[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 186031 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-20-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssss!! के रे? के रे?
हाम्रो तित्स सालि संग हात्तिछाप चप्पल मात्र छ रे?
तिम्रो भेना जिउँदै छ हौ! पेन्सिल हिल देखि लिएर बल्क हिल सम्म गम बुट देखि लिएर नि बुट सम्म सबै ल्याइदिउँला नि हौ! एक पटक अघि जस्तै मुसुक्क त हाँस, करङ मा रिलिफ हुन्छन्त नि हौ तिमी हाँस्दा :):)
 
Posted on 12-20-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हो गाम्लेहरू? के भैरा'छ? कसैलाई चप्पल र जुत्ताको पीर, कसैले म:म:को पीर, के के हो के के?
कथा कविता हालम् न ल बरू, मज्जा आउँछ।:)
 
Posted on 12-20-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-20-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

;-) :D yo chaai nish jiju laai hai la .

चित्रे तिमि कबिता भनन त एउटा।
 
Posted on 12-20-06 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्र ले बिचित्रको कुरा गर्‍यो
मित्र, गजब को कबिता फुर्यो

जब म कबिताको कुरा गर्छु,
सबिता रिसांउछे
सौता हाल्न लागेको क्या हो भन्दै
रमिता देखाउंछे

कबिताको कुरो गरें भने
मेरो घरको चुलो बल्दैन्
सबिताको त कुरै नगरम्
बेलनाको के कुरो मुलो बच्दैन

अब भन्नुस् मेरो मान्यबर् मित्र
म हात जोरेर बसुं कि सबिता लेखम्
म भात् जोरेर बसुं कि कबिता लेखम्?
 
Posted on 12-20-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ गौशाला नजाम् यहि चौतारी मा ल्याएर खाम् न मोमो ,हैन सान्नानि ?
मोमो सम्झेर मलाइ भोक् लाग्यो :s
 
Posted on 12-20-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हात्ती छाप चप्पलको चोट त उहिले दशैँमा नि झन्डै भेटेको यार। नाम सुन्यो कि बबाल हुन्छ! छोरीहरु बाउ जस्ता हुन्छन् भन्या त सुनेको थिएँ सालीहरु भेना जस्ता हुन्छन् भनेर चाँहि बल्ल बल्ल थाहा भो!! दुबैजना थर्काउने!! :पि

यसो गर्यो उसो गर्यो हाम्रो राहुल ठुलदाईलाई म:म: कै सुर छ। खान चाँहि लुकी लुकी जाने हुन क्यारे जहिले नि!

==================================================

एकादेशमा एउटा चित्रे नाम गरेको मान्छे रहेछ चौतारी गाउँमा। उसलाई एउटा कुरोले मनमा टेन्सन दिएको ४-५ दिन भइसकेको रहेछ। ठ्याक्क कुम्ले भन्ने अर्को सोझो मान्छे उस्को नजिकै आइपुग्यो।

"ए कुम्ले तिमीलाई एउटा कुरा सोध्नुपर्ने भा'छ"
"सोध न"
"त्यो स्वस्थानी ब्रतमा कत्तिवटा सेलरोटी बनाउनुपर्छ?"
"खोइ यार मलाई त थाहा भएन, तर अस्ति मिसले १०८ वटा भने जस्तो लाग्छ"
"ए अनि त्यो कस्लाई खुवाउनु पर्छ नि?"
"पति भए पतिलाई, नत्र पुत्रलाई, नत्र खोलामा बगाइदिने"
"अनि पति नि नभाको अनि पुत्र नि नभाकोले नि?"
"खोइ यार, अब जस्को लागी ब्रत लिएको उसैलाई खुवाउने होला नि"

चित्रे एकछिन सोचेर बस्यो, अनि हातमा औँला गन्दै मलाई भन्यो।

"ए ए मिल्यो मिल्यो कुरो मिल्यो, एक महिनामा त ठुली ठ्याक्कै आइपुग्छिन, उसैलाई खुवाउछु त्यो १०८ वटा सेलरोटी"

मैले केहि बुझिन!!

:-)
 
Posted on 12-20-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईले क्या दिनुभो फेरि वाह् वाह्।
हो हो मम यहीँ चौतारी मा खाने हामी। :D
 
Posted on 12-20-06 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ आईपुगे, गौशालाको मः मः को बखान गर्दै। आफूले त उ जमानामा गौशालाको लड्डु खाको होलीको दिनमा, चार घण्टा सुताईदेको थ्यो। तेसपछी त त्यहाँ केहि खान पनि डर लाग्छ, त्यही फनफनी याद आउँछ। :D:D
 
Posted on 12-20-06 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

momo ko kuraa chhodera ahile euta kabita, kaso hola?

जब म कबिताको कुरा गर्छु,
सबिता रिसांउछे
सौता हाल्न लागेको क्या हो भन्दै
रमिता देखाउंछे

कबिताको कुरो गरें भने
मेरो घरको चुलो बल्दैन्
सबिताको त कुरै नगरम्
बेलनाको के कुरो मुलो बच्दैन

अब भन्नुस् मेरो मान्यबर् मित्र
म हात जोरेर बसुं कि सबिता लेखम्
म भात् जोरेर बसुं कि कबिता लेखम्?
 
Posted on 12-20-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइको कविता दामी छ ल, अझै लेखुम्। :)

हा हा! कुम्लेले हँसायो! आशु कथाकार! बरू स्वस्थानीको व्रतमा सेलरोटीको सट्टा म:म: राख्नु मिल्दैन? ठूली आएपछि नेपाली रेस्टुरेन्ट गएर म:म: खुवाउनु/खानु पर्ला।;)

तितौरी, म कविता लेख्छु भन्छु, तर ठूलीलाई नदेखि कवितै फुर्दैन भन्या हेरन। तैपनि टराइ मार्छु। :(
 
Posted on 12-20-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म कविता लेख्छु भन्छु, तर ठूलीलाई नदेखि कवितै फुर्दैन भन्या हेरन। तैपनि टराइ मार्छु। :(
- चित्रे
-------
how क्युट् चित्रे , आज ठुल्नानि यहा होति तो जरुर् उस्के आखे भर् आता (रे क्या ) :p

कुम्ले को कथा मैले लास्टाँ चाइ बुझिन हो ,भन भन खुसुक्क के हो कुरो?

राहुल् दाइ वाह् वाह् मम् भन्दा नि मिठो कबिता। clap clap .........
 
Posted on 12-20-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी का गाम्लेहरु, मेरो मास्टर (बाराजु) ले मलाई christmas भतेर खiन बोलयेको छ, उपहार् पनि लग्नु पर्यो, आफु नया परियो, येसो गाम्लेको सल्लाह पौन पये हुन्थ्यो, कस्तो उपहर् लगिदिने हो तो christmas ho ki happy new year re ma.
 
Posted on 12-20-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरु लाइ सामुदायिक धनुस्टन्कार् नमस्ते अरि है !

ओहो, आज पनि खुब रमाइलो हुदै रैछ यहा त। कुम्ले दाइ को लघु-कथा र राहुल दाइ को कबिता दुबै मन पर्यो यो नेप्चे लाइ । ।
बरु त्यो हात्ती छाप, सिरुपाते छाप, तरवार छाप, खुकुरी छाप, डिङो छाप चप्पल अनि जुत्ता चाइ एक अर्का लाइ हान्नु, ख्वाउनु भन्दा त मलाइ दिनु नि बरु। चप्पल, जुत्ता चाइ राको बेला मा आफु लाइ, उनीहरु चाइ हाना-हान गर्दै पो रैछन त।। :O :O
 
Posted on 12-20-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा म आफैले त नबुझेको कथा तिमीले कसरी बुझ्छौ तितौरी? चित्रेले मात्र बुझ्छ। मेरो त दिमाग गुमेको छ त्यो दिन देखि। किन ब्रत लिन पर्ने हो हाम्रो चित्रेलाई?

राहुल दाईको कबिता राम्रो लाग्यो।

चित्रे लेख के लेख कबिता लेख!! हामी छुम नि पढ्ने।

:-)
 
Posted on 12-20-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्ननि को कबिता-

चितरे तिमि कत्तो कत्तो
देके भने माया लगे जत्तो
विरखे दाइ जत्तो बुदो नि हैन
पुनटे दा जत्तो तालु नि हैन

म नेपाल आयको
हनुमनधोका गयको
जेरि स्वरि खायको
चितरे तिमिलाइ सम्जेको

चितरे तिमि दुक नमान
नेपाल बात गुदपाक ल्यैदिउला
पसुपतिमा तिमिलाइ माग्दिउला
बिहे गरेन बने घर बात भागदिउला

थुल्ननि, नेपाल
 
Posted on 12-20-06 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुइsss...अन्त तित्स सालिको मिठो मुस्कान नै नदेखिराकोन्त फिरि!
दिल बाग बाग हो उठा :)

ठुल्दाजू मोमो त हाम्रो दोरलिङ को पनि साह्रो दामि हुन्छन्त नि हौ!
आबो कविता चाहिँ खर्राँट गयो सुड्डाको ....oooops...दाजुको :)
मेरो ल्याङग्वेजमा फिरि दिमाग नघुमाउनु ल दाजू, बोल्नमा मात्र खरो हौ मो , मान्छे त गुलियो छु नि हौ!
 
Posted on 12-20-06 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा चितरे लाइ कबिता !!

सिम्स् लाइ चाइ खै जिजु?

कुम्ले को कथा ले दिमाग चाट्यो रेड कार्ड् दिन पर्ला कि क्या हो। :P

नेप्चे लाइ नि चप्पल् चाहियो रे :O

रातामकै वाइन् वा चकलेट्स् को गिफ्ट् लग्दा राम्रो हुन्छ ।
 
Posted on 12-20-06 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-20-06 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि हौ सिम्सलाई चाहिँ लेख्नै बिर्सिराको मोइले त :)

के लेख्ने होला त हौ?
हम्म्म्...आबो तिम्रो कविता लेखेर लास्ट मा एक लाइन राखेर जस्तो बहिनि छ दिदि पनि उस्तै छ भने हुन्छ? :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters