[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 173314 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-28-06 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

click garana link ma tiru.
ani "hi miste ma tiru" bhannu pardaina ta, Laati!
 
Posted on 12-28-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyara maile copy paste gareko lamoest post bhako chautari ko uttar ko lagi.

Ma chat ma ako sabai jana quit quit re. Ma ni quit aba.
 
Posted on 12-28-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MisTe> ऐयोह
सिअओ
g / r
oops sorry ehehe
ok
बिगरिन्छ
g/r
noooo
बिग्र्यो
हे हे हे
बिगृयो
नाटक नगर बाबु म संग
हे हे हे
हजुर
 
Posted on 12-28-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-28-06 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सब के हो?? के के गरेछन् के के, भद्रगोल!! ल ल गर गर केटाकेटीहरु, तिमीहरुकै छ दिन!! :P

:-)
 
Posted on 12-28-06 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CHAUTARI MA AJA K BIGRIEKO HO ? PURASKAR DINE BASTU BIGRIEKO VAYERA PO DUNGDUNGTI BASNA AAIRAKO RACHA TA !
 
Posted on 12-28-06 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमाना पनि गज्जबको आयो बा! चौतारीमा रातभरि हाँडी र स्टीलका थालहेरु झगडा गरेछन्!

यी दादा पनि छाडा भए, अपिसको काम गर्नु छ कम्पुटराँ' भनेर भाउज्यूलाई ढाँटेर रातभरि चौतारीतिर गए! भाउज्यूलाई कुरा नलगाई भ' छैन।
 
Posted on 12-28-06 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la aabo naya chhautari ma tyo chat ko link ni halna nabhualu hai jalle banaye ni..:p
http://www.unicodenepali.com/chat/
 
Posted on 12-28-06 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चौतारी बनाउनेले राहू बूडाको नाम पनि थपौँ है, अनि Amazing केटाको नाम पनि 'झिल्के' राखौँ।

अनि गाम्लेजति सबै चाट-समोसातिर लागे। चाट-समोसाले चौतारीलाई खाने भो। चौतारीका दिन पनि सकिन लागेका हुन् कि के हो?!
 
Posted on 12-28-06 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा कुन दुष्तको आँखा लागेछ,
आफ्ना जती सबै जना पाखा लागेछ

समोसा र चाट ले रात खाने भो,
भात् खाने को बात् लाइ लात् हाने भो।

होइन, त गोतामे?
 
Posted on 12-28-06 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक कुरा ग-यौ राहू बूडा। यी उरण्ठेउला, अधकल्चा, ठेट्ना अल्लारेहेरु यस्तै छन्!
हुनत, पहिला म नि तेस्तै थें रे!
 
Posted on 12-28-06 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ!!! म पनि पहिले त्यस्तै त थिएँ नि। पछि आएर सुध्रेको। अहिले हेर्नुस त म कस्तो सोझो भा'छु।

जदौ सबैलाई!!

:-)
 
Posted on 12-28-06 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ!!! म पनि पहिले त्यस्तै त थिएँ नि। पछि आएर सुध्रेको। अहिले हेर्नुस त म कस्तो सोझो भा'छु।

जदौ सबैलाई!!

:-)
 
Posted on 12-28-06 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुधृएको भनेको त्यस्तो, हे राम्, बिग्रेको भनेको कस्तो, तारेमाम ।
 
Posted on 12-28-06 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, हो; कुम्ले र भउते त असाध्यै सुध्रेका छन् अचेल। सुध्रेर एउटा हँसिया जस्तो सोझो, अर्को जेरीजस्तो सोझो भा' छन्।
 
Posted on 12-28-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एऽऽऽऽऽऽऽऽऽऽऽऽ
नक्कल पनि के साह्रो भाँती
टाईट पाईन्ट, ६ ईन्चको हिल माथि
लाईछौ बेशन,
चिन्न नै नसक्नि आईछ फेशन!
 
Posted on 12-28-06 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज यी जिम्माल बुढा कता लाएछन। नाक मुख देखाछैनन।
हैन ए गोताएँ यता सुन त। कुरो यहाँ अलिक झिरिप पर्यो कि झैँ मानिचु के मुइले।

खेताँ पानी सोझ्याउने पालो आज राति २ बजे बाट मेरो थ्यो। त्यै भ'र राति त्यता गएँ। अनि पानी सानी सोझ्याएर एउछिन जुनलीराताँ यसो खेत नियालेँ। तादिको हप्ता चैँ जान बिर्सेछ, अनि त्यै सिरानघरे घोँगेले सप्पै पानी उसका खेताँ सोझ्याएछ के रे। अनि आफ्नो खेत सप्पै जोगीका कुर्कुच्चा झैँ फुटेर ह्वाँ परेओ छ।

यसो फर्किँदै अर्दा त त्यो छापाको चौतारी नेर त्यै फुस्रे-जोगी भेट भो। झ्याम्ल्याङ झ्याम्ल्याङ रातिआँ फुस्रोलाई देख्दा त मेरो सात्तै गयो। उता फेरि फुस्रो पनि तर्सेछ। अनि मुलाई पुर्लुक पुर्लुक हेर्दै एउ शब्द नबोलीकन ओरालो लायो। अलिक माथि आ'को त हाम्री जिम्माल्नी पनि हतार हतार बर्कोको ठूलो कुटिरो पारिछन र टाउकोमा राखेर एउटाहातले गुनियाँ समाउँदै झरेकी। "हैन, कता हिन्यौ जिम्माल्नी?" भनेको , पैला त अलिक अनकनाइन। अनि त "यो भउते मुर्दार, हैजाले लान नसकेको। साइत बिगार्न क्यार्न सोध्न परेओ हो कुन्नि। त्यै मुक्षेत्र (मुक्तिनाथ) जानुपरो भनेर हिनेको" भन्दै हतार हतार झरिन।

यो जाडाँ केको मुक्षेत्र हिनेकी हुन त तिनी? जानी भए त दशैछेक नै जाँदिहुन नि। गाम्ले सबै गा'का बेलाँ। नभए चैतेदशैँ सम्म कुर्दिहुन्। मलाई त अगि अगि जोगी पछि पछि जिम्माल्नी, शंकै लायो है।

कुरो जे पनि हुन सउछ के। जिम्मालले घर-सल्लाह गरेरै पठाका नि हुन सउछन। फेरि यो बुढेसकाल हुन लाउदा नि सन्तानको एउटो पिउसो नि पा'छैनन। जिम्माल्नी नि दुइ बिस नाघ्न लागिसकिन। २-४ बर्ष क्यै भएन भने त तिन्लाई मर्दा दाउबत्ती दिनी र पछि यसो पिण्ड लडाउनी मुन्छे नि नहुनी भे भनेर सधैँ निख्रुक्क अनुहार लाउँछन। अब त्यो जोगीको फुस्रोले नानाथरी तन्तर मन्तर जानेओ छु। छोरा भने छोरा, छोरी भने छोरी पाउनी बुटी दिन्छु भनेर जिम्माललाई फकाको थ्यो भन्ने नि सुन्छु। त्यै भर क्यै कैफियत अरिहाल्छ कि जोगीले भनेर जिम्मालले नै पठाका हुन्कि !

फेरि हिजा'ज जिम्माल र जिम्माल्नीको नि त्यतिराम्रो छैन अरे। यो बुढाको मझेरी कुरेर बसेर एउटो सन्तान नि भएन। परत्रमा चँइनी दु:ख पाइनी भो। बरु यै जोगीका पछिलागे "जहाँ जाला जोगी, भातै खाला" हुनि, भनेर बुढालाई छोडेरै हिनेकि पो हुन् कि !

जिम्मालले नि नाकमुख देखाका छैनन्। क्यै मेसो पायौ तिम्ले?

:-)
-भउते
 
Posted on 12-28-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, क्यै मेसो पाईभ्या'को छैन मैले भउते। फुस्रे जोगी पातकी गाममा धुनी लाम्दै 'जय शम्भो' नारा लाएर जथाभावी गफ हाँक्दै हिन्या देख्या हो मैले पनि। बेला-बेलाँ केटाकेटीलाई के जाति 'ढुंगे खेल' पनि सिकाम्थ्यो रे!
तर गाममा तो पातकी जोगीलाई बाउलाई जस्तो भाउ दे'र राख्नी यिनै तिन्टा बूडा हुन्, पुण्टे दाई, राहू बूडा र जिम्माल! जोगीको कर्तूतको जिम्मेवारी सप्पै यिनेको हो।

ती जिम्माल्नी पनि--? राम!राम!!राम!! जिम्मालले सालीको छोरो ल्या'र पालम्ला, आफ्नै जस्तै त हो नि त्यो पनि भनेकै थे। बूढेशकालँ मति बिग्रेसी कस्को के लाउछ?!
जिम्माल फेरि कता ग'र हाम फाल्लान्, खोज्न जाम् केटा हो।
 
Posted on 12-28-06 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुरा त्यस्तो पो र'च? मैले नि जिम्माललाई नदेख्या धेरै नै भा'थ्यो।

जोगीको कुरा सुनेर मलाई चैं शंका लाउन थाल्यो है! कुरा के भने, रिकुटे बज्जियाले मधेसतिरा'ड एउडा मुन्छेलाई यतातिर भेज्या'छ रे! "गाममा मैले मन परा'की एउडी छन्। तर परिन् आफ्नै साथीकी दुलई। आफैंले भगा'र लयो भने अलि नराम्रो नि हुनी। त्यसमाथि लोग्नेचैं र'च देश-शेष चिनेको। थाहा पायो भने राजा' भोटेकुकुर छोड्न बेर लाउँदैन। त्यै भ'र जोगीको भेषमा गएर भने'नि जालझेल गरेर यता ल्याऊ। अलिअलि अन्नपानी म तिम्लाई दिम्ला" भनेर कबुलियत पनि गर्या छ रे। हिजो सिरे मोरो भेडभा' थ्यो। हँस्याङ्-फस्याङ् गर्दै मतिर आ'र एक सासमा सबै भनो। अब उसले पनि सुनेका कुरा मात्तै र'चन। पर्तछ्य देख्या' चैं हैन रे! काँ'सम्म सत्य काँ'ड झुट त म के जानुम् र।
 
Posted on 12-28-06 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एहे! यो वर्ष त पुरस्कारै पुरस्कार पाइयो गाँठे!
सानेले दियो, साझा वर्ष पुरस्कार
चित्रेले दियो, भूगोल व्यक्तित्व पुरस्कार
दादाबाड पाइयो, साझा चौतारी वर्ष-पुरुष
नमेदाइ'ड पाइयो, धेरै पोस्ट भा' चौतारी खोल्या' पुरस्कार :)

कता राख्नी होला यी सबै टाइटल। ट्रफी चैं कसैले पनि दिएन केरे!

काली-गोरी, काले-गोरे सबै छन् हो
अरु कालो रेलको धुवाँले
अरु कालो रेलको धुवाँले
हामी कालो छातालाई ओढ्दै नओढ्नाले

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters