[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 173621 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-12-06 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइले नि अरे साष्टाङ्ग दण्डवत अरे सप्पै लै
 
Posted on 11-12-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीले बनाईदेकी पोस्टरको चित्त बुझ्दो सटुपयोग गरियो आजको शोक सभा कार्यक्रममा। भोली लाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽमो कामको चटारो छ, तेसैले सुत्न गईं म त। अहिलेलाई त्यही पोस्टरको मात्रै तस्वीर राखि दिएको छु। अरु तस्वीरहरु र शायद भिडियो पनि आउला, आएसि गाम्लेहुरलाई हेर्न राखदिम्ला।

 
Posted on 11-12-06 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चैं नमस्कारम्।

हाम्रो मिस त कत्ति मोडेस्ट् ! विद्यार्थीहरुलाई नमस्कार गर्नुहुन्छ!! :D ल मिस् मेरो पनि टाउकोले भुईं छुने गरी, बाँसको रुख जस्तै निहुरी निहुरी नमस्कार!!! :)

चित्रेको लेख पढ्न भ्या' छैन। पछि पढुम्ला है!!
 
Posted on 11-12-06 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaskar Hai Gamle Haru, Yo Chandre Vatrai Ko
 
Posted on 11-12-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्कारम्। टाउकोले भुईं छुने गरी .
 
Posted on 11-12-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!

यो बनको फूल राम्रो प्याउली
सानु, कुन पाखामा जिन्तगि बिताउलि
बाटो छ भिराइलो
सानु, कस्को आँगन कुरेर बसौली
यइ लाग्छ पिराईलो.....।।।

 
Posted on 11-12-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालव लै मात्रै नमस्ते है :D

अरुलै चै दर्शन!!!
लौ प्रितीले राउरो काम अरिछिन । अरु चै सप्पै बरालिने मात्रै हुन ' खानाकाल' ---- "केटाकेटि आए गुलेली चलाए मट्याग्राको सत्यानाश ।" :P :D ( लौ भागे म त लौरो ले'र कुट्न बेर छैब अहिले हाम्लाइ यस्तो भन्ने भनेर )
 
Posted on 11-12-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाम है कसैलाइ रिसानि भए :)
 
Posted on 11-12-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था:
वनमा फुल्यो फुलै फूल
वास्ना चल्यो मनैमा
हाँसु हाँसु लाग्न थाल्यो
लाली चढ्यो तनमा
भनुम्
भन्नै नहुनी के मात्र लागो नि होसै नहुनी
के मात्र लागो नि होसै नहुनी

हा हा झलझली आँखैमा
झलझली आँखैमा
कस्तो बस्यो माया प्रिति
सक्तिन म बिर्सन तिम्रै हो यो लैजाऊ जोवन
तिम्रै हो यो लैजाऊ जोवन

नयाँ नयाँ जवानी छ
नयाँ नयाँ रगं
आप्नै रुप हेरी हेरी
आँफै हुन्छु दगं ... ...

जदौ!!
 
Posted on 11-12-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अचानक यो मनमा बाढी आयो
बर्षातको खहरे जस्तै
गडगडाएर तिव्र वेगमा
कता कता मलाई बगायो
मन
छहराबाट खसे जस्तै
चट्टानहरुमा बज्रिए जस्तै
दुखिरहेछ
कहिले, कसरी, कुन साहसले
चट्टान जस्तो मेरो मन
पग्लीसकेको रहेछ
माया नलगाउने मेरो द्रिढता
हारिसकेको रहेछ
खोएबिर्केको सुरको चाहने
शारिरीक विलासता
गहिरिएको रहेछ
नयाँ परिभाषाको खोजिमा
अनौठो भावनाले आँकुरा हालेको रहेछ
आज एक्कासि
अव्यक्त, अभ्यस्त ‘अनइन्भाइटड’ भावनाहरु
मेरो इच्छा विपरित
यमराज जस्तै
प्रकट भए
विदेश गएको सुन्तलीको बुढो
घर फर्केको देखेर ।
अस्तु ।
 
Posted on 11-12-06 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा॒ गिरी
असारै महिनामा पानी परी रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने
भन्थिन है मैच्यागं ले रुदै भरर
नौ डाडा पारि छ जाउ भने शहर

लौ जा!!
 
Posted on 11-13-06 2:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको अनुभव दामी छ! स्मरणशक्ति र त्यसलाई सजीवताकासाथ वर्णन गर्ने शक्ति राम्रो छ!!!
ल अब, त्यो प्रियालाई लभ-लेटर लेखेको एपिशोड पनि शिघ्र पढ्न पाइयोस्।
:)
 
Posted on 11-13-06 3:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्तिपुरमा नै आ'रच!!

सान्नानीको डिजाइन, पुन्टेदाइको परिश्रम!!! लौ के भन्ने के भन्ने!! बधाइ भनम् भने श्रद्दाञ्जलीको कुरा परो। जे भन्नुपर्ने हो मेरो तर्फबाट आफैंले आफैंलाई भन्नुस् है!

क्या बोर भो!
पर्खिबसें
कोही आएन
क्या बोर भो!!


आज दिनभरि चौतारीमा एक्लै परियो!!!
अब त घाम पनि डुब्न लागो। गुँडतिर फर्किन परो!!

 
Posted on 11-13-06 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु
 
Posted on 11-13-06 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु, खै, कोहि छैन कि क्या हो? खबर के छ ठुली? फेरि नमस्ते है,
 
Posted on 11-13-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु, खै, कोहि छैन कि क्या हो? खबर के छ ठुली र हरि ?
 
Posted on 11-13-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो त्यो? जस्ले मलाई मोहनी लगायो
जस्ले आज मन्मा मेरो खुल्दुली मचायो
कसैले सोधिदेउ मेरो मायालुलाइ
why do't you ask your love
why do't you ask your love
why do't you ask your love

नमस्ते गाम्लेहरु, खै, कोहि छैन कि क्या हो? खबर के छ ठुली, हरि र नेप्चे ?
.........................
गाले त आफ्नु गुँडतिर लाइसक्या अस्तो छ, दिन भरि चौतारीमा ढुकेर बस्दा नि कोइ आएन भनेर् ! गीद नि' गाएछ गालेले त एकलइ बसेर्!
'पर्खिबसेँ आउला भुनि
मेरो उठ्ने पालो मेरो उठ्ने पालो
क्या बोर भो!
क्या बोर भो!'
.........................................
सान्नानीको डिजाइन, पुन्टेदाइको परिश्रम!!! लौ के भन्ने के भन्ने!! बधाइ भनम् भने श्रद्दाञ्जलीको कुरा परो। जे भन्नुपर्ने हो मेरो तर्फबाट पनि आफैंले आफैंलाई भन्नुस् है!
(courtesy: gaalab)
(भन्नु पर्ने कुरा एउटै भे'को हुनाले गालेकै कपि पेस्ट गर्देको, लौ जा!!)
.........................................
 
Posted on 11-13-06 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक ठाकै छ नेप्चे, खै चौतारी सुनसानै छ आज, सप्पै कता लागेछन कुन्नी
 
Posted on 11-13-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ग्वाचे लाई त देख्दै नदेखेको, गाथमा आरामै?
 
Posted on 11-13-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, ज्यानलाइ सँचै छ भन्नु परो, आज सोमबार फेरी साउको कामाँ खटिनुछ पुरै हफ्ता, बरु सोमबार पछि एकैचोटि शुक्रबार आए नि हुने नै है ! अनि आफ्नो गाथमा सँचै ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Democrat lies revealed
#MAGA#FAFO is delicious
2020 : Why No Trump !
Are you ready to know the truth?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters