[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कबिता राहुल भाइको

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 22687 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-24-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसले देखेन यो मनको घाउ
जसले लगायो यो मनको भाउ

वारि छंदै सहर्ष बिदा माग्यौ
मझधारमै छोडी जीवनको नाउ

राम धनु मक्किएको देख्यौ कि
के खुशीले समायौ रावणको पाउ

पस्चातापको आँसु पानी होइन भने
अलिकति खालि छ मनमा ठाउं

 
Posted on 01-28-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् जी, धन्यवाद । मेरो सबिता भन्दा राम्रो कबिता टास्नु भयो, मन छोयो । यस्तो टुक्रा अरु पनि पढ्न पाए, आभारी हुने छु ।
 
Posted on 01-28-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gajab cha hai poem ta.......la la ajhai lekhai garnu hola.
GDN
Germany
 
Posted on 01-28-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल माथिको टुक्रा को अर्को अंश

दिनभरको घोटाई पछि
थकित मेरा पाइला
सुस्ताउन चाहान्छु म
तर,
सजिएको रित्तो कोठा
मलाई चिसो अनुभूति हुन्छ
म सोच्न थाल्छु
के छैन यँहा?
के नपाए जस्तो
के नपुगे जस्तो
सुषुप्तमेरा चाहना हरु
कतै गुम्सिएको जस्तो
भाउन्न हुन्छ मलाई
अनायास मुड्कि बज्रिन्छ टेबलमा
'खत्र्याक्क' आवाज
फोटो फ्रेम भुइमा देख्छु
म त्यो हातमा लिन्छु अनि हेर्छु
तिमी मुस्कुराउदै सोधिरहेकी
“किन रिसाएको?”
पूर्णताको आभास हुन्छ मलाई
जुरुक्क उठ्छु म झस्किएर
ठिक अगाडी
भित्ताको ऐना मलाई हेर्दै मुस्कुराएको
हत्तेरिका!!!!!
 
Posted on 01-28-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस को यो टुक्रा त अझै राम्रो, लेख्दै गर्नु होला, मेरो धागो को शोभा बढाइ दिनु होला ।
 
Posted on 01-28-07 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त पहिलेकै जुनिमा दैब श्राप पाएछु
त्यसैले त जतापनि थक्करै मात्र खाएछु
धोका पाउने खाले मैले कुन माया लाएछु
निश्थुरी धोकेवाजलाई धोग्न आँफै किन धाएछु
मैले त पहिलेकै जुनिमा ,,,
 
Posted on 01-28-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो गजल छ राहुल दाइ।
तर छूचो मुखले यति भन्दिहाल्छु (नरिसाउने भएमात्र!)!
यो पहिलो शेर-

----आज फेरी तिम्रो याद आयो
औंशीको रातमा चांद आयो----

मा जुन बिम्ब छ नि 'औंशीको रातको चाँद' भन्ने, यो बिम्ब अलि बढीनै प्रयोग भईसकेको पुरानो बिम्ब हो जस्तो लाग्छ। अरु केहि नया खोज्ने हो कि?
छूचो मुख मेरो चिलाईहाल्छ क्या! केहि न केहि नबोली त बस्नै नहुने!
***********************

मिसको कवितामा कोमलता र आशावादिता टन्न भेट्छु म। धन्यबाद छ फेरि एकचोटि पढ्ने मौका दिनुभएकोमा।
***********************

विसेजीको लगनलाई मेरो सलाम छ। तर एउटा सानो सल्लाह क्या (नरिसाउनु होला); लेखेपछि टाँसिहाल्न अलि हतार नगर्नु होला, आफैंले एक-दुई पटक पढ्दा सुधार्न सकिने ठाऊँ प्रशस्त देखिन्छन्। अनि मात्रै टाँस्दा ठीक होला कि?
 
Posted on 01-28-07 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद, गोतामे गुरु । रिसाउने कुरा भए पो रिसाउने नि । सिक्दै छु, तपाईंहरुकै दिशा निर्देश मा त अझ प्रयासमा छु ।
 
Posted on 01-29-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरी तिम्रो याद आयो
औंशीको रातमा चांद आयो

सँगै बिताएका ती पलहरु
सम्झनामा एकै साथ आयो

Wah Wah Rahul dai,great...
के नपाए जस्तो
के नपुगे जस्तो
सुषुप्तमेरा चाहना हरु
कतै गुम्सिएको जस्तो
भाउन्न हुन्छ मलाई
अनायास मुड्कि बज्रिन्छ टेबलमा
'खत्र्याक्क' आवाज
फोटो फ्रेम भुइमा देख्छु
म त्यो हातमा लिन्छु अनि हेर्छु
तिमी मुस्कुराउदै सोधिरहेकी
“किन रिसाएको?”
पूर्णताको आभास हुन्छ मलाई
जुरुक्क उठ्छु म झस्किएर
ठिक अगाडी
भित्ताको ऐना मलाई हेर्दै मुस्कुराएको
हत्तेरिका!!!!!
Wah miss babaal lekhnu hunchha tapai ..keep it up..
 
Posted on 01-29-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keep it up rahul bhai ramro chha
 
Posted on 01-29-07 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहूलभाई लगायत सबैमा मेरो धन्यवाद !
लेख्दै गरौं अरु केही गर्न नसकेता पनि यो दशदेश दूरबाट हम्रो आफ्नो भाषा र साहित्यको सेवा गरौ‌ । त्यो पनि महान् राष्ट्रसेवा हो ।
धन्यवाद !
 
Posted on 01-29-07 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी बिना जिन्दगि एक्लै मधुप्यास पिएं
तिमी के आयौ, जिन्दगिको आभास पाएं

अँध्यारो थियो, अधुरो थियो जिन्दगि यो
तिम्रो आगमन संगै जीवन प्रकाश पाएं

मायाका हात आलिंगनमा बाँधिएको बेला
जिन्दगिको अनुपम मधुमास जिएं

बसन्तमा पनि फूल मग्मगाएन भन्थें म
आज आफ्नै आँगनमा गुलाबी सुबास पाएं

इर्ष्याले जले जलुन् मुना मदनहरु पनि
तिमी मत्रा कहँ हो र धरति आकाश पाएं

 
Posted on 01-29-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai

If you are trying to write ghazal, then you need to work on radif. Make them all पाएं

Ghazal writing seems more difficult because of these rules than free verse poetry.
 
Posted on 01-29-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी, धन्यबाद्, टिप्पणीको लागि। गजल सिक्दै छु, कबिता लेख्दै छु।
 
Posted on 01-30-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

waa waa rahul dai, bada man chhune kabita/sabita paskinu bho. dil khush bho.
 
Posted on 01-30-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhanyabaad haaude jee, tippaniko laagi.
 
Posted on 01-30-07 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल गुरु लाइ मेरो नमस्ते भन्नुपर्छ नै , हजुर का सबै सबिता सबै अतिउत्तम छन , अझै लेख्दै जानु होला ।
 
Posted on 01-30-07 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छा, मेरी सबिता मन पराइ दिनु भएको मा धन्यवाद । ल त एक टुक्रा फेरी राखें ।


हिजो कबिता भन्दा सबिता रिसाइन
सबिता भन्दा रमिता झनै ठुसाइन
त्यसैले अचेल संझना लेखन थालेको छु
कल्पनाका रमाइला सपना देखन थालेको छु।
 
Posted on 01-30-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसन्तमा पनि फूल मग्मगाएन भन्थें म
आज आफ्नै आँगनमा गुलाबी सुबास पाएं

वाह! राहुलदाई वाह!

मजाको गजल बनाउनोस यसलाई :)
 
Posted on 01-31-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद बिर्खे जी । तपाईंकै सल्लाह अनुसार गजल बनाउन कि भन्ने सोच मा छु, खै नम्बरी अल्छि परियो ।
 
Posted on 02-10-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters