[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 150548 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-16-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा साह्रै मजाओ गित छ यो त!
कयौँ सुदूर पश्चिमे भाषा बुझ्न गाह्रो हुन्छ मलाई। माष्टरनी नानीले बुझ्नुभएको हुनपर्छ!:)

लु साने मजाओ चौतारो बनाऊ गाँठे। एसो गित सित पनि राख, फोटुहरु पनि मजाओ राख,
अब अर्को भारि उतै बिसम्ला!
 
Posted on 04-16-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****उता कता हो केटा-केटीहरु मार्निको झगडा गर्‍याछन्, मुख छोडेर। नेपालीमा त्यै कुरो अर्नि हो भने सानले पुच्छर बटार्छन।***

हे हे हे भाऊते! कुरो त ठिक हो।
आफ्नो भाषाको सेन्टिमेन्ट अर्कै हुने भएर होला नि, अब साझामा मुन्छेहरुले अउँरेजिमा छाडेओ मुख ठ्याक्कै नेपालीमा उल्था अर्दा त हेरिसाद्धे सुनिसाद्धे हुँदैन गाँठे!

नेपे दाजूले भन्नुभयो यो पहिला नेपालीमा लेखिएको गजल हो र पछि हिन्दिमा अनुवाद गरेको भनेर तर सिधै हिन्दिमा लेखेको जस्तो सुनिन्छ,नेपाली भर्सन मा यसको मिठास अर्कै हुन पर्छ! शायद भाउते बुरोले भने अस्तो भएकोले होला !
 
Posted on 04-16-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलुक यसको आफ्नै प्रियतम "लोकतन्त्र" को प्रेमाग्नि र विद्रोहमा जलिरहेको बखत प्रेमका अन्य छुद्र विम्बहरुसंग खेल्दा अलिकति ग्लानि जस्तो पनि हुने रैछ । तैपनि...

(यो डेढ दशक अघि कोरेको गजल हो, छन्द (बहर) विहीन छ । बहर मिलाउने समय र जाँगर पाएको छुईन भन्नपरो । मेरो खासै प्यारो गजल त होईन, तर कुनै कुनै माहोलमा काम आउने रैछ। )


प्रिय आज मैले एउटा काम गरेर फर्कें
तिम्रो बन्द झ्याललाई सलाम गरेर फर्कें

कति कति दिन त म चुपचाप फर्केको हुँ
आज चाहि सलाम खुलेआम गरेर फर्कें

दोबाटो, रूख, पर्खाल, चरा सबैले देखे
आफ्नो इज्जत आफैले लिलाम गरेर फर्कें

न आँखा जुध्यो तिमीसित न घाइते भएँ म
घण्टौं दोबाटोमा आराम गरेर फर्कें

तिम्रो घरको एउटै चक्कर मारी फर्कदा
यस्तो लाग्दैछ म चारधाम गरेर फर्कें

तिम्रो दैलोमै पासो लागेको भए के गर्थ्यौ ?
झण्डै झण्डै मैले त्यो विराम गरेर फर्कें

 
Posted on 04-16-06 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाठेँ यो चौतारो पनि सकिएछ त
साएद मनै आन्तिम् हुन्छु क्या हो
लौ सानो कान्छा तिम्ले नै सुरसार गर्नु पर्छ जस्तो छ
खोइ महिला टोलि देखिन्नन क्या रे नत्र ledies first
भन्थे होलान
तिमि पनि भौते ले भुन्या जस्तै माथि देखि तल सम्म
research गर्न लाउ क्या हो?
तिमिले बनाको चौतारो मा मिठो सुरिलो गीत घन्काउ है
हुन त तिमिलाइ भन्नै परोइन
 
Posted on 04-16-06 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा "
दादालाई पनि के के गित आएको होला !!!! :)

सानो मुखले बोलुम कि नबोलुम भाछ....... त्यै पनि यो के भाषा हो माथिको मैले त बुझ्दै बुझीन त:P

प्रिति चित्रे डल्लि कता हराको होला।
 
Posted on 04-16-06 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Arko Chautari Kalle Banaune?
Preeti Nani khai?
Chhito banaihala Preeti nani arko chautaro, natra bhadragol hola.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters