[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 198355 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-07-07 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाइ सुनिमाजी को लागी..

न त जिन्दगी झुठै झुठमा अल्झेको सपना हो।
न त जिन्दगी भ्रमै भ्रममा भुलेको बिपना हो।
जिन्दगी त...
आशु अनि हाशो को खेल हो।
झ्याल ढोका नभएको गोलो सेल हो।
हिउदमा सुक्ने तर असारमा उर्लिने
खहरेको भेल हो।।

:P
 
Posted on 01-07-07 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-07-07 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता र शायरीका पनि क्या खोलै बगेका गाँठे! 'आशुकवि' मात्रै हैन 'खोलाकवि' नै धेरै र'छन् हाम्रा गाममा।

सबैलाई सलाम छ।

के छ जिम्माल हाल?
 
Posted on 01-07-07 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्तेहै गौतमजी र जिम्माल बा लै( राहुल दाइ आएर रिसाउने पो हो कि मलै नमस्ते गरिन माष्टर्नी नानीले भनेर):)
 
Posted on 01-07-07 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ती राहू बूडा घुरिरा' बेलाँ पनि अरुले नमस्ते गरेनन् भनेर रिसाम्छन् भने त कस्को के लाउच?
 
Posted on 01-07-07 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-07-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमाले एउटा आँखा छोरा भए अर्की आँखा छोरी भनेर मलाई स्कूल पठाउन खोज्दा बाले दुइटै आँखा स्कूल गए केले हेर्छेस् मोरी भनेर बाख्रा चराउन पठाइदिए।

दामी लाग्यो गाले कुमार ।
 
Posted on 01-07-07 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, हाम्रा गामका कुमारले सोस्तानी भने गज्जबले पढ्छन् बा! यत्तिको पढ्न सक्नी भे'सी यीनलाई छोरी जल्ले नी दिन्छ!
 
Posted on 01-07-07 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ति कुमारजी सत्ययुगका हुन, अगस्त्यमूनिका साथी हुन। अब हाम्रो गालबलै कुमार बनाउने भे'सि एक जना अगस्त्यमूनि हुनपर्यो के रे । नत्र त्यसै गालबलै त्यसो भन्न पाइन्न है
 
Posted on 01-08-07 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी मेरो झ्याप हुन्छ थाहै नपाई कन
उसाली भन्दा मलाई लाग्छ बियर झन्-झन
नपिउन दोस्त भन्छु मन्ने कहाँ हो र ?
हुन पनि उ भन्दा साथी नै मेरो को छ र ?
 
Posted on 01-08-07 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-07 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमारजी चौतारीमा श्रीस्वस्थानीको कथा सुनाउन प्रस्थान गर्न लाग्दा कुमार गाममा भारी हिम पात परेकोले पन्चम अध्याय कहने कार्य अपुर्ण हुदा दु:ख मानी अलाप गर्नलाग्दा भए । त्यो देखि भगवान श्री महादेबलाइ कुरुणा उतपन्न भयो र आफ्नो रुप फेरी राजुको पपी बनि
कुमारजि नजिक पुग्दा भए । पपीलाइ देखि कुमारजि अलाप गर्न छोडि पपिलाइ तिमी को हौ, कता बाट आयौ, श्रीस्वस्थानीको कथा चौतारीसम्म पुर्याइदिन सक्छौ की आदी इत्यादी सोध्न लागे । यो कुरा सुनी पपिरुपी भगवान श्री महादेबले पुच्छर हल्लाउदै कुमारजिलाइ
कहदा भए, हे कुमार इन्टरनेटको जमनामा जे पनी सम्वभ छ, तिमी सन्धेयअ नगर , म पुरा गरी दिन्छु भनी फुत्त बल्याकबेरी निकाल्दा भए । सधै मुसाको सहायताले श्रीस्वास्थानीको कथा भन्ने कुमारजि कतै गणेशको मुसो चलाउदा महादेबमा क्रोध उत्पन्न भएर
स्राप दिन आएकी भनेर डरले पपीको पु्च्छर तान्दा भए । तेती बेलासम्म पपीले बल्याकबेरीबाट पाचौ अध्याय नमेको इमेलमा पठाउदा भए। उता कुमारजिले पुच्छर तानेको चाल पाइ आफु चिनिने डरले त्याहा बाट अन्तरध्यान भइ ठुल्दाईसंग गाजा तान्ने गौशाला जक्सनमा पुग्दा भए।यता कुमारजी हातमा पपिको रौं मात्र रहेको देखी मैल के पाप गरेको थिए र यस्तो अनर्थ भयो भनी रुदा कराउदा भए । कुमारजिको यस्तो अबस्था देखि महादेब आकाशबाणि भइ भन्न थाले,हे कुमार तिमीले चौतारीमा श्रीस्वस्थानीको कथा भनेर ठुलो पुण्य गरेका छौ। यस्तो पबित्र कार्यले त यो जन्ममा मात्र होइन पुर्व जन्ममा गरेको पाप पनि पखाल्छ । तिम्रो सबै मनोकाक्षां पुरा हुन्छन । भगवान श्री महादेबको यस्तो महाबाणी सुनि कुमार भन्न थाले हे निलकण्ठ , तिमी कस्ता भने देउताका पनि देउता, पुन्टे,दादा,भउते,
ठुल्दाइ,नेपेका पनि मालीक । एक पटक धोबीनिको रक्सी पार्ने माटोको भाडोबाट बिष उत्पन्न हुदा सबै बिष पिएर पुन्टे,ठुल्दाइ सबैको जिबनको रक्षा गर्ने कुम्लेलाइ इटहरी बजारमा सर्पले टोक्न खोज्दा तेइ सर्पलाइ गहना बनाएर हिड्ने, समुद्र पारी दादा पुग्दा पनि सन्जुको याद झल्झलि पारिदिने,नेपे दाजीको कागजको चिठ्ठि कहिले च्यात्न नमिल्ने बनाइदिने,कसैको कुबचनले मिस रिसले ठुस्स परे अनेक जुक्तिले खुसिपारि फुस्स पारीदिने यस्ता तपाइलाइ कोटी कोटी नमस्कार छ । सान्नानी पेन्सिल हिल लाउदा होसकि तिरुले कजनसंग बियर
खादा होस या सिरे पाठसालाबाट भाग्दा होस सधै सबैको कल्याण गरने यस्ता तपाइलाइ कोटी कोटी नमस्कार छ । तपाइ ज्यांगो कपाल पालेर ड्रम बजाउदै जि खाएर गौशाला देखि न्यु रोडसम्म हिड्दा मैहु भन्ने निश देखि छ्ट्टु भउते तपाइको शक्ति देखि त्राहीमाम हुदै कुलेलाम ठोक्छन,यस्ता तपाइको हजार जिब्रो भएको शेष नाग देखि एकदम बिषालु कोब्रा,करेत,ब्ल्याक माम्वा कसैले पनि बर्णन गर्न सक्दैन जाबो म कुम्रेले के सकुला ?
तपाइको इमेल याड पाय मेसेन्जरमा याड गरेर दिन दिनै च्याटबाट प्राथना गर्थे भन्दा भगवान श्री महादेब अलि हडबड गर्दा भए । हे कुमार अरु जे इच्क्षा छ त्यो पुरा गरीदिन्छु तर इमेल याड माग्ने कुर नगर । आजकाल ३३ कोटी देबताले स्वर्गमा लोकतन्त्र चाहिन्छ
भनेर दिन दिनै राजा इन्द्रको दरवार अगाडी धर्ना दिन थालेकोले स्वर्गमा पत्रिका ,इन्टरनेट सबै आफ्ना सेना लगाएर बन्द गर्न लगाएका छन । मैले प्रोक्सीबाट चलाएको चालपाइ फेरी पनि प्रोक्सी चलाए धेरै जल बर्षाएर मेरा ससुराबाजे सुमेरू पर्वतलाइ पैर्हो लडाएर
खतम पारीदिने भनेका छन,यो कुरो मबाट सम्भव छैन भन्दा भए । तेसो भए अगिको ५औ अध्याय नमेलाइ पठाएको इमेल कसरी चौतरीमा पुग्छ त भनेर कुमारजीले भगवान श्री महादेबलाइ सोध्दाभए । कुमारजिको यस्तो कुरा सुनी भगवान श्री महादेब कहदा भए
राहुलले बुडालिनकण्ठवाट ल्याएको जि सारै कडा परेछ,त्यसको प्रभावले गर्दा सुद्दी पनि बिर्खेको जस्तो भएछ अलि चाल पाइन, ५औ अध्याय हिम पग्लेपछी चौतारीमा तिमिनै गएर भन्नु ,अहिलेलाइ अरुनै वर माग । यस्तो कुरा सुनी कुमारजी भन्न लागे उसो भए चौतारीमा स्वास्थानीको कथा मैलेनै भन्न पाउ,अनि तपाइ र चौतारीमा सधै मेरो चित्त रही रहोस । कुमारजिको यस्तो इच्छा सुनी तथास्तु भन्दा भए । फेरी कुमारजीले त्यो पपिको पु्च्छर चुडालेको पाप लाग्छ कि भन्दा भगवान श्री महादेब भन्दा भए यो कुराको सन्धेय नगर । बरु त्यो पुच्छर सधै खल्तीमा बोकेर हिड्नु ,कहिले कही तिम्रो त्यो आखा चिम्सा हुने हाकीमले दु:ख दिए तेइ पच्छर समाएर मेरो नाम लिनु,त्यो हाकिम त के तेस्को बाउले नि तिमीलाइ कतै हानी गर्नसक्दैनन् भन्दा भए । यस्तो कुरा सुनी कुमारजि अती प्रशन्नभइ भगवान श्री महादेबलाइ साष्टगं प्रणाम गरी पपीको पु्च्छर खल्तीमा च्यापी आफ्नो अड्डातिर प्रश्थान गर्दा भए ।
 
Posted on 01-08-07 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिको कथामा कसैलाइ अप्ठेरो परे दोष जती नमेलाइ मात्र अरुले अन्यथा नलिनुहोला ।
 
Posted on 01-08-07 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा नमे!! दामी दियौ तिमीले!!

गाम्ले मित्रहरुलाई अभिवादन!!

:-)
 
Posted on 01-08-07 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा नमे!! दामी दियौ तिमीले!!

गाम्ले मित्रहरुलाई अभिवादन!!

:-)
 
Posted on 01-08-07 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
स्वस्थानी खै त गालब को?
 
Posted on 01-08-07 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नाम लिया सैतान हाजिर भन्या जस्तै भयो। पाचौं भाग सुन्नुहोस्।

चौतारी स्वस्थानी व्रतकथा - ५
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मूनि, अब तिमीलाई श्रीमहादेबले आफ्नो विन्टर रिसोर्टमा बिताएको दिनहरुको चर्चा गर्छु। एक चित्त भई सुन। कैलासबाट कान्तिपुर ओर्लेको पनि ३-४ दिन भइसक्यो। दिनदिनै यही गाँजा मात्तै कति खानु? ढ्याउ गर्दा पनि गौशलाको भैंसीको ममको गन्ध मात्रै आउन थाल्यो। त्यसमाथि मन्दिरको छेउमा बग्ने बाग्मतीको दुर्गन्धले गाँजाको गन्धले जित्न थाल्यो। आर्यघाटमा पोल्ने लासहरुबाट आउने धुवाँले निस्सासिएर खोकी पनि बढ्न थाल्यो। यस्तै हो भने टि बी भन्ने रोग सर्ने भो, अब के गरूँ भनी सोच्न थाल्नुभयो। यस्तै एक बिहान आफ्ना भक्त राहुललाई बोलाउन पठाउनुभयो। राहुल आएर महादेबलाई हात जोडी अभिवादन गरे - "तारेमाम प्रभो!" दिनदिनै राहुलको मुखबाट "तारेमाम" भन्ने शब्द सुनेर महादेवलाई संका लाग्यो र कड्किंदै सोध्नुभयो - "हे राहुल! तिमी दिनदिनै तारेमाम हो कि तारेमम हो भनेको भन्यै गर्छौ। तिमीले भन्न खोजेको के हो? मेरो साँढेको नाम पनि तारे हो। त्यसको मम खान मन लाग्यो भनेका हौ? यदि हौ भने यस्तो पापिष्ट कुरा कसरी सोच्न पुग्यौ? म तिमीलाई अहिल्यै नै श्राप दिन्छु।" एकाएक महादेबले यस्तो कुरा गरेपछि राहुल पनि नम्र हुँदै "हे शम्भो! हाम्रो कान्तिपुरमा बिहान कसैलाई भेट्दा तारेमाम भन्ने चलन छ। अन्यथा नलिनुहवस्" भनेपछि शिवजी अलि शान्त भएर लाग्नुभयो - "हे राहुल! तिमीले यतिका दिनसम्म मेरो सेवा गर्यौ। नेपाली गाँजा पनि खुवायौ, भैंसीका चौटा राखेको लड्डु पनि खुवायौ। अब मलाई कान्तिपुर घुम्ने ईच्छा छ। ल मलाई कान्तिपुर देखाऊ।" श्रीमहादेबबाट यती बचन सुनी राहुल पनि अति प्रशन्न भई कान्तिपुर घुमाउन निस्किए।

पशुपति मन्दिरबाट गौशला चोकतिर जाँदा बाटोमा एकहुल युवतीहरु अर्कोतिरबाट आएको देखेर ती युवतीहरुलाई महादेवले सोध्न लाग्नुभयो, "हे कन्या हो! तिमीहरु मेरो घरतिर आएको देख्छु। भन के कति कामले आयौ। केही ईच्छा भए भन म पुर्याइदिउँला।" महादेबको यस्तो कुरा सुनी छेउतिरकी एउटीले भनिन् - "आबुई! कति मात्तेको बाई यो बुढो त! जोगी भएर पनि केटी जिस्क्याउनी हेर् न? हँ भने निधारभरि खरानी धसेको छ, अँझै केटीतिर आँखा लगाउने!" त्यस कुरामा सही थाप्दै अर्की कन्याले थप्न लागिन् "हो त नि बाई! मैले सुन्या अनुसार यिनीहरु ईन्डियाबाट आउँछन् रे। ज्यानभरि खरानी धसेर नाङ्गै हिंड्चन रे बाई! अब शिबरात्री आउन १-२ महिना छ; यो जोगी पनि त्यहीं ईन्डियाबाट आ'को होला।" उक्त कन्याका यस्ता कुरा सुनी सबै युवतीहरु खित् खित् गरी हाँस्न लागे। बिचरा महादेबलाई के गरुँ कसो गरुँ भयो र बिनम्रका साथ भन्न लाग्नुभयो "हे कन्या हो! म कैलासबाट जाडो मनाउन कान्तिपुरमा आएको महादेब हुँ। भन के चाहियो। राम्रो वर चाहियो कि अथवा बिहेपछि पुत्रलाभ होस् भनेर प्रार्थना गर्न आयौ कि! के वर माग्छौ माग।" महादेवका यस्ता कुरा सुनी अर्कीले चर्को स्वरमा बोल्न थालिन्, "ए बुढा जोगी! हामीसँग यस्तो कुरा गर्न लाज लाग्दैन? त्यस्तो केटी चाहिए जाऊ न ठमेलतिर। बिहान बिहानै गाँजा खा'र आछौ कि क्या हो?" कन्याको हुलबाट यस्तो कुरा सुनेपछि, महादेवले पनि बिनम्रसँग "गाँजा त अलिकति खाएकै हुँ। बिहान भने पनि बेलुका भनेपनि मेरो खानेकुरा नै त्यही गाँजा हो।" यस्ता बचन सुनेपछि यतिञ्जेल चुपचाप गफ सुनेकी एउटीले "जाम! यस्ता गँजडीसँग पनि के कुरा गर्ने! बिहान बिहान गाँजा खाएर आफैंलाई महादेव भन्दै केटी जिस्क्याउँदै हिंड्ने! यो भन्दा पागलपन के हुन सक्छ? बरु पैसा फका' होला! ल लाऊ" भनेर १ रुपियाँको डबल उनको कमन्डलुमा हालिदिइन् र आफ्ना संगिनीहरु लिएर मन्दिरतिर लाग्दी भइन्।

यतिञ्जेल चुपचाप बसेका राहुल पनि भावुक हुँदै बिन्ती गर्न लागे "हे ईश्वर! हाम्रा महाकविले पनि भनेका छन्,
भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिंड्छौ कुन पुर
ईश्वर बस्दछ गहिराईमा, सतह बहन्छौ कति दूर
खोजी गर्छौ? हृदय लगाऊ, बाली बत्ती तेज प्रचुर।"

आज तपाईंले यिनीहरुलाई यहीँ दर्शन दिनुभयो, तर तिनीहरु तपाईं खोज्दै त्यता मन्दिर गएका छन्। यी कली युगका केटीहरु यस्तै हुन्। भनिन्छ नि,
आयो कली धपक्कै बली,
बाउको नली छोराको मुरली।
"
राहुलका यति कुरा सुनी महादेबको पनि संयमताले ठाउँ छोडिसकेको थियो र भन्न लाग्नुभयो - "तिमी पनि खाली कविताको कुरा मात्रै गर्छौ। बरु हिंड, अघिकी कन्याले ठमेल नामको गाउँमा जानू भनिन्, मलाई त्यतै लैजाऊ।"
राहुलले पनि जिस्किंदै "उसो भए अब सबिता, बबिता, रमिताको कुरा गरूँ त प्रभो?" भन्न लागे। यस्ता कुरा सुनी महादेवले आँखा तरेर हेर्दा भए। महादेवको तेस्रो नेत्र पनि खुल्न लागी ज्वाला आउला जस्तो भएको देखेर राहुल पनि लुरुक्क परी अवाक भई ३ पाङ्ग्रेमा चढी ठमेल शहरमा लिएर गए। ठमेल शहरमा ओर्लिने बित्तिकै एउटा लामो कपाल भएको मान्छे आयो र भन्यो "ओ ब्रो! ब्रोको बाल त क्या दामी रचन्त! बब मार्लीको जस्तो। रेग्गी गीतको सिडी किन्ने भए आऊ है सोम मेरो पसलमा।" महादेवले इन्कार गर्दा पनि त्यो मान्छेले मानेन र अन्त्यमा बब मार्लीको सिडी भिडाइछाड्यो।

ठमेल घुमेपछि महादेवले चारपाङ्ग्रे सवारी साधनमा चढ्ने इच्छा देखाउनुभयो। त्यस यान भित्र पुगेपछि ठुलो मेलामा आएको अनुभव भयो र आनन्दित भई सोध्न लाग्नुभयो "हे राहुल! यो यानको नाम के हो?" राहुल पनि अर्थ्याउँदै भन्न लागे "प्रभु! यसलाई 'बस' भन्ने गर्छन्।" उत्तर सुनेर अचम्भित हुँदै महादेवले प्रतिप्रश्न गर्न लाग्नुभयो "हे राहुल! यो यानको नाम कसरी 'बस' हुन सक्छ? जबकि वरिपरिका अधिकांश मानिस उठिरहेका छन्। यस यानको नाम त 'उठ', 'घचेट', 'कोच्चिऊ', 'टाँस्सिऊ' मा एउटा हुन पर्ने हो। मेरा सृष्टिका सबभन्दा बुद्दिमान प्राणी पनि यति अज्ञानी रहेछन्" भनेर मुख सानो पारी उदेक मान्न लाग्नुभयो। महादेवलाई अलि उज्यालो बनाउने उपाय स्वरुप राहुलले बिन्ती गरे "प्रभु! अघि किनेको सिडी बजाएर गीत सुनम्न बरु। एकदम रमाइलो आउँछ।" यति भन्दै राहुलले बसको अगाडिपटिको एउटा मान्छेलाई दियो र एकै छिनमा त्यस यानमा 'बफेलो सोल्जर -- ' भन्दै गीत बज्न थाल्यो। स्वर्गमा सधैं भजन र आरतीमा मात्रै नाच्नुभएका शिवजी संगीतको नौलो र स्वच्छन्द ताल सुनेर मुन्टो हल्लाउन लाग्नुभयो। एकै छिन पछि कुम पनि हल्लिन लाग्यो र बिस्तार बिस्तार पुरै शरीर कँपाउन थाल्नुभयो। महादेवको यस्तो रुप देखी यानमा चढेका अन्य यात्रीहरु पनि उत्साहित हुँदै थपडी मार्न थाले। संगीतको शुरमा शिबजीले पहिरन गर्नुभएको कपडा फाल्न थाल्नुभयो र अन्त्यमा बाघको छाला मात्रै बाँकी रह्यो। यहाँबाट महादेवको ताण्डव नृत्य शुरु भयो। १५ मिनेटसम्म नाच्दा नथाके पछि बसमा होहल्ला र हाँसो मात्रै थपिन थाल्यो। यतिञ्जेलमा त्यस यान सिंहदरबारमा आइपुगी रोकियो। बसभित्र केको हो-हल्ला हो भनी निलो बस्त्रधारी केही पुरुषहरु त्यस यानमा चढे। श्रीमहादेव बाघको छालामा नाचेको देखी ती मानिसले उनीलाई बाहिर निकाली सोधपुछ गर्न थाले। यत्तिकैमा त्यस यान चल्यो र राहुल छुट्टिंदा महादेव एक्लै हुनुभयो।

बाहिर सडकमा ती निलो बस्त्रधारीले सोध्न लागे "हे भिक्षु! तिमी कहाँबाट आयौ? के काम गर्छौ?" ती मानिसको यस्तो प्रश्न सुनी महादेव पनि आफ्नो बारेमा बिस्तार गर्न लाग्नुभयो "मेरो घर कैलासमा हो र म मान्छे मार्ने काम गर्छु।" यस्तो कुरा सुनी ती मानिसले सोध्न लागे "हे भिक्षु! पुलिसको अगाडि यस्तो कुरा गर्न डर लाग्दैन? भन कसरी तिमी मान्छे मार्न थाल्यौ र अहिलेसम्ममा कतिजना मार्यौ?" महादेवले पनि भन्न लाग्नुभयो "हे मानव! उहिले हाम्रो कामको बाँडफाँड गर्न मिटिङ् बोलाएका थियौं। दुर्भाग्यवश म त्यस दिन भाँङ्धतुरो खाएर अचेत हुन पुगेछु। होस आएर मिटिङ् जाँदा ब्रह्मा र विष्णुले मान्छे जन्माउने काम र पाल्ने कामको जिम्मा लिइसकेका रहेछन्। मैले चाहिं छोडेको 'मान्छेको संहार' गर्ने काम लिएको हुँ। अहिलेसम्ममा १-२ अरब मान्छे मारिसकें होला। तिमी पनि कालन्तरमा मेरै फेला पर्छौ।" यस्ता कुरा सुनी ती पुलिसको पछाडिको मान्छेले भन्यो, "यो बहुला बुढालाई समात् । यसलाई नख्खु जेलमा नथुनी हुँदैन।" यसरी आफूलाई ती पुलिस भन्ने मानिसहरुले लखेट्न थालेपछि महादेव पनि बित्तातोडले भाग्नुभयो। बल्ल बल्ल ती मानिसको छेल पर्न मिल्ने एउटा पाल आयो र त्यस पालभित्र छिरेर लुक्नुभयो।

सधैं साँढेमा हिंड्ने बानी, आज दौडिंदा घाँटी सुकेर आयो, भोक पनि लाग्यो। नजिकै बसिरहेका मानिसलाई शिबजीले सोध्न लाग्नुभयो "हे वावु! यता म:म पानी खान कहाँ पाइन्छ?" महादेवको यस्तो बचन सुनी त्यस मान्छेले दाह्रा किटी आँखा रातो-रातो बनाई भन्न थाल्यो "ए बुढा! तिमीलाई ज्यानको माया छ कि छैन? यो भद्रकालीको अनसन बस्ने ठाउँ हो। यस्तो ठाउँमा खानेकुराको नाम लिन्छौ?" महादेव पनि लल्याक-लुलुक भए र त्यस मानिसले उच्चारण गरेको "भद्रकाली" शब्दको आधारमा यता कतै नजीकै मन्दिर हुनु पर्छ भन्ने लख काटी मन्दिर खोज्दै जानुभयो। मन्दिर पसेपछि आनन्दको महसुस गरी, "यी कान्तिपुरे त ज्याद्रो हुँदो रहेछन्। बरु आफ्नै कैलाश जान्छु, पार्वती पनि मेरो प्रतीक्षा गर्दै होलिन्" भन्दै अन्तर्ध्यान भई कैलासतिर लाग्नुभयो।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे पञ्चमोध्याय॥५॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-08-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा
नसकिने भो गाउले हरु सङग
सारै मजाको स्वस्थानि सुन्न पाइया छ ।

जदौ गाम्लेहरुलाइ !!

कुरो बुझे मार्दिनु !

 
Posted on 01-08-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

: D :D घाँटि नि दुक्यो हासेर

'हे राहुल! यो यानको नाम के हो?" राहुल पनि अर्थ्याउँदै भन्न लागे "प्रभु! यसलाई 'बस' भन्ने गर्छन्।" उत्तर सुनेर अचम्भित हुँदै महादेवले प्रतिप्रश्न गर्न लाग्नुभयो "हे राहुल! यो यानको नाम कसरी 'बस' हुन सक्छ? जबकि वरिपरिका अधिकांश मानिस उठिरहेका छन्। यस यानको नाम त 'उठ', 'घचेट', 'कोच्चिऊ', 'टाँस्सिऊ' मा एउटा हुन पर्ने '........
 
Posted on 01-08-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D:D:D
मुख च्यात्तिएर कान सम्मै पुग्यो!!!

यो यामेले चैं के को चित्र टासेको हो? कुरो बुझे मार्दिनु !

सप्पैलाई फेरी नमस्ते,
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters