[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 384543 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 09-30-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्।
 
Posted on 09-30-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दाई र जी लगा'र झन चाँडै बुढो बनाउने भए गाम्लेले, उसै त टाउको पछाडी तिराट कपाल पातलिँदै गा झैँ लाग्या थ्यो आज बिहान कपाल काट्न जाँदा। यता अन्तरे नै भनुम के सबैले तो दाई, जी हरु चाँही पछि भेटघाटलाई साँचम्ला।

भउते अब साहू बुढाले कुन डाँडा फाँड्न पठाउने हुन भनेर कुरि बस्या छु। डाँडा तिर नलागि केहि नि फुर्ला जस्तो छैन।

रिट्ठे सन्चै छ मलाई, आज आई पुगियो यता पिन्सील्भिनिया तिर र अलि फुर्सत पाईयो। नयाँ खर्काँ हुँदा त तेहि हो कुदाकुद, एक छिन फुर्सत पाईया थेन। अनि तिम्लाई कस्तो छ बरु। तो आदित्य पन्चोलिको गाना सुनेर आर्को गाना याद आ थ्यो "तेरे लिए सारी उमर जागूँ, मैँ तो यहि रब से दुवा मागूँ" भन्नि खोजेर राख्न पर्ला जस्तो छ।

जिम्मालबा खुब मजा भो नि। सबैका कुरा काट्न पाईयो, अलि अलि गाना बजाना नि भो के रे। बरु पुन्टे बुढाको अचारको स्वाद चाँही अझै बिर्स्या छैन। आज बिहान सम्म नि खाईँदै थ्यो। जहानले सप्पै सक्ला भनेर नखोस्या भए सप्पै सक्दिनि बिचार थ्यो मेरो।

ठुल्दाईलाई नि नमस्कार, फिला दे फिया काट्दा सम्झ्या थेँ आज।
 
Posted on 09-30-07 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि अन्तरे ब्रो, पेन्साल्भेनिया को कता पट्टी हो? अचेल म नि फिला डे फिया बाट् अन्तै सरेको छु। बेन्सालेम भन्ने शहर् मा।
 
Posted on 09-30-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अहिले York मा हो ठुल्दाई केहि दिनलाई, दाईको चाहिँ Bucks County परेछ। याँट फेरि कता पठाँउचन भोलि थाहा हुन्छ होला।


 
Posted on 10-01-07 2:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निया चौतारी बनारल्याकोमा चित्रे बाउचालाइ मेरो दुइ चार मुठा धनियाको पात ।

अरुलाई नमस्ते।
 
Posted on 10-01-07 6:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभातकालिन जदौ!!
 
Posted on 10-01-07 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभातकालिन जदौ!!
 
Posted on 10-01-07 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Darsan gare hai gaamle taaaaaaaaaaaaa. balla ali ali fursad paauna thaale.
 
Posted on 10-01-07 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello chautari!!!

yahoooooooooooooo thulila i fursad bhayo tak dhi nak dhin tak dhi nak dhin.........


ओहो जिम्माल बा नि आइपुग्या हो? जिम्माल् बा ल भन्नु कस्तो भो हउरको यात्रा। अनि चित्रेले के भन्या त्यो निशे र मदनवा हउर सँ गाको रे जिम्माल्नी आमा चै नगाको? कि सब्बो लाई लग्या हो यस्पाली?

Last edited: 01-Oct-07 08:14 AM

 
Posted on 10-01-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई सोमबारे जदौ यो रिट्ठेको !
समाचार शाहीतको नयाँ चौतारी पस्केकोमा चित्रेलाई धेरै धेरै धन्यवाद !
ठुलिको पनि दर्शन भएछ आज, जिम्माल बा पनि तिर्थबाट फिर्ती सवारि भएछ !
सन्नानी लाई नमस्ते !
 
Posted on 10-01-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हरु।
के छ ताअाअाअाअाअा?
 
Posted on 10-01-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ! यो बिर्खे माईलाको!!!

ठुल्दाई, अन्तरे, रिट्ठे, नमे, ठुलि, ग्वाँचे हरितालिके लगायत सान्नाननिलाई नि "क्यार्दै छौ भुराभुरि हो?"

हो नि सान्नानि तो के जाति तीर्थयात्राँ काँ पा'र ति पातकीहरुलाई लानु नि? सपैले तेसै कुरा फैलाका हुन ब्यारे!
 
Posted on 10-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माले नि तीर्थपटनबाट गाम फिरे, गाम्लेहरुले स्वागत कार्यक्रम राख्नु पर्ने हो भनी मानिचु। ठुली को फुर्सद हुने भा छ र फेरि पहिले झै सक्रिय हुने छ। त्यसैले गाम्ले, भलादमी, अ-भलादमी, सज्जन- दुर्जन, सबैमा आग्रह छ, एउटो बिशाल स्वागत कार्जेक्रम राखौं। चौतारी को रौनक् बढाऔं।
 
Posted on 10-01-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम्
नयाँ घर, नयाँ शहरको नौलो अनुभव राम्रै भयो होला
जिम्माल बा, अनी तिर्थ यात्रामा एक्लै गाँ हो त भन्या? यहाँ त के के हल्ला सुनिन्छ नि
 
Posted on 10-01-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जिम्माल तिर्थ यात्रामा गा त हो रे तर तिर्थालु सँग साथी आएकाहरुलाई हेर्दा हेर्दै गाडी छुटेर बिचल्लीमा परेछन -- धन्न तेतै खटेको रेगलले गोरखपुर सम्म ल्याईदेछ र मात्रै नत्र ---
 
Posted on 10-01-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे नमस्ते अनि हामी सन्चै? उफ्रि खै त आज, कम्पुटर् ठीक भो रे उस्को?
 
Posted on 10-01-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु दीपले भने खाँटि कुरो सुन्या र'छ!

केदारबाट फर्कन ला' थेम, डाइबर मोरो बस हाँक्या हाँकेउ अर्छ बा! आफ्नु माथ्ला गाममा ला' खाने पानीको पाइप अस्तो माति बाष हुलो तलाटि निस्किहाल्ने! " बाजेलाई मोइ खान मन ला' होला मोइ त काँ पाम्नु याँ परसेदाँ बरु तेइ दइलाई खत्ल्याक खुत्लुक पारेर बना' के जाति ल्यास्सि छ तेइ तुइँकाम्" भनेर खटबिरेले भनेर दुइ गिलाँस जति खा थेँ, आफ्नु त थामि नसक्नु भओ! " लौ न ए पापिहरु हो यो बुडालाई क्यार्न दुख दिन्छौ बस रोकाओ" भनेर जति कराए नि कसैले टेर पुछ्छर लाएन! क्यार्नु केइ तल माथि भओ भने बजियाको बसको सिठ बिउरिने कुरो त के भओ र आफूलाई आफ्नो सुरुवाल सुत्केरीको थाङ्ग्ना जस्तो होला भन्ने पिर! जे पर्ला पर्ला भनेर " तिमि मोटर रोक्ने भ' रोक नत्र याइँ बसाटि तल सटकाँ असार लेराउँछु बजिया हो" भनेसि बल्ल बल्ल " यो बुडालाई कति तुर्क्याउनु पर्ने" भन्दै डाइबरले बस रोको, किलेन्डर बज्जे ए बाजे २ मिनेठाँ सकाऊ नत्र तिम्लाई छोडेर जाने हुम' भन्छ! त्याँसि बस रोक्या ठामबाट अलि पर एउडो पसला पछाडि बसेर काम साम सकेर सुरुवालको ईँजार बाँध्दै निसक्या त मर्न नसक्नेहरुको गोडा पन्ध्रबिसेक बसको ठाँडो उस्तै! फसाद परो, कुन चाइने बसाँ आ' हो , कता उत्तर कता दख्खिन केइ छुट्टे मरिजाम्! बित्याँस पर्ने भो भन्दै एउटा बसाँ उक्ल्या त सपै काला न काला औतारीहरु क्वार्क्वार्ति मै बुडालाई खाउँला झैँ हेरिरा'का! लु भएन अर्को बसाँ परेछु भनेर, खोज्न थालेँ, बरु बदाम सिलो खोज्या भ' गोडा दुएक माना पुर्याम्तेँ होला बस भेटिएन। परदेसाँ सारै दुख पाइयो! ढिलो भ'र डाइबर मोराले नि बस कुदाएछ! साह्रै सकस पा'र भाउन्नेर तेइ पसला कुनाँ बसेर " हे नारन तीर्थ आम्दा यतै मरिने भइयो" भनेर आत्तिरा थेँ, पछाडिबाट पो " जिम्माल बा क्या नाम, कसरि इधर आउनुभयो?" भनेर एउटोले बोला' सुनेर फर्केर हेर्या र हाउँरै रिकुटे रेछ! धन्न मोरो भेटियो र मात्तै हो नत्र परान तेतै जान्थो!
हरिशरणम्!
 
Posted on 10-01-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी सञ्चै सान्नानी, अनी हामी नि?
उफ्री खै कहाँ छिन् थाहा भएन मलाई, कम्प्युटर बिग्रेको पनि भर्खर थाहा पाउदैछु
 
Posted on 10-01-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुट नोइट! (हिजो राति भन्न बिर्सेको)

गुट मोर्लिङ्! (आज बिहानको)

नमस्ते गाम्लेहरू!!!

के छ? राहुलदाई, अन्तरे, रिट्ठे, नमे, ठुली, ग्वाँचे हरितालिके, सान्नानी, दिप ज्यो, सबैलाइ जदौ!

जिम्माल बा, तपाइलाइ मात्र एक्लै गा'को जस्तो लाग्या हो, निशे र म्याड्डू भैया तपाइको कारको डिक्कीमा लुकेर गएका थिए, तपाइले था'नपाउने गरी। मैले जासूसी गरेर था'पाको!

यौटा कविता भन्न मन लायो!

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन सब थोक छ
असंख्य रोग छ, अनन्त भोक छ
असीम शोक छ
केवल हर्ष छैन
यहाँ त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन सब थोक छ
Last edited: 01-Oct-07 10:13 AM

 
Posted on 10-01-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चित्रे बजिया नि गुड नोइट भन्या भन्यै हुने भओ!

हिजा गुड नाइठ क्यार्न अइले फलाक्नु परो??? तिउँरा जासुसि नि देखियो देख्नु सम्म! झ्याप्प मना जे आओ तेइ जासुसि हुने रेछ!

भूपीको कविता चाइँ मजा लाओ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Nepal TPS has been Extended !!!
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters