाइ बङ्याउने दुस्साहस् गरेकोमा आइ एम् सरि। मेरो तर्फबाट् निशान्त, समिधा र समिधाको फुफुको छोरिसँग टाउको निहुर्याएर माफि, वान्स अगेन आइ एम सरी !!!!!! )))))))))
 
Posted on 11-18-06 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***************************************
मोस्ट कन्ट्रीब्युटर पर्सनालिटी अफ चौतारी
***************************************

चौतारी - ३० मा सर्बाधिक (५२ पटक) सहभागिता भएर यो उपाधि प्रीतीको पोल्टामा परेको छ .....


..............:::::::::::::::::::::::::::::::

 
Posted on 11-18-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योर् अपोलोजि विल् बि एक्सेप्टेड् ओन्लि इन् वन कन्डिसन् -एन्ड् दयाट् इज यु ह्याव् टु किप राइटिङ् :p

OMG :D :D:D it is really funny ! haasera maryo... को कुन्डले रे ट्यापे रे कस्तो कस्तो फन्नि वर्ड् हरु :D :D
 
Posted on 11-18-06 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow congrats saannaani !
मेरा नन्बर कब् आएगा यामे ? :S
 
Posted on 11-18-06 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल प्रिती लाई बधाई चौतारी ३१ मा त मेरो पनि नाम आउछ होला नि । नयाँ गम्मा आएको रमाइलो नै छ ।
 
Posted on 11-18-06 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउछ आउछ तितौरी
 
Posted on 11-18-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u know tyra, i was bit worried before posting this piece, as i have always respect for others and this time, dunno, may be i am getting too personal. your utyaang patyaang kuraa is, no doubt, exceptional. i understand your sentiments, it was your good ol' past. you wanted to share those fond memories of yous with us, thanks a ton.
i am not feeling comfortable, myself because few of the characters in this piece are non-fictional. i dared to link those wonderful people with hypothetical situation but truly i have no ill thoughts for anyone. i love you all.
thanks again for accepting my apology, yep, i'll try to continue writing my version of utyaang patyaang kuraa haru and i guess, i can count on you all for your sugeestions, comments and critisisms.

n kumle bro, please donot take it personally, hai!!

cheers....
 
Posted on 11-18-06 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकैsssssssssss, तिम्पनि आयौ, लौ आउ बा आउ! जिम्मालबा नि छैनन आज्, पुन्टेदाइ नि छैनन्, विकइन्ड मनाउँदै होलान्, तेइ भर मै स्वागत गर्छु तिम्लाइ ।
आज त चौतारी खाली नै छ, जता बसे न हुन्छ, तिम्रो नाम र रोल नम्बर स्कुल खुलेपछि पाउँछौ तर चौतारीको पैलो पन्नामा नाउ आउँछ भनेर मुख मात्रै देखौने हैन नि, सकृयरुपमा सहभागी हुनुपर्छ चौतारीक बिभिन्न इभेन्टहरुमा, देखिहाल्याउ नि सान्न्नानी (प्रिती)को इफोर्ट्, अर्कोपाली तिमीले त्यो भन्दा नि माथि पुर्याउनु पर्छ ग्राफ, अर्कोपाली मात्रै किन्, ऐलेदेखि सुरु भैहाल न, हाम्रो गाम्मा भोली भन्ने त हुँदै हुँदैन्, जे गर्ने हो आजै गर्नुपर्छ्, टुमरो नेभर कम्स्!
 
Posted on 11-18-06 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gwanche ! I think it's all about fun and nobody 'll take it personally.
so no worries!! :D
 
Posted on 11-18-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-18-06 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेको कथा गज्जबको लाग्यो। यहाँ सबैका प्रस्तुति शैली भिन्ना भिन्नै र रमाईला छन्, चौतारीको बिशेषता पनि यही नै हो। मलाई पनि निशान्त, हितेश र समिधा real name भएकोले अलि असजिलो लाग्ने गरेको थियो, बाँकि हाम्रा नामहरू त काल्पनिक हुन् भनेर थाहा भएकै कुरा हो।

रातामकैलाइ स्वागतम् चौतारीमा, जिम्माल बूढाले न्वारन गरेपछि मास्टर्नी दिदीले रोल नं दिनु हुन्छ, त्यसको लागि कृपया तपाई पनि बिरामी (patient) भएर बसिदिनुहोला। यामे चैं चौतारीको तथ्याङ्क मास्टर हो कि क्या हो, ठूलै स्ट्याटिस्टिकल चार्ट तयार पारेछ, धन्यवाद यसको लागि।

तितौरीले लेखेको 'छि त्यो त मैले सिंगान पुछेर फ्याँकेको रूमाल हो।' भन्ने डाईलग चैं अत्ति नै धमाकादार भो, अत्ति नि हाँसियो। अरू नि लेख्दै गर है!
 
Posted on 11-18-06 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे जदौ,
अस्ति गाम जाँदा गिफ्ट् किन्न् साथि गैदेकोमा धन्यबाद्। तिम्रो लागि कुखुरा ल्याउने भनेको सारै महङो रैछ ऐले त, बरु लोकल् कुखुरा भन्दा त खसि सस्तो रैछ्। तेइ भेर् तिम्ले दे को पान से मध्यै चार से रुप्याको कुखुराको फुल् ल्याइ द्याछु, तिम्रो आगन्मा भएको काग्को गुँडमा राख्दिनु, ओथारो बसे'छि चल्ला झिकेर् ल्याउनु, पाल्नु अनि छाप्क्याँदा हाम्लाइ नि बोलाउनु। बाँकि से को दुई भाइ सँगै बसेर् भैसिको मो मो चप्काउँ है!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters