[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 152710 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 02-16-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै ठूलो पो भ'च ! बिराएँ है दम्तरीहरु ! माफिपाम् !

 
Posted on 02-16-06 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे क्यार्न सुर्ता मान्चौ मुन्द्रे? ठुलो कुरो ठुलो नभर के हुन्च त?
एस्तो मजाओ फोटु टाँस्या चौ क्यार्न टाउको ठटाम्चौ फेरी?
बरु कता हराओ तिमी? मुलाई 'जाँड खाएसि डरलाउदो हुन्च' भन्दै रेचउ अर्को गाममा, त्याँसि त बेपत्ता भएउ नि गाँठे? पुरान लेख्न सकियो?
 
Posted on 02-16-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्याको सक्नु नि माइल्दाइ ! साउले यसो अरेनी हुन्न भन्चन्, उसो अरेनी हुन्न भन्चन् । यो पुरान लेख्नीकाम त मलै गालाओ पासो भैच ।

म यतै तिर छु, कतैनी गओ छैन । सारै मया मारेअस्तो लाओ यी दम्तरीहरले यो चौतारोलाइ र आज फेरी
यतैतिर घुम्दै आको ! गाथमा आरामै होला के रे ? :)
 
Posted on 02-16-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै च भन्नु परो मुन्द्रे। क्यार्नु मेरो नि उस्तै च हाल!
कता लाएचन अरु दम्तरिअरु
 
Posted on 02-16-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्रो फोटू टाँसेछनि आँसन ले, दाईने कुना हेर्नलाई देब्रे देखुन "झ्याल" तान्नु पर्ने -- सुत्या मान्छेको नि निन्द्रा खोस्द्‍यो।।।। eh...

ये बिर्खे बिरादर, लाँग ट्याम नो ओसन, के हो? कताँ तिर कान्छि मट्याङ् ट्याङ् गर्दै हो?
 
Posted on 02-16-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हुनु कैले बिरादर, " अर्थ न बर्थ गोविन्द गाई, टाउकाको औषधि नाइटामा लाई " भनेअस्तो भा च मुलाई त। यो गोरेले के के भन्चन केइ बुझिन्न तर काम अरेको अरेइ अर्नु पर्ने क्यार्नु। लु निद्रा लाओ अब सुत्नु परो, भोलि ब्यानै मेलाँ जानु छ

बाघ हैन झम्टिले
चितुवा हैन चिथर्ने
भालु हैन घिच्चयाउने
हामिले सके तरुनि
फकाउने फुल्याउने
हे डोलिमा चढाइ लैजाने

 
Posted on 02-17-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साझाँ १ दिन बिराएको त के के भईसकेछ है । चईनी म नआएको बेला पारेर सबैलाई गाली गरम् भन्दै तथानाम गाली बिईजेती गरेर के के जाति कोतपर्व भन्डारखाले पर्व अरेर आर्को shree3 पैदा भएछन साझाँ जो । अब मलाई त आफैलाई झेलखानाँ हाल्नी हुन कि क्यार्नी हुन भनेर पो डर लाग्न थालो है ;)

कोही कोही गाम्लेहुर फेरि झुक्किनु भएच केरे, म हैन है तो जङ्गबहादुर आर्कै हो । मेरो आफ्नो भने जोत्ने मेलो टन्नै बाँकी छ, सकेर लिँड्को लाएर आम्चु फेरि २-३ दिनाँ ।

माड्दै गरम है

Keep rolling...
 
Posted on 02-17-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साझाँ १ दिन बिराएको त के के भईसकेछ है । चईनी म नआएको बेला पारेर सबैलाई गाली गरम् भन्दै
तथानाम गाली बिईजेती गरेर के के जाति कोतपर्व भन्डारखाले पर्व अरेर आर्को shree3 पैदा भएछन साझाँ
जो । अब मलाई त आफैलाई झेलखानाँ हाल्नी हुन कि क्यार्नी हुन भनेर पो डर लाग्न थालो है ;)

कोही कोही गाम्लेहुर फेरि झुक्किनु भएच केरे, म हैन है तो जङ्गबहादुर आर्कै हो । मेरो आफ्नो भने जोत्ने मेलो
टन्नै
बाँकी छ, सकेर लिँड्को लाएर आम्चु फेरि २-३ दिनाँ ।

माड्दै गरम है

Keep rolling...
 
Posted on 02-17-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दम्तरीहुर सप्पैलाई जदौ है। चौतारी त सूनसान पो भएछ गाँठे अचेल!

अनि सिरे यस्तै हो, सिरी ५ भा' ठाममा सिरी ३ हुनेनै भए। सावधानी अपनाए राम्रै होला। ठाऊँ कुठाऊँ ओरिजिनल सिरे मैँ हुम् भनेर के के जाती बक्दै हिन्ला फेरि।
 
Posted on 02-18-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा नआको पनि थुप्रै दिन भो। हिजो अर्को खिसि गर्ने धागोमा सिरे होला भन्ठानेको त अर्कै जंगबहादुर पो परेछ। फेरी अचेल नमे काँ गायब भयो, दश नम्मरको चौतारो बनाउनु पर्दैन र, यस्मा त तीन सय काटिसकेछ!
 
Posted on 02-18-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिश्व नक्साजी, धेरै पछी भेट भो नि । ल अब नयाँ चौतारीमै गफ गरुँ है त ।
 
Posted on 02-19-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आचेल तो ३०० को बार चौताराँ स्याने साउले लाम्दैनन् के रे । अब साने साहुले चौताराँ बार नलाम्दै के रहरले आर्को नयेँ चौतारो बना'का हुन कुन्नी !
 
Posted on 02-19-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रेले ठिक कुरा अर्यो । मैले नि कुरा नबुझेर असरल्ल परिराखेको । अब ३०० को छेको नभए पछि किन अर्को बनाउने दु:ख अरेका हुन ? मेरो सल्ला मान्ने हो भने त यसमा ठाम भइन्जेल यहि चौतारीमा आउने अरम । फेरि उता चिप्लेले ट्यास्स पारेर राखेचन । यसमा ठाम सकियसि भरि भराभराउ बनाउन केइ सोच्मला नि कसो दमतरि हरु ? सिरे,भउते, दादा, नेपे दाजि, साइला, बिर्खे, बेसिथाने, काका र सप्पै दमतरिहरुलाइ यो मेरो कुर ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters