[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
जागिरको डायरीबाट !

[Please view other pages to see the rest of the postings. Total posts: 31]
PAGE: <<  1 2
[VIEWED 21745 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-12-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

जागिरको डायरीबाट!

मित्रहरु, यसपटक म आफ्नो जागिरे जिन्दगीको केही रोचक र घोचक संसमरणहरु लिपिबद्ध गर्ने जमर्को गर्दैछु।

प्रस्तुत घट्नाक्रमहरुमा कुनै जाति बिषेशलाई होच्याउने, घोच्ने प्रयास गरेको भन्ने पूर्बाग्रह नलिई पढिदिन हुन आग्रह गर्दछु। परिस्थितिबस कुनै जाति बिषेशको जात थर उल्लेख गर्नै पर्ने अबस्थामा मात्र उल्लेख गरेको छु।

कुरा सन् २००० सालको। मेलम्ची खाने पानी आयोजनामा जागिरे थिएं। आयोजनालाई समयमै पुरा गर्ने कार्यतालिकामा त्यति बेलाको प्रगतिको गति अशातित थियो। आयोजना अबधी भरको लागि इन्जिनियर देखि पियन सम्मको पदको बिज्ञापन गरिएको थियो।

प्रस्तुत घट्ना पियनको अन्तर्वार्ताको हो।

पियनको अन्तरवार्ता

६ ओटा पियन पदको लागि ६ सय भन्दा बढीको दर्खास्त परेको थियो। धेरै दर्खास्त पर्नुमा मेलेम्ची आयोजनाको आकर्षक तलबमान् थियो। पियनको तलब नै सरकारी अधिक्रितको तलब बराबर् थियो। अर्थात साढे चार हजार प्रति महिना। सरकारी इन्जिनियरको तलब मात्र ४ हजार् २ सय थियो त्यति बेला।
ती ६ सय भन्दा बढी सामन्य लेखपढ मात्र जान्ने न्यूनतम योग्यताभएकाहरुको अन्तरवार्ता बिधि मार्फत छनौट गर्न समिति गठन गरियो र त्यसमा यो राहुलभाइ सबै भन्दा कनिष्ठ सदस्यको रुपमा सामेल गरिएको थियो। एक जना मन्त्रालयका उपसचिब अर्को सदस्य वरिष्ठ इन्जिनियर साहेब हुनुहुन्थ्यो।
एक् दिनमा ३० जनाको अन्तरवार्ता लिने गरी समय सारणी राखिएको थियो।
अब आउदा हरफहरुमा अन्तर्वार्ताका केही परिद्रिश्यहरुलाई राख्ने छु।

अन्तर्वार्ता द्रिश्य १

निबेदक- नमस्कार हजुर् ( धनुष्टन्कार नमस्ते शैलीमा)।
अफिसर- १,२, ३, - नमस्कार
बस्नुस्

अफिसर २- तापाईको परिचय दिनुस्।
निबेदक- राम शरण
जीतपुर काठमाडौ।

अफिसर १- दर्खास्त किन हाल्नु भयो?

निबेदक- खानै पाएन हजुर, साह्रै दुख पाइयो।

अफिसर ३- खानै पाएन रे? अहिले सम्म केही नखाई बस्नु भाको त?

निबेदक-    अलि अलि जमिन छ, ६ महिना पनि खान पुग्दैन। बालबच्चा चार् चार् जना छन्।
अफिसर्१-  ६ महिना भोकै बस्नु त हुन्न होला नि? खेतीले पुग्दैन भने केही त गर्नु हुन्छ होला नि?

निबेदक-  हजुर, गरीब मान्छे, के गर्न सक्छु। अलि अलि कुखुरा पालेको छु।

अफिसर २- अलि अलि भनेको कति?

निबेदक- यस्तै २-३ हजार।

अफिसर ३- अलि अलि भनेको ३ हजार हुंदो रैछ।

ल भन्नुस्, २-३ हजार कुखुरा बाट कति फाइदा हुन्छ?

निबेदक- धेरै हुन्न हजुर। आजकाल कुखुराको भाउ नै छैन।

अफिसर् १- भाउ हुंदा कति हुन्छ, न हुंदा कति हुन्छ?

निबेदक- भाउ हुंदा महिना ३० हजार हुन्छ, नहुंदा २० हजार जति हुन्छ।

अफिसर १- हो र? हाम्रो तलब कति छ थाहा छ?
निबेदक- थाहा छैन हजुर, हजुरहरु त हाकिम साहेबहरु। तलबको के कुरा हुन्छ र?

अफिसर १- महिनाको ३० हजार कमाएर खान नपुग्नेलाई ४ हजारले के गर्नु हुन्छ? जानुस्, यो जागिर तपाईको लागि होइन।
यो देशमा महिनामा १ हजार आम्दानी नहुने धेरै छन्, आधा पेट खाने धेरै छन्।
यस्तो भद्दा मजाक अन्त नगर्नु होला।

हामी तिनै जनाको दिमाग गरम् भएको थियो, उक्त ब्यक्तीको कुरा सुनेर। महिनाको ३० हजार त्यतिबेला बिदेशी बैकमा काम गर्ने अफिसरले पनि पाउदैनथ्यो। पियन बन्न खोज्ने महाशयलाई ३० हजारले पनि खानै पाएन रे। मुखामुख गर्‍यौं। डबल तलब पाइने आकर्षणले मेलम्चीमा सरुवा भै आएको इन्जिनियर म।  जम्मा तलब ८ हजार २ सय। हिसाबले म त इथोपियाका अकाल पीडित नागरिक जस्तो पो भएं। ८ हजार तलबले मज्जाले पुग्थ्यो महिनाको खर्च। बिलासितामा न खर्चिने हो भने महिनाको २ हजार सेभिङ नै हुन्थ्यो।
सन्तान थरि थरि का।

क्रमश:

Posted on 02-13-08 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

मेलम्ची आयोजना धेरैलाई जागीर खानको लागी मात्रै थियो र अझै पनि छ। जतिले जगिर खाए सबै कसैको सोर्स नलगाईकन खाएका होइनन्। राहुलदाइको त के हो थाहा भएन। किन मान्छेको धुइरो लाग्यो तेहा? १। बेरोजगारिको समस्या। जहा जहा भ्यकेन्सि खुल्छ मान्छेको तेहा भिड लाग्छ। २। तेहा पाइने तलबले गर्दा। राहुलजीले नै भन्नु भयो कि अरु ठाउ भन्दा दोब्बर तलब थियो मेलम्चीमा भनेर।

उहाहरुले सोदेका प्रश्नहरु मेरोबिचारमा साच्चीकै हुन। किन भने उहाहरु कुन चाहि राम्रो उमेदवार होला भन्ने मतलब थिएन। खालि देखाउनलाई मात्रै अन्तर्बार्ता लिने त होनि।तेहा सोदिएका प्रश्न त के कुरा। विश्वबिध्यालयको सहायक प्राध्यापकको लागी लिखित जाच पास गरेर अन्तर्बार्ता दिदा एकजना(सेवा आयोगकका प्रमुख)ले रसायनशास्त्रका उमेदवारलाई "तिमी organic, physical and inorganic मध्य कुन लाई बिहे गर्छौ बाबु" भनेर सोदेका थिय। जुन प्रश्नको कुनै तुक थिएन।

जे भए पनि नेपालको यथार्थ हो त्यो। आफ्नो अनुभव साट्नु भा को मा राहुलजी लाई धन्यबाद्।

Posted on 02-13-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

आदरणिय पाठक महोदयहरु!
मैले प्रस्तुत संस्मरणमा समाजका बिभिन्न बर्गलाई प्रतिनिधित्व गर्नेहरु चरित्र चित्रण गर्न खोजेको मात्र हुं। नेपाली समाज र परिबेश अनि आम मानसिकताको घेरामा बाँधिएर पढिदिनु होला।
रिट्ठे जी, भिजिटर् जी, pjna007 जी, चित्रे जी, अनि स्याटलाइट जी सबैमा अभार ब्यक्त गर्न चाहन्छु।
बिर्खे जी, भउते जी, पर्बतेजी, सुर न ताल् जी, डल्ली जी, लाई पनि धन्यबाद, यहाँहरुको अमुल्य टिप्पणी अनि समयको लागि।

justareader जी,
मात्र प्रश्नको सोधाईलाई maturity को निर्क्यौल गर्न मिल्ला र? सबै भन्दा पहिला त कुन पदको बिज्ञापन् हो, न्यूनतम योग्यता के हो त्यसबारेमा हेक्का राख्नु पर्ने हुन्छ। अर्को गर्नु पर्ने कामको बिबरण के हो। पियन पद, साधारण नेपाली लेखपढ जान्ने, साइकल चलाउन जान्ने लाई प्राथमिकता भने पछि अब अन्तरवार्तामा के अरु बिषयगत प्रश्नको सोधाई भो र? अर्को कुरा, त्यो आबेदकको प्रिष्ठभूमि मुल्यान्कन नगरी आबेदकको जागिर प्रतिको आसक्ती कति को बुझ्न पनि सकिदैन नि। सिरियस् क्यान्डिडेट हो कि जिस्किन मात्र आएको हो, छुट्याउनु पनि पर्‍यो। हाम्रो उद्देश्य थियो जसलाई सबैभन्दा बढी जागिरको आबश्यकता छ, उसलाई दिने हो। अर्को कुरा, पियनको काम, नेपाली परिबेशमा चिया पकाउने देखि लिएर चिट्ठिपत्र लिन दिन जाने समेत गर्नु पर्ने हुन्छ। साइकल चढ्ने जान्ने हुनु आबश्यक नै मानिन्छ।
ब्यक्तित्व, पारिवारिक प्रिष्ठभूमी र पढाइको मात्रले ती यावत पियनको काम भोलि गर्छ गर्दैन निर्क्यौल गर्ने हुन्छ। त्यसैले , बुबाको नाम र काम् सोधिने गरिन्छ। आदर्श समाज र कागजी कुरामा ब्यक्तिगत गोप्यताको कुरा हुन्छ होला, नेपाली परिबेशमा त्यो शायद लागु हुदैन कि?
अमेरिका पनि कतै जागिर खोज्यो भने ब्याकग्राउण्ड चेक भनेर गर्ने गर्छ।अर्को कुरा कुनै पनि आबेदन फाराम् मा नै आराम् संग बाबु नाम्, बाजेको नाम, पति को नाम उल्लेख गरिएको हुन्छ। तीनपुस्ते सनाखतको कानूनी ब्यबस्था पनि त छ नि होइन र?

pops जी,
तपाई को टिप्पणीको पनि धेरै जस्तो अंशको जवाफ justareader जीकोमै दिइसकें जस्तो लाग्छ।
मेलम्ची बारे तपाईको धारणा छुट्टै होला, त्यहाँ जागिर खानेहरुको धारणा बेग्लै होला।
जहाँ सम्म त्यतिबेला गरिएको पदपूर्तिमा सोर्स फोर्सको बबाल सवालथितो थियो भन्ने कुरा म मान्दिन। न भएकै थिएन होला पनि भन्दिन। पियन र ड्राइभर पदको छनौटमा १ ओटा सीट मेलम्ची क्षेत्रकै बासिन्दा र त्यतातिरका माननीयको लागि आरक्षित जस्तै भएकोले बाहेक बाकी ५ सिटमा सबैभन्दा योग्य अर्थात जागिर जरुरी पीडितलाई नै छनौट गरेका थियौं। ती ब्यक्तिहरि अझै कार्यरत छन्।
सोर्स् फोर्स त कतिको आए भन्ने बारे अर्को अंकहरुमा लेख्दै जाने छु। तर तत्कालिन कार्यकारी निर्देशकले स्वतन्त्ररुपमा काम गर्न दिनु भएको थियो।
अझ भनुं, त्यतिबेला एक जना इन्जिनियर साहेब  तत्कालिन बिभागिय मन्त्रीज्यूका सहोदर भाइ हुनुहुन्थ्यो। अस्थायी रुपमा १ बर्ष देखि काम् गर्दै आएका इन्जिनियर साहेब पनि लिखित परिक्षामा सफल हुन सक्नु भएन। बहालवाला मन्त्रीको भाइ फेल हुनु के सोर्स् फोर्स हो त?

Posted on 02-13-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

lu interviewka aaru mahanubhav haaruko ko ko hunuhundho rahechha chadai lekham aaru paani..

padhdai jaau..

Posted on 02-13-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

बिचरी अन्जना राज्य लक्ष्मी राणा!

के गरोस जस्तो भए नि जागिर खान पर्ने भएर गएकि रहेछिन मैसाब!

ल ल ठूल्दाई अरु कस्ता कस्ता आए छिटो भन्नोस है सकेसम्म!

Posted on 02-13-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

अन्तर्वार्ता  ३

निबेदक- नमस्कार ( हातै नजोडी)।
अफिसर- १,२, ३, - नमस्कार
बस्नुस्

अफिसर १- तापाईको परिचय ।
निबेदक- बिनोद् कुमार् **इ

अफिसर २- घर् कता पर्‍यो कुन्नी?

निबेदक- मन्त्रीज्यू को गाउं।

अफिसर ३- त्यसो भए मन्त्रिज्यूलाइ राम्रो संग चिन्नु हुन्छ होइन?

निबेदक- हो एउटै गाउं को नचिन्ने कुरै भएन।

अफिसर ३- त्यसो भए मन्त्रीज्यू लाई जागिरको लागि भनि सक्नु भयो होला होइन?

निबेदक-  हो भनि सकें, ग्यारेन्टी हुन्छ भनेको छ।

अफिसर १- त्यसो भए जानुस्, तपाई को जागिर् पक्का भए बधाई छ?

यस्ता मन्त्री र प्रधान् मन्त्रीको ध्वाँस् दिने अनेक आए। तिनको योग्यता र क्षमता को परख गर्नु भन्दा औपचारिकता निभाउदै पठायौं। मन्त्रीको ध्वाँस दिने कसैको पनि जागिर् भएन्।

Posted on 02-13-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

But still i think it is discrimination to judge from appearance that he/she will not be able to perform. Who knows she might be a really good cook (chia cook, i mean).

One the othe hand, no questions were asked about past experience, want he/she is capable of doing,etc

I heard that in ICIMOD, the receptionist comes to work in her BMW, is daughter in law of one of the royal family... I have not understood why they need job..

Posted on 02-13-08 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

Rahulbhai,

I totally agree with you. Everything has to be seen in the context. We still put date of birth in our CV (Resume). Most of even have our father's name in resume. For the type of job and experience required, asking personal questions are expected and only options.

and I hope, the names are already change to protect the privacy of these people.

keep on writing.

Posted on 02-13-08 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

Rahulbhai,

I totally agree with you. Everything has to be seen in the context. We still put date of birth in our CV (Resume). Most of even have our father's name in resume. For the type of job and experience required, asking personal questions are expected and only options.

and I hope, the names are already change to protect the privacy of these people.

keep on writing.

Posted on 02-15-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

ठुल्दाइले मेरो अन्तर्वाताको कुरो पनि लेख्ने होला अब। बेइज्जत गर्ने भे। राउँरो गा छ।

Posted on 02-15-08 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

केही शब्दहरु :
मेमसाहेब ले पियनकै जागिर भए पनि खान लाई अन्तर्वाता दिनकोलागी आउनु सक्नुमा मैले अचम्म मानिन .पियनको जागिर कस्तो हुन्छ र कुन अवस्थामा बाट गुज्रन्छ भन्ने थाहा हुँदा हुँदै पनि हिम्मत देखएकोमा अवस्य पनि आर्थिक स्थिती अतिनै दयनिय हुनुपर्छ वा ड्राइभर साब बेरोजगर बाट जद्याहा हुन पुगेर मेमसाहेब ले काम खोजनुपरेको हो। भन्छन " रस्सी डहग ई लेकिन ऐठन बाँकी है" उन्मा त्यो नहुनु ले बिगत बिर्सिएर नयाँ जिबन को सुरुवात गर्न खोजेकोमा मेरो सहानुभुति छ ।

साथमा:  कती आम्दनी हुन्छ भन्ने कुरा भन्दा पनि सरकारको मानु खानु नेपाली समाजमा आफ्नै स्थान छ । हाकिम साब ले त्यो कुरालाई मध्यनजर गर्नु भयो भएन । मैले चिनेका एक मित्रको भक्तपुरमा सुन पसल छ तर उनी भने नेपाल बैंक मा नोगजाको काम गर्दथिए । यदी दैनिक पसलामआ बस्ने भए , ब्यापार बद्धथियो , ग्राहक बड्दथिए साथमा सिप , उन्को ईछा हुँदाहुँदै पनि श्रीमतीजिको आग्रहमा नोगजाकै काम गर्नु भयो । एस्तै छ हाम्रो समाज अनी हाम्रा सोचाइ हरु .

Posted on 02-19-08 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?

दाई,
i also enjoyed it.
मज्जा आयो ।

PAGE: <<  1 2
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters