[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 168031 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-13-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

?? भन्न खोज्या के?
सुनिमा सिस!
:)
 
Posted on 01-13-07 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्स् ले के बुज्नु भयो कुन्नी ।
 
Posted on 01-13-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा आज कोही पनि छैनन कता हराएछ्न्, किन नबोल्याहून्, क्याराहुन्, भनेर भन्याकान मैले, अरु त्यस्तो केही भन्न खोज्य होइनन्,,,,,
 
Posted on 01-13-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु धकेलुम धकेलुम। म नि आइ पुगे। मिस दिदी हजुर को रुघा र सुम्निमा को दुखेको दिल निको भयो?
 
Posted on 01-13-07 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी खाली देखेर झोंक चल्यो, अनि एक चिलिम सल्काएको, कबिता फुर्यो। चिलिमे कबिता -


कतै पनि नलेखिएको खाली पाना हो मेरो कथा

टालेर् टाल्नै नमिल्ने छ्वाली छाना हो मेरो कथा

पसिना, असिना अरुथोक के मात्र बगाइन र मैले

चौरासी ब्यन्जनको खयाली खाना हो मेरो कथा

मन को "बह" कसैलाई "नकह" भन्छन् सबै यहाँ

बेसुरमा एकसूरले गाएको गाली गाना हो मेरो कथा
 
Posted on 01-13-07 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन र रातको परदेश-कामले
यो शरीर सार्है थाकेको छ,
यो भन्दा त छ्वालिको छानाकै बास ठीक थियो
दिन र रातको घरको सम्झनाले
यो मन त्यसई पाकेको छ,
यो भन्दा त साग सिस्नुकै गास ठीक थियो ।


थाहा छैन मेरो मनले किन परदिशिने चेस्ता गर्‍यो
आशाकै त्यान्द्रोको भरमा मलाई यो दु ख पर्‍यो ।


दिन र रातको सपनाले
यो आँखा पनि धेरै गलेको छ
यो भन्दा त कुहिरोको मेरै गाउ ठीक थियो
दिन र रातको यो परदेशयाइले
अन्तै जाउकी, सुर चलेको छ
यो भन्दा त भात्किएको मेरै आगन ठीक थियो ।


दिन र रातको परदेशअको कामले,,,,,,,,,,,,,,,


--------------------------------------------------------------------------------
 
Posted on 01-13-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना पिर बेदना का कविता मात्र लेक्छन्, के भा हो
 
Posted on 01-13-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह।। सारै मिठो..
कथा अनि ब्यथा लाइ कबितात्मक रुप मा पस्किनु भएछ राहुल दाइ ले र बिबस जी ले।
ल ल अरु पनि जाओस। सुनिदिएर वाह वाह गरिदिने म छदै छु नि।
:-)
 
Posted on 01-13-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त चिलिमे कबिता हो, झोंक कबिता, कहाँ पीर बेदनाको हो र ?
 
Posted on 01-13-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्न सजिलो अनि पढ्ने लाइ पनि चसक्क पार्ने भएर होला सायद पीर अनि बेदना को कबिताहरु लेखेका हाम्रा गाम्लेहरु ले।
म चाइ पीर अनि बेदना मुक्त एउटा टुक्रा पस्क्दै छु है त। कस्तो लाग्ने हो कुन्नि?

तिमी टाढा छौ, नत्र दिन र रात कस्ले गन्थ्यो र?
हीरा-मोती सजिलै पाउने भए ज्वालामुखी कस्ले खन्थ्यो र?
माया त पबित्र अनि अमुल्य छ,
नत्र ढुङा को महललाइ ताजमहल कस्ले भन्थ्यो र??

 
Posted on 01-13-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भ'र त सोध्या नि सुनिमा सिस। हुन चै स्वास्थ्यकार्यकर्ता रे को बिरामी भओ कोलाई रुघा लाओ बिचारै नपुर्याउने ।
कसैलै के को चाँसो कसैलै के को चासो ...मलाई मेरै रुघाको चाँसो ..सिकान पुछ्दा पुछ्दा हैरान भओ हाच्छियू आएर पराण जानै आटयो कसैले बिचार पुराउने हैन :(......एकतिरको झोक एकतिर पोख्या नि ।:P

सन्चो भा'छैन नेप्चेभाइ :(:( '
तिम्रो कविताले अलि बिसेक गराउला हस्तो छ :D



राहुलदाइ र बिबसजीले एउटै कबिता कति ठाम्मा टाँस्नुभ'को त? खुरु्क्क एक ठाँमा यइ चौतारियाँ टाँसे हेर्ने ले हेर्छन न हेर्नेले नहेरे के को खाँचो ?( नरिसाम है मनमा लाग्या कुरो प्याच्च बोल्दा मात्रै छुची छु नत्र ज्ञानी छु नभए हजुरहरुले चौतारिको सप्पैलै सोधे हुन्छ:) )
जे होस कविता चै राम्रो छहै । घरको याद आएजस्तो छ ....
ल म नि एउडो टुक्रो राखे----

ताजा नै छन यादहरु मेट्दा मेटिन्छर?
भेट्न खोजी त्यो द्यौराली जा’तै भेटिन्छर?
माथि हेर्दा हिमाल हास्ने तल त्यो कर्णाली
छाती भरि साँचेकिछु विशाल आमा मेरी।।
 
Posted on 01-13-07 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हीरा-मोती सजिलै पाउने भए ज्वालामुखी कस्ले खन्थ्यो र? wa wa wa wa wa
 
Posted on 01-13-07 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी हजुर को त्यो के जाती रुघा छिटै निको होस। तातो पनी तताएर अदुवा अनि तुलसी को पात को झोल खानुस न, चट्टक्क बिसेक हुन्छ। मलाइ रुघा लागेको आमाले तेइ खान दिनु हुन्थ्यो।
दिल दुखेको मान्छेको अझै पनि दुखिराको जस्तो छ। निको भयो भनेर सोधेको त जवाफ नै देको हैन। :-s
 
Posted on 01-13-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु त छ तर तुलसीको पात छैन :(:(:( तेइ भ'र होला सन्चो नभा'को । बरु जाउन भाइ खुर्र्र्र्र्र्र्र्र्र्र्र दौडेर तिमीलाई आमाले खान दिदा टिप्ने तुलसीको बुटो बड आट्दश वटा पात चूडेर ल्याइदेउ। कतै सुनिमा सिसको दिल को घाउ नि तेइ पातले सन्चो हुन्छ कि ?:)
 
Posted on 01-13-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्त्चे जि,
मलाई त तपाईंको कविता पढ्न पाएर तेसै तेसै आनन्द लगेर आउछ, मन नै हलुका भएर आउछ फेरी राम्रो छ भन्ने शब्द नै छैन्, ।
अनि फेरि आज मेरो घर को यो ईन्टरनेट घरि घरि disconnect भएर हैरान ।

आजकल् हाम्रा, जिम्माल् बा कता जानु भयेछ, उमेर् घटेर कतै जिम्मल्नि आमा सङ हनिमुन् मनाउन त जानु भयेन।
 
Posted on 01-13-07 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी,
नेपालको घरमा त टन्न तुलसीको बुटाहरु थे के रे। यहा अमृका आएर त देखेको पनि छैन तुलसीको बोट त; हुन त म नया नै हु क्यारे यहा। तर अस्ति कुन चाइ स्टोरमा हो तुलसीको चिया देखे देखे जस्तो लाग्थ्यो मलाइ।
:O :O तुलसी को पातले दिल दुखेको पनि सन्चो हुन्छ र दिदी??
प्रसङ मिल्ने एउटा सानो टुक्रा...

अन्ध्यारो देखि तिमीलाइ डर लाग्ने भए
म पुर्णिमाको रात बनि दिन्थे।
तिमी लाइ सारै भोक लागेको बेला
बास्मतीको मिठो भात बनि दिन्थे।
तुलसीको पात ले रुघा दिल दुखेको निको हुने भए
म आफै तुलसी को पात बनि दिन्थे ।।

:P :P
 
Posted on 01-13-07 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनिमा जी,
मेरा टुक्रा हरुले हजुरको मन हलुको गराएको सुन्दा मलाइ पनि खुसी लाग्यो। समयले साथ दिए सम्म म लेख्दै गरुला अनि तपाइ पढ्दै जानुस। मन परेका कुरा मात्र हैन, मन न परेका कुराहरु अनि गल्तिहरु पनि देखाइ दिनु भए म झन आभारी हुने थिए।
 
Posted on 01-13-07 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छहोला नि नेप्चेभाइ यस्तो सबै भन्दा ठूलो रुघा त सन्चो हुन्छ भने त्यो सानो चिटिक्क परेको मुटुभित्रको 'फिस्टे' दिल त झन सन्चो भैहाल्छ नि :)
 
Posted on 01-13-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् ~~~~ तारेमाम्, नेप््छे भाइ को कबिता धेरै र आसु कबी भन्दा फरक पर्दैन होला । चिलिम तान्ने कोही छ?
 
Posted on 01-13-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदीले भने पछि हुन्छ होला त्यसो भए। :-)
तारेमाम है, राहुल दाइ। आसु कबि त म हैन, बरु हजुर नै होला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS Sakiyo Tara Case is in Court.
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
A legit Non-Profit organization "United For TPS Nepal "
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters