[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 528912 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 12-05-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la wastai nagari nirash huna dina pani ta bhayena ni thiti haru lai. gajab ko chha, yespali ta romantic and exciting scene halera Deep bro le katha ma, wow wow....... ani tyespachhi ke bhayo?
 
Posted on 12-05-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यस्को ठेगान छैन, यी आज पनि अहिले भगबतीबालमा जानु पर्ने थ्यो पढ्न यता आएँ--उता अरु साथीहरु पढ्दै छन, शनिबार ब्यान पशपती तिर पढ्न जान्छु, मंगलबार बेलुका चाबेल गणेशथान तिर हुन्छ पढाई, अरु दिनहरुको पनि कैले कता कैले कता हुन्छ यस्तै --बिजोग नी" भनें।

haah haa gajjab ,

कथाले एक छीन भएनी मुख्मा मुस्कान लेर आयो ।


 
Posted on 12-05-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यस्को त ठेगान छैन, यी आज पनि अहिले भगबतीबालमा जानु पर्ने थ्यो पढ्न यता आएँ--उता अरु साथीहरु पढ्दै छन, शनिबार ब्यान पशपती तिर पढ्न जान्छु, मंगलबार बेलुका चाबेल गणेशथान तिर हुन्छ पढाई, अरु दिनहरुको पनि कैले कता कैले कता हुन्छ यस्तै छ--बिजोग छ नी"। भनें।


 
Posted on 12-05-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooHO दीपज्यू, ल बधाइ छ!!

 
Posted on 12-05-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooHO दीपज्यू, ल बधाइ छ!!

 
Posted on 12-05-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्यौलमा अकस्मात मैले सिरक तरुनी तिर हेरेर अलि ठुलै स्वरमा भन्दीएछु, "नारायन तत्सत! के गर्ने हो के अब?"  --  कस्तो अन्योउलमा पर्या हो दीप गुरु अली कन्ट्रोल गर्न जान्नु पर्‍यो ....

बाङे ले यो पाली आफ्नो मात्र होइन यो दीप गुरुको पनि कल्यान गरी दिने पो छाँत काँत देखिन्छ है !!!  खोइ आफ्नो त यस्तो जाँड रक्सी चुरोट देखी लिएर तरुनी सम्म बन्दोबस्ती गरीदिने साथी त कोही भएन है ...... बरु आफ्नै तरुनी लाई छड्के आँखा ले साइद मार्ने चन्दाल साथी भनौँदा हरु धेरै थिए !!

ल ल यसो शनिबार - आइतबार को लागि यसो थप्दिउन न हजुर..  हजुर को कथा पढ्दा त हिउँ पर्दा नी न्यानो नै हुने रइछ ..


 
Posted on 12-05-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्यौलमा अकस्मात मैले सिरक तरुनी तिर हेरेर अलि ठुलै स्वरमा भन्दीएछु, "नारायन तत्सत! के गर्ने हो के अब?"  --  कस्तो अन्योउलमा पर्या हो दीप गुरु अली कन्ट्रोल गर्न जान्नु पर्‍यो ....


 
Posted on 12-07-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k ho eklai patauna nasakne Bange le aba ta deep lai sudhha kt patai diya chha.  hune bela anek hune


 
Posted on 12-07-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k ho eklai patauna nasakne Bange le aba ta deep lai sudhha kt patai diya chha.  hune bela anek hune


 
Posted on 12-08-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो लेखाई प्रति टीप्पणी गर्ने सबै प्रति म आभारी छु। मौका पाएको बेला यति चै भनीहालुँ भनेर।

कुरा त अघि बढ्ने नै छ।


 
Posted on 12-08-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो लेखाई प्रति टीप्पणी गर्ने सबै प्रति म आभारी छु। मौका पाएको बेला यति चै भनीहालुँ भनेर।


 
Posted on 12-08-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पढिवरि दाम्मिज कमेन्ट हान्छु भनेको कि, घरमा à¤²à¤¾à¤¸à¥à¤Ÿà¥ˆ बिजि भएर गर्नु पाएन!


 
Posted on 12-08-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पढिवरि दाम्मिज कमेन्ट हान्छु भनेको कि, घरमा लास्टै बिजि भएर गर्नु पाएन!

लु ब्रो हरिप जाँदैछ, छब्किहरु नै बेसि के, को कसको ग्यास हो कनफर्म गर्नु गाह्रो!


 
Posted on 12-09-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

उनीहरु गएको हामीले हेरी रहेम। उनीहरुले जति चोटी फर्केर हेर्दा पनि उनीहरुलाई हाम्ले निरास गरेनम। ----

जति जति उनीहरु पर जाँदै थिए, रात उती उती बढदो थियो। उनीहरुले फर्केर हेरेको बेला बादलबाट जुन निस्कीन्थ्यो नभए उही बादल लागेको रात छिपिन्न्थ्यो। जब उनीहरु ओझेलमा परे, मलाई लाग्यो अध्याँरोले मध्यरातको सिमाना काट्यो। रात अझै पनि रात नै हो तर बिहानी रात। बिहानी रातमा अध्याँरो बढ्दैन। बढेर आउने उज्यालोले घटेर जाने अध्याँरोलाई पश्चिम आकास तिर बाटो देखाउँदै जाने क्रम नै बिहानी रात हो।

अहिले उनीहरु जाँदा उनीहरु मात्रै गएका थिएनन्, हाम्रा बिच्किएका मन पनि उनीहरु संगै गएका थिए। आफ्नो मात्रै मन सँग बस्न बानी परेका थिए होलान उनीहरु। अनि उनीहरुको त्यै आफ्नै मन पनि अचेल दिन प्रतिदिन चन्चल हुँदै गएको बेला झन हाम्रा बिच्किएका पनि मन उनीहरुका छचल्किएका मनलाई जिस्काउन पुगे पछी सुन्दरीहरुलाई रहरको शरणमा नपुगी उपाय थिएन। यथार्थ चाहना एउटै नभएको बेला रहर नै त्यस्तो भाव हो जस्ले चाहनालाई साथ दिएर यथार्थलाई पराजित गर्न नसके पनि ओझेलमा भने पार्न सक्थ्यो।

"तरुनीहरु लस्के पछी भुस्याहा कुकुरहरुले समेत हेप्न थाले यार ---" भुक्तै आएका दुईटा भुस्याहा कुकुरहरु तिर हेर्दै बाङ्गेले भन्यो।

हामी मोटरसाईकल भए तिर फर्किम।

अघि आफ्नो बिच्किएको मन तरुनीलाई जिम्मा लाई हालें, अहिले सुन्य मन लिएर फर्किंदा पो अनुभव गरें आफ्नो मन उस्लाई जिम्मा लगाएर मैले गल्ती गरें। बोलाएँ धेरै चोटी आफ्नो मनलाई, उतै पो रमाएछ। आउँदीन भन्यो। अब आफ्नो पनि रहर बाहेक अर्को उपाय थिएन।

"मैले दिउँसो के भन्या थें तलाई? तैंले चै एक दुई दिन बेपत्ता भएँ छेड हान्या हैन मलाई?" बाङ्गेले गर्जिए झै गरी भन्यो।

हाँसे मात्रै। के नै भन्नु थ्यो ? उस्ले मलाई जितेको थ्यो।

"मेरो आफ्नै मात्रै भए उही बेलाँ मिलिसक्या थ्यो, तेरो पनि मिलाउनु पर्ने भएर ट्याम लाग्या" बाङ्गेले थप्यो।

"दीदी बैनी नै क्या करेल करेल है?" मैले भनें।

"पूर्ब जन्ममा राम्रै पूण्य गरीया रैछ क्यारे --" उस्ले चुरोट झिकेर सल्काउँदै भन्यो।

"अब यो जन्ममा नी सुरु गर्नु पर्यो पूण्य गर्न, फल राम्रै पाईन्छ जस्तो छ। हुन चाख्न पा छैन तै पनि सरसरती हेर्दा --" मैले पनि चुरोटको सर्को संगै भनें।

बाङ्गेले हल्का हाँसेर भन्यो, "मैले सुरु गरी सकें, अब तँ पनि ढिलो नगर"

मैले "के?" भनेर सोध्या उस्ले पूण्यको काम भन्यो।

"तैले सुरु गर्या पूण्यको काम चै के नी?" भनेर सोध्या "तँलाई त्यस्ती राम्री तरुनी मिलाईदेको के ? अझ के भनेर सोध्दा -- बैगुनी" भन्यो।

मोटरसाईकल लिएर हामी फेरी त्यै बाटो फर्किम। निशिन्ताको घर तिर हेर्दै बाङ्गेले भन्यो "तरुनी भए पछि घरै राम्रो देखिने है?"

"मेरो पनि ससुराली देखान अनि हो हैन भनम्ला पनि" भन्या, "यो बाटो बाट देखिदैन भित्र जानु पर्छ --अब लाने भए उसैले लान्छे सक्दिन" भन्यो। बोरै भो।

"आज मनाउनु पर्ने दिन हो बाङ्गे" भाटभटेनी नेर आईपुगे पछी पसलमा बेच्न राख्या रक्सी सम्झिदै मैले भनें। "त्यो हो तर बाउ घरमै आज--पर्सी मनाउने बिचार गर्या छु मैले। ट्वाक सुपारी छ्याक झ्यालिन्चा सबैलाई भेला पारीराख पर्सी।" उस्ले भन्यो।

"किन भोली के भो?" मैले सोधें। पर्सी भन्दा हिंजै पैला आउँछ नी।

"भोली पनि मनाउने हो तर सुन्दरीहरु सँग मात्रै" बाङ्गेले ढल्कुमा मोटरसाईकल रोकेरै भन्यो।

अलमलिदै थिएँ, बाङ्गे मुसुक्क हाँसेर भन्यो "भोली भेटनलाई बल्ल बल्ल मनाछु अघि मैले निशिन्तालाई। उसलाई साँझ पर्नु अघि नै घर फर्किनु पर्छ रे, मैले हुन्छ भन्दें।"

"अनि अर्कि चैं?" मैले सोधें।

"निशिन्ता एक्लै आउँदीन, अर्किलाई पनि लिएर आउँछे, दीदी बैनीलाई सँगै आउन पनि सजिलो घरमा भन्न पनि।" बाङ्गेले सुनायो।

मेरो नी आशमा सास आयो। "अनि काँ भेटने नी भोली?" भडकिदो मुटु संगै मैले सोधें।

"त्यो भोली दिउँसो सम्म पक्का गर्छु --- अनि तँ भोली फेरी छ्याक सँग बोडी चिउरा खान जाने हैन नी रातो पुल तिर।" उस्ले भन्यो।

"अब किन जान्थें? दशा लाग्या छ र?" मैले दंग पर्दै भनें।

मलाई घराँ छोडेर गयो। सधै आएको आफ्नै घर हो, तर आज आउँदा बेग्लै रमाईलो लागिराथ्यो।

भित्र पस्ना साथ काकाले भने "तेरा गणहरु थे अघि दुई दुई चोटी"

"को?" मैले सोधें।

"को हुन्थ्यो? ट्वाक उस्को हल्दार" उनले भनें।

उनले सुपारीलाई ट्वाकको हल्दार भन्थे।

"छिट्टै आएछन क्या रे रडको भाउ बुझेर अनि भगबतीबाल जानु अघि होलान, अनि भगबतीबालाँ नआ देखेर फेरी बुझ्न होलान।" मनमनै गुन्दै भान्छा तिर लागें।

भातको बन्दोबस्त गरीसके पछी कोठामा आएँ। मन अघि भन्दा झन धेरै अधीर हुन खोज्दैथ्यो।

बाङ्गेकाँ जाम जाम लाग्दैथ्यो। सँग गएर धेरै कुरा गर्न मन लागेको थियो तर गईन। उस्को घराँ पुग्दा बाउ-आमा जाँतो जसरी फन्किरारैछन भने फेरी मलाई नी पिस्लान भनेर घरै बसें। गीत सुनेर ढल्किएँ। आँखामा उही तरुनी, मनमा उही, दिमाग उही। जताततै उस्कै जगजगी थ्यो। उसैले जितेकी थिई। हार्दा त्यस्तो रमाईलो कहिल्यै भा थिएन होला।

एक एक मिनेट बिताउन पर्लय जस्तो थ्यो, बिउँझेर रात बिताउनु सम्भवै छैन जस्तो। सुत्न निन्द्रा उसैकाँ पुग्या थ्यो आकै हैन। बल्ल बल्ल मेरो छटपटी बुझिछ क्या रे कुन बेला, पठाईदिई निन्द्रा। बिहान उठ्ने बित्तिकै बालुबाटार जाम जाम लागि रा।

सरस्वती सदन तिर जानु अघि, ट्वाक कहाँ गएँ, भेट भएन। सुपारी पनि थिएन घरमा। सुपारीको घराँ ट्वाककाँ गाछ भने ट्वाककाँ सुपारी था छैन भनें। ट्वाकलाई नभेटी भा थिएन, त्यसैले उस्लाई घर आए पछी कहाँ पठाईदिन भनें। तीन बजे तिर आईपुग्थ्यो घराँ। सँग कुरा गरेर बाङ्गे सँग जान भ्याउँथें।

सरस्वती सदनाँ उसै मन नलाग्ने झन आज के लाग्थ्यो? तरुनीको सम्झनाले काउकुती लाएदिएर बिजोग भो आफ्नो। घराँ बेलै मा आएँ। फर्किदाँ बाङ्गेको घर तिर बाट थें। उस्को मोटरसाईकल थिएन। कहिले आईपुग्ला जस्तो भो।

तरुनी सँग आज के कुरा गर्ने, के के हुने हो त्यस्को धुन श्रीको सिसी खाली भैसक्या पछीको जसरी चढ्दो थ्यो।

दशैमा किन्या च्यांग्रा जस्तो भाको थ्यो समय। म छिटछिटो घिच्याउन खोज्ने, उ सर्न पटक्कै नमान्ने।

सबा तिन जति बज्या थ्यो होला, बाङ्गे आईपुग्यो। आईपुग्दा त्यस्तो खुसी बिरलै लाग्थ्यो।

"जाने हैन ?" तयारै थिएँ।

"भट्टीमा गए मात्रै हो अब" उस्ले उदास स्वरमा भन्यो।

"के भो?" मैले सोधें। मनै खल्लो भो।

" नी त्यै पत्ता लाउन खोज्दै छु--के भो के भो" उस्ले भन्यो।

"भन्या? भेट भएन निशिन्ता सँग?" मैले फेरी सोधें।

"भेट किन नहुनु? -- जस्तो मान्छे उस्ले कोही चिनेकी पनि छैन रे --मैले प्रज्ञालाई धोका दिएँ रे के के भन्या हो के के --"

"को प्रज्ञा?" मैले सोधें।

"मलाई के था?" उस्ले भन्यो। "अब नभेटने रे मलाई--भयो कि?" दिक्क मान्दै मेरो ओछ्यानमा बस्यो।

"अनि अरु के भनी ?" मैले सोधें।

"के भन्नु? मेरो जिन्दगी सुखमय होस रे -- शुभेक्षा रे उस्को मलाई" ओछ्यानमा डंगरंग लडदै सुनायो बाङ्गेले।

रन्थनिएँ।

त्यै बेलाँ ट्वाक मेरो कोठामा आयो। बाङ्गे दुबैलाई हेर्यो, अनि बाङ्गे तिर हेर्दै हाँसेर मलाई सोध्यो "के भो यसलाई?"

"के हुन्थ्यो, सेन्टी भो नी --प्रज्ञालाई धोका दियो रे" मैले भनें।

ट्वाक मलाई हेरेर मुस्कुराई रह्यो।


 
Posted on 12-09-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनीहरु गएको हामीले हेरी रहेम। उनीहरुले जति चोटी फर्केर हेर्दा पनि उनीहरुलाई हाम्ले निरास गरेनम। ----


 
Posted on 12-09-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पो बुझियो त शुभेक्षा भान्या के भनेर
यहाँ त बाङ्गे भन्दा दीप पो सेन्टी हुने देख्छु त -
लोप पर्न ला पनि होइन - पेरिसक्या  -
के गर्छस् मंगले आफ्नै ढंगले भन्या एही रैछ।।


 
Posted on 12-09-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पो बुझियो त शुभेक्षा भान्या के भनेर
यहाँ त बाङ्गे भन्दा दीप पो सेन्टी हुने देख्छु त -
लोप पर्न ला पनि होइन - पेरिसक्या  -
के गर्छस् मंगले आफ्नै ढंगले भन्या एही रैछ।।

फेरी बाङ्गे ले थाहा पायो भने त दीप को खैर छैन
त्यत्रो प्लान सबै चौपट -

सकेको हो कथा कि बाँकी छ - क्रमश: पनि छैन समाप्त पनि छैन,

दीप ब्रो लेखौ लेखौ - किन सकाउने बेकाराँ -


 
Posted on 12-09-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हन यो हाइवेमा ब्रेक ला' जस्तो गरी लास्टाँ तिरिमिरि झ्याइ किन बना हुन कुन्नि ? शुभेक्षा सक्का'कै हो त दीप ? म:म खानलाइ मुखाँ हाल्नै ला' बेलाँ चम्चा'ट खस्या जस्तो भा'छ, उद्दार गर्न पर्यो प्रभो -
 
Posted on 12-09-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हन यो हाइवेमा ब्रेक ला' जस्तो गरी लास्टाँ तिरिमिरि झ्याइ किन बना हुन कुन्नि ? शुभेक्षा सक्का'कै हो त दीप ? म:म खानलाइ मुखाँ हाल्नै ला' बेलाँ चम्चा'ट खस्या जस्तो भा'छ, उद्दार गर्न पर्यो प्रभो -
 
Posted on 12-09-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ।।।।उच भएछन्त ,

बिचरो तेत्रो पुन्य गर्या बाङे लाई सराप लाइदिने प्रभो भएन नि, बाङे ले थापायो भने के हबिगत हुने हो लौ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters