[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७३

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 194145 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-19-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७३ ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 173 editions.

Last edited: 20-Jan-10 09:19 AM

 
Posted on 01-22-10 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahah ritthe dai

९) व्यास --> arc ho?

 
Posted on 01-22-10 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाय-मेरा-तन"
 
Posted on 01-22-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा!


जिवामा केन्द्र बाट तानिएको लम्बले जिवालाई समद्विभाजन गर्छ। ल भनौँ जिवा भनेको के हो?


केन्द्रबाट एक सय असि डिग्रिमा तानिएको सरल रेखाले वृत्तलाई समद्विभाजन गर्छ तसर्थ परीधी देखि केन्द्रविन्दू हुँदै परिधिसम्मको दुरि नै व्यास हो! ल भनौ व्यास के हो?


 


 
Posted on 01-22-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे लोल ,
कसो महाभारत को व्यास चौतारी मा कहाँ बाट आयो भनेन रिट्ठे ले ।



हाय् मेरा तन - लोल


 
Posted on 01-22-10 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त रिठ्ठे ले सबै मिलायो जस्तो लाग्यो है ...... ल तक्मा दिम रिठ्ठेलाई

 
Posted on 01-22-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नेपाल राज्यस्य पूर्बिन: भागे अरुणादी बिद्यते, तस्मिन: उपकण्ठे जगन्नाथ पंडित आसित:।"


यसलाई सरल नेपाली भाषामा भावनुबाद गर्नु होस्। पूर्णांक १०, उत्तिर्णांक ४ ।


 
Posted on 01-22-10 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे जिम्मी सुड्ढो नि र्याक हान्छ यार ह्याप्स दी रा बेला


ज्यामिती बिषय झ्याउ लागेर मास्टर को बस्ने ठाउमा कम्पास ठाडो पारेर राख्दिने लाई त ज्यामिती को  कोइसन सोध्छौ तिमी ! खै के बुद्धी भा  बुढा पाखा भनुम !


 
Posted on 01-22-10 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नेपाल राज्यस्य पूर्बिन: भागे अरुणादी बिद्यते, तस्मिन: उपकण्ठे जगन्नाथ पंडित आसित:।"

nepal rajyako purva bhagma arun nadi bhaeko, tyasmai mathi ghati jagannath pandit baje basechhan|

ritthe dai kati hasako aja? hahahah

 
Posted on 01-22-10 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानिबाबु हो, आजको कक्षामा बिर्खे गुरुबाले अघि सोधिएको प्रश्नहरु मध्ये प्रश्न नम्बर ६ र ७ को ब्याख्या गर्नुहुने छ। ध्यान दिएर सुन है त।


६) अनुक्रमानुपाती:


अनुक्रम भनेको एकै किसिमको क्रममा आउनु हो। भन्नाले, कुनै एउटा मिलेको क्रममा आऊनु अर्थान अंग्रेजीमा 'सिक्वेन्स' मा आउनु भन्ने बुझिन्छ। त्यस्तै, अनुपात भन्नाले अंग्रेजीमा  'प्रपोर्सन' हो। अब माथिको शब्दको व्याख्या गर्न तिर जाउँ- 'अनुक्रम+अनुपात' = 'अनुक्रमानुपात'। अब यसमा यस्तो हुँदै जाने जनाऊन 'पाती' थपिन्छ र अनुक्रमानुपाती बनाइन्छ। यसलाई अंग्रेजीमा समग्रमा 'डाइरेक्ट्ली प्रपोर्सनल' भनिन्छ। उदाहरण: खुसि नानीले चौतारीमा पोस्ट गर्नु संग अल्लारे ठिटाहरुको चौतारीमा पोस्ट गर्ने संख्या बढ्नु अनुक्रमानुपाती हुन्छ। अर्थात, जति धेरै खुसि नानीले पोस्ट गर्छिन त्यतिनै धेरै अल्लारे ठिटाहरुको चौतारीमा पोस्ट बढ्छ।


७)मणिभीकरण:


मणीभ भनेको कुनै ठोस वस्तु आफ्नै स्वस्च्छन्द स्वरुपमा मिलेर बसेको ठोसको अवश्थालाई जनाइन्छ। अंग्रेजीमा यसलाई 'क्रिस्टल' भनिन्छ। 'करण' भन्नाले बन्ने प्रकृयालाई जनाउँदछ। तसर्थ; मणिभिकरण भन्नाले अंग्रेजीमा 'क्रिस्टलाईजेसन' भन्ने बुझिन्छ।


ल घन्टि लाग्यो अब तिमिहरु टिफिन खान जाऊ!


टिन.... टिन... टिन ...टिन...


 
Posted on 01-22-10 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे लोल ।
ज्यामिती को मिती पुगेकाइ हो त रिट्ठे। सुरुमा त हामीलाई नि ज्यामितीको मिती पुगे जस्तै लाग्याथ्यो । मास्टर को डस्टर खाइ खाइ सिक्या हौ हामीले पनि । पछी क्या सजिलो भने । साध्य १० भन्ने बित्तिकै यो त्यो, अभ्यास १० को ४ भन्ने बित्तिकै त्यो यो भनेर भन्न सक्ने भाथेम।
नहुनु पनि कसरी, एउटै साध्य १५ चोटि सम्म लेखेर बुझाउनु पर्थ्यो।
 
Posted on 01-22-10 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! कम्पास ठाडो पारेर राख्दिने रे। बिचरा पढाऊने कुन माड्साप थिए कुन्नि अहिलेसम्म पनि रिट्ठेलाई सराप्दै महिना महिना दिनमा डाउडरलाई देखाउन जाँदाहुन्, कठैबरा! माड्सापको माया लागेर कठैबरा भन्या हैन, डाउडरको माया लाग्या!

Last edited: 22-Jan-10 01:11 PM

 
Posted on 01-22-10 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी लाई ६ नम्बर ।
 
Posted on 01-22-10 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब संस्कृतको कुरा आएछ।


निम्न शब्द वा वाक्यलाई संस्कृतमा अनुवाद् गर्नुहोस।


पूर्णांक १००


उत्तिर्णाङ्क ९९


क) म:म


ख)चुरोट


ग)खैनी खाएको र फालेको


घ) गगल्स


ङ) रेल


च) रेलवे सिग्नल


ण) रेलवे सिग्नल अपरेटर


 
Posted on 01-22-10 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahaha daudar ko maya lagya omg

व्यास bhanya balla bujhe radius raicha. :o)

 
Posted on 01-22-10 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माड्सापको माया लागेर कठैबरा भन्या हैन, डाउडरको माया लाग्या!


लोलम !


 
Posted on 01-22-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसी नानी व्यास भन्या 'डायामिटर' रेडियसलाई अर्धव्यास अथवा त्रिज्या भन्छन्!
 
Posted on 01-22-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँफु त पडनी बेलामा गुच्चा, खोप्पी, लड्डु, अनि भागी बहगी पौडी खेल्न दगुरियो अलि कति बुज्नी भए पछि भोले बाबा को पछाडी लगियो, के थाहा  पयिन्थियो र खोइ |


 
Posted on 01-22-10 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१०) जिबा --> birkhe jiju baaje

क) म:म --> atti swadista golam padartham


ख)चुरोट --> madanawaham coloram fokso


 
Posted on 01-22-10 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

JIBA bhanyaa chai ke? Bikhe?

JiBa = Jiju Baaje = ghitik ghitik bhayera baanchi rahekaa Birkhe budha!

 
Posted on 01-22-10 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु त त्यसोभए गँजेडि भाईलाई प्रश्न-


१) धतुरो र गाँजामा कुनको ट्रिप बढि हुन्छ?


२) खाने चरेस र भात खाने चरेसको थालमा के फरक छ?


३) रउसि धोकेकि केटि, गाँजाले लट्ठिएको केटि र दुर्वयसनी चेलीबेटी यि तीनमा तपाइँलाई कुन बढि आकर्षक लाग्छ?


४) महादेव कसरि प्रशन्न हुन्छन?


५) एक पाउ भाँगको लड्डुलाई बिक्रम संवत २०५६ सालमा पाँच रुपैयाँ पर्थ्यो। प्रत्येक वर्ष ०.३४ को दरले बार्षिक वृदिदर तथा नेपाली मुद्रा अवमूल्यनलाई नियाल्दा अहिले २०६६ सालमा आइपुग्दा, बिर्खे जिम्मालको उमेर कति हो?


Last edited: 22-Jan-10 01:25 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters