[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 524597 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 11-17-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हैन उताको पनि एक कप चिया चाखम न --ल हिन "


 
Posted on 11-17-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हैन उताको पनि एक कप चिया चाखम -- हिन "

हा हा, क्या खतरा कम्बिनेशन छ यो डायलगमा । यो कथामा टेलिफिल्म बनाए सुपरटुपर हिट होला है ।


 
Posted on 11-17-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छि लाग्दो सोमबार बिहानि शुभेक्षाले फ्रेश गराइदियो।

 बाङेलाई त एउटा रोगै लाग्या रईछ तरुनी भनेसी त,दुइ खुट्टा भा देखेसी हुरुक्कै हुने रईछ।


अत्ती छोटो भयो प्रभो,लौ अर्को पाटो छिट्टै राखम।


 
Posted on 11-17-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन माथि त पैला गरिमा नाम भन्या जस्तो लाग्छ केटीको फेरी अहिले निशिन्ता रे अनी शुभेक्ष्या को फेरी? हुन त हाम्लाई कथा पढ्न पाए पुग्छ
 
Posted on 11-17-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन माथि त पैला गरिमा नाम भन्या जस्तो लाग्छ केटीको फेरी अहिले निशिन्ता रे अनी शुभेक्ष्या को फेरी? हुन त हाम्लाई कथा पढ्न पाए पुग्छ
 
Posted on 11-17-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बाङेलाई कती आइडिया फुरेको हो? (ओरिजिनल भर्सन त दिपकै होला नि)
ति सबै गल्ली अनी घर का नाम लेख्दा त त्यहाका केटी कती मख्ख पर्दाहुन है, को हो को हो भनेको त त्यही दिप र बाङे भन्ने पो रहेछन भनेर अहिले सम्झिदै होलान
लौ जाओस जाओस प्रभो
 
Posted on 11-17-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बाङेलाई कती आइडिया फुरेको हो? (ओरिजिनल भर्सन त दिपकै होला नि)
ति सबै गल्ली अनी घर का नाम लेख्दा त त्यहाका केटी कती मख्ख पर्दाहुन है, को हो को हो भनेको त त्यही दिप र बाङे भन्ने पो रहेछन भनेर अहिले सम्झिदै होलान
लौ जाओस जाओस प्रभो
 
Posted on 11-17-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""हैन माथि त पैला गरिमा नाम भन्या जस्तो लाग्छ केटीको फेरी अहिले निशिन्ता रे अनी शुभेक्ष्या को फेरी? हुन त हाम्लाई कथा पढ्न पाए पुग्छ""

सान्नानी, एउटा उखान थ्यो नि- 'बाह्र बर्ष रामायण पढ्यो सिता कस्कि जोइ' भन्या जस्तो, आफूलाई त-

यतिका टेम बाङ्गे पुरान पढियो अब त हाम्लाई नि,  केटिको नाम जेसुके होस, 'तरुनी' हो नि.... कि कसो दीप?  हेँख... हेँख... हेँख.. 


 
Posted on 11-17-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""हैन माथि त पैला गरिमा नाम भन्या जस्तो लाग्छ केटीको फेरी अहिले निशिन्ता रे अनी शुभेक्ष्या को फेरी? हुन त हाम्लाई कथा पढ्न पाए पुग्छ""


 
Posted on 11-17-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब दिपदाले कति केटीको नाम संझनु त बाबै! जता गयो उतै मौरीको बथान जस्तै भेटिने --तर जुर्या चै कतै पनि होइन रेच।उहिले हामी सानो छदा गित गाउथेम के  --'हे देवी देउता जुराए देऊ एउटा---- (अरु चै नभनुम क्यारे  )

 


 
Posted on 11-17-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब दिपदाले कति केटीको नाम संझनु त बाबै! जता गयो उतै मौरीको बथान जस्तै भेटिने --तर जुर्या चै कतै पनि होइन रेच।उहिले हामी सानो छदा गित गाउथेम के  --'हे देवी देउता जुराए देऊ एउटा---- (अरु चै नभनुम क्यारे  )


 
Posted on 11-17-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मान्छेले यसो हामी तिर के हेर्या थ्यो, बाङ्गेले ठुलो स्वरमा "नमस्कार अंकल" भन्दै हात जोड्यो।


 
Posted on 11-17-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मान्छेले यसो हामी तिर के हेर्या थ्यो, बाङ्गेले ठुलो स्वरमा "नमस्कार अंकल" भन्दै हात जोड्यो।

अंकल पनि क्या टाईममा आको कौसिमा , अनी फेरी दीप प्रभुलाई किन जानु परेको हो बांगेको  ससुराली ।


 
Posted on 11-17-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो मेरो खाताँ बल्ल बल्ल दर्ता गर्न ला ठीटीलाई बाङ्ग्या खातामा दर्ता गर्न खोज्ने को हँ?

गरीमाको प्रसंग अहिले सम्म एक चोटी उठेको होला। पहिलो भागमा। त्यो पनि बाङ्गेले देको धम्कीमा।

हेरी प्रसंग यस्तो थियो:

मैले बाङ्या कुरा मलाई कुरा पुरा गर्न दिएन बाङ्गे तात्यो "आफु चै यहाँ आफ्नो सब भन्दा पक्का साथी भनेर मनको कुरा सुनाउन आ -- उ चै सपोर्ट गर्नु त कता हो कता सुरुमै तातो न छारो सिनेमाको कुरा झिकेर अलच्छिन लाउन खोज्दा त ---"

"के गर्छस त?" मैले हाँसेर सोधें।

"मैले गरीमालाई चिन्या छैन र?" उस्ले पनि हाँसेरै जबाफ दियो। उस्को जबाफले म गम्भिर भएँ।

मेरो खेमाकी तरुनीलाई बाङ्गे बाङ्गे भन्दै उस्कै खेमामा राख्दिन त भएन नी।

जहाँ सम्म शुभेक्षाको कुरा छ, त्यो त छँदैछ। कुरा उठेकै छैन।

"धेरै तरुनीहरु भएर दीप अलमलियो" भन्ने जस्ता आशयका शब्दहरु प्रति मेरो ध्यानाकर्षण हुन गई उपरोक्त आशय प्रति आफ्नो असहमति भएको प्रस्ट पार्न उपस्थित भएको छु। यति बेला आएर उती बेलाकि एउटी तरुनी पनि माईनसमा पार्दिन त भएन नी -- राम राम राम्।

 


 
Posted on 11-17-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो मेरो खाताँ बल्ल बल्ल दर्ता गर्न ला ठीटीलाई बाङ्ग्या खातामा दर्ता गर्न खोज्ने को हँ?


 
Posted on 11-17-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उता मिलेन भने यता इन केस भनेर राख्या होला -  ब्याकप प्लान त चाहियो नि के कसो। "


 
Posted on 11-17-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उता मिलेन भने यता इन केस भनेर राख्या होला -  ब्याकप प्लान त चाहियो नि के कसो। "

hai hai baaucha. Master planner.

"प्रिया पनि आगै जस्ती रैछे है? अघि मलाई क्या डामेर गै नी यार" उस्ले भन्यो।

मैले उस्लाई घुरेर हेरे पछी "हैन अब नताप्ने आगोको के मतलब भो " भन्यो।

lol Kya hasaune.

 

 


 
Posted on 11-17-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG कस्तो रिस उठेछ दीप्लाई लौन.. बाङ्गेको खातामा दर्ता गर्न खोज्या त हैन मैले नबुझेर मात्र हो.. फेरी दर्ता गर्ने खाता नै रैछ उनिहरुको के था त हाम्लाई... ल ल गरिमा दीपलाई नै भो
 
Posted on 11-17-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG कस्तो रिस उठेछ दीप्लाई लौन.. बाङ्गेको खातामा दर्ता गर्न खोज्या त हैन मैले नबुझेर मात्र हो.. फेरी दर्ता गर्ने खाता नै रैछ उनिहरुको के था त हाम्लाई... ल ल गरिमा दीपलाई नै भो
 
Posted on 11-17-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji aaba ta katha byapak hunchha la balla bange taruni ko gharaima jana pa 6 baru sasurali chai hune ho ki haina.lau hai ali katha lai bagaidiu salala parera aarko bhag ma.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters