मैले आज गएर एअरपोर्टको एउटा ठुलो hangar रेन्ट नगरी भा छैन। "किन?" भन्ने
लागिरा होला। यो वीकेन्ड facebook मा १७ वटा घर जाने प्लेन उपहार आको रैछ ।
अब उपहार जस्तो कुरो फाल्न नि भएन (फाले नि का फाल्ने?), राख्नलाई public
storage मानि नअट्ने। अनी चाहिएन त hangar? अहिले facebook लाई जती दसैं
खाध्य सँस्थानलाई पनि लागेको छैन होला। खाध्य सँस्थानले त खसी, बोका, चामल
इत्यादी को मात्र ब्यबस्ता गर्छ नि, facebook ले त के के को मात्र
ब्यबस्ता गरेको छैन-- जमरा देखी केटालाई नयाँ लुगा, केटीलाई नयाँलुगा,
लाम्काने खसी, सेकुवा, भगवान थान, तास, पिङ ......you name it! मलाई त
"बिज्ञाने बिदुरे भवतु भवताम किर्तिस्च नरायणे" लाई पनि चेन्ज गरेर "
बिज्ञाने न्युटने भवतु भवताम किर्तिस्च फेसबुके" गर्न मन छ। हुन त म यती
सार्हो जान्ने हुनु नहुने हो। मैले यो श्लोक शुद्ध भन्न जानेको धेरै भाको
छैन। पैले पैले म "बिज्ञाने बिदुरे भवतु भवताम सिकिस्त नरायणे" भन्थें---
बिचरा नारायण! जस्तो लाग्छ अचेल।
हुन त facebook लाई दसैं
मात्र लागेको हैन। २,४ हप्ता अगी तिज पनि गतिलै लागेको थ्यो। facebook मा
म्यासेज हेर्दै थिएँ, एउटा यस्तो रैछ "if fasting is your cup of tea then
go for it gal, if not then don't try to be SATISABITRI" रे।
"AMENNNN"......भन्यो मनले तर त्यो म्यासेज सुझाब, चेतावनी, शुभकामना
मध्धे के थियो बुझ्न सकिन। निक्कै बेर घोरिए पछी मलाई त्योम्यासेज
मोनालिसाको मुस्कान जस्तो लाग्यो। मैले अहिले सम्म मोनालिसाको मुस्कान किन
त्यती प्रसिध्द भाको भन्ने बुझ्या छैन। उसो त मैले बुझेका भन्दा नबुझेका
कुरा धेरै छन, त्यसमा यि दुइटा थपिएर के फरक पर्यो र ? इन्फिनिटी मा दुई
जोडे पनि इन्फिनिटी नै हो भन्ने गणितिय अक्कल लगार "happy teej" लेखेर
पठाइदें।
ए साँच्ची शुक्रबारको कुरा- कामबाट घर पुगेर भारी बिसाको मात्र के थें फोन आयो।
"ओइ के गर्दै छस?"
"के गर्नु? भर्खर कामबाट आको" मेरी भुतपुर्व रुम पार्टनरले गरेकी
"शुक्रबार पनि यती बेला सम्म काम गर्छ कोही? म त ४ बजे नै हिन्दें"
"तेरै छ मोज"
"अस्ती long weekend मा कहीं गैनस?"
"गैन काइ--अस्ती भर्खर त्यत्रो घुमेर आको--घरै बसें। तिमीहरु त घुम्न गका रइछौ--फोटोहेर्या थें मैले facebook मा"
"फोटो हेरिस तैले--कैले हेरेको?"
"खै monday हो कि tuesday"
"मैले आइपुग्ने बित्तिकै upload गरेको--- किन comment नगरेकी त?"
"अब के comment गर्नु--घुम्न गएछौ--रमाइलो भएछ भन्ठाने"
"मलाई कस्तो देख्या छ त्यो हल्टर लाउदा?"
"राम्रो देख्या छ तर तँ अस्तिनै भन्दा अली मोटाइ छस"
"ला हो र! धेरै मोटी देख्खेको छ हो?"
"हैन हैन मलाई त्यस्तो लाग्या मात्र होला"
"मोटाइछस भनेर comment नगर है फेरी, तेरो त केही भरोसा छैन" facebook
"अनी भर्खर गर भन्या हैन त ?"
"comment त राम्रो राम्रो पो गर्नु पर्छ, अरुले notice गरेका रैन रैछन् भने पनि गर्छन् "
"हरे!"
"अनी तिमीहरु अस्तीनै घुम्न गको फोटोहरु किन नराखेकी त?"
"कती धेरै फोटो छ यार--- मसँग त्यो फोटो छानेर facebook मा upload गर्ने
जाँगर छैन ---बरुतलाई ईमेलमा attach गरेर पठाइ दिउँला २,४ वटा"
"कस्ती रैछे---राख न--म comment गर्छु नि"
"अब ईमेलमै comment गरेर पठा न"
"ह्या ईमेलमा comment गर्न मजा आउँदैन क्या"
"हे छोड् दे यो फोटो सोटोको कुरा--यो weekend के छ तिमीहरुको plan? सौरभको के छ हालखबर? "
"उस्को सब ठीक छ--आज उस्को आन्टिको छोराको birthday छ--त्यहीँ जान लाको हामी"
"लौ लौ have fun"
"ल ल म फोटो रख्छु नि facebook मा--हेर न"
"हाहाहा---ल ल"
"ल त तँ पनि भुजा सुजा पकार खा अब--फेरी त्यतिकै काउचमै निदाउने हैन"
"हस हजुर हस---"
हाम्रो वार्तालाप सकियो। फोन राखी सके पछी सबै कुरा एक चोटि remind गरें।
हामीले गरेका कुरा मध्ये ९५% भन्दा बढी facebook सँग सम्बन्धित थिए। तेस्को
कुरा सुनेर " how come everybody in facebook look so cute?" भनेर जीरा
दाई (दाइ भन्देछी आफ्नो उमेरको पीर गरीराख्नु परेन नि) ले यही साझामा
लेख्नु भाको सम्झे। हो दाई हो, सोर्है आना सही--अब त्यस्तो warning आए पछी
सबै जना cute हुने नै भए । यस्तै positive comment सबैले सबैलाई गर्ने
भए संसारमा कसैलाई depression ले छुने थिएन।
Birthday पार्टीमा
जाने भन्दा याद आयो- facebook को अर्को महत्व पूर्ण event "Happy
Birthday"--अब टाढा भका अथवा सधैं संपर्क नहुने साथीभाइ, नातागोता लाई
birhtday को दिनमार्फत "Happy Birthday" भन्दा मेरो केही गुनासो छैन तर
एउटै घरमा बस्नेश्रीमान/श्रीमती, प्रेमी/प्रेमिकाले "Happy birthday
baby....you are my sweetheart"--- "Happy birthday baba....I love you"
लेख्या देखेर चै अचम्म लाग्छ भन्या। "कृतिम माया प्रदर्शन" भन्छ त्यती बेला
मेरो मनले। no offense है फेरी। अब facebook मा आफुलाई मन लागेको कुरा
लेख्नपाउनु तपाईंहरुको अधिकार --याँ मैले गफ लाइरा बेला मलाई लागेको कुरा
लेख्न पाउनु मेरो अधिकार। चित्त नबुझेको खण्डमा लास्टाँ comment गर्न पाउने
तपाईंहरुको अधिकार सुरक्षित छँदैछ।
ए त्यो "what's on you
mind?" को कुरा पनि गरौं न अब सुरु गरे पछी। कस्तो खतरा खतरा कुरा आउने
बाबै सबको दिमाख मा? एक जनाले यस्तो लेख्या रइछन "The perfection of
wisdom, and the end of true philosophy is to proportion our wants to
our possessions, our ambitions to our capacities, we will then be a
happy and a virtuous people"--फस चोटि पढे पछी अहा! हो त नि हैजस्तो भा
थ्यो, दोस्रो चोटि पढ्दा अली अलमलिएँ, तेस्रो चोटि पढ्दा त ठ्याम्मै केही
बुझ्याहैन। मेरो मात्र दिमाख किन यस्तो खाली हो? आफ्नो त अङ्रेजी पनि
better game परेको बेला एउटा पनि sequence नमिलेको तास जस्तो छ। भगवानले
पनि किन सौताको छो-छोरी लाई जस्तो व्यबहार गरेका होलान भन्ने सोचले
बिरक्तिएर ceiling तिर हेर्दै थिए, झ्वास्स एउटा idea आयो। "why I am
blank?" लेख्दें मैले पनि।
मलाई facebook का केहि कुरा मन नपरे पनि सबै
कुरा मन नपर्ने चैं हैन नि फेरी। उहिले उहिले जामा लाएर सँगै स्कुल जाने
साथीहरुको अहिले जामा लाउने भुन्टिहरु देख्दा रमाइलो लाग्छ। अनीपहिले
प्रेम पत्र दिन आउने अनी आफुलाई पनि दिउँ दिउँ लागेका लिखुरे केटाहरु
अहिले डम्म भुँडी लाएर बुढीलाई अँगालो मारेर खिचेको फोटो हेर्न पनि खुब
रमाइलो लाग्छ। आफ्नो राम्रोफोटो profile picture बनाउन पनि जाँगर चल्छ। अब
के गर्नु त? समाचार उही हो- ओबामाको health care reform,माइकल ज्याक्सनको
सम्पत्ती कस्ले कती पाउने, स्वाइन फ्लु कता सर्यो, जोन र केटले के के गरे,
परमानन्द झाले किन नेपालीमा सपथ लिएनन, बाढि पैरोले कतीजना मरे-- कती
सुन्नु? बरु laptop समात्यो अनी सुरु गर्यो--जय Facebook!
perfectionist perfectionist मन पर्नु भन्या त चानचुने कुरा हैन नि? खसिको मासु भन्दा कान चै मन परेछ झन । लेख्न त लेखी राख्न मन लाग्छ नि के गर्नु ? बिहान बेलुका २ छाकको बन्दोबस्त पनि गर्नै पर्यो ....लेखे पछी टाँस्ने ठाउँ त यही हो नि । पार्टी चेन्ज गर्नु भएकोमा धन्यबाद
Riten हस Riten बा लेखी हाल्छु नि, बरु पढ्न चै नछोडम ......यो जाउलो खानु पर्ने उमेरमा पनि cheeseburger, fries, soda खाए पछी सर्किदैन त?
RajaHarischandra हुन सक्छ है हुन सक्छ ........अब तपाइलाई प्रेम पत्र दिउँ दिउँ जस्तो लाग्या भए त केहि छैन, मलाई लाग्या रैछ भने त त्यो couple picture हेर्दा फेरी मन चसक्क हुने भो नि । जमुनि के गर्दै होलिन अचेल ।
aasthaa हैन हाँसेको हो कि हाइ गरेको हो ?....दुइटै पोजमा आखाँ चिम्सा हुन्छन, मुख आँ हुन्छ .... अलि प्रस्ट पारिदिए हुन्थ्यो ....
serial, mero english testo bhayo bhandaima taas nai naparne chai haina ni.....dashain mero paisaale manaula bhanne bichhar garyaa hola? be careful.....
Serial त्यसरी आशै आशमा दशैं खेर नफालौ । बरु जो जो भेटिन्छ बाँड्दै गरौ, म आम्दै गर्छु ....
miss_me के छ हालखबर ? पढेर कमेन्ट नगर्ने भन्या त दशैमा टिका लाईदेर दक्षिणा नदिने जस्तै हो नि। टिका थाप्ने मान्छेलाई त जती धेरै दक्षिणा भयो त्यती रमाइलो नि है ? thanks for reading....
kanchho refreshing लाग्यो ? मैले mint पनि हालेको थिएँ अलिकती ......refresh गर्न सकेकोमा खुशी लाग्यो ..... एउटा भाषाले मार्न लाग्या थियो फेरी यो के भाषाको शब्द होला नि ?
bhariya नाम पनि भरिया अनि यताको सामान उता सार्न मन पनि लागी हाल्ने रैछ फेरी....thanks for reading
म लाई अक्सर साझा मा नेपाली मा लेखेको आर्टिकल अथवा कथा हरु पढ्न एक्दुम्मै अल्छि लाग्छ तर तपाईं ले लेखेको को यो satirical आर्टिकल रिड गरेर मुख मा हासो अनी नेपाली फन्ट मै कमेन्ट गर्ने जागर आयो। नाइस वेरी नाइस।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.