[Show all top banners]

Nepal ko chora
Replies to this thread:

More by Nepal ko chora
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सोचे जस्तो हुन्न जिवन………..

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE: <<  1 2  
[VIEWED 24025 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-26-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाल्यकाल को रमाइलो सम्झनाहरु धेरै छन। बुवा सरकारी जागिरे मान्छे, हरेक २-३ बर्षमा नया ठाउ सरुवा हुन्थ्यो। पुरानो ठाउमा घुलमिल हुदै गए पछि त्यो ठाउ चट्टक छोडेर नया ठाउ जान गारो न हुने त हैन, तर नया ठाउमा पुगेर त्यहा नया साथी हरु भेटे पछी पुरानो ठाउ यो याद बिस्तारै सम्झनाको पन्नाबाट बिलिन हुदै जाने रहेछ।

 बुवाको सरुवा भएर भर्खर सुर्खेत पुगेको थियौ। नयां ठाउ, नयां बातावरण मा बिस्तारै घुलमिल हुदै थिए म। सुर्खेत को नया स्कुलमा ७ कक्षा मा भर्ना भएर मैले बनाएको पहिलो साथि थियो, राजन। दिन बित्दै गयो, राजन र मेरो मित्रता पनि गाढा हुदै गयो। त्यती बेलाका धेरै मिठा याद हरु छन। कहिले बुल्बुले ताल को माछा हेर्न गइन्थ्यो भने कहिले लाटिकोइली को जङल भएका पुराना दरबार का अबशेष का रुपमा रहेका ति भिमकाय ढुङा हेर्ने पुगिन्थ्यो। शुक्रबारको हाफ छुट्टीमा कहिले इत्राम खोला, त कहिले खोर्के खोलामा पौडी खेल्न पनि सङै पुगिन्थ्यो। ति दिनहरु सम्झिदा त आज फेरी एक चोटी त्यही पलमा रम्न मन लाग्छ। कसैले समय लाइ उल्टो घुमाउन मिल्ने यन्त्र बनाए कती रमाइलो हुन्थ्यो होला है? सायद बाल्यकाल भनेको जिन्दगीको स्वर्णीम काल नै हो। यो सन्सारको अनेक झमेलाहरु को हामीलाइ कुनै मतलब थिएन, हामी आफ्नै सन्सारमा रमाउथ्यौ। त्यती बेलाको दिनचर्या बर्णन गर्न खाने, खेल्ने, पढ्ने अनि सुत्ने केवल यि चार सब्द प्रयाप्त्य हुने गर्थे।

सुर्खेतको २ बर्षको बसाइ कति चाडो बित्यो थाहा नै भएन। ८ कक्षा सकिए पछी बुवाको काठमान्डु सरुवा भयो। हामी सपरिवार काठमान्डु आयौ। सायद भाग्या को खेल होला, राजन को बुवाको पनि काठमान्डु सरुवा भयो। म भर्ना भएको स्कुलमा राजन को भर्ना न भए पनि हाम्रो बसाइ नजिकै थियो। हामी स्कुल सङै जाने साथी न भए पनि खेल्ने साथी चाइ अझै थियौ। फुटबल र क्रिकेट हाम्रो मन पर्ने खेल थियो। कहिले टोलका अरु साथी हरु सङ मिलेर अर्को टोलका केटाहरु सङ फुटबल म्याच त कहिले क्रिकेट। त्यति बेला घर छेउ मै क्रिकेट खेलेर २-४ ओटा झ्याल फुटाउन पनि बराबरी योगदान गरियो।

स्कुल फरक फरक भए पनि एस एल सी को तयारी भने सङै बसेर गरियो। जाडो को ति चिसा दिनमा दिन भरी छत मा बसेर सुन्तला अनि बदाम खादै पढेको हिजै हो जस्तो लाग्छ। दुबै जनाको परिक्षा राम्रो भयो। केही महिनामै एस एल सी को नतिजा पनि आयो। दुबै जना राम्रो अंकका साथ त्यो फलामे ढोका पार भयौ। हामी ले क्याम्पस चाइ सङै पढ्ने निधो गर्यौ। स्कुल देखि को साथी हामी फेरी I Sc मा आएर सहपाठी हुन पुग्यौ। अब चाइ हामी क्लास देखी ट्युसन सम्म सङै हुने भयौ, तर ल्याबमा भने हामी अर्कै-अर्कै ग्रुप मा मिसिनु पर्यो। क्याम्पस का दिन हरु भने झन रमाइलो थियो। कक्षा सकेर क्यन्टिन मा साथी हरु सङ चिया पिउदै गीत गएर बसेको यादहरु अहिले पनि मानसपटलमा ताजै छ।  .....


 *********************************************************************************

नया अध्याय थप्ने क्रममा भुलबस पुरानो धागो मेटिन पुगेकोमा क्षमा प्रार्थी छु।.. 

 *********************************************************************************

राजन र मेरो ल्याब ग्रुप फरक परे पनि फिसिक्स र केमेस्ट्री को ल्याबका डाटा अनि रिजल्ट कम्पेयर गर्दै ल्याब रेपोर्ट लाइब्रेरी म सङै बसेर गर्दथ्यौ। आखा मा अझै पनि म, मेरो ल्याब पार्टनर निना अनि राजन सङै बसेर ल्याब रेपोर्ट गरिरहेको पलहरु ताजै छ। हुन त राजन को ल्याब पार्टनर रोबिता पनि कहिले कहि हामी सङै रेपोर्ट लेखेर न बस्ने त हैन, तर उ भने धेरै जसो समय उन्को प्रेमी सागर सङ हुन्थिन। नीना, एक सम्पन्न परिवार मा हुर्किए पनि सरल अनि पढाइमा ध्यान दिने मान्छे। एक बर्षको त्यो उठबस ले हामी ३ जनालाइ निकै नजिक ल्याइदेइको थ्यो।

 

पहिलो बर्षको परिक्षा सकाएर राजन, म अनि अरु ४ जना साथीहरु मनकामना मन्दिर दर्शन गर्न जाने निधो गर्यौ। त्यो मनकामन को यात्रा अबिष्मरणिय  थ्यो। बिहानको खान खाएर पोखरा जाने बस चढेको, खैरेनि पुग्दा त साझ परि सकेको थ्यो। त्यो रात खैरेनीमै बास बसेर भोलि बिहानै त्यो बिकट उकालो छिचोल्ने सल्लाह भयो। होटलमा म र राजन रुममेट हुने भयौ। खाना खाएर कोठामा आएर राजन र मेरो गन्थन सुरु भयो। कुरै कुरामा निनाको कुरा पनि आयो। निनाको नाम सुन्ना साथ राजनको मुखमा एउटा अर्कै उज्यालो थपिएको महसुस गरे मैले। सायद मैले पहिला महसुस न गरेको हो कि, राजन ले पहिला त्यो भाब म सङ लुकाएको थ्यो, त्यो अड्कल गर्न गारो भयो। अनि त मलाइ मुख फोरेरै सोध्न मन लाग्यो, "तलाइ निना मन पर्छ हो?" मेरो  मुख बाट अचानक निस्केको त्यो प्रश्नले राजन लाइ पनि झस्कायो। जवाफमा फिस्स हास्यो मात्र। सानै देखि चिनेको साथीको त्यो हासोको अर्थ बुझ्न मलाइ कुनै गाह्रो परेन, उस्लाइ निना मन पर्ने रहेछ। अनि मैले मौका मिले निनाको मन चोर्ने प्रयास गरौला नि भनेर ढाहस दिए। मेरो कुरा सुनेर उ निकै दङ भयो। 

 

भोली पल्ट बिहानै न्वाइ-ध्वाइ गरेर मनकामनाको त्यो उकालो उक्लिन थालेउ। पसिना काट्दै, स्यास्या फ्याफ्या गर्दै बल्ल तल्ल त्यो मनकामना पुगियो। मन्दिर बाट देखिने रमणिय द्रिश्यहरु ले हाम्रो त्यो थकाइलाइ बिर्साउन निकै मद्दत गर्यो। प्रक्रितीका ति सुन्दर रचनमा कुनै पोस्ट कार्डमा देखिने सुन्दर तस्बिर भन्दा केही कमी थिएन। पोस्ट कार्डका तस्बिर कागजी थिए भने त्यो सजिब तस्बिर आफ्नो आखा अगाडी नाचिरहेको थ्यो। निमिष भरको लागी भए पनि आखा झिमिक्क पार्न मन लागेन, प्रक्रितिको त्यो सुन्दरलाइ म आफ्नो आखामा सधै को लागी सांचेर राख्न चाहन्थे। साझमा मन्दिर को दर्शन पनि गरियो। लामो लाइन थ्यो। मैले के मागे मनकामना सङ त्यो त मलाइ याद छैन, तर राजन ले के माग्यो होला भन्ने अट्कल गर्न मलाइ गारो परेन। दर्शन को कार्यक्रम पनि सकियो, हेर्दा हेर्दै सुर्य कति खेर पश्चिममा गएर बिश्राम लिन पुगेछ त्यो पनि थाह भएन। भोली पल्ट बिहानै खैरेनि झरेर काठमान्डौ पुग्दा त सांझनै परि सकेको थ्यो। निकै रमाइलो भएको थ्यो, त्यो यात्रामा।

 

हेर्दा हेर्दै दोस्रो बर्षको पढाइ पनि सुरु भयो।  पहिलो दिन कलेजमा निनालाइ देख्ने बितिक्कै मलाइ मैले राजन लाइ दिएको बचन को याद आयो। काम त सरल थिएन, तर असम्भव पनि थिएन। यो बर्ष पनि मेरो ल्याब पार्टनर निना नै थि ईन। बिस्तारै निनाको मनको कुराहरु खोतल्दै गए। अनि प्रगती बिबरण राजनलाइ पस्किदै गए। निनालाइ गीत सङीत प्रति बिशेष चाख रहेछ। उता राजन पनि गितार बजाउदै गीत गाउन माहिर मान्छे। राजन ले धेरै चोटी मलाइ पनि गितार बजाउन सिकाउन खोजेको थ्यो, तर म उस्लाइ भन्थे - "पछी गएर हाम्रो ब्यान्ड बन्यो भने त गितार बजाउदै गीत गाउनु, म चाइ मादल घन्काउला। " तर खै किन हो मलाइ गितारको रेटाइ भन्दा मादलको घिन्ताङ नै प्यारो लाग्थ्यो तेति बेला। पढाइ आफ्नै गतीमा दौडीरहेको थ्यो, म चाइ दुइटा मुटु जोड्ने एउटा सेतुको निर्माण गर्दै थिए। एक दिन सुचनापाटीमा नया बिध्यार्थीहरुको स्वागत कार्यक्रम आयोजनाको सुचना देखे। त्यो सुचनामा कार्यक्रममा भाग लिन चाहने ले सम्पर्क गर्नु भन्ने जान्कारी थ्यो। त्यो सुचना देखे पछी मलाइ एउटा सुबर्ण मौका पाएको भान भयो। मैले राजन लै त्यो कार्यक्रममा गाउन लाइ उक्साए। उ पनि तयार भयो, उस्को लागी निनाको अगाडी हिरो भन्ने एकदम राम्रो अवसर थ्यो त्यो। उता हाम्रो यो योजनको निनालाइ कुनै भनक थिएन। निना त घरमा काम परेकोले त्यो दिन कलेज नै न आउने कुरा गर्दै थिएन। बल्ल तल्ल मैले कर गरेर उन्लाइ कार्यक्रम हेर्न आउछु भन्ने सम्म पारे।  त्यही स्वागत कार्यक्रममा राजनले "सोचे जस्तो हुन्न जिबन " भन्ने गीत आफै गितार बजाउदै गायो।  त्यो राजनलाइ सारै मन पर्ने गीत थियो।राजन लाइ स्टेजमा गितार बजाउदै गाको देखेर निनाको आश्चर्यको सिमा रहेन। त्यो दिन निना ले राजनको खुब प्रशंसा गरिन। त्यो देखेर राजनको मन फुरुङ। मलाइ पनि मेरो योजनाले काम गर्दै गरेको देख्दा खुसी लाग्यो।

*********************************************************************************

Last edited: 29-Dec-07 12:05 PM

 
Posted on 12-29-07 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's such a heart touching story and it flows very well. Every part from the beginning to the end is well written and meaningful.Hats off   to Nepal ko Chora..


 
Posted on 12-29-07 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kasto dukha lagne  ending!!!!


 
Posted on 12-29-07 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKC bro kya unexpected ending raichha yaar tara yo pani raamro laagyo, bro la arupani lekhnu paryo


 
Posted on 12-29-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी,
हजुर को शब्दमा त एउटा भाइ प्रतीको दिदीको माया बोलिरहेको जस्तो लाग्यो। हजुर को त्यो सदभाव को म आभारी छु। म चाइ के भन्छु भने हजुर को त्यो मन्त्रमुग्ध पार्ने कबिताहरु सङ त मेरो कबिताको कुनै तुलना नै हुन सक्दैन। हजुर को जस्तो राम्रो कबिता हरु कोर्न मैले धेरै बर्ष तपस्या नै गर्नु पर्छ होला।
न ढाटी भन्नु पर्दा, यो कथा न त पुर्ण काल्पनिक हो, न त सम्पुर्ण सत्य नै। केही घटेका घटना अनि केही कल्पनाको मिश्रण हो। मैले समाप्त भनेर पुर्णबिराम लगाइ सकेको कथा लाइ चिता बाट ब्युझाउन मलाइ गारो पर्छ होला। हो, कथा को "म" पात्र अनि निना बिचको सम्बन्ध केवल चोखो मित्रता मात्र हो। कथाको "म" पात्र को लागी अझै पनि निना राजन को नै नासो हुन। सायद निना को मर्माहत समयमा "म" पात्रले केही भुमिका त पक्कै खेल्न सक्थ्यो होला, यदी समय को भुवरीले "म" पात्र र निना बिचमा एउटा ग्रेट वाल जस्तो भिमकाय पर्खाल न उभ्याइ दिएको भए। हजुर का ति सुक्ष्म अध्यन  र सुझावको लागी मुरी मुरी धन्याबाद।

 

Waiyat,

I really appreciate your observation and encouraging note. Thank you very much.

 

Dalli Resham,

Thank you very much for reading the story. I appreciate your comment. Yeah, the ending is pitiful but the death is an inevitable event.

Kalejo,

हजुरलाइ कथा मन परेको मा म पनि धेरै खुसी छु। तपाइ हरु जस्तै पाठक को प्रेरणाको उपज हो, यो कथा। हजुरका ति प्रतिक्रियाको म आभारी छु। समयले साथ दिए आउदा दिनमा अरु रचना पनि पस्किने जमर्को गर्नेछु।


 
Posted on 12-30-07 4:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepche bro, dherai ramro.......simply awesome....

The best part of the story was  यस कथाका सम्पुर्ण घटना र पात्रहरु काल्पनिक हुन। कसैको बास्तविक जिन्दगी सङ मेल खान पुगेमा केवल संयोग मात्र हुनेछ।

I thought it was real and really felt sad  
Last edited: 30-Dec-07 05:08 AM

 
Posted on 12-30-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very sad ending. tara kalpinik bhaneko le khusil pani lagyou.
 
Posted on 12-31-07 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे ब्रो, 
एकदम मार्मिक एवं सलल बगेको लेखाइ छ! अरू पनि लेख्दै गरम्!
 
Posted on 12-31-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोर्के खोलामा पौडि खेल्या रे???

कतापट्टि गएर खेलेको? अलि तल कि माथि चिसापानीबाट नि मास्तिर पट्टि हो?

अन्त्यमा आएर अलिक मार्मिक मोड आएछ नेप्चे कथामा, जे होस राम्रो लाग्यो। अरु पनि जावस शुभकामना छ!


 
Posted on 12-31-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing bro,

Thank you very much for those nice words. I appreciate it. Speaking honestly, the story is mixture of reality and imagination.

Pjna,

Thank you very much for the encouraging note.

चित्रे,
म आभारी छु, तपाइ को ति मिठा शब्दहरु प्रती। मौका मिले अरु पनि लेख्ने कोशिस गर्ने छु।

बिर्खे दाइ,
तेती बेलाको बसाइ चिसापानीमा थियो। पौडी खेल्न चाइ अलि माथी मुहान तिर लागिन्थ्यो।
कथा पढेर पस्किनु भएका प्रेरणादायी ति शब्दहरु को लागी म आभारी छु। 


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters