[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 159509 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-13-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पि.एस्. : पोलेर चैं नखाऊ, है! भोली फेरी बर्बराम्न छ! :D
 
Posted on 08-13-06 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरो मती भ्रष्ट भा'को छ र दाईलाई पोलेर खानि?
बरु एती राती ( मेरो भन्दा एक घन्टा ठ्याक्कै छिटो) क्यार्न यो चौतारीमा आउनुभा?
ल ल... मैले बुझेँ.....लु अगि भर्खर ठुलिओ भट्टिआट ल्याको तिनपाने छ एउ घुट्को लाउनुस त सुत्न जानुस! :)
 
Posted on 08-14-06 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलै हुन्दै छ नेपाल को बसाइ बिर्खे दाइ
टुसा बहुत मिठो हुन्च क्या
यसो पल्लो पाखा तिरा कोदो रोप्न भनेर जान लागेको ता
तृशुली मा ट्रक झ्याम्म भएछ
लौ बर्बाद
कति जना सिधिए??

 
Posted on 08-14-06 12:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरम् टुसा को मत्रै खात

 
Posted on 08-14-06 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमेले नयाँ चौतारी चिनिसकेछ, जय होस् तिम्रो नमे । हिजो छुट्टीको दिन भएर चौतारीमा आउन सकिएन, ढिलइ भए पनि सबैलाई जदौ । २१औं भागमा खुब रमाइलो गरियो । २२औं भागमा झन बढी रमाइलो हुनेछ भन्ने आशा छ ।

झन्नै भुलेको,
रोल लमबर १०१, ग्वाँचे .......................... आ'छु मिस् ।
 
Posted on 08-14-06 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नयाँ चौतारी नि बनी सकेछ आफुलाई त पतै थिएन । जे भए नि नमे ज्यो ले राम्रो चौतारी बनाउनुभाको मा मुरी मुरी धनयाँबद छ । ल म नि यो चौतारी म हाजिर भए ।
रोल्# ६ ठुलिईईईईईईईईईईइ
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र मिस्
 
Posted on 08-14-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म नि आइपुगे नयाँ चौतारी मा
ए ठुल्नानी के छ हालखबर ? ;)

रोल # ८
हाजिर मास्टर्नी दिदी
:)
 
Posted on 08-14-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मेरो सबै ठिकै छ । तिम्रो नि ।
 
Posted on 08-14-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि सब ठीक छ, तिम्रो वीकेन्ड कस्तो भयो ?

काम मा हो, तर बोर भैराछ । :)
 
Posted on 08-14-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी राम्रो छ, नमे।

रोल नम्बर ५ हाजीर मिस

चित्रे र ठुल्नानी के गर्न ला?
 
Posted on 08-14-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन् सबै आइसकेछन। म मात्रै पो ढिलो भएछ।


ल मेरो नि सप्पैलाई नमस्कार् है।कस्कस्को नाम् कटिएछ हेर्नु प-यो। फुल्कुमारी floraj) पनि आएकिछिन् केरे अब उन्कोनि नाम लेख्न् पर्यो।

चित्रे तिमी स्कुल् आउन छोड्या जस्तो छनि किन हो पिट्ने कुट्ने कुर ले त हैन?? नडराउ केहि हुन्न । तिमीलाई कुट्छु भन्नेलाई फेल् र कुट्न लाउछु भन्ने लाइ भौतेलाई भनेर ठिक पार्न लाउछुके प्रौढ कक्षामा .... :D

ठुल्नानी र चित्रेले पढ्न लाछन प्रीति बरु तिमी पनि बस पढ्न लाइ।। चित्रेले आज एउटi कविता सुनाउछु भनेको थियो। ल सबै जानiले कथा कहानि गित् यात्रा भ्रमण जे जे छन् भन्दै जानु पर्यो
 
Posted on 08-14-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरि मानसपलटमा पुराना दिनहरु घुमिराखेका छन । हो, बितिसकेको समय असाध्यै बहुमुल्य हुन्छ । आज भौतिक रुपमा मसँग के छैन, सबै कुरा छ, ओंत लाग्ने ठाउँ छ, कतै बाहिर निस्कनु परे राम्रो चिट्टिक परेको गाडी छ, खल्तिमा साना-तिना आवश्यकता पुरा गर्न सक्ने पैसा छ र सबैभन्दा महतवपूर्ण कुरा एउटा सुरक्षित भविष्य छ । के यि सबै कुरा पर्याप्त छन मानसिक शान्तिको लागि ?के 'म' भनेको एउटा ब्यक्ति म मात्रै हो, त्यो ब्यक्तिसँग सम्बन्धित अरु ब्यक्तिहरुको समुह पनि म कै बिस्तृत रुप होईन र ? किन म हिजोसम्म एउटा ब्यक्ति 'म' को बारेमा मात्रै सोचिराखेको थिए ? किन आज म एउटा ब्यक्ति 'म' को बारेमा मात्रै सोचिराखेको छु ? किन भोली देखि म एउटा ब्यक्ति 'म' को बारेमा मात्रै सोचिराखेको हुनेछु ?

हिजो जस्तो मात्रै लाग्छ, कृष्ण दाई र म सँग-सँगै स्कूल गएको । म दुई कक्षामा पढ्थे, उहाँ आठमा तर पनि हामी सबैभन्दा मिल्ने साथीहरु थियौं । हुन त उहाँ मेरो साख्खै दाइ होईनन तर साख्खै दाइ-भाइको भन्दा कुनै पनि हालतमा पनि कम थिएन हाम्रो सम्बन्ध । मेरो आफ्नो घरमा भन्दा उहाँकै घरमा बढी समय बित्थ्यो । हिजो मात्रै जस्तो लाग्छ हामीहरु दरौंदिमा माछा मार्न गएको, पारी डाँडामा काफल्, ऐंसेलु टिप्न गएको, माथि लामा चउरमा मेला हेर्न गएको, म थाकेर हिंड्न नसक्दा आफ्नो काँधमा चढाएर घुमाउनु भएको । कृष्ण दाइको काँधमा चढेर घुम्न मलाई आशाध्यै रमाइलो लाग्थ्यो, माथि आकाशमा देखिने हवाइ जहाजमा चढेको जस्तै ।

'बुझिस् बाबु अर्को हप्ता बाबा शहरबाट आउँदै हुनुहुन्छ, अनि हामीहरु सबै जना शहर जाने' आमाले भन्नुभयो । बाबा कता शहरमा पढ्न जानु भएको रे अब पढाई सिद्धियो अनि राम्रो ठाउँमा जागिर पाउनुभएको छ रे । हुन त गाउँमा पनि हाम्रो धेरै सम्पत्ती थियो ।परिवारमा बाबा, आमा, हजुर आमा अनि म, पाँच जना मात्रै । हजुर बुवा धेरै पहिला बित्नु भयेको, बाबालाई पनि सम्झना छैन रे। हजुर आमाले नै बाबालाइ एक्लै हुर्काउनु भयेको रे। 'नाँइ आमा हामीहरु शहर नजाने'नि। बाबालाई मात्रै शहर जानु भन्ने नि'। मेरो रुन्चे अनुहार देखेर आमाले मलाइ फकाउँदै भन्नु भयेको थियो 'शहरमा राम्रो घरहरु हुन्छन्, मोटरमा चढ्नु पाउँछ, धेरै धेरै खेल्ने कुराहरु हुन्छन्, राम्रो स्कूल हुन्छ'।

आज हामीहरु गाँउ छोडेर शहर जाने रे । हिजो अस्ती देखि नै चिनेजानेका मान्छे अनि आफन्तहरु भेट्न आइ रहेका छन । सँगै लैजाने समान पनि तलको सानो एअरपोर्टमा ओसारीसकेको छ ।कृष्ण दाइले मेरोलागि बनाइदिनु भएको गुलेली पनि राखेको थिए मैले मेरो झोलामा अरु समानहरुसँगै । हाम्रो गाउँमा मोटर आउने बाटो नभए पनि हवाइ जहाज चाँही आउँछ, हप्ताको एक पल्ट । आज फेरी मलाई कृष्ण दाइले आफ्नो काँधमा चढाएर एअरपोर्टसम्म पुर्‍याउनु भयो । मलाई थाहा थिएन कृष्ण दाइ हामीहरुसँग जानु हुन्न भनेर, उँहाले बाबु अब शहरमा गएर राम्ररी पढ्नु पर्छ, ठुलो मान्छे बन्नु पर्छ भन्नु हुँदा पो झसँग भए ।'बाबा, कृष्ण दाइलाइ पनि हामी सँग लाने नि' । मेरो कुरा सुनेर बाबाले मलाई भन्नु भयो 'कृष्ण दाइ अर्को हप्ता आउँछ शहर, आज प्लेनको टिकेट पाँच वटा मात्रै रैछ, कृष्ण दाइको लागि टिकट पायिएन' । रुँदै रुदै कृष्ण दाइको हात छोड्नुपर्‍यो । 'कृष्ण दाइ म अर्को हप्ता शहरको एअर पोर्टमा तपाईंलाई लिन आउँछु है' ।

नयाँ ठाउँ नयाँ स्कूल्, नयाँ साथीहरु, केहि दिन सम्म त आशाध्यै नरमाइलो लाग्यो । कृष्ण दाइ अनि गाउँका साथीहरुको धेरै सम्झना आइ रह्यो । बिस्तारै बिस्तारै म त्यो नयाँ परिबेशमा भिज्न थाले । बाबा कुटनैतीक नियोगमा काम गर्ने, हाम्रो जीवन-स्तर परिमार्जित हुँदै गयो । अब त गाँउमा बिताएका दिनहरु पनि धमिलो सम्झनमा मात्रै बाकी रहेँ । शहर आए पछि म कहिल्यै गाँउ गयिन । बाबा, आमा अनि हजुर आमा कहिले काँहि एक-दुई बर्षमा गाउँ जानु हुन्थ्यो, त्यहाँको सम्पत्तिको हेरचाह गर्नु पर्छ रे । मलाई गाउँ जान कहिल्यै मन लागेन किनकी मेरा सबै साथीहरु यहीं शहरमा थिए, फेरी यहाँ जस्तो खेल्ने कुरा, खाने कुरा, रेस्टुरेन्ट, सिनेमा, फुटबल केही पनि त छैन गाउँमा ।

आमाहरु गाउँ जाँदा कृष्ण दाइले मेरो बारेमा सोधिरहनुहुन्थ्योरे, फेरी जहिले पनि केही न केही समान मेरो लागि पठाइदिनु हुन्थ्यो। अब त उहाँको बिहे पनि भैसक्यो रे, छोरा-छोरी पनि जन्मिसके रे । तर मलाई यो तथा गाउँका अरु कुनै कुरामा पनि दिल्चस्पी हुन्थेन । मेरो आफ्नै नयाँ संसार भैसकेको थियो शहरमा धेरै-धेरै साथीहरु भएको । मेरो कोही पनि साथी कृष्ण दाइको जस्तो पुरानो लुगा लगाउँदैनथ्यो, सबै जना क्याम्पस पढ्थे, कृष्ण दाइले जस्तै बिचमै पढाई छोडेका थिएनन्, एक किसिमले भन्ने हो भने कृष्ण दाइ जस्तो पाखे कोही पनि थिएन मेरो साथीहरु मध्यै । कृष्ण दाइ हाम्रो घरमा आउनु भएको थियो रे शहरमा, काम गर्न अरब तिर जानु भन्दा पहिला । तेत्ती नै बेला मेरो साथीहरुसँग ट्रेकिङ जाने कार्यक्रम थियो, अन्नपूर्ण आधार शिबिर । आमाले त न'जा भन्दै हुनुहुन्थ्यो तर कृष्ण दाइको लागि म दुई महिनादेखि बनाएको कार्यक्रम रद्द गर्न चाहन्न थे । मेरो बारेमा धेरै धेरै सोध्दै हुनुहुन्थ्यो रे तर मलाई यो कुरा मा कुनै दिल्चस्पी थिएन ।

क्याम्पसको पढाइ सिध्यायर म नेपाल छोडेर यहाँ आए । केही बर्ष यहाँ पढे पछि अहिले म यहाँको युनिभर्सिटीमा पढाउने काम गर्दैछु । बिहे पनि गरे, यतैको केटी सँग्, क्याम्पसमा सँगै पढ्थ्यौ हामीहरु । बेला बेलामा घरमा फोनबाट कुरा भैरहन्छ । हजुरमा बित्नुभएको पनि तीन बर्ष भयो, बाबा सेवा निबृत भइसक्नुभो, आमा पनि बुढो भैसक्नु भयो ।पोहोर साल बाबा र आमा आउनु भएको थियो यहाँ, दुई महिना बसेर जानु भयो । उहाँहरुलाई मन परेन रे यहाँको बसाइ, यहाँको समाज ।

आज बिहानै फोन आयो घरबाट्, बाबाले गर्नु भएको । 'थाहा पायिस् बाबु कृष्ण काम गर्छु भनेर अरब गएको थियो, कता कता बाट लेबनान पो पुगेकोरैछ । हिजो मात्रै इजराइलाले हानेको रकेट उसले काम गर्ने कारखामा लागेछ । सबै जना ठहरै भएछन । कृष्णको पासपोर्टमा संपर्क ब्यक्तिमा मेरो नाम र ठेगाना रहेछ उस्को साथीले फोन गरेको थियो हिजो राती' ।

आज म नितान्त एक्लो भएको छु, जुन कृष्ण दाइलाइ मैले वीर्सी सकेको थिए उहाँ त सधैं मसँगै हुनुहुँदो रहेछ । मेरो कृष्ण दाइ आज भौतिक रुप मै सम्झना मात्रै बनिसकेका छन्। मलाइ माफ् गरिदेउ कृष्ण दाइ, म तपाइको बाबु भाइ बन्न सकिन्। म धेरै स्वार्थि रहेछु कृष्ण दाइ, मैले मेरो कृष्ण दाइको लागि केहि पनि गर्न सकिन, सायद् म तपाइलाइ सहयोग् गर्न सक्थे तर् मैले चाहिन। आज् न त म मेरि भाउजुको पिडा बाँड्न सक्छु, न त मेरा भतिजा भतिजीहरुको आँशु पुछ्न सक्छु। धिक्कार छ मलाइ, मैले आफ्नो स्वार्थमा मेरो कृष्ण दाइलाइ बिर्से। धिक्कार् छ त्यो समाजलाइ जस्ले मेरो कृष्ण दाइलाइ बिदेशिन वाध्य बनायो। धिक्कार् छ त्यो युद्द उन्माद मनस्थितिलाइ जस्ले मेरो निर्दोस् कृष्ण दाइलाइ आफ्नो शिकार बनायो ।

(एक महिना देखि युद्द भइ रहेको इजराइल्-हिज्बुल्ला बिच आजदेखि युद्द-बिराम भएको छ । युद्द कुनै पनि समस्याको समाधान होईन । एउटा समुहको क्षणीक स्वार्थ पुर्तिको लागि असन्ख्य निर्दोशहरुले अकारण अतुलनिय क्षति ब्यहोर्नु पर्छ । आज देखि नै यो युद्दमा पुर्ण-बिराम लागोस् र बार्ताको माध्यमबाट समस्या समाधान होस् । यो युद्दमा दुबै पक्षबाट ज्यान गुमायेका सबै प्रति स्रदान्जली र घाइते भयेकाहरुको शिघ्र स्वास्थ लाभको कामना)
 
Posted on 08-14-06 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एउटा पुरानो कविता टास्छु, लेख्न फुर्सद छैन ।

मेरो देश

रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,
समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा
नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो
 
Posted on 08-14-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी चित्रेलाई फकाउदै छु । अनि पछी मौका पाउनसात धुलाई गर्नुपर्छ क्या । कसैलाई नि नवन । :D

मास्टरनी दिदी पिलिज मलाई फैल नपर्नुस् है । चित्रे त्यो तल्लो गाउकी नखर्माउली सँग "पान को पात माया तिम्लाई सम्झन छु दिन को रात्" भन्दै गौदै हिदै थियो रे अस्ती घास् कात्न गाको बेलामा । लौ अब तपाईं नै भनुस् म के गरुम । आफु भने तिज म उस्को लागि ब्रत लेने तयारी गर्दै थिय । उ भने उता उल्फतङ काम गर्दै हिंड्ने। (wink wink)
 
Posted on 08-14-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे ,
अर्को पटक् शहर जादा दुइ दर्जन शिसा कलम अनि एउटा कलम ल्याउन नबिर्सनु है भौतपुर् तिर नजादै कालकी मै किनेर् पोको पार्नु

कस्तो मिठो शैलिमा मार्मिक् कथा । अलि अलि रोउ रोउ लाग्ने क्या।:)

अब कस्को पालो हो आ-आफै भन्दै जाने है त
*****************************************
ला देखेउ ठुलि तिम्ले भनेर विस्वास् गरुम्ला र? कस्तो मिठो कविता सुनायो ।

अस्ति पुन्टेदाको कुरामा लागेर मजेत्रो (खै थाह छकि छैन मजेत्रो भनेको??) बाँध्दै मलाई नि कुट्न तयार भाको थियो रे हैन्?? फेल् त् भयो नै तिमी बुझेउ:P:P
 
Posted on 08-14-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचे राम्रो छ तिम्रो कथा । मार्मिक पनि छ ।
 
Posted on 08-14-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, अर्को पाली शहर जाँदा तपाईंको लागि कलम पक्का । कथा मन परैदिनुभेको मा धन्यवाद ।
--------------------------------------------------------------------------------------------------
नमे धेरै धेरै धन्यवाद मेरो प्रयास मन परैदिएकोमा । तपाईंहरुको सुझाब सल्लाह को सधैं आशा छ ।
 
Posted on 08-14-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेको कथा सारै मार्मिक रहेछ। :(

ल ल फकाउ ठुल्नानी अनि मलाइ बोलाउ है ठिक पार्नी बेलामा।

मिस ल म बसेँ पढन। आज खाध्य विज्ञान पढ्ने है मिस? सेल बनाउने तरिका सिखाइदिनुस् न, दशैँ तिहार आउन लाग्यो नि।
 
Posted on 08-14-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाच धरै राम्रो लाग्यो तपाईं को कथा ।
 
Posted on 08-14-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्न्नानी, ठुल्नानी, धेरै धेरै धन्यवाद तिमीहरुको उत्प्रेरक शब्दहरुको लागि ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS for Venezuela is terminated, only 60 days extension for transition period
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters