[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 149413 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 05-29-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन हे केटा हो, भरना खुल्या छैन् साझा हाइस्कूल् मा?, मालै नि भार्न गरओ। बरु रोल् नम्बर् कति दिन्चौ?

फोटो सहित् पठाया चु, भर्न अर्दियाओ

नाम्: अमरिकने
काम्: पडाइ

अमरिकाने

 
Posted on 05-29-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नं १ नमे एस मिसससससससससससससससससससससस
 
Posted on 05-29-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन हौ , के भएको छ यो चौपारि मा हाम्रो सिरे दाइ लाइ जमुनि भाउजु ले घर बाट बाहिर निस्कन नदिएको भएर आउन नपाएका हुन रे भन्ने कुरो सुन्न मा आएको छ । काका बुढा ले अर्कि राम्री तरुनि मैया लाइ सहर तिर जाँदा हेरेका थिए रे कि तेत्तै घरजम अरे
 
Posted on 05-29-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ५ प्रिती yes miss
धेरै धेरै धन्यवाद चित्रे यती सुन्दर चौतारी बनाएकोमा।
ठुल्नानी लाई कस्तो लाग्यो सिनेमा? ल मास्टर्नी दिदि ले पनि के भनेको होला फेल् गर्दिने रे, कहिले काहि त रमाइलो पनि गर्नु पर्छ नि कति पढाइ मात्र गर्ने भनेको?
मामा र नेप्चे पनि त त्यही पुग्नुभारहेछ सिनेमा हेर्न। फेल् गर्ने भए सबैलाइ गर्नु है मलाइ मात्र हैन।
मामा काहा मलाइ हामिल्थानको सप्पै कुरा थाहा हुनु? एकचोटि त्यहा जाँदैमा सबैको नालिवेलि थाहा हुन्छ र? बरु म पत्ता लगाउन चै सक्छु है :) होशियार :P :)
 
Posted on 05-29-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन अम्रिकानेले कस्तो फोटो हालेको ? हाम्रो त फोटो बिना नै भर्ना गरिदिनु भो त मास्टर्नी दिदीले
 
Posted on 05-29-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले था पाको कुरो चाइ के हो भने हाम्रा सिरे गुरु आजकाल चौतारीमा न आए पनि दुर्बिन लगाएर टाढाबाट नै हेर्छन रे। अस्ति एक चोटि आएर फोटु टासेर गा थे क्यारे।

लु गाम्लेहरु त्यो दुर्बिन खोसि दिनु परो। अनि त आउछन कि सिरे गुरु पनि चौतारी मा फेरि।
:D

हैन मिस, तिर कुमारी को नाम तितौरा कुमारी राखे कसो होला? नाम फेर्न लाइ निबेदन परेको रहेछ क्यारे।
:P

रोल नम्बर - २१ नेप्चे
हाजिर मिस
 
Posted on 05-29-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाम्लेहरूलाई नमस्ते है!

सिरेको बिजुलीपत्र पा'थें, केनडाँडाको यौटा तकनिकि समितिमा नियुक्त भएछ। लौ बधाई छ है सिरे, कहिलेकाहीं यस्सो चौतारीमा नि केही ज्ञान बाँड्न आम्नु नि।

अनि पिरतीजीलाई कस्तो लागो त सिनेमा? म टिकस् पठाईदिन्छु, चिन्ता नगर्नुस्, फुर्सद मिल्ने बित्तिकै गएर कटाईहाल्छु, तपैं र ठूल्नानी आम्नुस् है त? :)

दादाको सुझाव नि राम्रै लाग्यो, राजनीतिक भाषण नि गर्न पाईने रे? ल ल गरम्, सुन्दा त मज्जै आउँछ नि। सान्कान्छा जरामुनि हो? भकुन्डोको पर्तियोगिता चाँडै शुरू हुँदैछ, बाजी हाल्नु पर्छ है!

मास्टर्नी दिदी, नयाँ विद्यार्थीहरूको भर्ना गरेर रोल नं वितरण गर्दिनुस् न। मेरो हाजिर नि गराई पाम्, रोल नं ८, हजूर मास्टर्नी दिदीऽऽऽ।
 
Posted on 05-29-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyra तितौरा कुमारी('कुमारी' त मरिगए पनि नहटाउने है म त) भयो हैत नाम नेप्चेको सिफारिस मा :)
***********************************************************************

दादा र तितौरालकुमारीले भनेको कुरो मुनासिब लाग्यो मुलाइ पुनि। हाम्रा अग्रज हरुलाइ पुन: चौतारी मा उपस्थित गराउनको लागि।

"म पनि यहि चौतारी स्कुल बाटउँहाहरुलाई अभिभावक को हैसिएतले आ-आफ्ना बहुमूल्य सुझाव सरसल्लाहा तथा गाउले भूरा भूरीलाई मिठामिठा कथा कहानि स्लोक उखान टुक्का सुनाई प्रेरणा तथा नेपाली भाषाको सिंगो चौतारीको स्तर अझै बढाईदिन हुन बिनम्र अनुरोध गर्दछु" :)
***********************************************************************
मिस्टी(Foe_4_mysty ) रोल नं १५ मिस्टी बब दाइ प्रौढशिक्षा तिरको हो क्या नडराउ । बबदाई मनको साह्रै ज्ञानि पो नुहुन्छ त । के गर्नु बुढेसकाल मा सबैको स्थिति त्यसतै हुन्छ क्या धेरै कराउने


लौन लामकाने ( Amrikane ) त स्कुल आउन पाएर पौडि खेल्दा खेल्दै दौडेर आइछन। कपडै लाउन बिर्सेर। जे जसरी आए नि नाम लेखियो है काने रोल नम ११ भयो । अर्को पटक आउदा नँया चाचा लाएर आउनु है बाबु :)


ल ल प्रिती फेल नगर्ने भए त्यो सिनेमाको कहानि भन त:D भउतेलाई मैले फेल गर्न मिल्छ ??? प्रौढशिक्षाको मास्टरलाई प्रितिको कुरा पनि।बल्ल प्रौढशिक्षा कक्षादिएर ठेगान लगाको हो । नत्र कुन्नि कताको जस्तो कार्वाहि गर्ने भनेर गाँउ भरि हल्ला गर्दै हिडेका थिए रे


आज भोलि चित्रे सार्है जिद्दि भाको छ । मलाई फुर्सद नहुदा नि पढाउन आउनुस न दिदी भनेर कराउछ । म स्कूळ आउदा उँ चाहिँ सिनेमा हेर्न जान्छ।
 
Posted on 05-29-06 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन यो मुसी(Mysty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ । अनि यो अम्रिकाने के भा हँ? अम्रिकामै जन्म्याथ्यो जस्तो छ । त्यो नाङगे मुन्छे को मुलुकाँ जन्मेछी के गरोस् बिचरो? ऐलेबाटै लबाइ त्यस्तो छ बिचराओ । अब चौतारीआँ आएसी केई परिवर्तन हुन्च कि हेरुम्! लौ म ऐलेलाई गएँ । अचेल शहराँ सानो कुखुरा-सुखुरा बेच्ने काम सुरु अरेकोले अलिक् बिजी छु । अब गाम्लेले हेप्न थाल्या भर मैले नि एस्सो गरिखान खोज्या नि! लौ त घाम अस्ताउने बेलाँ ठ्याक्क आइपुगुम्ला है चौतारीआँ आराम अर्न ।

बबे!
 
Posted on 05-29-06 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? " रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p
 
Posted on 05-29-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तो ता अब यसो हो...तो ता अब यसो हो...भनुम् न अब..."

म बोल्न खोज्दै थिएँ चौतारीयाँ ट्वाक्क हाम्रो मिस्टे भाइ पुनि आइपुगेछन्.
"ठीकै छ मिस्टे निप्पपोन तिरको हालखबर पनि. अब यता नि लोकतन्तर आयो संस्थैपिच्छे
लोकतन्तर छिरेर चुनाउमा प्रतिपक्षलाई हरा्म्न सजिलो भा छ. जो आफ्ना बिरुद्दाँ चुनाउ उठ्न खोज्छ उसलाई
तो लोके हैन मण्डल हो भुनेसी चुनाउ जित्न सजिलो भा छ."

के भन्न खोज्दैथिएँ रे मैले मर्लक्कै बिर्सेँछु. ए! "तो ता अब यसो हो...तो ता अब यसो हो...भनुम् न अब...
चौतारीयाँ अलिअलि सेउसी फोटु नि टाँस्न पाम्नी अर्न पर्च कि मुन्छे बढाम्नलाई. मास्टर्नी नानीको के विचार छ कुन्नि.
रिसानी माफ पाम्. मास्टर्नी नानी र पिरतीजी रिसाए जस्तो अर्नी भौतेले टाँसे जस्तो गर्नी नि."
 
Posted on 05-30-06 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति गफ मात्र गर्ने, एउटा सुरिलो गीत सुन्ने कि बरु?


 
Posted on 05-30-06 5:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, सोह्र लंबरी चौतारी बना'कोमा धन्यवाद छ। बरु एउटा कुरा, यो चौतारीलाई "लोकतान्त्रिक गणतन्त्र चौतारी" भनेर सिरानीमै लेख्ने भन्ने कुरो एकताका चलेझैं मानेथेँ। चौतारीको आर्को लम्बरबाट त्यसै गर्दा कसो होला।दादाले उर्दी लगाइहाले, त्यै भ'र यो मुक्तक पहिला चौतारीमै टाँस्दैछु।

 
Posted on 05-30-06 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर नयाँ चौतारी नि बनेछ । आफु लाई त पतै थियना । ल म नि हजिर भए
रोल #६ ठुल्नानी
हजिर मिस्
 
Posted on 05-30-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिनेमा राम्रो थियो चित्रे । मलाई त त्यो हिरो हिरोनी दुबै मन पर्छ के।
कहाँनी भन रे, मिस् खुरुक्क गएर हेर्नु न राम्रो छ के । :D

ए मामा मास्टर पो? मैले त प्रौढशिक्षाको बिद्यार्थी बनाइराखेको। मास्टरले जान पाउने भए बिद्यार्थीले पनि जान पाउनु पर्छ है। मामा भनिदिनुस् न मास्टर्नी दिदीलाइ। तपाइँले भनेपछि त सुन्नुहोला नि। :D

दादा चाँही मास्टर हुन् कि विद्यार्थी? कि केही अर्कै पोस्ट छ? सेउसी फोटो पो चाहियो रे लौ भयो अब।
यहाँ मास्टर्नी दिदीले मलाई जाबो सिनेमा हेर्न जाँदा त फेल गर्ने रे अब दादालाई के गर्ने हो ?

बब दाइले कम गर्न थालेकोमा खुशी लाग्यो । ल प्रगती गर्दै गर्नुस् बब दाई । :)

गौतमजीको मुक्तक राम्रो छ । छोरी कत्री भैइ गौतम जी?
 
Posted on 05-30-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन दादाले कस्तो कुरा गरेको होला? 'मर्लक्कै बिर्से रे '...... :D:D:D


"तो ता अब यसो हो...तो ता अब यसो हो...भनुम् न अब... किन रिसाअस्तो अर्नुपर्यो र?
त्यो सेउसी भुन्ने जिनिस कस्तो हुदोरे'छ बरु दादाले नै फोटु टास्नुभे'सी भौतेले था'पौथेकि र हामीहुरले नि हेर्दिन्थिम। फेरि त्यो ता अब यसो हो ..... सेउसि फोटु नराख्दा त्यो चाइने के रे चौतारीका मुन्छे हराउने भे'सि चौतारी जोगाम्न त पर्यो। बरु कसैलाई सेउसी भन्ने जिनिस मन नपरे त्यो नि आम्न छोड्छ । लोउतन्तरआइसक्यो किन डराम्न पर्यो र ।रिसानि माफ होस...... बरु प्रितीले मज्जाले दादालाइ गालि अरेस्तो अर्नि दादाचै रिस उठेनि हाँसे अस्तो गर्नि नि हुन्छ। कि कसो प्रिती ?"
:)
 
Posted on 05-30-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-30-06 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिति: आज,

जो जस संग सम्बन्धित छ।

बिषय: जागिर पाउं भन्ने बारे।

आदरणीय माष्टरनी नानी,
मेरो घरको अवस्था त तपाइलाइ थाह नै होला। मैले पढेर बाकी भको ट्याममा काम गरेर कमाको पैसाले मैले आफ्नो खर्च धान्नुपर्छ। मेरा बाउले कहिले सुकादाम दिदैनन्। तपाइलाइ थाहै छ, अब त म पनि उमेर पुगिसकें, एसेल्सी दिनेबेलाको र खाइलाग्दो पनि भैसकें। बबेदाइ, पुन्टे, सिरेले गांजा खाएर उधुम मच्चाए पनि तहलाउन सक्ने भैसकें। त्यसैले, त्यो प्रौढशिक्षाको कक्षा पढाउने जागीर पाउं भनेर हजुर समक्ष्य यो निबेदन पेस गरेको छु। यो बिषयमा भौते, दादा वा सन्चालक समितीसंग राय सल्लाह लिन परे, म त्यस्को निर्णयनै पनि स्विकार गर्ने छु।

हजुरको जो आदेश।

उहि तपाइको,
साहिला।
 
Posted on 05-30-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D
भौते र दादा सामू पेश गर्देकिछु साइला


गौतमजीलाइ नदेखेको।दादाको जस्तो भाषा गराउन खोजेको मिलाउनै सकिन। साच्चि आर्याको फोटो टास्नु न गौतमजी।
:)
 
Posted on 05-30-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो नमस्ते है सप्पै गाम्लेहरूलाई,

गोतामेज्यूले मज्जाको राजनीतिक कविता राख्नुभो, त्यो नि चित्र सहित, राम्रो! त्यो 'लोकतान्त्रिक गणतन्त्र चौतारी' भनेर सिरानमै राख्ने कुरा चैं भुसुक्कै भुलेछु, हतार हतारमा चौतारी बनाएको थिएँ, फेरी अरू कसैले बनाईहाल्ला कि भनेर नि! अब अर्को चौतारी बनाम्नेले चैं सम्झेर लेख्नु पर्छ है!

बोब दाईले व्यापार गर्नु थालेको सुनेर खुशी लागो, साहिंला नि जागिर खोज्दै रैछ।

राजनीतिक कुरा भनेकोले यौटा कुरा सम्झें, साँच्चिकै राउनीतिक त होईन तर बच्चा हुँदाको घटना हो। '४२ साल तिर होला, पंचायतको हो कि के को चुनाउ हुँदा त म ५, ६ वर्षको थिएँ। सप्पैजना चुनाउ चिन्हको कुरा मात्र गर्ने, फलानो को छाता चिन्ह, ढेस्कानोको घडी चिन्ह, मलाई चैं खुप मज्जा लाग्थ्यो यस्तो चुनाउ चिन्नको कुरा सुनेर। तर म सोच्थें कि यो चिन्न चैं आफूलाई जे चीज मन पर्छ आफैं छान्ने हो। मलाई बच्चै देखि फेरी आँप खूब मन पर्ने! त्यसैले मैले मेरो चुनाउ चिन्न नै आँप राखिदिएँ। घरमा भोज हूँदा नातेदारहरूको भीडमा 'मेरो चिन्न आँप हो' भनी गर्वसाथ भन्दा सबै किन गलल्ल हाँसें भनी थाहा पाम्न चैं मलाई केही वर्ष कुर्नै पर्यो। :)

रोल नं ८, चित्रे,
हजूऽऽऽर मास्टर्नी दिदीऽऽऽ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters