[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - होली अंक --

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 284896 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-20-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - होली अंक--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 107 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!

http://www.theclayshoppe.com/welcome_sign_with_flower_pots__SCI_03865.jpg



होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-24-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ कुम्ले दा हजुरको हाल खबर? धन्न्न्न्न्न्न्न्न्न्न्न्न्नाअाअाअाअाअाअा मेरो कुम्ले दाले मेरी नाम बिर्सिनु भएको छैन राइछ


 
Posted on 03-24-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्नानी!! हा हा हा!! अब तिमीलाई नि बिर्सन सकिन्छ त? हामीलाई चौतारीमा ज्यान जोगाउनु छैन र? बरु लु भन तिम्रो हालखबर के छ? अस्ति न होलीको दिनमा तिमीले भांग हालेको लड्डु झ्याप हानेर हाम्रो दाने ब्रोलाई दियौ भन्ने कत्रो हल्ला थियो यहाँ। बिचरा हाम्रो रिट्ठे ब्रोले एउटा लड्डु नि खान पाएन रे!

अनि तिमीलाई जिम्माल बा ले ल्याइदिनुभएको साडी कस्तो लाग्यो? अनि त्यो लगाएर हामीलाई भेट्न कहिले आउने?


 
Posted on 03-24-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्ले दा हजुरले धरै दिन पछी ठुल्नानी भनेको सुनेर मेरो कानलाई नि क्या आन्नद आयो। अब मेरो के हुनु तेहित हो  नि बाचिएकै छु। अब होलिको दिनमा त आफ्नो दानेलाई लद्दु दिनै पर्‍यो नि।


खै बिर्खे दाले चै सादी ल्यादेको छैन जस्तो छ। बुढा केही भन्दैन। खै खै बिर्खे दाई मलाई ल्यादिएको सादी हेरुम त।


 
Posted on 03-24-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म कहाँ बिर्सन्छु र कुम्स पाट त्यो दिन ! ठुलिले मलाई रिट्ठे लाउ भाङको लड्डु खाउ भनेर गुन्द्को लड्डु धनीयाको अचारमा चोपेर हरीयो हरियो बना'र देको !
त्यो दिन देखी भाङको लड्डुको नाम सुन्ने बित्तिक्कै यो ज्यान नै थरथर् गर्छ

 
Posted on 03-24-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाअहा!

कोइ भाङ को लड्डु लिन दाङ जाने पनि थियो त्यो दिन। सब का सब झ्याप। चित्रे र लहरे त झ्याप भएको सूरमा बेसूर को र्‍याप गाउदै थिएं। कोइ समोसालाई म: म: भन्दै खाँदै थिएं। बयान गरेर सकिन्न।


 
Posted on 03-24-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्नानी! जिम्माल बाले तिमीलाई "सादी" ल्याइदिएको होइन! 'सादी' त आफ्नै लागी गरेर आउनुभएको हो! साडी चाँहि ल्याइदिएको छु भन्दै हुनुहुन्थ्यो अब त्यो नि छिटो गरेर मागी हाल नत्र त्यो नि फुस्सा होला!!

रिट्ठे ब्रो! हा हा हा! अनि त्यो खाएर 'हिस्स रिट्ठे हरियो दाँत' भा होला नि? लोल!

राहुलदाई! भांग खान दांग गएकाहरु फर्केर आएनन्? लोल!


 
Posted on 03-24-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए कुम्ले जिम्दै रेछौ गाँठे! लु शुभकामनाको लागि धन्देबात छ! बरु तो फोन भन्न जन्तुको स्विच बन्द अरेर राख्या रेछौ क्यार्न होला भन्छु र?

थुल्ननि म लोबि चैन तिम्लाई निम्ता गरेको च, तिमि चित्तो टेउसास आऊ, अनि सपै कुरा हुन्च, उहि बुदो विरखे दाई!

समोसालाई म:म भनेर खाएको रे???? हाहाहाहा

बरु ठूल्दाई, रामदाईको म:म उस्तै रहेछ, तर रामदाईको जस्तै म:म (उहि स्वादको) बेच्ने पसल तथा ठेलाहरु भने धेरै बढेछन् जताततै!


 
Posted on 03-24-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्ले दा बिर्खे दाइले कहिले मलाई साडी ल्यादिएको छ भनेर भन्नु भो। खै मैले त सुनिन नि।


ल ल बिर्खे दा म आउँला बरु पिलेनको टिकात पथाइदिनुस् न


 
Posted on 03-24-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो जिम्माल बा कस्तो भयो त भ्रमण। एक महिनाको सम्हालेर राखेको सप्पै सलाम टक्राये जिम्माल। कुम्ले, ठुल्दाइ, बिस्टे, चेली, रिट्ठे सप्पै लाई कस्तो छ ताअाअाअाअाआ?
 
Posted on 03-24-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो जिम्माल आएछन ढोग गरे है जिम्माल बा, के छ नेपाल तिरको खबर। खशी, कुखुरा, राङा कती ढालियो त नेपाल हुँदा।। हेरी त्यो टुबोर्ग बियर सँग खशिको सम्प्रो ख्याल माझा आउन्न खान।
बिहे गरेशी त जिम्माल को सान नै अर्कै भएछ, के के दिये ससुराली तिरले यस्हो लेखुम है।
 
Posted on 03-24-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आssss यो हर्के दाई पनि लन्च टायम मा खसिको साप्रा र बियरको कुरा, राङा को कुरा के गरी रा' होलान, बेकारमा मुख मा पानी आयो । 
 
 
Posted on 03-24-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो जिम्माल लाई ससुरालिमा कस्सेर ख्वाएछन कि के हो, चौरी परेको गालानी पुटुश्ह पारेर आएछन नेपाल बाट। नलिखुट्टोमा दल्ने मलम पनि टन्न बोकेर आछन भन्दै थिए केटाहरु, सचो हो जिम्माल।
 
Posted on 03-24-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-24-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो जिम्माल बा आइपुग्नुभएछ !! दर्शन अरे है जिम्माल बा  सञ्चै होला क्यारे
जिम्मालनी आमै लाई पनि नमस्कार भन्दिनु होला
अरु गाम्ले हरु लाई पनि नमस्कार है, के छ हर्के भाई? अरु निदाएका होलान क्यारे कि हसुर्न गए होलान
 
Posted on 03-24-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, सञ्चै छ? किन पिर मानेको हो? जिम्माल बा ले साडी ल्याइदेनन भनेर हो? भो पिर नमान, आजभोलि नेपाल मा गतिलो साडी पाइन्न के, नल्याएकै ठीक भओ नत्र 'यस्तो छ्या' भन्नु पर्थ्यो
 
Posted on 03-24-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि के भयो, किन त्यसरी रिशाको, बाफ्रे बाफ आँखा बाट रगत निक्लेला ठुलि, खै हशिदेउत एक चोटि, नत्र भये तिमी सँग जिन्दगी भर्को लागि कट्टी।
ठिकै छ पर्बते दाई, तेही भनेको सबै खान गये जस्तो छ, जिम्माल बानी जिम्मालनी आमा सँग कुर गर्दै होलन, बिहे गरेशी कहाँ पहिला जस्तो हुन्छ हैन त दाई।
 
Posted on 03-24-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaja hamro harke dai sanga UNICODE rachha bhanne thahapaiyo!!

 


 
Posted on 03-24-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो चेली तिमी त शेलेब्रिटी भये देखीन त नाक मुख देख्नै गह्रो भो ह, किन हो यस्तो। जिम्माल आए अब त तिमीलाई गाली गर्ननी गह्रो हुने भो है, अब त जिम्माल र जिम्मालनी दुबइ मिलेर कुट्छन हामीलाई।
अरु कता गये, जहिलेनी सबै खान जाने बेलामा आयिन्छ आफु चै। कोही छैनन त।
 
Posted on 03-24-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" जिम्माल आए अब त तिमीलाई गाली गर्ननी गह्रो हुने भो है" re!!

hajur pani mero dai ta ho ni Harka dai, galti gare bhane gali garna bhai halchha ni, ani manina bhane, yo bahini lai right track ma lyauna, pite ni hunchha ek jhapad. tara galti nagari gali garnu bho bhane chhin hamro Maldai ra bhauju milera hajur lai nai thoknu huncha. Bichar garnu hola hai!!

Ma celebrity bha re ????? yaha aafu lai homework ra mid term ko chataro bhyai nabhyai chha ra po ta sajha ma chirna ni napako!!


 
Posted on 03-24-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तेशो पो रइछ कुरो बल्ल बुझे मैले, लु अल द बेस्ट है चेली नानी, एगजाम राम्रो सँग दिनु, ईशाइन्मेन्ट राम्रो सँग गर्नु है त।
मनी जानु पर्ने भो अब चै, गएशी सब्बै अन्मरिन्छन फेरी, लु जे भएनी।
सबैको जये होश।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
Democrat lies revealed
2020 : Why No Trump !
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
TPS cancel bho bhane k garne?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters