[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 205668 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-21-07 2:19 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सबै गाम्लेहरु बिरालो आको देखेर भजे जस्तो चन ।
     
    Posted on 02-21-07 2:30 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Thuli, भजे जस्तो चन । bhaneko ke ho?

    हरे, के भेनेको होला ठुलिले, किन झम्टिउँला र मैले तपाईंहरुलाइ!
     
    Posted on 02-21-07 3:24 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    म्याउँ म्याउँ बिरालो
    यता तिर आऊ
    मेरो नाना काटिदिने
    मूसा जति खाऊ
    कराईको बुबु नखाऊ
    म भोकै हुन्छु
    म धुरू धुरू रून्छु
    लात्तले हान्छु


    सबैजना बिरालो आएकोले भागेको? :O झन् बाघ आयो भने त के हुने होला? :P
     
    Posted on 02-21-07 4:01 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    >>>> फेरी त्यो ३६/३७ साल होइन क्या, सन ३६/३७ हो, 1936-37, कैले कैले, नेपालीमा गर्दा नि १९... समथिङ समथिङ हुन्छ । <<<<<---- ग्वाँचे

    ए ग्वाँचेराम! :P सन् 1936-37 मा दिलीप कुमार हिरो भैसक्याथे भन्ठानेको तिमीले? त्यो बेला राज कपूर त आएका थिएनन् कहाँबाट आउनु नि दिलीप? बरू हिटलर, मुसोलिनी चैं आइसक्याथे राजनीतिमा।1947 मा ईन्डिया फिरि भएपछि पो उनीहरूको फिलिम पनि फस्टाए जस्तो लाग्छ मलाइ त, 1950-60 तिर। :P गफ दिन पायो भन्दैमा भए नभएको गफ दिने तिमी? अलि क्यालकुलेट पनि त गर्नु पर्यो नि, फेरी म जासूस परें था' पाईहाल्छु नि यस्ता कुरा। :P ;)
     
    Posted on 02-21-07 4:15 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    चित्रे, के ग्वांचेलाई कोप्रीरहेको भने? नाम त ग्वाँच, काम् कस्तो हुन्छ? तै पनि ग्वाँचे भाइले गफै त दिएको हो नि? होइन र। गफ् भनेको मार्जिनमा गरिन्छ, + - २० बर्ष भने त भै हाल्यो नि। बरु खुरुक्क चिलिम् तान्ने भए यता आउ क्या रे, त्यो कुना मा फेरि ठुलि, मास्टर्नी ले देख्ला।
     
    Posted on 02-21-07 4:32 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हा हा ठुल्दाइले क्या कुरा गर्देको नि फेरि, चित्रेको कामै त्यहि त हो नि, हाम्रो चौतारीको जासुस। अबदेखी ग्वाँचेले गफ हान्दा मार्जिन अल्ली कम राख्छ रे क्या।

    अरु के भै रा'छ गाम्लेहरु?
     
    Posted on 02-21-07 4:32 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ए राहुलदाइ, मैले त ग्वाँचेलाइ यस्सो जिस्काको पो त, उसले माइन्ड गर्दैन मलाई। :)

    फेरी तपाईलाई चैं कति चिलीम तान्नु पर्या हो नि? पहिले कुम्लेले भने जस्तो तपाई 'चिलीम अवतार' पर्नुभो कि कसो? :P

    आफूले त अहिलेसम्म चिलीम, चुरोट भन्ने चीज तानेको छैन जिन्दगीमा( एकपल्ट बाहेक, फस्ट एण्ड लास्ट :P), खासमा यो नतान्नुको पनि यौटा कथा छ। मेरो बुबा पनि चुरोट खानु हुन्न।तर म नौ वर्षको हुँदा घरमा पाहुनाको लागि भनेर ल्याइएको चुरोटमा आँखा गयो। कस्तो हुँदो रहेछ चुरोट भनेर असाध्यै कौतुहलता जाग्यो, अनि एकपल्ट पिएर हेरूँ जस्तो लाग्यो। एकदिन कोठामा कोही नभएको मौका छोपेर सलाइ बालें अनि चुरोट मुखमा च्यापेर जोऽऽऽडले भएभरको बल लगाएर लाऽऽऽमो सासले तानें। चुरोटको धुवाँ त पेटसम्मै पुग्यो होला, मेरो घाँटी पोलेर खोकि लागेर सासै जाला जस्तो भयो। मैले त्यति नै बेला अठोट गरें कि यो नै मेरो पहिलो र अन्तिम सर्को हुनेछ। अहिले नौ को तीन गुना उमेर पुग्दा पनि मैले दोस्रो सर्को लिएको छैन र लिने ईच्छा पनि छैन। तैपनि ॐ नम: शिवाय: भन्नमा चैं कन्जुस्याई गर्दिनँ। :)
     
    Posted on 02-21-07 4:45 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ न नि के के भइसकेछ !
    त्यो सन ३६/३७ कुरा मैले गर्‍या हो र मेरो पल्टने बाजे ले पो गरेको हो त ।मैले त पैलो फिलिम हेरेको भनेको नै धेरै सानो छँदा गोबिन्दा भन्ने हिरोको भरिया नं १ हो कि कुली नमबर वान भन्ने हो, आमाको काखमा बसेर, एक कक्षामा पड्थे तेतिबेला।
    तो हजुरबाले उता गाममा खोकेको कुरा गर्दा, भर्खरै बुढासँअ कुरा गरेको, बुढा त उनलाइ झुठा भन्यो भनेर बम । त्यो उता गाममा गरेको कुरा सोरै आना साँचो हो रे, अछुत कन्या भन्ने उनले हेरेको फिलिम चाइ १९३६ मा रिलिज भएको हो रे, दिलिप कुमारको दोस्रो फिलिम । कुन्नी के जाती पैलो फिलिम चाइ १९३५ मा रिलिज भएको रे । कसरी त्यस्तो हुन्छ, तेती चाँडै दिलिप कुमारले कसरी फिलिम खेल्छ भनेर सोद्ध्दा, १९११ मा जन्मेको मान्छेले १९३५ मा हिरो भएर फिलिम खेल्न सक्दैन र भनेर मलाई पो झापारे त । खै मैले त केइ बुझ्या भे मार्दिनु, यो फिलिम सिलिमको बारेमा केइ था छैन । कसैलाइ बिश्वास नभए गुगलि हो कि के भन्ने पानामा खोज्न मिल्छ रे चेक गरे हुन्छ रे, त्यो उनले काम गरेको पल्टन्को नाम र ठाँउको नामहरु पनि सप्पै साँचो हुन रे । मलाई चाइ केइ था छैन है गाम्लेहरु, मलाई बिचमा नपारीदिनु होला ।

    (चित्रे सरी है तिम्रो जासुसी फेल गर्न खोजेको हैन तर के गर्ने बुढा आफ्नो कुरामा अडिग छन्, मैले त कसको कुरा मान्ने कसको नमान्ने, क्या फसाद!)
     
    Posted on 02-21-07 4:54 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सरी सरी है भर्खरै हजुरबाले भनेको दिलिप कुमार हैन अशोक कुमार रे !उमेर ढल्दै गएपछि अलि बिर्सिइने रहेछ रे, कुमार त कुमार, असोक भन्नु पर्नेमा दिलिप भयो रे!
     
    Posted on 02-21-07 5:09 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ए ग्वाँचे, तिम्रा हजुरबाले १९३६ मै पहिलो फिलिम हेर्नु भएको भएपनि दिलीप कुमारको फिलिम चैं हेर्नुभा' हैन होला। दिलीप कुमार १९२२ डिसेम्बर ११ मा जन्मेका, उनको पहिलो फिलिम 'ज्वार भाटा' १९४४ हो भनेर लेख्या छ गुगल फुगलमा त। मैले तिम्लाइ बीचमा पार्न खोज्या हैन, तिम्रो हजुरबा ज्यूलाइ मेरो नमस्ते भन्दिनू। अँ अनि उनले सेकेन्ड वर्ल्ड वारमा नि लडेका हुन् कि? हो भने वारको बारेमा कथा सोधेर लेख न चौतारीमा, पुराना युध्दका कुरा सुन्न मज्जा आउँछ के।

    ल मेरो त सुत्ने बेला भैसक्यो।आजलाई शिवरात्री, आइ मीन शुभरात्री!
     
    Posted on 02-21-07 5:11 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ए ल ग्वाँचेले त पहिले नै भूल सुधार गरिसक्या रैछ, देख्दै नदेखेको मैले त। अशोक कुमार त होला, म पत्याउँछु, उनी त साह्रै बूढा देखिन्थे मैले लास्ट ट्याम देख्दा।

    लौ त गुटुमुटु नोइट!
     
    Posted on 02-21-07 6:56 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    चित्रे जस्तो ज्ञानि मन्छे कमै होला अजभोलि को जमानाम। धेरै बर्ख बांच्ने भएउ। (एउता चुरोटले जीन्दगीको ५ मिनेट घटाउंछ भन्छन् क्या र)।

    अब बिहे गर्न केटी खोज्न नी कत्ति रमाइलो नी, हाम्रा सुपुत्रले जांड, रक्सि, चुरोट केहि मुखैमा हाल्दैनन् भनेसी कुन बाउले आफ्नो छोरी नदेला त।

    सानु कान्छोले सपना देख्न थालिगो होल, ग्वांन्चे, रहुलभाई बाहेक् अरु देख्दिन्।

    ल नमस्कार् सबैलाई।
     
    Posted on 02-21-07 8:19 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    को को छ अईले, नेप्ची आएर एक्लै फत्फताएर गईछन। कि यतै वरिपरी हो? यतै भए नमस्ते ठोकें है।
     
    Posted on 02-21-07 9:59 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हत्तेरिका, भर्खर देखें । आफ्नो त बेलुकी को खाना बल्ल भयो, अनि एक् चिलिम् तान्न निस्केको, त्यो पनि तन्न सकि सकेको। प्रौढ शिक्षा थ्यो आज, खैरे मास्टर् ले भनेको के बुझ्नु, छु धागु छु धागु।
     
    Posted on 02-21-07 10:30 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    जदौ, तारेमाम, नमस्ते सपैलाइ, खोइ आज ता खडेरी नै परो जत्तो छ नि । बुढा बाजेहरु कुप्रो ढाड सोज्जाउदै जमानामा जुल्फि कपाल हल्लाउदै अशोक कुमार र दिलिप कुमार बनेको सपना देख्तै हो कि क्या हो? इ हि हि हि हि ।
     
    Posted on 02-22-07 3:27 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    बिहिबारे जदौ !!!!
     
    Posted on 02-22-07 5:57 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    मेरो पनि बिहिबारे जदौ !!!!
     
    Posted on 02-22-07 5:58 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामे क्यार्दै छौ ?
     
    Posted on 02-22-07 6:58 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    मेरो पनि बिहिबारे जदौ !!!!

    ग्वाँचे, यामे क्यार्दै छौ ?
     
    Posted on 02-22-07 7:03 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमत्काल ! नमत्काल !! नमत्काल !!!

    खै के हुनु र ग्वाँचे, ह्यारी मेलैमा हो । जोतिदै छ । कहिल्यै फुर्सद हुने हैन यो मेलापाताको कामले ।

    तिमिहरु को के हुदै छ ?
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    TPS to F1 Status.
    TPS To F-1 COS
    TPS Sakiyo Tara Case is in Court.
    Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
    Need Help of IT consultancies
    Supreme Court allows Trump to end TPS for Venezuelans
    Any input on remote jobs(IT related or Sales or Marketing)?
    2020 : Why No Trump !
    Nepal Likely to Get 60-Day TPS Notice
    NEPAL TPS IS GONE
    #MAGA#FAFO is delicious
    🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
    The New Color of Her Flag
    Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
    TPS cancel bho bhane k garne?
    मुद्दा हाल्छन होला र ?
    Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
    Bill to Protect TPS and DED Recipients
    कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
    A legit Non-Profit organization "United For TPS Nepal "
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters