[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 273133 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-17-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सूचना! सूचना!! सूचना!!!

राष्ट्रपतिको चुनावको सूचना!

यस चौतारी गामको सुशासन र बिकास निर्माणका लागि २००८ सालमा राष्ट्रपतीय चुनाउ सम्पन्न हुँदैछ। बिजयी राष्ट्रपतिद्वारा
मन्त्रीहरूको पनि चयन हुनेछ। ईच्छुक महानुभाउहरूले दुइदिनभित्र दर्खास्त हाल्न आव्हान गरिन्छ।

राष्ट्रपतीय उम्मेदवारको लागि चाहिने योग्यता
१) चौतारीमा कम्तीमा १ हप्ता पुरानो हुनुपर्ने
२) उमेर १८ नाघेको हुनुपर्ने
३) चौतारीको नियम मर्यादा जानेको हुनुपर्ने
४) हप्तामा कम्तीमा ४ दिन चौतारीमा आएको हुनुपर्ने
५) दिनमा कम्तीमा १ पल्ट काम चोरेर चियाएको हुनुपर्ने

चौतारी निर्वाचन आयो गयो
पर्मुख निर्वाचन आयुक्त


 
Posted on 01-17-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्माल बा को कुरो ठीक लागो है मलाई त
यो लहरे ले धैर्य गर्या भे' के हुन्थ्यो
लौ जिम्माल बा त्यो गीत संगीत टासँटुस महासमिती को अध्यक्ष पद चाँही दिउ होला लहरे लाई मेरो सहमति छ तेस्मा


 
Posted on 01-17-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल लहरे बाउचा तिमिहरुकै भो सबै रमीता, कबीता, सबिता।

विस्ते लाइ नमस्कार् गरें है मैले नि। चौतारी बसाईं सर्नु भो क्या र, अब चै उठ्ने, सुत्ने, खाने, बस्ने सबै यहिं हुनेछ तपाइको। लु बधाइ छ।

गित संगित टाँसटुस महाशाखाको अध्यक्ष पद


 
Posted on 01-17-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे पिट्ठे, के छ बुरो? नयाँ खर्कको वेदर कस्तो छ?


 
Posted on 01-17-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई जे पद दिए नि मेरो समर्थन छ। पद चाहि लहरेलाई, पद चाहिँ ठुलदाई नि फेरि। धाँधली गर्न पाइन्न।'

 
Posted on 01-17-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद नेप्ची भाउजु,

मेरो तरफ बाट नि लहरे लाई भोट् छ् गित संगित टाँसटुस महाशाखाको अध्यक्ष पद
को लागी --- यु गो लहरे बोइ  ------
राह्ट्पती  पद चै ठुल्दै लाई कि हाम्रा सम्धी लाई नै दिदा राम्रो होला मेरो विचारमा


 
Posted on 01-17-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँकि परीवर्तनहरु:

हालै चौतारीमा भएका परिवर्तनहरुमा चौतारी मन्त्रिपरीषद्मा पनि परिवर्तन गरिएको छ।


श्री राहुलभाई रायमाझि- मन्त्रि, असलि खाना तथा अनुभव मन्त्रालय
श्रीमती नेप्चिमाया नगकोटी- मन्त्रि, ठुल्दाई गृह, ठुल्दाई आवास तथा ठुल्दाई चिलिम व्यवस्था मन्त्रालय
श्री भगुतभाई भन्डारी - मन्त्रि, बैँश तथा हाउडे मन्त्रालय
श्री पुन्टेन्द्रबिक्रम परियार- मन्त्री,धोबिनी पेटिकोट सुधार तथा यातायात
श्री रिट्ठेन्रद्र राज रौनियार- मन्त्रि,तरुनि घाइते के ल्याइते के ब्याइते बिकास मन्त्रालय
श्री पर्वतमान पालिखे - मन्त्रि, पर्वत बिकास मन्त्रालय
श्री दिपेन्द्र दिप दङ्गाल- मन्त्रि, बाङ्गो तथा तरुनिपिडित मन्त्रालय

यसैगरि केहि सचिवहरुमा पनि परीवर्तन गरिएको छ।

श्री चित्रबहादुर चित्रकार - सचिव, अख्तियार दुरुपयोग, जासुसि तथा साहुनि फकाउ आयोग
श्री लहरेकान्त लाकौल- सचिव, गितसंगित तथा गालिगलौज टाँसटुस महाशाखा
श्री झिल्के दास झाँगड- सचिव, परराष्ट्र तथा परराष्ट्रमा तरुनि पराकाष्टा समिती

धन्यवाद्


 
Posted on 01-17-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढो कत्ति दानी, आफ्नो भाग मा कुनै मन्त्रि पद नराखि सबलाई बाडिं-चुडिं दिएछन्

 
Posted on 01-17-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नयाँ खर्का मौसम के हुनु हुसुस्स बादल लायेर आउछ छिन्मै, छिन्मै झलमल घाम लाग्छ
मेरो पनि ठिकै छ चित्रे, अनी हाम्रो के छ नि?
नेप्ची भाउजु लाई नि दर्शन गरे है


 
Posted on 01-17-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्स सुड्डा त राष्ट्रपति हुन् कि क्या हो? मन्त्री र सचिवमा त नाम छैन उनको, फेरी सबै पदहरू उनैले बाँडिरा'छन्।


अँ त राष्ट्रपति महोदय शृ बिर्ख बहादुर भोगटे सरी! बोगटी ज्यू! तपाइ २००८ को निर्वाचनमा नि उठ्दै हुनुहुन्छ?
तपाइलाइ अख्तियार दुरूपयोगको आरोप लागेको छ नि, केही भन्नु छ तपाइको यस सम्बन्धमा?


 
Posted on 01-17-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्स पाट! हाम्रो नि ठीक ठाक छ, आज घरबाटै काम बजाइयो, बल्ल सकियो काम, अब आराम गर्नु परो!


 
Posted on 01-17-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पद चाहिएन पर्भू, पदक भए पुग्छ। १० को खोजीमा निबेदन गोजीमा हालि हिडेको नि एक जुग बितिसक्यो।

 
Posted on 01-17-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, तपाइ नि राष्ट्रपतिको चुनाउमा लड्नुस् न! 


 
Posted on 01-17-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ रिट्ठे?

लु अब भरे सांगीतिक कार्ज्यक्रममा भेटौंला। रमाइलो गरम्ला।

बुढो त राष्ट्रपति पो बन्न खोजेका?


 
Posted on 01-17-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेबहादुर सारै छट्टु छन् है, लौ हेर त बुढाले रास्ट्रपतिकै दाउ हेरेर बस्या रछन, तर जे सुकै होस् मलाइ भने झ्क्की सचीब पद दियका हुन् बुढाले तर शपथ लिनुपर्ने होला।
नेप्चि भाउजु, मोमो मोमो मोमो मो मो मो मो मो मो, कहिले खानि हु कुन्नी,
रिट्ट्टे हिरो के छ,
 चित्रे ब्रो, मलाइ त केहि अख्तियार लाग्या छैन होला नि,

-----------
Birhke bro, I will update the story soon, tara now I realised its so hard to write.....Oh My God.....but thanks a lot hai.

 
Posted on 01-17-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल जिम्माल बा
अरु भन्दा नि हाम्रो झिल्के को थर सार्है हास उठ्दो भयो है
>>>श्री झिल्के दास झाँगड<<<

 
Posted on 01-17-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ, अरु फोटुहरु पनि टासम् न, जे होस् दाइले पनि सारै मोज् गर्नु भयजस्तो छ
 
Posted on 01-17-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परराष्ट्र सचिव शृ झिल्के दास झाँगड ज्यू, 


तपाइलाइ पनि अख्तियारको दुरूपयोगको आरोप लागेको छ। तपाइ लम्जुङ्(London) र रसुवा(Russia) भर्मणमा जाँदा त्यहाँका सुन्दरी युवतीहरूमाथि थुक निल्दै आखा गाडेको, भिजिट भिसालाइ जबर्जस्ती मेटाइ रोमान्स भिसामा परिवर्तन गरेको
तथा ईउरोपमा राम्री युवती पाइने निहुँले अफ्रीका भर्मणलाइ बेवास्ता गरेको आरोपहरू छन्। तपाइको केही भन्नु छ यस सम्बन्धमा?


 
Posted on 01-17-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेपाट, अब पहिला देखिन् नै पति ले के को राष्ट्रपति लड्नु? पति नहुनेलेव पति नभैसकेकाहरुले पो लड्नु, झगडनु।


झिल्के ब्रो, मोज भनेको त उस्तै हो तर  जिन्तखीमा भोज  भने थुप्रो गरियो। धेरै भोज खाइयो, थोरै मोज गरियो। धेरै बोझ बोक्नेको मोज सोज हुदैन क्या।कि भोज, कि चिलिम् को डोज हो, मेरो लागि जिन्तखीको मोज भनेको।


 
Posted on 01-17-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के आइ एम फाइन थ्यांक यू, तिम्रो के छ?

मलाई नि बरु मन्त्री पद नदिये हुन्थ्यो, अचेल मन्त्री हुनु भन्दा नि सरकार बाहिरै बसेर आन्दोलन गर्न मजा आउछ, अप्पोजिसन दिये हुन्थ्यो बरु मलाई



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters